
काठमाडौं । आईएमएस ग्रुप अब नेपालमा लिनियरफ्लुक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । लिनियरफ्लुक्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस, हाईपर डिफिनेसन, अडियोको अनुभव दिने कम्पनीले जनाएकाे छ ।
निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियरफ्लुक्स आधिकारिक रुपमा लञ्च भएको छ । उक्त हेडफोन डा. ड्रि एण्ड मोन्स्टर प्रडक्टका इन्जिनियरहरुले बनाएका हुन् ।
लिनियरफ्लुक्स हाईपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवन शैलीको लागि बनेको हो । यस हेडफोनको डिएलजिरोवान इमारसिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लिनियरफ्लुक्स हाईपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको पिल्लो सफ्ट इयर टिप्स् दुई थरीका रङ्गहरुमा पाईने छ साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्दलिन मद्दत गर्दछ ।

हाल कम्पनीले लिनियरफ्लुक्स उत्पादनहरू स्मार्ट डोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो । साथै, आईएमएस स्माइल्स शोरुम् सिटी सेन्टर र आईएमएस शोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।