विकासन्युज

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३३ निर्णयहरू

काठमाडाैं । सरकारले फागुन ५ र १२ गतेकाे मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेकाे छ । सरकारकाे प्रवक्तासमेतकाे जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सम्बत् २०७६ साल फागुन ५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सम्पत्ति शुद्धीकरण तथाआतङ्ककारीक्रियाकलापमावित्तीयलगानीनिवारणविषयकोएसियाप्रशान्तक्षेत्रसमूह (APG) बाटहुनेनेपालकोपारस्परिकमूल्याङ्कनकोतयारीसम्बन्धीअवधारणापत्रस्वीकृतगर्ने। हेजिङ्ग सम्बन्धी(पहिलोसंशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने। वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं १४ स्थित कि.नं. ११३१ को १०-६-४ विगाहा जग्गा मध्ये ६ (छ) बिगाहा जग्गा विक्री गर्न स्वीकृति दिने। नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरुलाई दुई वर्षको लागि मनोनयनग र्ने। १. डा. स्वयम प्रकाश श्रेष्ठ, २. डा. युगनाथ घिमिरे, ३. डा. विनायक प्रसाद राजभण्डारी, ४. श्री गोविन्द के.सी., घोराही उपमहानगरपालिका-१५ दाङ्ग ५. श्री कृष्णप्रसा दपौडेल, सैंवु-२ ललितपुर, ६. श्री चुन्नप्रसाद शर्मा, वुटवल, रुपन्देही, ७. श्री यमुना घले, भरतपुर-१९चितवन। २०७६/११/०६ गतेसम्ममा तोकिएको कैदमा कम्तीमा ५०%(पचास प्रतिशत) तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दा बाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३२९ जना कैदीहरुको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २७६ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिश गर्ने। सेती नदि पोखरा म.न.पा. ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्गमीटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने। २०७६ फाल्गुण २६ देखि चैत्र ७ सम्म संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (CSW) को ६४औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृति दिने । नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने। बहुप्राविधिक महाविद्यालय निर्माण र सन्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगा गढीचोक गढी नगरपालिका-५ स्थित आहालडाँडा सामुदायिक वनक्षेत्र सहित राष्ट्रिय वनक्षेत्रको कूल जम्मा ०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र तहाँ रहेका रुख/पोल विरुवाहरु हटाउन समेत स्वीकृति दिने । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)(दोस्रो संशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने। २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने। सम्बत् २०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू– १. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने। २. मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ताटोली गठन गर्ने। ३. देहायका व्यक्तिहरुलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्नेः- (क) श्री शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं। (ख) श्री उद्धबचन्द्र घिमिरे, विराटनगर-४, मोरङ्ग। (ग) श्री नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं। ४. राष्ट्रियन्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्नेः- (क) श्री रमा श्रेष्ठ, ललितपुर, महिला सदस्य (ख) श्री हरिन्द्र राई, खोटाङ, जनजाति सदस्य (ग) श्री भोजमान लाम्गादे,  इलाम, दलित सदस्य ५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने। ६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य श्री जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने। ७. संखुवासभा जिल्लामा जग्गा पुनः नापजाँच गर्नको लागि स्वीकृति दिने। ८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरुलाई नियुक्ति तथा मनोनयन गर्नेः (क) श्री कुमार प्रसाद पोखरेल (पूर्वमुख्य न्यायाधीश, उच्च अदालत, दिपायल) -अध्यक्ष (ग) श्री टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि -सदस्य, (घ) श्री ममतादेवी शर्मा उपाध्याय, सहकारी क्षेत्रको विज्ञ -सदस्य श्री सरस्वती देवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ -सदस्य (च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत -सदस्य-सचिव ९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य पदमा श्री महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर -१८भैसेपाटी) लाई नियुक्त गर्न स्वीकृत दिने। १०. ख्वप कलेज अफ इन्जिनियरिङ्ग, लिवाली, भक्तपुरलाई बि.ई.कम्प्युटर- ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने। ११. बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बालन्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९ (२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने। १२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संशोधन स्वीकृत गर्ने। १३. मौलाकाली केवलकार आयोजनाको ROW Alignment (१०−१०मीटर ROW Alignment सहित केही टावर संरचनाहरु रहने गरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्वनवलपुर) को गैडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन/ मौलाकाली धार्मिक वनसमेतको गरी कूल जम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूल जम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १५. देहायका स्थानीय तहलाई देहाय वमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने- १. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि । २. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङलीगा.वि.स. वडान. ५ को १ रोपनी जग्गा प्रहरीचौकी भवन निर्माण, साविक खोप्लाङगा.वि.स.वडान. ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटारगा.वि.स.वडा न. ७ को ०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपलगा.वि.स.वडा न. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबाररगढी संरक्षणको लागि । ३. नराहा गाउँपालिका, सिराहाको गाउँपालिकाको वडान. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गा.वि.स. वडा न. ६ को ०-३-१ विगाह दिनाभद्री प्रा.बि.को भवन निर्माण र वडा न. ८ को ०-५-९ विगाह ज.व.उ.मा.बि.को भवन निर्माणको लागि। ४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गा.वि.स. वडा न. ७ को ३-१२-१० विगाह बहुउद्देशिय रंगशाला निर्माण लागि। ५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न. २ को ३-०-० विगाह ल्याण्डफिल सार्इट निर्माण लागि। ६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न. ५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि। ७. गलकोट नगरपालिका, बाग्लुङ्गको साविक मल्म गा.वि.स.३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि। ८. राजपुर नगरपालिका, रौतहटवाट साविक राजपुर गा.वि.स.वडा न. ३ को ०-१०-० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न. ५ को ०-५-० विगाह स्वास्थ्यचौकी भवन निर्माणको लागि। १६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी श्री पुष्पराज खनाललार्इ नियुक्ति गर्ने। १७. देहायका पदाधिकारीहरूलार्इ वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने- १. डा. सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर, सदस्य २. डा. रक्षा श्रेष्ठ, धरान ९, सुनसरी । ३. डा. विनय कुमार ठाकुर, जनकपुर ३, धनुषा। ४. डा. कैलास कुमार भण्डारी, इटहरी ८, सुनसरी। ५.श्री रामप्रसाद न्यौपाने, कल्याणपुर ९, चितवन। ६. श्री निशा अधिकारी, फुलवारी ३, चितवन। १८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी ८, महोत्तरी निवासी श्री संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने। १९. स्टाण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने। २०. संस्था दर्ता (नवौंसंशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने। २१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने। २२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।

म्याग्दीको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले म्याग्दीको पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिहीबार एक कार्यक्रमकाबीच विद्यालयलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनएमबी बैंकको १६४ औं शाखा रोल्पाको माडीमा

काठमाडौं । एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन उर्जा मन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले संयुक्त रुपमा गरेका हुन् । २४ वर्षदेखि ग्राहक सेवामा समर्पित बैंकले आफ्नो नविनतम सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको छ । बैंकले हाल १६४ शाखा सञ्जाल, १३१ वटा एटिएमहरु लगायत अन्य बैकल्पिक वितरण प्रणाली समेतको माध्यमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कर पुस्तकमा लगाइएको हो, ज्ञानमा होइन: डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले पुस्तक व्यापारमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता मन्त्री खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने सो कूरा बताएका हुन् । पुस्तकमा अन्य मुलुकमा पनि कर लाग्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पुस्तक व्यापारमाथि कर लगाइएको बताए । ‘छापाखाना उद्योगमा कर लाग्छ, कागजमा कर लाग्छ, मेसिनमा कर लाग्छ भने पुस्तक पनि व्यापार हो, व्यापारमा कर लगाउनु स्वाभाविकै हो।’, उनले भने ।

डिजेल र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले कर बृद्धि, अब मूल्य बढ्ने

काठमाडौं । डिजेल र पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढ्ने भएकाे छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएकाे हाे । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

२१ गते सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं । फागुन २१ गते आफ्नो सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् । बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहणमा उपस्थित हुन  आग्रह गरेका हुन् । २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने उनकाे भनाइ छ । उनी राष्ट्रियसभा सदस्यबाट दुई बर्षको अवधि सकेर फागुन २० गते बाहिरिँदैछन्। तर त्यसपछि पनि आफू नै अर्थमन्त्री हुने संकेत देखाएका हुन् । अर्थमन्त्री डा‍. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । ‘मेरै बारेमा कुरा उठाउनुभएछ, राष्ट्रियसभा । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ । २१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ,’ उनले भने ।

बागलुङकाे एउटै मन्दिरमा १४ करोडको पूर्वाधार

गलकोट । धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ । मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती बालाजिधाम मन्दिर निर्माण गरिएको छ । भू–गर्भभित्र ७६ मिटर लामो शालिग्राम सङ्ग्रहालय, गरुड स्तम्भ तथा ताम्रा पत्रले छाएको सभाहल निर्माण, मुक्तिनाथ वेदविद्याश्रम, आवास, शौचालय लगायतको दर्जनौँ संरचना अहिले तयार छन् । केही संरचना अब निर्माणको अन्तिम चरणमा छन् । शून्यताबाट शुरु भएको अभियानमा सरकारीस्तरबाट रु तीन करोड र अरु दाताबाट स्वतःस्फूर्त प्राप्त सहयोगबाट यति बृहत्तर संरचना निर्माण गर्न सफल भएको श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा शुरुमा एक मन्दिर, एक सभाहल र मुक्तिनाथ वेद विद्याश्रम मात्र थिए । श्रीधराचार्यले तपस्या गरेको स्थानमा २०४० सालमा मन्दिर स्थापना भएको थियो । मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूूर्ण मानिँदै आएको छ । पछिल्लो समय श्रीधराचार्यको नाममा झण्डै रु छ करोड खर्च गरेर निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय हेर्न आउने पर्यटक बढ्का छन् । शनिबार १०० देखि २०० हाराहारी शालिग्राम सङ्ग्रहालय तथा कलात्मक शैलीमा निर्माण गरिएको बालाजीधामको मन्दिर हेर्न आउने गरेको प्रपन्नाचार्यले जानकारी दिए । रु पाँच करोडको लागतमा श्रीराम लेखेको ढुङ्गा तथा कलात्मक काठबाट नौ वर्ष लगाएर बालाजीधामको मन्दिर निर्माण गरिएको छ । जहाँ १०० किलोग्रामको शालिग्राम राखेर पूजा आरधना गरिँदै आइएको छ । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षणको लागि सङ्ग्रहालय निर्माण गरिएको हो । “हामीले पछिल्लो १० वर्षमा रु १४ करोडको संरचना तयार पारेका छौँ”, प्रपन्नाचार्यले भने, “जसमध्ये नेपाल सरकारका विभिन्न तहमार्फत रु तीन करोड सहयोग भएको छ अन्य दाताकै भरमा संरचना निर्माण गरेका छाैं, पछि फर्किएर हेर्दा हामी दङ्ग पर्ने गरेका छौँ ।” मन्दिर परिसरमा अत्यन्तै कलात्मक तरिकाले ताम्रापत्रले छाएको २०० भक्तजन क्षमताको सभाहल निर्माण भएको छ । बागलुङका समाजसेवी सहदेव राजभण्डारीका परिवारले रु एक करोड ५० लाख खर्चेर निर्माण गर्नुभएको थियो । सभाहल छेउमै १५ लाख रुपैयाँको लागतमा २५ फिट अग्लो गरुढ स्तम्भ निर्माण गरिएको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ सवा लाख शालिग्राम, दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मको कालीगण्डकी सभ्यताको नमूना चित्रणसमेत गरिएको छ । “कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम चोरी पैठारी हुँदा भविष्यमा यो हराउँदै जाने भन्दै संरक्षण गरिएको हो”, प्रपन्नाचार्यले भने, “सबैको सहयोगले यस्तो पवित्र कार्य सम्पन्न भएको छ ।” हिन्दू धर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । वैष्णव र सनातनीले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालिग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उनको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तरीलगायत दुई दर्जन बढी कृति प्रकाशित छन् । रासस

चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ: डा. खतिवडा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने ।