काठमाडौं । मन्त्रिपरिषद बैठकले सातवटा विद्येयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिबारकाे पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद बैठकले सातवटा विद्येयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको बताए ।
स्वीकृति दिएको विद्येयकहरूमा अध्यागमन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्येयक, तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्येयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन विद्येयक २०७६ रहेका छन् ।
यस्तै प्रतिलिपि अधिकार पहिलो संशोधन विद्येयक २०७६, नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक र नेपाल हवाइ सेवा प्राविधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।