विकासन्युज

कारवाहीमा पर्ने डरले चार लाभग्राहीले फिर्ता गरे घर बनाउन लिएकाे किस्ता

काठमाडाैं । पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका ती लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । पहिलो किस्ता लिने तीन र तीनवटै किस्ता लिने एक जना लाभग्राहीले सम्झौताबापतको किस्ता रकम फिर्ता गरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता लिनेबाट एक लाख ५० हजार रूपैयाँ र तीनवटै किस्ता लिनेबाट तीन लाख गरी चार लाख ५० हजार रूपैयाँ फिर्ता भएको छ । भानु नगरपालिकाका दुई र म्याग्दे र ऋषिङ गाउँपालिकाका एक/एक लाभग्राहीले रकम फिर्ता गरेका हुन् । “घर पुनःनिर्माणका लागि सम्झौता गरी रकम लिएका लाभग्राहीको अन्यत्र पनि घर भएको हुनसक्छ, एक भन्दा बढी घर भएको व्यक्तिले भूकम्पको किस्ता लिन पाउँदैन,” उनले भने, “उक्त कुरापछि जानकारीमा आएर कारवाहीमा पर्ने डरले रकम फिर्ता गरेको हुनसक्छ ।” उनका अनुसार एक लाभग्राहीले अर्कैको घर देखाएर पहिलो किस्ता लिएका थिए । पछि प्राविधिकको अनुगमनपछि ती लाभग्राहीले किस्ता फिर्ता गरेको प्रमुख गुप्ताले जानकारी दिए । जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । यहाँ पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ गरी कूल १५ हजार १३१ लाभग्राही रहेको थियो । गत पुस ११ गतेसम्म ६ हजार ४६९ निजी आवास पुनःनिर्माण सकिएको एकाइले जनाएको छ । ब्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राही रहेकामा एक हजार ५३, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राही रहेकामा दुई हजार १९१, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राही रहेकामा ४८६, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राही रहेकामा ४५५, देवघाट गाउँपालिकामा ६४८ लाभग्राही रहेकामा २२६, घिरिङ गाउँपालिकामा तीन सय ६ लाभग्राही रहेकामा १२२, भिमाद नगरपालिकामा एक हजार २९६ लाभग्राही रहेकामा ३६२, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राही रहेकामा ६०७, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राही रहेकामा ७३७ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राही रहेकामा २३० निजी आवास निर्माण सम्पन्न भएको छ । जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकोमा ८४४ लाभग्राही थपिएका थिए । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो । रासस

विदेशबाट आयात हुने सामानमा भन्सार दर कम गर्न महासंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले विदेशबाट आयात हुने वस्तुको मूल्याकंनमा जाेड र भन्सार दर कम गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सरकारले भन्सारबाट आयात हुने वस्तुको मूल्याकंनमा जोड र वस्तुको मूल्यदर कम गर्न सरकारसमक्ष आग्रह गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले अनाधिकृत पैठारी नियन्त्रण गर्न भन्सार दर कम गर्नु पर्ने बताइन् । उनले विदेशबाट आयात हुने सामानमा भन्सार दर कम गर्नु पर्ने धारणा राखिन् । महासंघले विदेशबाट आयात हुने वस्तुको गुणस्तर, मूल्य र मेन्टालिटीमा सुधाधर हुनु पर्ने धारणा राखेको छ । महासंघले उत्पादित वस्तु मिति उपभोग अवधि उल्लेख भएका र तोकिएको वस्तुमा तोकिएको गुणस्तर भएको गुणस्तरीय वस्तु मात्र पैठारी गर्नु पर्ने बताएको छ । यस्तै, सरकारले ट्रस्टेड ट्रेडर्र्स को अवधारणा कार्यान्वयनमा आउनु पर्ने जनाएको छ । अर्थ सचिव शिशिर ढुङ्गानाले महासंघले उठाएका मागहरु क्रमशः सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले व्यवसायीहरुलाई स्वच्छ र मर्यादित व्यवसाय गर्न समेत आग्रह गरे । सुधारका काम विस्तारै अगाडि बढ्ने भएकोले यसमा ढुक्को वातावरण सरकारले सिर्जना गर्ने उनको भनाइ छ ।

अमेरिकन ब्राण्ड लिनियरफ्लुक्सको आधिकारिक बिक्रेतामा आईएमएस ग्रुप

काठमाडौं । आईएमएस ग्रुप अब नेपालमा लिनियरफ्लुक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । लिनियरफ्लुक्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस, हाईपर डिफिनेसन, अडियोको अनुभव दिने कम्पनीले जनाएकाे छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियरफ्लुक्स आधिकारिक रुपमा लञ्च भएको छ । उक्त हेडफोन डा. ड्रि एण्ड मोन्स्टर प्रडक्टका इन्जिनियरहरुले बनाएका हुन् । लिनियरफ्लुक्स हाईपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवन शैलीको लागि बनेको हो । यस हेडफोनको डिएलजिरोवान इमारसिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लिनियरफ्लुक्स हाईपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको पिल्लो सफ्ट इयर टिप्स् दुई थरीका रङ्गहरुमा पाईने छ साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्दलिन मद्दत गर्दछ । हाल कम्पनीले लिनियरफ्लुक्स उत्पादनहरू स्मार्ट डोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो । साथै, आईएमएस स्माइल्स शोरुम् सिटी सेन्टर र आईएमएस शोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंक बर्दियाको गुलरियामा, शाखा संख्या २३७ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दियाको गुलरियमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई ५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम दिएका हुन् । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ । यस अभियान अन्तर्गत संस्थाले देशका विभिन्न ग्रामिण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक मार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउने छ यसबाट ग्रामिण जिल्लामा रहेका बालबालिकाहरुले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ । बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरू हुनेछ।

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

 काठमाडाैं । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बा १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको  धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । उनले दुर्घटनाकाे कारण अहिलेसम्म थाहा नभएकाे बताए । ट्रकमा सवार अन्य २० जना भने घाइते भएका छन् ।

नेपाली विद्यार्थीबारे इक्यानकाे चाँसो, अष्ट्रेलियन सरकार भन्छ– त्यस्ता समाचारको समर्थन गर्दैनाैं

काठमाडौं । केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चाँसो व्यक्त गरेको छ । गतशुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो । जसमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चार माध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । पाण्डेको जवाफदिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रशंसा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताए । ‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’ भेटमा अधिकारीहरुले बताएका थिए । अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कमभए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । जसले आफ्ना सन्तानका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन सक्छन् । ‘पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै उनले आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन्, त्यसैले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत हो,’ उनले भने । उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताए । ‘नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम छ ।