ज्ञान चक्की आटाले स्वागत गरेको ठमेल, भ्रमण वर्षप्रति व्यवसायी निराश
काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये ९० प्रतिशत ठमेलमा पुग्छन् । पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन, नेपाली माैलिकता झल्काउने बस्तु तथा सेवा बिक्री गर्न सुन्दर सहर बसेकाे छ ठमेलमा । पर्यटन सम्बन्धि सरोकार राख्ने धेरैजसो संघ संस्थाहरु पनि ठमेलमै छन् । ठमेलमा पाइला टेक्ने जो सुकैले पनि अलि पृथक किसिमको अनुभूति गर्छन् । किनकि त्यहाँको वातावरण त्यही किसिमको रोचक छ । यतिखेर देशमा एउटा विषयमा ठूलो चर्चा छ । सडकदेखि सदनसम्म मानिसको मुखमा झुण्डिएको छ त्यो शब्द । भ्रमण वर्ष २०२० । हो, यतिखेर देशमा भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा अनि चटारो छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरेका कार्यक्रमहरुमा सहभागी जनाउन भ्याइ न भ्याई छ माथिल्लो ओहोदाका मानिसलाई । सामाजिक सञ्जालबाटै भएपनि भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न छुटाएका छैनन् । २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना छ सरकारको । तर, २०२० लाई सफल बनाउन सरकारले कतिको मिहिनेत गरेको छ ? भौतिक संरचनाहरु कत्तिको निर्माण भएका छन् ? पर्यटकहरुका लागि खास सुविधा केछ भन्ने मनासायले विकासन्यूजकर्मी आइतबार सबै पर्यटकको पाइला पर्ने स्थान ठमेलको अवलोकनमा निस्किए । बागबजारबाट हाम्रो यात्रा शुरु भयो ठमेलसम्मका लागि । रत्नपार्क कान्तिपथ हुँदै हामी ठमेलको प्रवेशद्वार केशर मल चोकमा पुग्यौं । ठमेलमा हरेक विदेशी पर्यटकहरुले पाईला टेक्छन् । उनीहरुको बास बस्ने र मन परेको सामान खरिद गर्ने विशेष ठाउँ हो ठमेल । केशर पुस्तकालयबाट प्रवेश गर्दै हरेक मानिसहरु ठमेल पुग्छन् । सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि विभिन्न प्रचार प्रसारका सामाग्रीहरु सम्प्रेषण गरिरहेको बताउँदै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुने मात्र होइन भ्रमण वर्षका विभिन्न सन्देशहरु प्रचार प्रसार गर्न आफै तल्लिन छन् । स्वदेशमा मात्र होइन विदेशमा भएका घटनाक्रमहरुसमेत उनले विशेष प्राथमिकताकासाथ सामजिक सञ्जालमार्फत सेयर गरिरहेका हुन्छन् । तर, देशको प्रमुख मेरुदण्ड अर्थात सबैभन्दा पर्यटक आवतजावत गर्ने क्षेत्र ठमेल भने उही पुरानै ढर्रामा चलिरहेको छ । अब शुरु गरौं ठमेल तर्फको यात्रा । ठमेलको प्रवेशद्वारमै एउटा चोक । नाम हो केशर मल चोक । केशरमल चोकको बिच्चमै राखिएको छ एउटा ट्राफिक आइल्याण्ड । त्यही ट्राफिक आइल्याण्डमाको माथिपट्टी ठूलो अक्षरले लेखिएको छ शुद्ध गहुँको चक्की आटा, गहुँको असली गुण, स्वादिलो नरम रोटीमा । ज्ञान चक्की आटाले ठमेलमा प्रवेश गर्ने जो कोहीलाई पनि भ्रमण वर्ष २०२० को गज्जवले स्वागत गरिरहेको थियो । ठूलो पर्यटक वस्तीतर्फ हामी साँघुरो बाटो हुँदै भित्र पस्यौं । बाटोमै तछाड मछाडका रुपमा थिए सडक व्यापारी । जनवरी १ मा भ्रमण वर्षको शुरुवात गरिँदैछ । त्यही भ्रमण वर्षको स्वागत गरे झैं तल्लिन देखिन्थे ती सडक व्यापारी । त्यो सडमा हिड्ने जोकोहीलाई पनि बलजफ्ती सामान देखाउन व्यस्थ थिए तिनीहरु । उनीहरु सामान किन्न चाहुन् वा नचाहुन् । अव्यवस्थित तार काटिँदा इन्टरनेट बन्द ठमेल पर्यटन विकास परिषदले नेपाल भ्रमण वर्ष २०२० को तयारी भन्दै मंसिर ३ गतेदिख लापरवाहीपूर्ण तरिकाले इन्टरनेट र टेलिफोनका तारहरू काट्याे। काटिएका इन्टरनेट तथा टेलिफोन तारहरु सडकमा अव्यवस्थितरुपमा झारिएका छन् । सदाझैं अव्यवस्थित र गजुल्टो परेका तारहरुले कुरुप बनेको ठमेल जताततै झारिएका तारले झनै कुरुप बनेको देखिन्छ । सडक कुरुप मात्र होइन, हाल जथाभावी रुपमा काटिएका तारहरुले ठमेलमा इन्टरनेट, टेलिफोन लगायत सेवा अवरुद्ध भएको छ । हाल व्यवसायीको आग्रहमा तार काट्ने काम रोकिएको छ । संचय कोष भवनदेखि सुरु गरिएको काम १० दिन भित्रमा सम्पन्न गर्ने लक्ष्य भएपनि अहिले बीचैमा काम रोकिएको छ । तर, काटिएका स्थानमा अझै सञ्चार सेवा सञ्चालनमा आउन सकेको छैन । तार काटिएपछि टेलिफोन र इन्टरनेट सेवा सञ्चालन नहुँदा समस्या भएको व्यवसायीहरुले गुनासो गरेका छन् । तार काट्न सुरु गर्दा उत्साहित बनेका स्थानीय व्यवसायी बीचैमा काम रोकिँदा कहिलेबाट पुनः काटिने, कहिलेसम्म काटिसक्ने र बन्द भएको सञ्चार सेवा सञ्चालन कहिले हुने भन्दै प्रश्न गर्छन् । तर, कामको चाँप बढ्नुका साथै सबैतिर इन्टनेर काटिँदा समस्या हुने देखिएको कारणले केही समयका लागि काम स्थगित गरिएको ठमेल पर्यटन विकास परिषदका एक कर्मचारीले बताए । भ्रमण वर्ष सुरु हुनै लाग्दा समेत ठमेलको अव्यवस्था सुधार हुन नसक्ने भन्दै स्थानीय चिन्तित छन् । अर्को समस्या साँघुरो सडक ठमेल आफैमा पर्यटकीय गन्तव्य भएकाले पर्यटकहरू बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलको सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटक र नागरिकहरूलाई हिँडडुल गर्न समस्या छ । साँघुरो सडक । साेही सडकमा पैदलयात्री, ट्याक्सी र रिक्साहरुसँग ठेलमठेल गर्दै हिड्नु पर्ने वाध्यता छ विदेशी पाहुनालाई । लामो समयदेखि ठमेलमा न्यू फेसन सप सञ्चालन गर्दै आएकी संगिता शाहीले सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपनि पर्यटकलाइ दिने सेवा सुविधा वृद्धितर्फ केही काम नभएकाे बताइन् । भौतिक संरचना नै राम्राे नभएकाे उनकाे बुझाइ छ । ‘धेरै देशका पर्यटकहरु आउने ठाउँ ठमेलको भौतिक पूर्वाधारका संरचनाहरु लज्जास्पद अवस्थामा छ’ उनले भनिन् । स्थानीयकाे असन्तुष्टिका बाबजुत जर्मनीबाट नेपाल घुम्न आएका एलेक्स खुशी नै देखिन्छन् । ‘नेपाल धेरै राम्रो देश हाे’ उनले भने । तर यहाँकाे सडक लगायत मानव निर्मित पूवार्धारमा धेरै सुधार गर्न सकिने उनले बताए । सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्यताकासाथ सफल पार्ने बताइ रहेपनि ठमेलका व्यवसायीहरू भने भ्रमण वर्षमा २० लाख पर्यकट भित्रिनेमा आशंकित छन् । सरकारले देशको अथवा प्रमुख प्रर्यटकीय ठाउँको भौतिक संरचना तथा पूर्वाधारहरु निर्माण गरेर शुरू गर्नु पर्नेमा हचुवाको भरमा नेपाल भ्रमण वर्ष शुरू गर्न लागिएको बताउँछन् । भ्रमण वर्ष शुरू हुनै लाग्दा पनि ठमेलमा पर्यटकको आगमन न्युन भएको व्यवसायीहरू बताउँछन् ।
सुविसु अफरच्यूनिटी योजना: मात्र १ हजार ४० मा प्रति महिना २५ एम्बिपिएस इन्टरनेट
काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर ग्राहकले १५ महिनाको भुक्तानिमा प्राप्त हुनेछ । त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानिमा प्राप्त हुनेछ। यसका साथै ग्राहकहरुले २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश भएकाे दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने सुबिसुले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको पिस्करवासीलाई निःशुल्क स्वास्थ्य सेवा र औषधी प्रदानमा दुई अस्पताल
काठमाडौं । ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल, खाडीचौर सिन्धुपाल्चोकको संयुक्त आयोजनामा त्रिपुरा सुन्दरी गाउँपालिका पिस्कर अवस्थित श्री मङ्गलामाई माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त शिविर मा बरिष्ठ महिला रोग बिशेषज्ञ, एम.डि.जी.पी सहितका बिशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गरी आवस्यक औषधि निःशुल्क रूपमा उपलब्ध गराएको ह्याम्स अस्पतालका प्रतिनिधि रोशन अधिकारीले जानकारी दिए । उक्त शिविरमा लगभग २०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने जसमा निःशुल्क मधुमेह तथा रक्तचाप परिक्षण पनि गराएका थिए । उक्त शिविरमा श्री मङ्गलामाई माध्यमिक विद्यालय प्राध्यानाध्यपक धनश्याम पौडेलले आफ्नो भनाई राख्दै यसरी आफ्नो गाउँघरमा बिशेषज्ञ सेवा आउँदा अस्पतालसम्म पुग्न नसक्ने व्यक्तिलाई सहज भएको भन्दै आगामी दिनहरुमा पनि यसरी बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पतालप्रतिको आशा कार्यम रहेको बताए । त्यस्तैगरी त्रीपुरा सुन्दरी गाउपालीका स्तरीय स्वास्थ्य साखा प्रमुख चन्द्र नारायण शाह ले पनी आफुले चाहेर पनी गाउमै बिशेषज्ञ सेवा दिन नसकिरहेको अवस्थामा यसरी ह्याम्स अस्पताल काठमाडौं र सिन्धु सदाबहार अस्पताल खाडीचौर , सिन्धुपाल्चोक ले बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालन गर्दा अधिकांश ब्यक्ति हरू जो आर्थिक कारण तथा पहुँच नभएका कारण स्वास्थ्य मा बन्चित भएका हरू ले पनी यसरी स्वास्थ्य लाभ लिन पाएका छन् र आगामी दिनहरुमा यस्ता शिविर गर्न आफुहरूले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आगामी दिनहरुमा यसै गरी ह्याम्स अस्पताल लगायत अन्य अस्पतालसँग सहकार्य गरी गाँउ गाँउ तथा दुर्गम क्षेत्रमा बिशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर लैजाने लक्ष्य लिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिए ।
अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ बीमालेख जारी गरी ३५ करोड ९२ लाख वीमा शुल्क आर्जन गर्नुका साथै हालसम्म ८ सय ६६ वटा दाबी वापत १० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न अजोड ईन्स्योरेन्स सफल भएको जनाएकाे छ । हालसम्म कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी ७० करोड छ भने लगानी तर्फ ९५ करोड ९७ लाख पुगेको छ । साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयले वासलात, नाफानोक्सान हिसाव, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल पारित गरेको हो । संचालनक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएसँगै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने व्यवस्था लागु हुने भएको छ । पछिल्लो समय डिजिटल ईन्स्योरेन्सका लागि च्याटबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । बीमाका शुल्क भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, खाल्ती, सेल पे जस्तो सेवाहरुको कार्य आरम्भ गर्न सम्झौता भएको छ । कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरी २ लाख रुपैयाँसम्म दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
कामना सेवाको ६ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा
काठमाडौं । कामना सेवाविकास बैंकले गतहप्ता मात्र ६ वटा नयाँशाखा विस्तार गरेको छ । काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिकास्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल६ वटा नयाँशाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले व्यवसायविस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १४ वटा शाखा तथा ६० वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस्, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।
काठमाडौंस्थित बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर
काठमाडौं । काठमाडौं बाँसबारी हिमालयन बैंकको नयाँ काउन्टरको विस्तार गरेको छ । काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा शुरु गरेको हो । उक्त विस्तारित काउन्टरको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगञ्ज शाखाका प्रमुख अभयबहादुर शाहा, बैंकका तथा अस्पातालका कर्मचारीहरुको उपस्थिति थियो । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।
अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकको शाखारहित सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँचीको देउरालीमा एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरिएको छ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा आफन्नाे ४५औं शाखारहित बैंकिङ्ग सेवा पौष ११ गतेबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा भएको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
भ्रमण वर्षका लागि ठूलो लोगो सहितको प्रबर्द्दनात्मक आकृती अनावरण
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबर्द्दनात्मक कार्यक्रममा ठूलो लोगो सहितको प्रवद्र्धनात्मक आकृति अनावरण गरेको छ । चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्समा अनावरण गरेको हो । सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रवद्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महसुस गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण समेत गरे । भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफलपार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्तगदै यस्तै क्रियाकलाप चेम्बर लगायतनिजी क्षेत्रकाअन्य संघ संस्थाएंव देश व्यापी रुपमा र अन्तर्राष्ट्रिय जगतमा समेत भइरहेको छ । चेम्बरको पर्यटन कमिटीका सभापतितथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाखपर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए । सो अवसरमा नेपाल सरकारका सम्बद्ध निकायका उच्च अधिकारीहरु, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, का.स. सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।