उड तथा फर्निचर एक्स्पोकाे लागि तयारी गर्दै कामदार (फाेटाेफिचर)
काठमाडौं । माघ १७ गते शुक्रबारबाट शुरू हुन लागेकाे ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’काे तयारी करिब पुरा भएकाे छ । उक्त एक्स्पाेका आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. का निर्देशक सृजल भट्टराईले हालसम्म ९० प्रतिशत तयारी पुरा भएकाे जानकारी दिएका हुन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्न लागेका हुन् ।भाेलिदेखि माघ १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुन लागेकाे उक्त एक्स्पोकाे तयारीका केहि झलक यस्ता छन्:
कर धेरै भयो, घटाउन गृहकार्य गर्दैछौंः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले करको दर घटाउने बताएका छन् । करको दर धेरै भयो भनेर देशभरबाट गुनासो आएकोले घटाउन लागिएको मन्त्री पोखरेलको भनाइ छ । देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । तीन तहको सरकार भएको र तीन तहकै सरकारले कर उठाउन थालेका कारण करको दर धेरै भएको उनको भनाइ छ । ‘हामीलाई जनताले चुनाव जिताएर पठाएका हुन, हामीले जनतालाई खुसी बनाएर नै जनताको मन जित्ने हो, कर धेरै भयो भनेर व्यापक गुनासो आएको छ, गुनासो सम्बोधन गर्न कर घटाउने गृहकार्यमा छौं,’ मन्त्री पोखरेलले भने । कसरी करको दर कम गर्ने र कहिलेदेखि कार्यान्वयन गर्ने भन्ने विषयमा मन्त्री पोखरेलले केही प्रष्ट्याएनन् । र, कुन कर कम गर्ने भन्ने विषयमा पनि उनले केही व्याख्या गरेनन् । कर्पाेरेट करको दर धेरै भयो भनेर उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । यस्तै आयकरका विषयमा पनि जनस्तरबाट गुनासो व्यक्त हुदै आएको छ । उपभोक्ताले तिर्ने १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) को दरका विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । यस्तै, नेपाली औषधी उत्पादक उद्योगीले विदेशी औषधीको आयातमा कडाई गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने बताए । नेपालबाट ११ अर्ब रुपैयाँको पाम आयल भारतमा निर्यात गर्दा भारतीय व्यापारीले विरोध गरेका थिए । सोही विरोधका कारण भारत सरकारले नेपालबाट पाम आयाल आयात नगर्ने निर्णय गरेको थियो । नेपालमा वार्षिक करिब ४० अर्ब रुपैयाँ बराबरको औषधी आयात हुने गरेको छ । तर, नेपाली औषधी उद्योगले विदेशी औषधी आयातमा कठाइ गर्नुपर्ने माग गरिरहेको समयमा रक्षमन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन हुने प्रकारको अभिव्यक्ति दिएका हुन् । नेपाली औषधी उद्योगहरुले औषधी आयातमा कडाइ गरौं भन्दा सरकारले कुनै चासो नदेखाएको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउनु पर्ने शर्माको भनाइ छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा नै औषधी उत्पादन गर्ने कम्पनीलाई सहयोग गर्न सरकार लागिपरेको जानकारी दिए । सम्बन्धित सामग्री आयमा कर छुटको सीमा बढाइदै, सामाजिक सुरक्षा कोषमा जानेलाई दोहोरो कर नलाग्ने
पर्यटन बोर्डका सीईओ रेग्मीले गरे पदबहाली
काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो । सीईओको कार्यकाल चार वर्ष हुनेछ । जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।
चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्
काठमाडौं । यतिखेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहाेल तातेकाे छ । वर्तमान कार्यसमितिकाे कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो । केही आकांक्षीहरुले चुनावका लागि आफ्नो उम्मेद्वारी घोषणा नै गरेर भेटघाटलाई तीव्र बनाएका छन् भने कोही चाहिँ औपचारिक उम्मेद्वारी घोषणा नगरी छलफलमा जुटेका छन् । आगामी चैतमा हुने ५४औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु, ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन कुमार राईलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा पहिलेकाे जस्तै ठूला घराना मात्र नभई सर्व साधरण उद्योगी व्यवसायीको हक हितका लागि नेतृत्व चाहिने धारणा राखेका छन् । भन्सार महसुल कम गराउन भूमिका खेल्ने नेतृत्व हामीलाई चाहिन्छ ईश्वर चिपालु, अध्यक्ष, इलाम उद्योग वाणिज्य संघ नेपालको अर्थतन्त्र सुधार गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो समय सरकार र निजी संघ संस्थाहरु पनि नारा लिएर मात्र अगाडि बढ्ने चलन छ । यो अवस्थालाई सुधार गर्ने खालको नेतृत्व आवश्यक छ । यी विविध समयाहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक छ । र त्यो खालको नेतृत्व अब हामीलाई चाहिन्छ । एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् । यी समस्याहरुलाई बुझेर सबै व्यवसायीहरुलाई अगाडि लिन सक्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बैंकले लिने ब्याज हो । सबैभन्दा पहिले नेपाल राष्ट्र बैंकले बैंकले उद्योगी व्यवसायीहरुलाई लिने ब्याजको दर निश्ति तोक्नु पर्यो । समय समयमा बढाएर समस्यामा पार्नु हुँदैन । यो समस्यालार्ई समाधान गर्ने नेतृत्व हामीलाई चाहिन्छ । राष्ट्र बैकले बैंकहरुलाई कति प्रतिशतमा ब्याज लिन पाउँछन् त्यो नीति बनाउनु पर्छ । राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन भन्ने नीति ल्याउनु पर्छ । सबै व्यवसायीको साझा घर सम्झिने खालको महासंघ बनाउने नेतृत्व आजको आवश्यकता हो दिपक नेपाल, अध्यक्ष, पाँचथर उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले पहाडी जिल्ला लगायतका ग्रामिण भेगका उद्योगी व्यवसायीका समस्याहरु पनि बुझ्ने प्रयास गर्नेछ भन्ने हाम्रो आशा छ । अहिले सम्मका नेतृत्वहरुले साना व्यवसायी तथा उद्योगीहरुका समस्याहरु समाधान गर्ने तर्फ त्यति ध्यान दिएको अवस्था छैन । अहिलेसम्मका नेतृत्वहरुले देशको निर्यात आयातमा मात्र ध्यान दिएको देखिन्छ । कतिपय युवाहरु स्वरोजगार हुने हिसाबले पनि व्यवसाय गरिरहेका छन् । अबको नेतृत्वले नेपालका सबै उद्योगी व्यवसायीहरुलाई समेटेर सबैको उद्योग वाणिज्य महासंघ बनाउन आवश्यक छ । यो विषयमा पनि महासंघले आफ्नो धारणा बनाउन आवश्यक छ । बैंकको व्याजदर घटाउने नेतृत्व चाहिन्छ ज्ञानेन्द्र कुमार मास्के, अध्यक्ष, ओखलढुङ्गा उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको भावी नेतृत्वले बैंकमा परेको समस्या समाधान गर्ने छ भन्ने आशा लिएका छौं । पहिले एउटा ब्याजदर तोक्छ फेरि बिचबिचमा बढाउँछ । यसले सबै व्यवासयीहरुलाई समस्या परिरहेको अवस्था छ । पहिले ९ प्रतिशत भनेर लिएको ऋण पछि १४/१५ प्रतिशत तिर्नु पर्ने अवस्था छ । ट्याक्स भ्याट वान डोर सिस्टमबाट जानु पर्यो । उहाँहरुले सहि काम गरेर जिल्लामा परेका समस्याहरुलाई समाधान गर्न सक्नु पर्दछ । सरकारसँग समन्वय गरेर अगाडि बढ्न सक्नु पर्छ । हामी जुन सिस्टममा छौं त्यही सिस्टममा जानु पर्ने हुन्छ । तीनै तहले लिइरहेको ट्याक्स सिस्टम बन्द गरेर वान डोर सिस्टम लागु गरे देश आर्थिक गतिमा पनि अघि बढ्छ । आगामी नेतृत्वले यही समस्यालाई समाधान गर्नेछ भन्ने आशा लिएका छौं । ठूला घरानाको मात्र होइन सबै उद्योगी व्यवसायीको महासंघ उपीन कुमार राई,अध्यक्ष, खोटाङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको आउने नेतृत्वले साना तथा मझौला उद्योगी व्यवासयीका पीर मर्का र समस्याहरु बुझोस् । कुरा सुने मात्र हुन्थ्यो भन्ने हाम्रो चाहना छ । अहिले सम्मको नेतृत्वहरु ठूला घराना र उद्योगी व्यवसायीहरुको मात्र जस्तो हामीलाई महसुस भएको छ । उनीहरुकै हातमा मात्र महासंघ छ । हामी जस्तो दुर दराजमा रहेका व्यवसायीहरुका लागि यो जल्दोबल्दो समस्या हो । यो समस्यालाई उठाई दिने सुनिदिने सम्बन्धित निकायसम्म पुर्याई दिने नेतृत्व हामीलाई चाहिएको छ । विगतका नेतृत्वहरुले हामी विकट ठाउँमा व्यवसायीहरुका समस्याहरु राष्ट्रिय स्तरमा लिएको अवस्था छैन । हामीले आफ्नो ठाउँबाट आवाज उठाएका छौं । तर, त्यसलाई सरकारसमक्ष पुर्याउने नेतृत्व हामीले पाउन सकेका छैनौं । महासंघ जुन किसिमले सबैलाई लिएर अगाडि जानु पर्ने थियो त्यो अवस्था हामीले अहिलेसम्म महसुस गरेका छैनौं । भन्सारमा महसुल बढी भएकोले नेपालको भन्दा भारतीय बोर्डरहरुमा बढी बजार स्थापित भएका छन् । नेपालका बजार दैनिक घट्दै गइरहेका छन् । मान्छेले चोरी निकासी गर्छ । अर्थतन्त्रको विकास गर्नका लागि भन्सार भाउ घट्नु पर्छ । सम्बन्धित समाचारः चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
के हाे एमसीसी ? थाहा पाउनुस् २२ प्रश्नकाे उत्तर
काठमाडौं। यतिखेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने कुरा विवादमा छ । यो पास हुनु पर्छ वा पर्दैन भन्ने मानिसको समूह दुई समूहमा विभाजित भएको छ । याे समस्या समाधान गर्नका लागि सरकारले सबै तथ्य समेटेर एमसीसी नेपाल कम्याक्टसम्बन्धी जानकारी प्रकाशन गरेको छ । सामाजिक सञ्जालमा गलत सूचना फैलाइ एमसीसीलाई विवादित बनाइरहेका बेला अर्थ मन्त्रालयअन्तर्गत रहेको एमसीसी नेपालले २४ पृष्ठ लामो जानकारी सार्वजनिक गरेको हो । एमसीसी नेपाललले गलत सूचनाबाट सजग रहन र आधिकारीक सूचनाबाट मात्र धारणा बनाउन सर्वसाधरणलाई अनुरोध समेत गरेको छ। यस्तो छ जानकारीको पूर्णपाठ [pdf id=193062]
टोयोटा मोटर्सको डिलर्स मिट सम्पन्न
काठमाडौं । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । उक्त मिट गत सोमबार पोखरास्थित होटल बाराहीमा सम्पन्न भएको हो । उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए । उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।
सातवटा विद्येयक संसदमा पेस गर्न स्वीकृति
काठमाडौं । मन्त्रिपरिषद बैठकले सातवटा विद्येयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिबारकाे पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद बैठकले सातवटा विद्येयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको बताए । स्वीकृति दिएको विद्येयकहरूमा अध्यागमन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्येयक, तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्येयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन विद्येयक २०७६ रहेका छन् । यस्तै प्रतिलिपि अधिकार पहिलो संशोधन विद्येयक २०७६, नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक र नेपाल हवाइ सेवा प्राविधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।
अब विदेशबाटै नेपालमा ऋण तिर्न सकिने, प्रभु बैंकले ल्यायो नयाँ योजना
काठमाडौं । अब प्रदेश नं. २ का प्रवासी कामदारले विदेशबाटै ऋण तिर्न सक्ने भएका छन् । प्रभु बैंकले ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत उक्त प्रदेशका पाँच वटा जिल्लाका वैदेशिक रोजगारीमा गएका कामदारहरुले सो सुविधा पाउने भएका हुन् । बैंकले प्रदेश न. २ का बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही गरी ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी उक्त नयाँ प्रडक्ट सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो । प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजना अन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकको विश्वास छ ।