विकासन्युज

सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी

काठमाडौं । विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरु गरेको हो । शुरुमा एक हजार ४० मिटर लम्बाइमा निर्माण गरिएको विमानस्थल करीब ५ वर्षअघि २०० मिटर विस्तार गरिएको थियो । हाल एक हजार २५५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको रन वेमा एटिआर–४२ तथा साना जहाजले उडान भर्दै आएका छन् । कर्णाली प्रदेश सरकार गठन भएसँगै वीरेन्द्रनगर सङ्घीय राजधानी काठमाडौंसँग सिधा सम्पर्क जोडिएको हो । पुरानो विमानस्थल भए पनि धावन मार्गको समस्या देखाउँदै विमान कम्पनीहरु काठमाडौँ–सुर्खेत उडान भर्न तयार थिएनन् । प्रदेश सरकारकै आग्रहबमोजिम बुद्घ एयरको एटिआर–४२ ले २०७५ वैशाखदेखि सुर्खेत–काठमाडौँ दैनिक उडान शुरु गरेको हो । एटिआर–४२ को एउटा मात्र उडानका कारण हवाई भाडा अत्यधिक महँगो पर्न गएको भन्दै कर्णालीवासीले विमानस्थल विस्तार गरेर ठूला जहाज सञ्चालन गर्न माग गरेका छन् । बुद्ध एयर र प्राधिकरणको टोलीले शुक्रबार विमानस्थलको प्रारम्भिक अध्ययन गरेको थियो । विमानस्थललाई उत्तरतिर विस्तार गर्न सकिने अध्ययनले जनाएको छ । प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेले उत्तरतर्फ रन वे विस्तार गर्न सहज हुने बताएका छन् । “जग्गा सस्तो र बढी उपयुक्त उत्तरतिर नै छ”, उहाँले भन्नुभयो, “१६ बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेछ ।” अध्ययन टोलीले विमानस्थल विस्तारका लागि रु आठ अर्ब बजेट आवश्यक पर्ने जनाएको छ । रु पाँच अर्ब जग्गा अधिग्रहण, क्षतिपूर्ति र स्कूल स्थानान्तरण तथा रु तीन अर्ब रनवे विस्तार, तारबार, बत्ती जडानलगायत भौतिक संरचना निर्माणका काममा खर्च हुनेछ । मङ्गलबार काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच विमानस्थल विस्तारबारे छलफल भएको थियो । मुख्यमन्त्रीकै आग्रहमा विमानस्थल विस्तारका लागि मन्त्रालयले अध्ययन टोली सुर्खेत पठाएको बताइएको छ । सरकारले यसअघि छिन्चुको मदानेचौरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरेको थियो । सुर्खेत विमानस्थलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले नयाँ निर्माणतिर लाग्नुभन्दा हालको विमानस्थललाई विस्तार गर्दा उपयुक्त हुने धारणा राखेका छन् । “यही विमानस्थललाई बढाउनुको विकल्प छैन्, नयाँ बनाउँदा कम्तीमा पाँच वर्ष लाग्छ”, उनले भने, “जग्गा अधिग्रहण गर्दा आवश्यक पर्ने बजेट प्रदेश सरकार बेर्होन तयार छ, प्राधिकरणले भविष्यमा कुनै समस्या नआउने गरी प्राविधिक अध्ययन गरिदेओस् ।” वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले प्राविधिक रुपले स्पष्ट प्रतिवेदन आउनुपर्ने बताउँदै विमानस्थल विस्तारसम्बन्धी पटक–पटकका छलफलमा फरक–फरक धारणा आउने गरेको भन्दै सबैभन्दा पहिले प्राधिकरण आफू स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् । हिमाली जिल्लामा यात्रु अभाव कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग सिधै हवाई सम्पर्कमा कसरी जोडिने भन्ने पिरलो कायमै छ । कर्णालीका हिमाली जिल्लाहरु जुम्ला, मुगु, हुम्ला र डोल्पाका बासिन्दालाई अझै पनि यही सकस छ । प्रदेश सरकारका मन्त्री, उच्च अधिकारीहरुसमेत जिल्ला भ्रमणमा जाँदा प्रदेश नं ५ को नेपालगन्ज हुँदै लामो र खर्चिलो यात्रा गर्नुपर्ने बाध्यता छ । कार्गो सेवा सञ्चालनका लागि मात्र प्रयोग हुँदै आएको सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउन यसअघि कर्णाली प्रदेश सरकारले गरेको प्रयास असफल भएको छ । हाल सुर्खेतबाट कोल्टी, सिमकोट, डोल्पा, ताल्चा र जुम्ला विमानस्थलमा ट्विनअटर विमानले कार्गो सेवा सञ्चालन गरिरहेका छन् । प्रदेश सरकारले कर्णालीका हिमाली जिल्ला र प्रदेश राजधानीबीच सिधा हवाई सञ्जाल जोड्ने नीति लिएपछि निजी विमान कम्पनीहरु आवश्यक गृहकार्यमा जुटे पनि पर्याप्त यात्रु पाउन सकेनन् । कर्णालीका हिमाली जिल्ला र सुर्खेतबीच सामाजिक, सांस्कृतिक, व्यावसायिक सम्बन्ध नहुँदा यात्रुको समस्या रहेको विमान कम्पनीहरु बताउँछन् । कर्णालीका जिल्लाबाट नेपालगन्ज विमानस्थल हुँदै तीन घण्टा गाडी चढेर प्रदेश राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ ।रासस

साताको शेयर बजार, एक अर्ब ५६ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस ट्रेन्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३.१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो । साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२.६१ विन्दुले घटेर एक हजार १७८.४६ मा झर्यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो । सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो । साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २।२४ विन्दुले घटेर एक हजार १६६.६७ विन्दुमा झर्यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए । बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो । यस्तै साताको शुरूवातदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्यो । सो दिन नेप्से परिसूचक ५.३३ अङ्कले घटेर एक हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोवारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोवार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोवारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उनीहरुलाई उक्त अनुमति दिइएको हो । मार्जिन कारोवारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोवारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ । रासस

‘टिभिएस दशैं दौड’ भव्य, सबै पुरस्कार नेपाल सेनाका खेलाडीकाे पाेल्टामा

काठमाडौं । ‘टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड’काठमाडौंमा सम्पन्न भएको छ । उक्त रमाइलो दौडको प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दिपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीका गजेन्द्र राई विजयी भएका हुन् । रमाइलो दौड विहान ८ बजे नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो । दौडको प्रारम्भ गर्दैं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भने छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ । चर्चित कलाकार निखिल उप्रेती र प्रदिप खड्का सहभागि रहेको उक्त दौडमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा एक हजार रुपैयाँ नगद छुट दिइने उपहार प्रदान गरिएको थियो भनें प्रथम, द्वितीय र तृतीय स्थानहासिल गरेका प्रतियोगीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । साे कार्यक्रममा बोल्दै शंकर ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने जगदम्बा मोटर्सले पहिलो पटक आयोजना गरेको रमाइलो दौडलाई सफल बनाउनमा उपस्थिति सबैमा कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्रदान गर्दैं ग्राहकहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अगाडी बढ्ने बताएका छन् । यस्तो भयो टिभिएसको 'दशैंको दौड' यस्तो भयो टिभिएसको 'दशैंको दौड' Publiée par Bikashnews.com sur Samedi 14 septembre 2019

यसकारण लोकप्रिय छ मोटरहेडको टेक्केन २५०

काठमाडाैं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. ले टेक्केन २५० लाई केहि वर्ष अघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढि रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जन्र र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस् मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकुल्ड इञ्जिनले १८ बीएचपीको पावर र १७ एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा ह्याभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्ससङ्ग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन का छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ ।

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव, अरुण तेस्रोको निर्माण हेरेर मात्र निर्णय गर्ने

काठमाडौं । भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कूल नौ सय मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति २५ प्रतिशत भइसकेको छ । सिँचाइमन्त्री वर्षमान पुनले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौँला भनेका छौँ भन्ने प्रतिक्रिया दिएको जानकारी दिँदै सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिने/नदिने उपयुक्त निर्णय गर्ने बताए । तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि ‘एसजेभिएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बिहीबार भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा भारतीय ऊर्जा राज्यमन्त्री सिंहले अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेको हो । सोही भेटवार्तामा ऊर्जा राज्यमन्त्री सिंहले भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गरिरहेकाले तल्लो अरुणसमेत दिन आग्रह गरेका हुन् । लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागिसमेत सहज हुने भएकाले उक्त योजना आफूहरुलाई दिनुपर्नेमा जोड दिए । भेटवार्तामा सहभागी नेपाल विद्युत् प्राधिरकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तल्लो अरुणमा भारतीय पक्षले पुनः चासो देखाएको हो । गत माघमा भारत भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनसँग पनि राज्यमन्त्री सिंहले सोही विषयमा चासो व्यक्त गरेका थिए । ब्राजिलको कम्पनी ‘ब्रास पावर’ले उत्पादन अनुमतिपत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले सो आयोजनाको अनुमतिपत्र खारेज गरेको थियो । ब्रास पावरले आयोजनाको अनुमतिपत्र करीब १५ वर्षसम्म राखेर पनि केही काम गर्न सकेको थिएन । आयोजनाको लागत करीब रु एक खर्बभन्दा बढी अनुमान गरिएको छ । भारतमा विद्युत् निर्यात गर्ने गरी डिजाइन गरिएमा आयोजनाको क्षमता एक हजार मेगावाटको हाराहारीमा हुने ऊर्जा मन्त्रालयको अनुमान छ । त्यसो त, मन्त्रालयले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई तल्लो अरुणमा लगानी जुटाएर बनाउने जिम्मेवारी यसअघि नै दिएको छ । मन्त्रालयबाट अनुमति पाएपछि एचआइडिसिएलले पावर चाइना कर्पोरेशनसँगको साझेदारीमा तल्लो अरुण आयोजना बनाउन गत पुसको अन्तिम साता समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । पावर चाइनको ८० र २० प्रतिशत एचआइडिसिएलको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माणअवधि पाँच वर्ष कायम गरिएको छ । ऊर्जा मन्त्रालयले १८ महीनाभित्र विस्तृत इञ्जिनीयरिङ, वित्तीय व्यवस्थापन, विद्युत् खरीदबिक्री सम्झौता र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी भौतिकरूपमा निर्माण शुरु गर्ने सर्त राखी ब्रास पावरलाई २०६९ मङ्सिर १ मा ३० वर्षका लागि तल्लो अरुणको उत्पादन लाइसेन्स दिएको थियो । अख्तियारले सो कम्पनीले लाइसेन्स राखिएका सर्त पूरा गर्न नसकेको भनेर आयोजनाको अनुमतिपत्र खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । आयोगले भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’को पानी सिधै प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना आकर्षक मानिएको छ । तल्लो अरुण, अरुण तेस्रो आयोजनाको विद्युत्गृहभन्दा तल पर्छ । अरुण तेस्रोको टेलरेसको तह तल्लो अरुणको बाँध स्थलभन्दा माथि तल पर्छ । अरुण तेस्रो आयोजना अत्यधिक विद्युत्को माग हुने सुख्खा मौसममा पनि दैनिक पाँच÷छ घण्टा पानी जम्मा गरेर विद्युत् उत्पादन गर्न सक्ने अर्धजलाशययुक्त आयोजना हो । सरकारले अरुण तेस्रो आयोजनाको क्षमतालाई ४०२ मेगावाटबाट बढाएर ९०० मेगावाट बनाउन स्वीकृति दिएपछि तल्लो अरुण समस्यामा परेको थियो । अरुण तेस्रोको क्षमता बढेकाले तल्लो अरुणको क्षमता पनि ६५० मेगावाट बनाउन प्रस्ताव गरिएको थियो । ऊर्जा मन्त्रालयले क्षमता बढाउन अस्वीकार गरेको थियो । सङ्खुवासभा र भोजपुरमा पर्ने आयोजनाको करीब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । सप्तकोशी उच्च बाँध बनेमा आयोजनाको विद्युत्गृह डुबानमा पर्ने अध्ययनले देखाएको बताइन्छ । रासस

सर्बसाधारणादेखि प्रधानमन्त्रीसम्मकाे रोजाइमा उमा ईन्टरनेशनल फर्निचर

काठमाडौै । उमा ईन्टरनेशनल फर्निचरको बेड, डाईनिङ्ग टेबल लगायतका सामाग्री नेपाली बजारमा निकै पपुलर बन्दै गएकाे छ । टिक (उड) काठबाट बनेका फर्निचरहरू बलियाे, राम्राे र सहज मूल्यमा उपलब्ध भएकाेले यस्ताे याे फर्निचर उपभाेक्ताले रूचाएकाे कम्पनीकाे विश्वास छ । उमा ईन्टरनेशनल फर्निचरकी सिईओ सबिता लिम्बुका अनुसार उमा फर्निचर नेपाली बजारमा उपलब्ध भएकाे छ वर्ष भयाे । छाेटाे अवधिमा नै याे फर्निचर सर्बसाधारण देखि उच्च पदमा पुगेकाे व्यक्तिहरूकाे समेत राेजाइमा परेकाे उनी बताउँछन् । ‘सामान्य उपभाेक्तादेखि मन्त्री, प्रधानमन्त्री,  उपराष्ट्रपति कार्यलयसम्ममा हाम्राे फर्निचर पुगेकाे छ’ सबिताले भनिन् । ग्राहकको चाहना अनुरुप उत्पादन गर्ने भएकाले आफ्ना उत्पादन छाेटाे समयमा नै बजारमा चर्चित ब्राण्ड बनेकाे उनकाे भनाइ छ । उमा ब्राण्डका फर्निचर नेपालमा मात्र नभइ भारत, दुवई, मलेसियाकाे बजारमा समेत उपलब्ध भएकाे उनकाे भनाइ छ । उपभाेक्ताकाे माग अनुसार सामान उत्पादन गर्ने र  ग्यारेण्टीका साथ बिक्री गर्ने कम्पनीकाे नीति छ । ‘हामी गुणस्तरमा सम्झाैता गर्दैनाै । ग्यारेन्टीकाे साथ बिक्री गर्छाैं । १० वर्षको लागि कम्पनीले फर्निचरको ग्यारेन्टी समेत दिदै आएको छ ।’ सिईओ लिम्ब भन्छिन्-‘हामी उपभाेक्ताकाे चाहाना र बजारमा ट्रेन अनुसार नयाँ नयाँ डिजाइनका फर्निचर बनाउँछाैं ।’ पाँच तारे हाेटलमा प्रयोग हुने फर्निचरको अनुभव ग्राहकलाई दिने  प्रयास कम्पनीले गरेको छ । ‘ग्राहकले लामो समय टिकाउ हुने फर्निचर चाहेको अवस्थामा समेत उमा इन्टनेशनल फर्निचरमा आइपुग्छन् । आधुनिक डिजाइनकाे फर्निचर खाेज्ने ग्राहक पनि हामीकाेमा अाउँछन् उनले भनिन् । नयाँ डिजाइनका लागि कम्पनीले नेपाली, भारतीय दुवइका कालिगडकाे सहायता लिने गरेकाे उनले बताइन् । कम्पनीले नेपालबाट फर्निचरको माग पूरा गर्न नसकेको अवस्थामा भारतबाट मगाउदै आएको छ । कम्पनीका उत्पादनमा सबैभन्दा बढी सोफा बिक्ने गरेको बताएको छ । त्यसपछि बेड लगायत अन्य फर्निचर बिक्री हुने गरेकाे उनले जानकारी दिइन् । हाल कम्पनीको शाे रुम नक्सालमा छ । काठमाडौ उपत्यका बाहिर बुटवल,पोखरामा समेत सामाग्री बिक्री हुने गरेको छ । दक्ष जनशक्ति पाएमा कम्पनीकाे शाखा बढाउने योेजना छ ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केरुङ-काठमाडौं सुरुङमार्ग निर्माणको सम्झौता हुने

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको विषयमा सम्झौता गरिने बताएका छन् । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रमा विकासले फड्को मार्ने भन्दै हाल निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको जानकारी दिए । “सार्वजनिक खरीद ऐन संशोधन हुँदै छ”, उनले भने, “ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन् ।” विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको मन्त्री पोखरेलले बताए। विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अह्म हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न जनप्रतिनिधिलाई उनले निर्देशनसमेत दिए । उनले स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने बताए । पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने भन्दै “कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुने बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको एकीकृत विकासका लागि महानगरले विशेष योजना तय गर्न लागेको बताए । उनले महानगरमा विकासले गति लिइरहेको भन्दै थुप्रै योजना निर्माणाधीन अवस्थामा रहेकाले अबको केही समयमा विकासको अनुभूति मिल्ने जनाए । प्रदेश सांसद योगेन्द्र सङ्ग्रौलाले विकासका कामलाई अघि बढाउने क्रममा सङ्घ, प्रदेश र स्थानीयतह बीचमा आवश्यक समन्वयको अभाव हुन नहुने बताए । उनले तीनै तहले आवश्यक जिम्मेवारी पूरा गरेमा छोटो समयमै देखिने गरी विकासका काम अघि बढ्दै जाने जानकारी दिए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको नगरसभाबाट प्रत्येक वडामा उद्यान निर्माण गर्ने निर्णय भएको भन्दै वडा नं १ बाट कार्यको थालनी गरिएको बताए। यसरी ठाउँठाउँमा उद्यान निर्माण गर्नाले सौन्दर्यतासँगै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने नगरपालिका प्रमुख अधिकारीको भनाई छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडा नं १ का वडाध्यक्ष कृष्ण अधिकारी, इञ्जिनीयर रुद्रनाथ आचार्यले मन्तव्य राख्दै बाल दिवसको सन्दर्भ पारेर बाल उद्यानको शिलान्यास गरिएको भन्दै यसमा बालबालिका मात्रै नभएर युवादेखि वृद्धवृद्धासम्मले आनन्द लिनसक्ने बताए । रासस

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

रियाद । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो । बिहानै लागेको दुवै आगलागी हाल नियन्त्रणमा आइसकेका सरकारी समाचारमाध्यमले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो । आगलागीबाट कति क्षति भयाे भन्ने तथ्यांक आउन समय लाग्ने स्राेतले जनाएकाे छ ।  स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ । रासस/सिन्ह्वा