यसरी सम्पन्न भयाे छैटौं बिल्डर एक्स्पाे (फोटोफिचर)
काठमाडौं । नेपाल बिल्लकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको सो प्रदर्शनमा ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्ड सहभागी थिए । यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ३ दिनसम्म चलेको थियो । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ । नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ५ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुदैआएको छ । प्रदर्शनी यस्तो देखिएको थियो:
बीओकेका ग्राहकले कनेक्टआईपीएसमा रजिष्ट्रेशन गर्दा पैसा पाउने
काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)का ग्राहकले कनेक्टआईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ पैसा पाउने भएका छन् । बैंक र र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएसँगै ग्राहकले कनेक्टआईपीएसमा रजिष्ट्रेशन गर्दा खातामार्फत उक्त रकम पाउने भएका हुन् । बैंकका ग्राहकले कनेक्टआईपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाई पश्चात् ग्राहकहरुको आफ्नै खातामा एक सय रुपैयाँ जम्मा हुनेछ । ग्राहकले कनेक्टआईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
सिद्धार्थ बैंकले कैलालीको धनगढीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले कैलालीको धनगढी उप-महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा माघ २४ गते उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धि जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करआदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ५५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । हाल बैंकले १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नोबेल पुरस्कारबाट प्रभावित डिट्क्स मेसिन, मुटुरोग देखि क्यान्सरको ट्युमरसम्म चैट
काठमाडौं । पछिल्लो समय डिटक्स मेसिन सरसफाईका लागि प्रभावकारी बन्दै गएकाे छ । शरीरको सरसफाईका लागि लाभदायक मानिएको यो मेसिनका प्रयाेगकर्ता बढेसँगै यसकाे प्रभाव पनि बढ्दै गएकाे हाे । तर, नेपालमा भने स्वास्थ्यप्रति सजक रहने कमै मानिसमा मात्र यसको ज्ञान छ । यसकाे प्रयाेगले शरिरमा स्फुर्ति महसुुस हुने यसका विशेषज्ञहरु बताउँछन् । यद्यपी यो उपचार विधी भन्दा पनि शरीरको फोहोर सरसफाई तथा रोकथाम गर्ने मेसिन हो । जुन सामान्य अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । वैद्य लिलानन्द अछामीले धेरै विधीबाट डिटक्स गर्न सकिने बताए । मानसिले खाएर, आयुर्वेदमा पन्च कर्म गरेर, योगमा सत्कर्मबाट, प्राकृतिक चिकित्साबाट पनि डिट्क्सिङ गर्न सकिने उनले बताए । मानिसहरु धेरै व्यस्त रहने भएकोले यस्ता डिट्क्सिङहरुलाई त्यति ध्यान दिन पाईरहेका हुँदैनन् । तिनै व्यस्त मानिसहरुको लागि डिट्क्स मेसिन आवश्यक हुने उनले बताए । के हो डिट्क्स मेसिन ? डिट्क्स मेसिनको सहयोगले सफा पानीमा आधा घण्टा खुट्टा राखेर शरीरका फोहोरहरु फाल्न सकिन्छ । यो मेसिन सन् २००३ मा नोबल पुरस्कार पाएका वैज्ञानिक पिटर अगे्र र रोड्रिक म्याकिननको आविस्कारबाट प्रभावित भएर बनाइएको हो । यो विधि ईलेक्ट्रोलाइसिसको १२ भोल्टको करेन्ट पानीको माध्यमबाट शरीरमा पठाइसकेपछि त्यसले शरीरमा भएका विषादीहरुलाई पगालेर निकाल्न सक्ने सिस्टम हो । जसलाई आयोनाइजेसन भनिन्छ । डिटक्सिङ मेसिनको प्रयोग गर्दा ईलेक्ट्रोलाइसिस विधिबाट शरीरको कुनै पनि भागमा जम्मा भएको विषादीहरु जस्तै किड्नीमा जम्मा भएको ट्युमर, स्टोनहरु सबै बाहिर आउँछन् । यो समयमा शरीरमा जति पनि एसिडहरु हुन्छन्, त्यसले विषादीहरु जाम गर्ने गर्छन भने अल्कालाइनहरुले यसलाई खोल्ने काम गर्दछ । जस्तै हाम्रो शरीरमा जति पनि अल्कालीहरु हुन्छन्, त्यति नै हाम्रो शरीरमा एक प्रकारको फे्रसनेस महसुुस हुन्छ । खुट्टाबाट निस्किएका फोहोरहरु विभिन्न रंगका हुन्छन् । जसरी बिरुवाहरुको छेउछाउको झारपात हटाएपछि त्यो सप्रेर आउँछ त्यसरी नै हाम्रो अंगहरु कमजोर भएको,किड्नी फेल भएको वा क्यान्सर लागेको भए पनि सबै विस्तारै डिट्क्सिङको माध्यमबाट निको हुने करिब १४ वर्ष देखि यस क्षेत्रमा लागेका साधु लिलानन्द बताउँछन् । डिट्क्स मेसिनसँग लिलानन्दको १४ वर्ष लामो यात्रा वि.स २०३८ सालमा नुवाकोटको तारुकामा जन्मिएका लिलानन्दका बुवा मुराली अछामी पनि वैद्य हुन् । त्यसैले पनि उनी सानैदेखि आयुवेर्दको कुरामा खुब चाँसो दिन्थे । उनलाई सबैभन्दा पहिला कृषि क्षेत्रमा जम्छु भनेर त्यसमा लागे तर, त्यसमा उनी खासै जम्न सकेनन् । फेरी उनले राजनीति पनि गरे । त्यसमा पनि आफुलाई कमजोर महसुस गरे । त्यसपछि आफ्नो क्षमताहरु बढाउन उनले ध्यान विधिहरुलाई अप्नाए । फेरी त्यसको जरामा जाँदा उसले वेदलाई भेट्टाए र हाल आफुलाई योग,ध्यान, प्रणायममा लगाएका छन् र आफुलाई निखार्दै लगिरहेका छन् । कुनै विषयमा उनले विशेषज्ञता हाँसिल गरेका छैनन् तर उनले आफुले जानेको कुरालाई राम्रोसँग प्रयोग गरेर मानिसहरुलाई १४ वर्ष देखि सेवा दिदै आएका छन् । नयाँ आविष्कारहरुको विषयमा जिज्ञास राख्ने क्रममा लिलानन्द हिटिङ, भाईब्रेसन लगायतका धेरै मेसिन तथा विधिको प्रयोग गरेको तर, दिर्घकालिन रुपमा शरिरलाई लाभ गर्ने डिट्क्स मेसिन मात्र भेटाएको बताउँछन् । ‘मैले धेरै मेसिन प्रयोग गरेँ, तिनीहरुका आ–आफ्नै साइड इफेक्ट थिए, तर डिक्स मेसिन मात्र एउटा मेसिन थियो जुन सबैको लागि लाभ दायक बन्यो,’उनले भने । यसको प्रयोग गरेको मानिसले पुनः प्रयोग गर्दा कुनै असर नहुने उनको भनाइ छ । उनले मेसिनको बारेमा जानकारी पाइसकेपछि एक वर्ष भन्दा बढि प्रयोग आफ्नो नजिकको साथीभाई र आफन्तहरुमा जाँचेर हेरेको बताए । दई तीन किलोे ट्युमरको डल्लो भएका बिरामीका लागि पनि यसले निको पारेको उनी बताउँछन् । घरबाट ट्युमर भई बोकेर ल्याएका बिरामी पनि यसको प्रयोगले स्वस्थ भएको उनको भनाइ छ । ट्युमर मात्र हाइन २२ एमएमको पत्थरी पनि निको भएका उदाहरण उनीसँग प्रशस्त छन् । उनकोमा सिजनमा डिट्क्सिङको लागि ३० देखि ४० जना आउने गरेका छन् । मेसिनले मात्र रोग निको पार्छ त ? मेसिन उपचारको एउटा पाटो मात्र भएको लिलानन्द बताउँछन् । यसले मात्र रोग निको पार्न सक्छ सोच्नु भ्रम मात्र भएको उनको भनाइ छ । डिट्क्स मेसिनको प्रयोगको साथसाथै खानपानमा ख्याल गर्नुपर्छ । जब फोहोर विकार पदार्थहरु शरिरबाट निकालिन्छ त्यसलाई स्वस्थ खानाले बदल्नुपर्छ । मानसिहरु अहिलेको अवस्थामा अल्छी,व्यस्त हुने भएकोले पनि यो एउटा सजिलो उपाय बनेको छ । मानिसहरुमा रोग लागेपछि मात्र स्वास्थ्यको जाँच गर्ने प्रवृति छ । तर, यो विधी रोग लागेपछि मात्र नभएर रोग लाग्न नदिन गरिने शरीरको सरसफाई पनि हो । प्रायः जसो मानिसहरु रोग लागेपछि मात्र आफ्नोमा आउने गरेको उनी बताउँछन् । घरमै कसरी ठीक पार्न सकिन्छ ? मानिसहरुले डिटक्स मेसिन घरमै राखेर पनि उपचार गर्न सक्छन् । यसको प्रयोगको बारेमा सिकेर मानिसले आफ्नो घरमा सजिलै यो मेसिन प्रयोग गर्न सकिने उनले बताए । यसको मूल्य २५ हजारभन्दा माथि पर्ने उनले बताए । यसमा ईलेक्ट्रोड (पानीमा डुबाईएको रड) हन्छ । जुन ईलेक्ट्रोलाइसिस हुँदा १५ देखि २० प्रतिशत खिएर जान्छ । यसलाई ५० पटक सम्म प्रयोग गरेपछि (खुट्टा डुबाएपछि ) परिवर्तन गनुपर्छ । यो १० वर्ष भन्दा बढि टिक्न सक्छ । ईलेक्ट्रोलाइसिस एउटा सामान्य विधि हो । यसमा कुनै पनि विशेषज्ञहरु आवश्यक पर्दैन । यद्यपी व्यक्तिको अवस्था अनुसार कति मात्रा करेन्ट प्रयोग गरेर चलाउन जरुरी छ भन्ने विषय जान्न आवश्यक छ । डिटक्स कस्तो व्यक्तिले प्रयोग नगर्न ? १. छारे रोग लागेको व्यक्तिले निको नभएसम्म प्रयोग गर्नु हुँदैन २. छालाभन्दा भित्र स्टिल तथा अन्य धातुहरूका साथै पेसमेकर (मुटु चलाउने मेसिन) राखिएको छ भने यो मेसिन प्रयोग गर्नु हुँदैन । ३. शरीरको कुनै पनि भागमा गहिरो तथा ठुलो घाउ, चोट वा अप्रेशनको घाउ छ भने निको नभएसम्म प्रयोग गर्नु हुँदैन । ४. महिलाले महिनावारीको ४ दिनसम्म वा रगत बन्द नभएसम्म, गर्भवती र बच्चालाई दुध खुवाइरहेको अवस्थामा प्रयोग गर्नुहुँदैन । ५. इन्सुलिन लिइरहेको सुगरको बिरामीले राम्रोसँग बुझेर मात्र प्रयोग गर्नु पर्दछ । ६. धेरै ज्वरोमा, खाली पेटमा र ब्रतको दिनमा प्रयोग नगर्नु नै राम्रो हुन्छ । यसबाहेक सामान्यतया ५ वर्ष भन्दा माथिको जुनै पनि व्यक्तिले यसलाई प्रयोग गर्न सक्छन् । मेसिन प्रयोग गर्दा के गर्ने ? के नगर्ने ? . १.मेसिन प्रयोग गरिरहेको समयमा मोवाइल स्विच अफ गर्ने । घडी तथा चालु अवस्थाको मेसिनहरु साथमा नराख्ने । २.फोहोर निकालिरेहेको आधा घण्टा अवधिभर कम बोल्ने, शरीरलाई सजिलो र ढाड सिधा अवस्थामा राख्नु राम्रो हुन्छ । ४.त्यो समयमा हातको एक्युप्रेसर, व्यायम गर्नु बढी लाभकारी हुन्छ । ५. लामो र गहिरो श्वास चलाउने र रोक्ने अभ्यास सिकेर मेसिन प्रयोेग गर्नु धेरै राम्रो हुन्छ । ६. ध्यान गरेर शरीरको रोग वा अंगहरुमा मन लगाई फोहोर निक्लेको अनुभव गर्नु ज्यादै राम्रो हुन्छ । ७. मेसिन प्रयोग भइरहेको आधा घण्टाको समय अवधि भर खुट्टा नगर्ने । किनकी फरक अंगहरुबाट फरक रंगका फोहोर पदार्थहरु निस्किएको हुन्छ । खुट्टा चलाएमा मिसिएर कुन अंगबाट निस्किएको फोहोर भन्ने छुट्याउन सकिँदैन । ८. धेरै फाइदा पाउनका लागि कम्तिमा एक दिनको अन्तरमा मेसिन प्रयोग गर्ने । धेरै कमजोर तथा वृद्ध अशक्तहरूले २/३ दिनको अन्तरमा प्रयोग गर्नु राम्रो हुन्छ । ९. केही व्यक्तिलाई केही पटकमा नै फाइदा हुन पनि सक्दछ तर शरीरको सबै भागमा रहेको फोहोर निकाल्नका लागि कम्तिमा ५ पटक अर्थात (एक कोर्ष) पुरा गर्नु पर्दछ । कोर्ष पूरा गर्नाले शरीरको धेरै फोहोर निस्किने भएकोले रोग बल्झिने सम्भावना कम हुन्छ । रोग निर्मुल नभएसम्म कोर्ष थप गर्दै गर्नु पर्दछ । १०. मेसिन तथा पद्धतिको बारेमा जिज्ञासा, शंका तथा दुविधा भएमा विज्ञ तथा अनुभवी व्यक्तिलाई भेटेर सल्लाह गर्ने । अनुभव नभएका व्यक्तिसँग कुनै पनि कुरा नसोध्ने । किनकी उनीहरुले झन् धेरै समस्या र टेन्सन थपिदिन सक्छन् । अझै अन्योल उत्पन्न हुन सक्छ । ११. खाना खाएपछि मेसिन प्रयोग गर्नाले बढी फाइदा तथा प्रभावकारी हुन्छ । ब्लड पे्रसर कम, कमजोरी, सुगरका रोगी तथा वृद्धहरुले खाना खाएर मात्र मेसिन प्रयोग गर्नु पर्दछ । १२. मनमा शंका, दुविधा, चिन्ता तथा छटपटी छ भने त्यसलाई हटाएर ढुक्क भएपछि मात्र यो मेसिनको प्रयोग गर्नुपर्दछ । १३. कोर्ष अवधिभर आफ्नो रोग बढाउने खानाहरु खाएमा पुरानो फोहोर धेरै तान्न सकिंदैन । किनकी हालसाल खाएको खानाको विकार (फोहोर) तान्नलाई नै धेरै समय खर्च हुन्छ । साथै फोहोर निकालेको खाली ठाउँमा फेरी फोहोर नै भरिन्छ । फोहोर निकालेर खाली भएको ठाउँमा शुद्ध र पोषिलो खुराक भरिएर नै रोग छिटो निर्मुल हुन्छ । डिटक्स मेसिनले शरिरको भित्री सफाई कसरी गर्दछ ? १. पैतलामा पसिना निस्कने हजारौं प्वाँलहरू हुन्छन् । ती प्वाँलहरूबाट सम्पूर्ण अङ्गहरूमा जमेको फोहोर डिटक्स मेसिनले पगालेर निकाल्न सकिन्छ । २. शुरुमा पानी राखेको भाँडामा पैतला राखेर मेसिन चालु गरी ३० मिनेट राखिन्छ । ३. मेसिनबाट १२ देखि १६ भोल्ट डीसी करेन्ट पानीमा चालु गरिन्छ । जुन करेन्ट शरीरमा अनुभव हुँदैन। तर, सबै अङ्गमा करेन्ट प्रवाह हुन्छ । मोबाइल चार्जरबाट जस्तै थोरै करेन्ट मात्र शरीरमा फैलिन्छ । ४. शरीरको कुना कुनामा जमेको, टाउकोदेखि पैतलासम्मको सबै अङ्ग, नशा तथा जोर्नीमा जमेको सबै केमिकलहरु मेसिनको सिस्टमले तानेर भाँडोमा राखेको पानीमा छोडिदिन्छ । जुन फोहर आँफैले हेरेर कुन अंगको फोहोर कति निस्कियो भन्ने कुरा थाहा पाउन सकिन्छ । ५. करेन्टले उत्पन्न गरेको आयन शरीरको कुना– कुनामा पुग्दछ । यसले शरीरको खराब तत्वहरू रसायनिक परिवर्तन गराई पगालेर पसिनाको छिद्रबाट बाहिर निकाल्दछ । ६. शरीरभित्र रहेको खराव पदार्थहरू जस्ताको त्यस्तै आउँदैन, रङ्ग, गुण र गन्ध परिवर्तन भएर आउँदछ । त्यसैले निकालेको फोहरलाई ल्याब टेष्ट गर्दा शरीरमा भएकै तत्वहरु देखिन सक्छ । ७. पानीमा निकालिएको फोहोर पदार्थहरूको रङ्गको आधारमा शरीरको कुन भागबाट कति फोहोर आएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
टेलिकमकाे विभिन्न ८ सेवामा विशेष छुट, कुन कुनमा के के ?
काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ । डे डाटा प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । यी दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने छ । नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिने छ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ । सोसियल मिडिया प्याक सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ । युट्युब (स्ट्रिमिङ) डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । त्यसैगरी १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । पोष्टपेड प्याक जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याक समेत थप गरिएको छ । यस अन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ । बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यस अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरु भने विन्टर अफरमा पनि यथावत् रहेका छन् । पहिलो पटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *१४१५* मा डायल गर्न सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी सेवा खरिद गर्न सकिन्छ । (माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।)
नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा पाण्डव पुजारा चयन
नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा पाण्डव पुजारा चयन भएका छन ।आईतवार धनगढीमा पुजाराको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो । कैलाली शाखा उपाध्यक्षमा गगन अयडी,सचिवमा दिनेश बहादुर बिष्ट,सह सचिवमा डिल्लीराज ओझा (समर्पण), कोषाध्यक्षमा बसन्ती देउवा सहकोषाध्यक्षमा केशब सिह धामी चयन भएका छन । यस्तै, सदस्यमा दिपेन्द्र ओली,योगेन्द्र नायक,जिवन बिष्ट,र मनिसा श्रेष्ठ चयन भएका हुन् । अध्यक्ष पुजाराले सुदूरपश्चिम प्रदेश पर्यटकीय हिसावले सुन्दर भएकाले अबको कार्यसमितिले पर्यटकीय स्थललाई प्रचार प्रसार र पर्यटन प्रवर्द्दनमा जोड दिने बताए । नेपाल भ्रमण वर्ष २०२० काे सफलताको लागि आफ्नो नेतृत्वको कार्यसमितिले प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुको तरिस्वरमार्फत प्रचार प्रसार गर्न सहयाेग पुग्ने बताए ।
प्रवधिमैत्री बन्दै ट्राफिक प्रहरी, ट्राफिक लाईट बढाउनेदेखि अनलाईन सेवा विस्तार गर्नेतर्फ जोड
काठमाडौं । पछिल्लो समय ट्राफिक प्रहरी प्रविधिमैत्री बन्दै गएको छ । सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यबस्थित बनाउन र सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले प्रविधिमा बढी जोड दिएको हो । महानगरिय ट्राफिक महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ट्राफिकले प्रविधिमा जोड दिएको बताएको हो । चालु आर्थिक वर्षको ६ महिनाको उपलब्धि र काम कारबाही बारे जानकारी गराउँदै महाशाखाका प्रमुख भीमप्रसाद ढकालले ट्राफिक प्रहरीले प्रविधिमा बढी जोेड दिएकोे बताए । पछिल्लो समय सीसीटीभीको निगरानीबाट नै सवारी चालक बढी कारबाहीका पर्ने गरेको उनकाे भनाइ छ । उनले ट्राफिक प्रहरीलाई प्रविधिमा जोड दिनका लागि विभिन्न योजनाहरु लिएको उल्लेख गरे । महाशाखाले आगामी दिनमा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड (ट्राफिक लाईट, सीसीटीभी, अनलाईन सेवा र एफएमको क्षमता वृद्धि), सडक पूर्वाधार विकासमा जोड (सडक लेन मार्किङ्ग, संकेत बोर्डहरू),प्रविधिमार्फत जनचेतना अभिवृद्धि कार्यलाई व्यापकता दिने बताए । प्रमुख ढकालले पैदलयात्री दुर्घटना हुने बिषयलाई न्यूनिकरण गरिने, सवारी साधन बिक्रेताले खरिदकर्ताहरुलाई सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्रि गर्ने व्यवस्था मिलाउने, तेस्रो चरणको युवा स्वंयमसेवक परिचालन कार्यक्रम गरिने बताए । स्कुलहरूमा ट्राफिक चिल्ड्रेन पार्कबनाउने, रुट पर्मिट बितरण प्रणालीमा सुधार र व्यबस्थापनको लागी समन्वय र अध्ययन गरिने, जेष्ठ नागरीकहरुलाई सार्बजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एव पहल गरिने र ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजना लाई कार्यान्वयन गरि पूरा गरिने उनकाे भनाइ छ । ६ महिनामा २० हजार कारबाहीमा ढकालले चालु आर्थिक वर्षको ६ महिना सम्म २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको बताए । सडकमा जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको उनले बताए । यो सँगै साउनयता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन पनि गरिएको उनको भनाइ छ । पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिइएको छ उनले बताए । ‘याे कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकलाई सचेतना प्रदान गरिएको छ,’ उनले भने । उनले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्नेलाई विभिन्न स्थानमा रहेका नसीसीटीभीको निगरानीमा व्यापकता दिएको बताए । जसअन्तर्गत दैनिक १ सयदेखि १ सय ५० सम्मलाई कारवाही गरिएको र यस आबमा ९ हजार ६ सय १८ जना सवारी चालकलाई कारबाहि गरिएको बताए ।
दुई विकास बैंकको लाखौं कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । आइतबार कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकको लाखौं कित्ता बोनस सेयर सूचीकृत भएको छ । एकैदिन दुई विकास बैंकको कूल ६३ लाख ८ हजार ६१८ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४० लाख ३३ हजार ०१८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।