विकासन्युज

चिकित्सक संघको मतगणना: १८ सय ३९ मत सहित डा. लोचन कार्की अगाडि

काठमाडौं । नेपाल चिकित्सक संघको मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित डा. लोचन कार्कीले अग्रता लिएका छन् । अध्यक्षका उमेद्धवार डा. कार्कीले  १८ सय ३९ मतसहित अग्रता लिएका हुन् । अध्यक्षका अर्का उम्मेदवार डा‍. पुष्पमणि खरालकाे अहिले सम्मकाे मत ९ सय १९ रहेकाे छ । यस्तै, उपाध्यक्षका उमेद्धवार डा. अनिलविक्रम कार्की १७ सय ४१ मत सहित दोस्रो स्थानमा छन् । सहसचिवका उमेद्धवार डा. निरजकुमार सिंह १७ सय २० मत पहित तेस्रो स्थानमा रहेका छन् । मतगणनाकाे अपडेट यस्ताे रहेकाे छ: अध्यक्ष  डा लोचन कार्की –  १८३९ डा पुष्पमणि खराल – ९१९ वरिष्ठ उपाध्यक्ष डा रक्षा श्रेष्ठ- ९९७ डा शिवप्रसाद श्रेष्ठ – १५८५ उपाध्यक्ष डा अनिलविक्रम कार्की – १७४१ डा रञ्जितकुमार झा –  ८८० महासचिव डा बद्री रिजाल – १०१२ डा मधुर बस्नेत –  ७१६ डा दीपेन्द्र पाण्डे – ४७२ डा अजयकुमार मिश्र – ४६० कोषध्यक्ष डा प्रकाश बुढाथोकी- १४१५ डा सञ्जितकुमार साह- ११७४ सहसचिव डा निरजकुमार सिंह- १७१० डा सैलेन्द्र झा- ८३६ सहकोषाध्यक्ष डा विश्वाराज दवाडी- १५९१ डा उदयनारायण सिंह- १०२४ सदस्यहरु १. अमित चतुर्वेदी- ७२६ २. डा. विक्रान्त ढकाल- ११७७ ३. डा विपेश आचार्य- १३७० ४. डा दीपकप्रसाद कोइराला- ८६१ ५. डा. जगदिशचन्द्र विष्ट- ६७० ६. डा लिजन महर्जन- १०८३ ७. डा नन्दाकुमारी गुरुङ- १४६६ ८. डा प्रमोद जोशी- ११४८ ९. डा. प्रवीणकुमार गिरी- ३६९ १०. डा राकेश कुमार साह – ११२५ ११. डा रितेश थापा- १५०६ १२. डा सञ्जिव तिवारी- १३०३ १३. डा सुमन काफ्ले- ९७२ १४. डा त्रिभुवन चन्द्र झा – ८७२

नेप्से दोहोरो अंकले घट्यो, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ । दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय एक अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूलक १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । आइतबारकाे बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने, पायाे बाेर्डकाे अनुमति

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले ‘सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामको सो मात्राको ऋणपत्र निष्काशन गत माघ २१ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले १०.२५ प्रतिशत व्याजदरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्ने छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १५ लाख कित्ता र सर्वसाधारण तवरबाट १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तो रह्यो यी १९ वाणिज्य बैंकको ६ महिनाको नाफाको अवस्था

काठमाडौं । संचालनमा रहेका २७ मध्ये १९ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको नाफा सार्वजनिक भएको छ । यी बैंकहरुले साढे २३ अर्ब रुपैयाँ नाफा गरेका छन् । यद्यपि यो नाफा बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसारको हो । बैंकहरुको अन्तिम लेखापरीक्षण तथा नेपाल राष्ट्र बैंकले व्यालेन्ससीट स्वीकृत गर्ने बेलामा नाफा रकम तलमाथि पर्न सक्छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो । एनसीसी बैंक चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । एनएमबी बैंक एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २ अर्ब १४ करोड रूपैयाँ नाफा गरेको छ । उक्त नाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मकोसमेत समावेश भएको कम्पनीले जानकारी गराएको छ । ग्लोबल आईएमई बैंकको १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ र जनता बैंकको ४५ करोड १३ लाख रुपैयाँ गरी बैंकको नाफा २ अर्ब १४ करोड रूपैयाँ नाघेको हो । गत वर्षको सोही अवधिमा ग्लोबल आईएमईले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । एनबी बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो । हिमालयन बैंक चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । प्रभु बैंक प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । कृषि विकास बैंक चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । कुमारी बैंक कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । प्राइम कमर्शियल बैंक प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । एनआईसी एसिया बैंक एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । सानिमा बैंक सानिमा बैंकले ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । लक्ष्मी बैंक चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । एभरेष्ट बैंक एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो । सनराइज बैंक सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।

बन्दीपुर केबलकार कम्पनी लिमिटेडमा रुपान्तरण

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ । प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो । लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड राखिएको छ । कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लैजाने निर्णय भएको उनले जानकारी दिएका छन् । लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजना समेत बनाइएको छ । पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यका रुपमा वर्गीकरण गरिएको छ । खड्गदेवीलाई रु पन्ध्र लाखको शेयर लिमिटेडले बन्दीपुर गाउँपालिका–४ मा रहेको खड्गदेवी मन्दिरलाई जगेडा शेयरमध्येबाट रु १५ लाखको शेयर प्रदान गरेको छ । खड्गदेवी मन्दिरको अङ्ग केबलकार र केबलकारको अङ्ग मन्दिरलाई बनाएर लैजान मन्दिर समितिलाई उक्त शेयर प्रदान गरिएको शर्माले जानकारी दिए। मन्दिरको दीर्घकालीन एवं दैनिक सञ्चालनको ग्यारेण्टी गर्ने गरी शेयर हस्तान्तरण गरिएको छ । वडा नं ४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ । कम्पनीले माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटलसमेत निर्माण गर्ने भएको छ । त्यसका लागि काठमाडाैंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार २५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबिआइ बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पञ्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १ सय भन्दाबढी लगानीकर्ता छन् । केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, समारोह हल र ८० कोठा निर्माण हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो । केबलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । परियोजनाअन्तर्गत अहिले केबलकारका लागि आवश्यक मुख्य स्टेशन निर्माणको काम धमाधम भइरहेको छ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १७ बाक्सा रहनेछन् ।रासस

भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न साढे ३ अर्ब आवश्यक

काठमाडौं । भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको पुन: निर्माण तथा संरक्षण गर्न ३ अर्ब ६३ करोड ६० हजार रुपैयाँ आवश्यक रहेको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनः निर्माण गर्न सो रकम आवश्यक रहेको बताएको हो । वि.स २०७२ को विनाशकारी भूकम्पबाट उपत्यकाका विश्व सम्पदा स्थललगायत भूकम्पबाट प्रभावित ३१ जिल्लाका  कुल ९ सय २० सम्पदाहरु पुन: निर्माण गर्न साे रकम आवश्यक रहेकाे हाे । क्षति भएका सम्पदाहरुमध्ये  हालसम्म ४ सय सम्पन्न भइसका छन् भने अन्यको काम तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । विभागले चालु आर्थिक वर्षभित्र १ सय ५० वटा सम्पदाहरु संरक्षण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएकोे विभागका निमित्त महानिर्देशक दामोदर गौतमले बताए । चालु आर्थिक वर्षसम्ममा ६० प्रतिशत कार्य सम्पन्न गर्ने र बाँकी ३ सय ७० वटा सम्पदाहरु (४० प्रतिशत) आगामी दुई आर्थिक वर्षसम्ममा पुनः निर्माण सम्पन्न गरिने गौतमले बताए । पुरातत्व विभागबाट निर्माण गरिने करिब ७ सय ३७ सम्पदाहरुको पुनः निर्माणका लागि ९ अर्ब १८ करोड ८७ लाख ७१ हजार रुपैयाँ आवश्यक रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ सम्म विभागले २ अर्ब ३९ करोड ८२ लाख ४६ हजार खर्च गरेको जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा नेपाल सरकारबाट ९६ करोड ७९ लाख, भारतीय अनुदान १ अर्ब ८३ करोड ९५ लाख, भारतीय एक्जिम बैंक १ अर्ब ९१ करोड २३ लाख र जापान सरकारबाट १३ करोड रुपैयाँ सहयोग भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फकाट सम्पदा पुनः निर्माणका लागि ९६ करोड ७९ लाख रुपैयाँ खर्च भएको बताएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा क्षति भएका सम्पदाहरुमा काठमाडौंमा क्षति भएका ३ सय १९ मध्ये ९९ सम्पदा सम्पन्न भइसकेका छन् भने १ सय ६८ चालु र ६० पुनः निर्माण गर्न बाँकी रहेका छन् । यस्तै , ललितपुरमा क्षति भएका १ सय २३ सम्पदाहरुमा ३० सम्पन्न भइसकेका छन् भने ५० चालु र ४३ पुनः निर्माण गर्न बाँकी रहेका छन् । भक्तपुरमा पनि ५ सय ४० सम्पदाहरु क्षति भएका थिए । तिनीहरुमा १ सय ६९ सम्पन्न भइसकेका छन् भने २ सय ५६ चालु र १ सय २३ पुनः निर्माण गर्न बाँकी रहेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्राईले क्षति भएका ती सम्पदाहरुको मौलिक स्वरुपलाई यथावत कायम राखी पुनःनिर्माण तथा संरक्षण गर्ने बताए । उनले पुनः निर्माणमा पहिलेकै सामग्री प्रयोग गर्ने बताए । पहिलेका सामग्रीहरु प्रयोग गर्न नसकिने अवस्थामा नयाँ सामग्री प्रयोग गरी पुरानै शैली र स्वरुपमा सम्पदालाई कायम गर्न सकिने उनकाे भनाइ छ । विश्व सम्पदालाई जोड्न साईकल लेन निमार्ण गरिने मन्त्री भट्राईले विश्व सम्पदासूचिमा सूचिकृत भएका सम्पदाहरुलाई एक आपसमा जोड्न साईकल लेन निर्माण गर्ने बताएका छन् । उनले काठमाडौं उपत्यकाका सम्पदाहरुलाई एक आपसमा जोडी पर्यटकहरुका लागि सजिलो बनाउन साईकल लेन निर्माणको प्रक्रिया थालेको बताए । साईकल लेन निर्माणका लागि मन्त्रालयले योजना बनाइरहेको उनले बताए । विश्व सम्पदासूचिामा सूचिकृत भएका काठमाडौं उपत्यकाका सात सम्पदाहरुलाई एक आपसमा जोड्न यो काम गर्न थालिएको उनले बताए । हाल विश्व सम्पदा सूचिमा परेका काठमाडौं उपत्यकाका सम्पदाहरुमा हनुमान ढोका, पाटन दरवार स्क्वायर, स्वयम्भु, पशुपति, भक्तपुर, चाँगुनारायण, बौद्ध रहेका छन् । काठमाडौंमा ‘भ्याली बाई नाईट’को सुभारम्भ मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौंमा भ्याली बाई नाईट’को सुभारम्भ गरेको बताए । उनले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लक्षित गरी काठमाडौंका सम्पदा स्थलहरुमा राति पनि बत्तीको सुविधा सुरु गरेको बताए । उनले काठमाडौंका विभिन्न दरवार तथा सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने गरी व्यवस्थापन भइरहेको बताए । ‘भक्तपुर, पाटन, वसन्पुर लगायतका सम्पदाहरुमा राति पनि भ्रमण गर्न सकिने छ, हाल लाइटिङको प्रक्रिया भइरहेको छ त्यसपछि पर्यटकले राति पनि घुम्न सक्छन्,’ उनले भने ।

इतिहास बोकेको सोक्तिम चिया कारखाना जीर्ण बन्दै

मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ । नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गरेका थिए । इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अयन्त्रै लगिएसँगै प्रशोधनको काम रोकिएको थियो । आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो । दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो । एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै सङ्कटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताए । उनले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताए । इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको छ ।रासस

परीक्षण उडानमै सीमित कालिकोटको कोटबाडा विमानस्थल

कालिकोट । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए । ‘विमानस्थलमा परीक्षण उडान मात्र गरियो’, उनले भने, ‘त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।’ सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘यस पालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले छोएको छैन ।’ विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताएका छन् । “विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो”, उनले भने, अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा बनाइएको छ । रासस