काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले विदेशबाट आयात हुने वस्तुको मूल्याकंनमा जाेड र भन्सार दर कम गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सरकारले भन्सारबाट आयात हुने वस्तुको मूल्याकंनमा जोड र वस्तुको मूल्यदर कम गर्न सरकारसमक्ष आग्रह गरेको हो ।
महासंघकी अध्यक्ष भवानी राणाले अनाधिकृत पैठारी नियन्त्रण गर्न भन्सार दर कम गर्नु पर्ने बताइन् । उनले विदेशबाट आयात हुने सामानमा भन्सार दर कम गर्नु पर्ने धारणा राखिन् । महासंघले विदेशबाट आयात हुने वस्तुको गुणस्तर, मूल्य र मेन्टालिटीमा सुधाधर हुनु पर्ने धारणा राखेको छ ।
महासंघले उत्पादित वस्तु मिति उपभोग अवधि उल्लेख भएका र तोकिएको वस्तुमा तोकिएको गुणस्तर भएको गुणस्तरीय वस्तु मात्र पैठारी गर्नु पर्ने बताएको छ । यस्तै, सरकारले ट्रस्टेड ट्रेडर्र्स को अवधारणा कार्यान्वयनमा आउनु पर्ने जनाएको छ ।
अर्थ सचिव शिशिर ढुङ्गानाले महासंघले उठाएका मागहरु क्रमशः सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले व्यवसायीहरुलाई स्वच्छ र मर्यादित व्यवसाय गर्न समेत आग्रह गरे । सुधारका काम विस्तारै अगाडि बढ्ने भएकोले यसमा ढुक्को वातावरण सरकारले सिर्जना गर्ने उनको भनाइ छ ।