जेष्ट आईडियोलोजी सहकारीको साधारण सभामा संस्कृतिविद् जोशीसहित बाँस्कोटा र यात्री सम्मानित
काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । १० वर्ष पार गरेको अवसरमा संस्थाले संस्कृतितर्फ वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगद ११ हजार एक सय ११ सहित सम्मान गरेको छ । सो अवसरमा सहकारीतर्फ सहकारी विकास बोर्डका संस्थापक दीपकप्रकाश बाँस्कोटा तथा पत्रकारितातर्फ पत्रकार टीकाराम यात्री लाई नगद पाँच हजार पाँच सय ५५ सहित सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद आचार्यले १० वर्ष अवधि पार गर्दा संस्थाले सबैको सहयोग प्राप्त गरेको तथा आम शेयर सदस्यहरुलाई उचित मुनाफा दिन सकेको बताउँदै नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोमा भ्रमण वर्ष सफल बनाउन संस्थाले आफ्नो भूमिका अब्बल बनाउने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले भ्रमण वर्षमात्र नभई नेपाललाई पर्यटनको केन्द्र बनाउन सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गरे । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीले संस्थाले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पु¥याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । कार्यक्रममा आईसिएकी निर्देशक एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कँडेल, राष्ट्रिय सहकारी बैंककी संचालक सरिता भट्टराईले संस्थाले एक दशक पार गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शेयरधनीको मन जित्न नसकेका रसुवागढी र साञ्जेन, कारोबार खुलेदेखि नै निरन्तर घट्दै, किन घट्दैछ मूल्य
काठमाडौं । साउन २१ गते कारोबार सुरु भएको २ दिनसम्म करिब सर्किट लागेर शेयरमूल्य घट्न थालेपछि शेयर बजारबारे छलफल हुने फेसबुकको ग्रुपमा एकजना लगानीकर्ताले लेखे, ‘घलेम्दी हाइड्रोपावर ३०३ रुपैंयामा कारोबार सुरु भएको थियो, अहिले ८३ रुपैंयामा झर्यो, कतै रसुवागढी र साञ्जेनको हालत पनि त्यही हुने त होइन ?’ उनको यो प्रतिक्रियाप्रति ग्रुपमा अन्य सदस्यले निकै आलोचना गरे । एकजनाले त सामाजिक सञ्जालमा एकदमै निम्नस्तरको शब्द प्रयोग गर्दै ती व्यक्तिलाई गाली समेत गरे । तर, बिहीबारको कारोबारसम्म आइपुग्दा रसुवागढी र साञ्जेनको शेयरमूल्य क्रमशः १५८ रुपैंया र १७३ रुपैंया छ जुन सुरुको कारोबार मूल्यभन्दा क्रमशः ४७ प्रतिशत र ४० प्रतिशत कम हो, यति मूल्य घट्दा पनि सो शेयको मूल्य घट्ने क्रम भने रोकिएको छैन । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका दुई जलविद्युत् कम्पनीहरु साञ्जेन र रसुवागढीको कारोबार क्रमशः २८८ रुपैंया र २९१ रुपैंयामा सुरु भएका थिए । तर कारोबार सुरु भएकै दिन यी दुई कम्पनीको मूल्य करिब १०÷१० प्रतिशतले घटेर २६१ रुपैंया र २६३ रुपैंयामा झर्यो । दोस्रोे दिनको कारोबारमा पनि शेयरमूल्यमा सर्किट लागेर गिरावट आए पनि तेस्रो दिन भने मूल्यमा केही उतारचढाव देखियो । साञ्जेन र रसुवागढीको २२० रुपैंया र २३० रुपैंया होउन्जेल बजारमा क्रेता र बिक्रेताको चाप बराबरजस्तै देखिन्थ्यो । यही हाराहारीको मूल्यलाई एउटा स्टेबल मूल्य मानिएको थियो । तर ती शेयरहरुको गिरावट रोकिएन । रसुवागढी र साञ्जेनको यो अवस्था देखिइरहँदा हाइड्रो क्षेत्रअन्तर्गत सूचीकृत ३२ कम्पनीमध्ये १८ ओटाको मूल्य १०० रुपैंयाभन्दा कम, ८ ओटाको १०० देखि १५० रुपैंया र ६ ओटाको मूल्य मात्रै १५० रुपैंयाभन्दा माथि छ । खानीखोला हाइड्रोपावरको अन्तिम मूल्य सबैभन्दा कम ५१ रुपैंया हुँदा सबैभन्दा बढी मूल्य भएको चिलिमेको शेयरमूल्य ४३८ रुपैंया छ । त्यसो त, रसुवागढी र साञ्जेनको शेयर कारोबार सुरु भएपछि समग्र शेयर बजारका लगानीकर्ताको मुहार कहिलै हँसिलो हुन सकेको छैन । घट्दा दोहोरो अंक घट्ने तर बढ्दाचाहिँ निकै सुस्त गतिमा मूल्य बढ्ने प्रवृत्तिले पनि यस्तो भएको हो । सो अवधिमा बजार समग्रमा घटे पनि यी दुई हाइड्रोपावरको शेयरमूल्यमा निकै ठूलो गिरावट देखिएको छ । आशा गरिएका निकै कम आयोजनामध्येका यी दुई हाइड्रोका शेयर नै आईपीओकै मूल्यतिर उन्मुख हुँदा समग्र हाइड्रो क्षेत्रप्रति देखिएको नकारात्मक प्रवृत्तिलाई यसले थप मलजल गर्दै गएको छ । कस्ता छन् यी कम्पनीहरु साञ्जेनको पहिलो आयोजना साञ्जेन माथिल्लो १४.८ यो वर्षको मध्यतिर सकिने लक्ष्य छ । त्यस्तै दोस्रो आयोजना साञ्जेन जलविद्युत् ४२.५ मेगावाट क्षमताको पनि यसै आवको अन्त्यसम्म सक्ने लक्ष्य लिइएको छ । यो वर्ष एउटामात्रै आयोजनाको विद्युत् बिक्री हुँदा यो आर्थिक वर्षमा प्रतिशेयर ६ रुपैंया आम्दानी गर्ने प्रक्षेपण छ । अर्को आर्थिक वर्षमा भने यो २० रुपैंया माथि पुग्ने र सो आम्दानी निरन्तर रहने प्रक्षेपण छ । पुस, माघ, फागुन र चैत महिनामा ८.४० रुपैंया र अरु महिनामा ४.८ रुपैंया दरमा आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेको आयोजनाले ६ वर्षमा साधारण र १० वर्षमा डिस्काउन्टेड पेब्याक गर्नसक्ने प्रक्षेपण गरिएको छ । यसको प्रतिमेगावाट लागत १५ करोड रुपैंया छ । अर्को आयोजना रसुवागढी १११ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्ने कम्पनी हो । यसको पनि पीपीए दर सुरुमा पुस, माघ, फागुन र चैत महिनामा ८.४० रुपैंया र अरु महिनामा ४.८ रुपैंया छ जुन क्रमशः बढ्दै जान्छ । यसले करिब ८ वर्षमा लगानीकर्ताको रकम फिर्ता गर्नसक्ने प्रक्षेपण गरेको छ भने ब्याजसहित यो अवधि करिब १४ वर्ष हुन्छ । यो आर्थिक वर्षमै प्रतिशेयर करिब ६ रुपैंया आम्दानीको प्रक्षेपण रहेकोमा अर्को वर्ष यो २० रुपैंया पुग्ने र अन्य वर्षहरुमा थप बढ्दै जानसक्ने प्रक्षेपण गरिएको छ । यो प्रक्षेपण हेर्दा यो वर्षको नाफाबाट शेयरधनीले लाभांश पाउन नसक्ने देखिए पनि अर्को वर्षबाट उच्च प्रतिफल पाउनसक्ने अवस्था देखिन्छ । अहिलेको घट्दो मूल्यमा किनेको शेयरले २ वर्षपछि राम्रो प्रतिफल दिन थाल्ने निश्चित देखिएको छ । तर किन घट्दैछ मूल्य ? रसुवागढी र साञ्जेनको शेयरमूल्य निरन्तर घट्नुको पछाडि समग्र बजाको गिरावट, हाइड्रो क्षेत्रप्रतिकै वितृष्णा, अल्पकालीन लगानीकर्ता हावी हुनु र बजार चलखेललाई प्रमुख कारण विश्लेषकहरुले मानेका छन् । पहिलो त समग्र बजार नै घट्दो क्रममा रहेकोले यसको प्रत्यक्ष असर यी दुई कम्पनीहरुको मूल्यमा नपर्ने कुरै भएन । साञ्जेन र रसुवागढीको कारोबार सुरु भएको समयदेखि नै बजारले घट्दो गतिलाई नै पकडेको छ । अर्को कारण भनेको हाइड्रो क्षेत्रको शेयरमूल्य हो । सञ्चालनमा रहेकामध्ये ७५ प्रतिशत कम्पनीको मूल्य नै अंकित मूल्य वा सोभन्दा कमको दाँजोमा आएको अवस्थामा राम्रा कम्पनीहरु छाँयामा पर्दैजानु कजारको प्रवृत्ति नै हो । अहिलेको अवस्थामा १२० रुपैंयाभन्दा पनि कम शेयरमूल्य हुनुलाई अंकित मूल्यकै हाराहारीमा शेयरमूलय रहेको मान्न सकिन्छ । हाल ३२ मध्ये २४ ओटा कम्पनी त्यस्तो अवस्थामा छन् । अर्को महत्वपूर्ण पक्ष भनेको अल्पकालीन लगानी प्रवृत्तिपनि हो । अन्य कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेको अवस्था र वित्तीय क्षेत्रका ती कम्पनीहरुको मूल्य समेत तुलनात्मक रुपमा त्यही हाराहारीमा रहेको अवस्थामा प्रतिस्पर्धात्मक लाभ र अल्पकालिन लाभ प्रवृत्ति हावी भएको समेत विश्लेषकहरुको ठम्याई छ । रसुवागढी र साञ्जेनले यो वर्ष र अर्को वर्ष पनि लाभांश दिने अवस्था छैन । लाभांश घोषणा गर्नै नसक्ने अवस्थामा यो शेयरको मार्जिन कारोबार सम्भव नहुनु पनि एउटा कारणको रुपमा विश्लेषकहरु अथ्र्याउँछन् । कतिपय लगानीकर्ताले भने बजार चलखेलकै कारणले पनि यस्तो प्रवृत्ति देखिएको बताउँछन् । रसुवागढी र साञ्जेनको शेयर आम लगानीकर्ताहरुमा छरिएकोले अलिकति मनोविज्ञानमा प्रभावित पार्न सके पनि सस्तो मूल्यमा शेयर उठाउन सकिने अभिप्रायले बढ्ने अवस्थामा बिक्रीको चाप बढाएको समेत बजारमा आरोप लगाइन्छ । यद्यपि ठूलो मात्रामा जनतामा गएको त्यस्तो शेयरमा कर्नरिङ हुने सम्भावना भने कमै देखिन्छ ।
नेपालमै रोजगार गर्ने ठाउँहरु प्रशस्तै छन् खाडी जानु अघि एकपटक सोचौंः श्री खनाल
नेपालमा अल्ट्रा गु्रप अन्र्तगतको इन्टेरियरबाट फर्निचर तथा सोलार सम्बन्धि वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा फर्निचर बनाउन दक्ष जनशक्तिको अभाव हुँदा कतिपय अवस्थामा विहारबाट आएका समान्य वर्गलाई महत्वपूर्ण काम सुम्पिनु पर्ने बाध्यता कम्पनीको छ । खाडीमा थोरै तलब भत्तामा नेपाली युवाहरूले दुःख गरिरहेका छन् । तर, सोही समयमा आफ्नै देशमा दक्ष जनशक्ति अभावको छ । नेपाली युवाहरूले सिप सिक्ने बानीको विकास गराउन सके नेपालबाट विदेशिने रकम रोकिन्छ भने युवाहरूको परिश्रम स्वदेशी उत्पादनमा खर्च हुन्छ । अन्ट्रा गू्रप कम्पनी अन्र्तगतको इन्टेरियर प्रमुख श्री खनालसँग बिकासन्युजले गरेको कुुराकानीमा आधारितः तपाईको कम्पनीले के कस्ता सामाग्रीहरू उत्पादन गर्दै आएको छ ? इन्टेरियरसँग सम्बन्धित सामाग्री पाइन्छ । यस्ता डिजाइनसँग सम्बन्धि सामग्री सोलार लगायतका होलसेलका सामान हामीले बनाउँछौ । तपाईहरुको उत्पादन स्वदेशी हो कि विदेशी ? हामीले हाम्रो उत्पादन आफैले बनाउँदै आएका छौँ । एउटा प्रडक्ट सप्लाइ र अर्को डिजाइन हामीले गर्छौ । अल्ट्रा गु्रप विङ्ग हो हाम्रो । यहाँहरूको मुख्य काम हो ? हाम्रो मुख्य काम भनेको फर्निचर हो । साथै, हामीले डिजाईनको समेत काम गर्छौ । फर्निचर बनाउँदा कुन काठ बढी मात्रामा प्रयोग हुन्छ ? सल्लाको काठ हाम्रोमा बढी मात्रा प्रयोग हुन्छ । यस्तै, अग्राखलगायत काठका सामानहरु पनि हामीले प्रयोग गर्दै आएका छौ । ग्राहकहरूकोे रुची कस्तो सामानमा बढी हुन्छ ? नेपालमा बनाएको सामान भएर होला ग्राहकहरुले हाम्रो उत्पादन बढी रुचाउनु भएको छ । हाल विदेशीको भन्दा हाम्रा प्रडक्टमा राम्रा छन् । वर्तमान अवस्थामा नेपाली वा विदेशी कुन सामानको प्रयोग गर्दा राम्रो होला ? करलगायतका कारणले मुलुकलाई त आफ्नै सामान प्रयोग गर्दा राम्रो हो । तर, व्यापारीलाई भने ग्राहकको माग कता छ भन्ने कुराले प्रभाव पार्छ । सामानको गुणस्तर अनुसार माग हुन्छ । नेपाली सामान अन्य सामानको तुलनामा सस्तो हुन्छ वा महङ्गो ? विदेशी सामानको तुलनामा हामीले बनाएको सामान सस्तो पर्छ । तर, विदेशी सामान पनि गुणस्तर अनुसार केही सस्तो केही महङ्गा पनि छन् । तपाईहरूलाई व्यवसाय गर्न कुनै समस्या छ कि ? कालिगढहरूका लागि केही समस्या छ । हार्डवेयरहरु भने बाहिरबाट ल्याउने पर्ने हुन्छ । जनशक्तिको अभाव हुनुमा यस्तो काममा नेपालीको इच्छा नभएको कारणले हो । सो सिप सिकेमा खाडीको घाममा काम गर्न जानुपर्दैैन । अहिले त हाम्रो पैसा बाहिर गईरहेको अवस्था छ । फर्निचर बनाउन काठ पात कहाँको प्रयोग गर्दै आउँनु भएको छ नि ? फर्निचर बनाउन चाहिने काठ नेपालकै प्रयोग भइ रहेको छ । तर, चाहे अनुसारको काठ नपाउँदा समस्या छ । व्यवसाय गर्न कतिको सहज छ नि ? अहिले व्यवसायीले सबै जोखिम आफैले मोलेर काम गर्नुपर्ने अवस्था छ । सरकारले यसमा ध्यान दिन आवश्यक छ । सामानको बिक्री कहाँ–कहाँ हुन्छ नि ? नेपालमा मात्र हामीले सामानको बिक्री गर्दै आएका छौं । बैकबाट समेत आर्थिक सर्पोट गर्ने अवस्था छैन । यसमा सरकारको तर्फबाट सहयोग नमिल्दासम्म व्यवसाय गर्न गाह्रो अवस्था छ । सोलार सम्बन्धि के–के काम गर्नु हुन्छ नि ? सोलार वाटर हिटरका लागि हामीले सम्पूर्ण काम गदैछौं । ‘भ्याकुम ट्युव सोलार’ नेपालमा पहिलो पटक हामीले नै प्रयोग गरेका हौ । पानी भित्र राखेर भित्रको कार्वन ट्युवले काम गर्छ । यो अन्य सोलार भन्दा केही भिन्न हुन्छ । यसमा सकेसम्म भित्र छिरेको ताप बाहिर आउन दिदैन । कुन देशबाट बढी मात्रामा सामान आयात हुन्छ ? चीनबाट सबैभन्दा बढी यस्ता उत्पादनहरु आउने गरेका छन् । यहाँहरूले ग्राहकलाई कुन–कुन सामानको सुविधा दिनु भएको छ । विद्युतीय चुलो, चिम्नी, ओभनहरु हामी कहाँ उपलब्ध छन् । अहिले चिल्लो–चाप्लो पकाउँदा त्यसको खारले भान्छेको स्वास्थ्यमा समेत असर पुर्याउने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्यमा कम असर पुर्याउने खालका चिम्नीहरु बजारमा आएका छन् । कम्पनीमा कति कर्मचारी आवद्ध हुनुहुन्छ ? २ सय भन्दा बढी कर्मचारीहरुले कम्पनीमा प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्षमा रुपमा भने ५ सय जना जतिले यो व्यवसायमामा आवद्ध हुनुहुन्छ ।
म्याट्रेस र कार्पेट बजारको पायोनियर हेरिटेज कार्पेट, ३ महिनाभित्र नयाँ उद्योग थपिदै
काठमाडौं । हेरिटेज कार्पेटका प्रबन्ध निर्देशक हेमराज ढकाल नेपालको म्याट्रेस र कार्पेट उद्योगको क्षेत्रमा सफल उद्यमीको रुपमा स्थापित छन् । उनले करिब ७० करोड रुपैयाँ लगानी गरेर सञ्चालन गरिरहेको हेरिटेज कार्पेट नेपालको म्याट्रेस र कार्पेट बजारको पायोनियर उद्योग हो । नेपालमा कार्पेट तथा म्याट्रेसको बजार बिस्तारै स्थापित हुँदै गएको छ । कार्पेट र म्याट्रेसको प्रयोग सहरी क्षेत्रमा मात्र सीमित छैन, यातायातका साधन पुगेका सबै जिल्ला, ग्रामिण क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । ‘अहिले सहरी जीवनमा कार्पेट र म्याट्रेस प्रयोग अनिवार्य बन्दै गएको छ । उपभोक्तालाई म्याट्रेस र कर्पोटको प्रयोग गर्न सिकाएको हेरिटेजले नै हो’ गर्वका साथ ढकालले भने । मार्वल हाल्न महङ्गो पर्ने हुनेले कार्पेटको प्रयोग गर्न ग्राहकहरुले रुचाउँछन् । काठमाडौ तथा हिमाली जिल्लामा जाडो याममा तातो बनाउन समेत यो कार्पेट राख्नु राम्रो मानिन्छ । साथै, विदेशी मुलुकमा भने घरको भित्तामा समेत यो कार्पेट प्रयोग गरेको पाईन्छ । कार्पेट प्रयोग गर्दा तातो हुने मात्र नभई ग्राहकहरुले विविध फाईदाहरु उठाउँदै आएका छन् । कार्पेट प्रयोग भएको स्थानमा ग्राहकहरुले आफ्ना बाल बच्चा खेलाउन सक्छन् । कार्पेट सरसफाई गर्न समेत सहज हुन्छ । कार्पेटमा भ्याकुम लगाउन पनि सकिनेछ भने ब्रस लगाएर समेत सहजै सरसफाई गर्न सकिन्छ । अविकसित देशमा सस्तो दामका कार्पेट ग्राहकहरुको रोजाईमा पर्ने भएका कारण हाम्रो कार्पेटको नाम चलेको जस्तो लाग्छ । पहिलेपनि कार्पेट त पाईन्थ्यो, तर त्यसको मूल्य भने महङ्गो हुने गथ्र्यो । सोही कारण आर्थिक अवस्था कमजोर भएका ग्राहकहरुको घरमा कार्पेट ओच्छ्याईएको हुँदैनथ्यो । पहिले उपत्यका भित्र रहेका ग्राहकहरुले मात्र कार्पेट प्रयोग गर्थे भने उपत्यका बाहिर रहेका ग्राहकहरुले त्यति कार्पेट प्रयोग गर्दैनथे । संघर्षका दिन १६ बर्षअघिदेखि नै म्याट्रेस उत्पादनबाट बजार थालेको कम्पनीले सुरुवाती दिनमा स्वदेशी उत्पादन प्रति ग्राहक आकर्षित गर्न निकै सङ्घर्ष गर्नुपर्याे । पहिलोपटक नेपालमै ‘रवराइज्ड कोयर म्याट्रेस’उत्पादन शुरु गरेपनि यसको आयातित बजारसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई हम्मेहम्मै नै पर्याे । ‘म्याट्रेस भन्नासाथ विदेशीमात्रै हुन्छ भन्ने सोचबाट बाहिर ल्याउन नै धेरै समय लाग्यो’ ढकालको अनुभव छ । कम्पनीले अहिले ग्राफिक्स, जकार्ड, भेलोर, स्ट्राईप, १२ लाइन ड्रिब्स, रिब्डलगायत गरी विभिन्न प्रकारका कार्पेट उत्पादन गर्दै आएको छ । हेरिटेजका उत्पादन नेपालको ७७ जिल्लामा पुगेको उनले सुनाए । नेपालमै पहिलोपटक आधुनिक कम्प्युटराइज पद्धतिबाट कार्पेट उत्पादन सुरु गरेको कम्पनीले आफ्नो बजार विस्तारमात्र गरेन, आयातित कार्पेटको ४० प्रतिशत बजार हिस्सा नै विस्थापित गरिदिएको छ । ‘रिब्ड’ बाहेक नेपालमा सबै किसिमका कार्पेटको उत्पादन थालेकै हेरिटेज इण्डष्ट्रिजले नै हो । बढ्दो बजार पहिलेको अवस्थामा धेरै जस्तो कार्पेटको बजार विदेशीमा निर्भर रहँदै आएको थियो । अहिलेको अवस्थामा भने ६५ प्रतिशत बजार नेपाली उत्पादनले नै धान्न थालिसकेको अवस्था छ । ‘आगामी २ वर्ष भित्रमा नेपालले ९० प्रतिशत नेपाली कार्पेट प्रयोग गर्ने अवस्था छ । अपवादको रुपमा मात्रै बाहिरबाट मगाउने अवस्थापनि आउन सक्छ’ ढकालको विश्लेषण छ । बढ्दो बजार देखेर उद्योगमा थप लगानी गर्दैछन् र नयाँ उत्पादन ल्याउँदैछन् । उनले ६ महिना भित्र हेरिटेज कार्पेटले एम्बोसिङ्ग कार्पेट ल्याउने तयारी भईरहेको जानकारी दिए । अहिले ३ तहको सरकार आएको बेलामा बजारमा माग पनि बढ्ने भएकोले उद्योगको साईज बढाउन आवश्यक रहेको बुझाई छ । समस्या नेपालमा उद्योग चलाउने काम सजिलो छैन । तर राष्ट्रियता र स्वभिमानसँग जोडेर गर्वका साथ उद्योग चलाईरहेको छन् ढकाल । ‘ल एन्ड अर्डर अर्थात कानुनको पालना पहिलो आवश्यकता हो’ ढकाल भन्छन्–‘श्रम र यातायातका क्षेत्रमा उद्योगले भोग्दै आएका समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्छ ।’ ल एन्ड अर्डर कमजोर भएकाले उद्योग क्षेत्रमा गाउँलेले एउटा–एउटा निहुँ खोजेर गाडी गुड्न नदिने समस्या भोग्नु परेको उनले सुनाए । त्यस्तै दस हजारमा ट्रान्सपोर्ट हुने चीजलाई ६० हजार तिर्नुपर्ने वाध्यता रहेको उनले सुनाए । सरकारले उद्योगलाई सहयोग गर्ने बलियो नीति लिनुपर्ने उनको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणि सदस्य समेत रहेका ढकालले सरकारले नीति निर्माण गर्दा व्यवसायीकहरुको राय सुझाव समेत लिन आवश्यक भएको बताउँछन् । ‘हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू ठूलो परिणाममा उत्पादन गर्छन । सरकारले जमित उपलब्ध गराउँछ । मजदुरको समस्या आउँदा राज्यले उद्योगलाई सहयोग गर्छ । यातायात सेवा द्रुर्त र सस्तो छ’ उनले भने–‘यस्ता विषयमा राज्यले ध्यान दिने हो भने नेपाली उद्योगहरुले विदेशी उत्पादनसँग नेपालमा मात्र होइन, अरु देशमा पनि प्रतिस्पर्धा गर्न सक्छ ।’
सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको उद्घाटन
काठमाडौं । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेका हुन् । उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् । यी भवनको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ । भदौ २७ गते चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । उनले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताए । सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताउँदै पुनर्निर्माण होला भनेर विपद् लगत्तै आफूले नसोचेको उल्लेख गरे ।सांसद सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गरे । अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउँदै मानवीय क्षति भए पनि भूकम्प अभिसाप नभई वरदान सावित भएको बताए । उनले पुनर्निर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने दाबी गरेका छन् । प्रदेश नं ३ का सभासद् सरेश नेपालले निजी आवास, सरकारी भवन लगायतका संरचनाहरु बनेको खुशी व्यक्त गरे। उनले बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाई गर्न सुझाव दिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताउँदै पुनर्निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी लगायत सबैलाई धन्यवाद दिए । जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सन्तोष निरौलाले नेपाल सरकार र एसियाली विकास बैकमार्फत १७ वटा भवनमध्ये ६ वटाको पुनर्निर्माण सम्पन्न भएको र १० वटा पुनर्निर्माणको प्रकृयामा रहेको जानकारी दिए । उनले भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनहरुको पुनर्निर्माण प्रकृया पनि अघि बढेको जनाए ।
सूर्यालाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले गर्याे अभिकर्ताको सम्मान
काठमाडौं । सूर्यालाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आफनो निजि कोड र टिम व्यावसायका अधारमा प्रथम तीन तीन जना सम्मानित भएका हुन् । सम्मान हुनेमा निजि कोडको तर्फ प्रथम हरि सिंह पाली दोस्रोमा भुवन सिंह भाट र तेस्रोमा गोमती पन्त रहेको छन् भने टिम व्यावसायमा प्रथम टेकराज पनेरु दोस्रोमा हरि सिँह पाली र तेस्रोमा केशव राज भट्ट रहेको थिए । कार्यक्रमका बिचमा दुइ जना ऐजेन्सी मेनेजरहरु केशवराज भट्ट र भुवन सिंह भाटले आफनो टिममा राम्रो सहयोग गर्ने टप तीनजना लाई सम्मान पनि गरेका थिए । उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक ज्यूले सुर्या लाईफ अब को नेपालको नम्बर १ जीबन बीमा कम्पनी बन्ने दावी गर्नुभएको थियो । हामी हरेक इन्डीकेटरमा राम्रो हुँदै गैरहेकोले अब पहिलेको सूर्या लाइफ भन्दा फरक सूर्यालाइफ तपाइ हामी मिलेर बनाउनुपर्ने छ भन्नु भयो । आफनो मन्तव्यमा वहाँले सबै लाइ गरे पनि सूर्या र मरे पनि सूर्या भनेर सबै लाई सपत पनि खुवाउनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथि तथा एरिया मेनेजर हिरालाल चौधरीले दिनको ५ रुपैयामा अब बीमा गर्न सकिन्छ र बीमा गर्ने बिमीत गाह्रो साह्रो परेमा सहयोग गर्ने बताए । कार्यक्रम नेपालको राष्ट्रियगानबाट र पानसमा बत्ती बलेर सुरु गरिएको थियो भने कार्यक्रमको सभाध्यक्ष डडेलधुराको शाखा प्रमुख रामदत्त भट्ट रहेको थिए भने प्रमुख अतिथि कम्पनीको सहायक महाप्रबन्धक किरण गौतम रहेका थिए भने विशिष्ट अतिथिमा कम्पनीका एरिया प्रबन्धक हिरालाल चौधरी रहेका थिए ।
सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि ढिलाइ नगर्नुस्ः मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निजी विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा राजधानीमा आयोजित विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न आग्रह गरेका हुन् । “फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानूनको पालना गराउने नै हो, नियम सङ्गत भएको छ की छैन, बैंक खातामार्फत भुक्तानी भएको छ की छैन, त्यो माग्नु सरकारको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस् ।” उनले भने । उनले एकाध सञ्चारमाध्यममा सामाजिक सुरक्षा योजनामा जानुनपर्ने गरी लेख पढेकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै मन्त्री विष्टले भने “कानूनको पालनालाई चुनौती दिने गरी यस्ता लेख आए भने सबैभन्दा पहिला त्यही ठाउँ मै ध्यानाकर्षित गर्ने छौँ, सकेसम्म त्यहाँसम्म पुग्न बाध्य नबनाइयोस् ।” सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुवात गर्दा केही कठिनाइ हुने उल्लेख गरेका छन् । युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको जानकारी दिए । विद्यालयको स्वस्थ्य विकासका लागि र विद्यालयको जनशक्तिको मर्यादित जीवन तथा आत्मसम्मान र उत्पादकत्व वृद्धिका लागि कार्यक्रम आएकाले गम्भीर भएर कार्यान्वयनमा ल्याउन उहाँले विद्यालय सञ्चालकलाई आग्रह गरे। प्याब्सन पदाधिकारीले मन्त्रालयमा पुगेर कठिनाइ राखेपछि सरकारको तर्फबाट उहाँहरुको सुझावलाई सम्मान गरेर ‘आधारभूत पारिश्रमिक’मा सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी व्यावहारिक समाधान सरकारले खोजेको उनले प्रस्ट पारे । शिक्षा मन्त्रालयले तोकेअनुसारको न्यूनतम तलब दिए नदिएकोृ बैंक खाताबाट भुक्तानी गरे नगरेको विषयमा विद्यालयलाई पत्र काट्न लागेको बेला प्याब्सनका पदाधिकारीको आग्रहमा तत्काल रोकेको जानकारी गराउँदै मन्त्री विष्टले भने, “सरकारको अभियानलाई धेरै खिल्ली उडाउने काम भयो भने सरकारको ध्यान जबरजस्त आकर्षित हुने खतरा हुन्छ, त्यतातर्फ जान बाध्य नबनाउनुहोस् ।” मन्त्री विष्टले शिक्षा नीतिको टुङ्गो लगाउत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समिति बनेकाले गम्भीरता साथ मनन गरेर यसको निकास निकालिने जानकारी गराए । उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान प्याप्सन काठमाडौंले एसइई परीक्षामा सर्वोत्कृष्ट ल्याउने विद्यालय, दीर्घसेवा गर्ने शिक्षक र एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । उक्त परीक्षामा सर्वोत्कृष्ट हुने रिलायन्स एकाडेमी कपन र सर्वोतृतीय हुने भ्याली भ्यू स्कुललाई आज कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा एसइईमा जिपिए ४ ल्याउने २४ विद्यालयका ३३ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । यस्तै ६५ जना शिक्षकलाई प्याब्सन दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने । एसइईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयहरुलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको थियो । रासस
कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छः मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । कैलाली होटल व्यवसायी सङ्घद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुङ्गानाटोलमा आयोजित डल्फिन महोत्सवको उद्घाटन गर्दै उनले डल्फिनको संरक्षण र प्रचारप्रसारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। “डल्फिन पाइने कर्णाली, मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन सरकारले लगानी गर्छ”, मन्त्री भट्टराईले भने, “स्थानीय पर्यटन प्रवद्र्धनका लागि तपार्इंहरु योजना बनाएर आउनुस्, डिपिआर निर्माण र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्छ ।” उनले डल्फिनलाई पर्यटक मुख्य आकर्षणको केन्द्र बनाउन सरकार सहयोग तयार रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, स्थानीयको व्यावसायिक क्षमता अभिवृद्धि, आयआर्जनका लागि सक्ने सहयोग गर्ने सरकारको जिम्मेवारी हो र यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा सरकारले विकास गर्छ भने । मन्त्री भट्टराईले टीकापुर हवाई मैदानमा हवाईजहाज उडाउने टीकापुरवासीको सपना पूरा गर्ने बताउँदै टीकापुर नेपालकै ऐतिहासिक र केही शहरमध्ये व्यवस्थित प्लानिङ भएको क्षेत्र भएकाले यहाँको समस्यालाई ध्यान दिएर सरकारले टीकापुर विमानस्थललाई नयाँ ढङ्गले सञ्चालन गर्ने धारणा व्यक्त गरे। तीन दिनसम्म चल्ने उक्त महोत्सवमा मन्त्री भट्टराईले कर्णाली नदी हुँदै ताक्लाकोटबाट मानसरोवरको याज्ञा गर्न सकिने वातावरण बनाउन धार्मिक पर्यटनका रुपमा विकास गर्ने उल्लेख गर्दै थारू र पहाडीको मिश्रित समुदाय रहेको कैलालीको सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस्, पर्यटन प्रवद्र्धन र डल्फिनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तेजबहादुर बोहराले जानकारी दिए । रासस