पाँच अंकले बढ्याे सेयर बजार, साताकाे पहिलाे दिन ४२ करोड २४ लाखकाे काराेबार
काठमाडाैं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ । कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता सेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएकाे देखिएकाे छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ । यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।
‘जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट’ मा २१० स्टार्टअपले गरे प्रदर्शनी, दश हजार भन्दा धेरै अवलोकनकर्ता
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार भन्दा धेरै युवाहरुले उक्त मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए । जिबिजि बिजफेस्ट र बिजस्टार्ट नेपालमा यस प्रकारको पहिलो र एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा गत वर्षदेखि गर्न थालिएकोे कार्यक्रमको यो दोस्रो संस्करण हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गरिएकोे यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको थियो । कृषिमा उपयोगी हुने ड्रोन बनाउने कम्पनीहरु, मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ, अन्लाईन सपिङ, अनलाईन शिक्षा प्रदान गर्ने, अनलाईन स्वास्थ्य सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न स्टार्टअप कम्पनीहरु उक्त मेलामा सहभागी थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनीहरुबाट सिक्ने अवसर दिएको थियो । मेलामा देखिएको दृश्यले नेपाली युवाहरुमा स्टार्टअपप्रतिको रुची कति रहेछ र आफैले नवउद्यम खोल्न कति इच्छुक रहेछन् भन्ने दर्शाएको थियो । कार्यक्रममा विशेषज्ञहरूले डिजिटल मार्के्टिङ, क्लाउड कम्प्युटिङ, ग्रोथ ह्याकिङ जस्ता विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्पूर्ण हुने जनाइएको छ । गुगल बिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले यो प्रदर्शनी आयोजना गरेको संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले बताए ।
सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
सामाजिक संजालमा गलत लेख्नेलाई ५ वर्ष कैद, १५ लाख जरिवाना
काठमाडौं । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने भएको छ । विकास तथा प्रविधि समितीले आइतबार गरेको बैठकमा सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई यस्तो प्रस्ताव अघि सारको हो । कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कुनै जातजाती, धर्म, क्षेत्र तथा सम्प्रदायहरुविरुद्ध गलत कुरा लेख्नेलाई यस्तो प्रावधान अघि सारेको जनाएको छ ।
घरेलु लघुवित्तको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष ११ गते काभ्रेको बनेपा स्थित पन्चकन्या व्याङक्वेटमा सम्पन्न भएको हाे । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्त सम्मको वासलात तथा नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरेकाे थियाे । आ.व.२०७६/७७ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा संस्थाले अन्य ईजाजतपत्र प्राप्त घ वर्गका कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने र कुनै वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ । साथै संस्थाको प्रथम वार्षिक साधारण सभाले ६ सदस्यीय सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत लक्ष्मी पोख्रेलले जानकारी दिए । यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
सलमान खानको ५४ औं जन्मोत्सवमा बिईगं ह्युमन क्लोथिङको शो–रुम रिब्रान्डीङ
काठमाडौं । नेपालको बिईगं ह्युमन क्लोथिङको रिब्रान्डीङ गरिएको छ । नेपालका लागि बिईगं ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिले गत शुक्रबार दरबारमार्गको स्टोरमा सस्थापक सलमान खानको जन्मदिन मनाएर ’रिब्रान्डीङ’ गरेको हो । सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल भएका छन् ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ । प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिईगं ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बताए । उनले भने, ‘अब हामी बिईगं ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ । केहि समय आन्तरिक समस्याका कारण बन्द रहेको बिईगं ह्युमन नेपालको शो–रुम औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ। ‘विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ । ‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौ।’ जन्मदिनको अवसरमा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई प्रत्येक १५ हजारको खरिदमा बिशेष छुट दिएको थियो ।
दक्ष कामदारका लागि अब एपबाटै जागिर, विदेशिने दिनकाे अन्त्य
काठमाण्डौँ । ‘अरबान्स नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाण्डौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो । विशेषगरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरिएको हो । अरबान्स नेपाल एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ । आफूले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ । कार्यक्रममा अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने दैनिक १ हजार २ सय भन्दा बढी युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढी नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ । उनले भने किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ? अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् , खानले भने । उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौं, कसैको भरमा नबसौं ।उक्त कार्यक्रमको पूर्व सन्ध्यामा अरबान्स नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् । साथै, अरबान्स नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूबमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।
रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार र राेशन
काठमाडौं – शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए । प्रतियोगितामा विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिएको थियो । च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका थिए । यस पटक लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी भएका थिए । मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत सहयोग रहेको थियो ।