नेकपा कार्यकर्तासँग प्रधानमन्त्रीको प्रश्नः दूरगामी महत्वका काम गर्दा आत्मभत्र्सना किन ?
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीब्र आर्थिक विकास गर्ने १० वटा देशमध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको बताएका हुन् । ‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीब्र गतिमा भइरहेका छन्, संसारका तीब्र आर्थिक बृद्धि गर्ने १० वटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ तर, यहाँ आफ्नै भित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रबृत्ति बढेको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताए । तेह्रथुमको आफ्नो जन्मगाउँमा करिव ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ् सेवा सुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगबश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुश्प्रचार गरिएको उनको भनाई छ । ‘पुस्तौंदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरु भएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन, आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगबश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुइँचालो नै ल्यायो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना देशलाई समृद्ध र जनतालाई सुखी बनाउन गरिएको बताउँदै अनावश्यक विवादले नभई वैचारिक स्पष्टताले पार्टी बलियो हुने धारणा राखे । पार्टी आफैंमा साध्य नभएको भन्दै उनले देश निर्माणका लागि पार्टी महत्वपूर्ण साधन भएको पनि बताए । ‘पार्टी निर्माण नै गन्तब्य होइन, गन्तब्य देश निर्माण हो, त्यसका लागि पार्टी चाहिएको हो, पार्टीले निर्माण गरेको यस सरकारले दूरगामी महत्वका काम गरिरहेको छ,’ उनले भने । दशौंवर्ष अघिदेखिका जघन्य अपराध र भ्रष्टाचार अन्त्य गर्न सरकारले अग्रसरता लिएको वताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कदम विरुद्ध अन्य केही पार्टी माइतीघर मण्डलामा आउन थालेको बताए । ‘१२ वर्ष अघिदेखि पावरका भरमा लुकाइराखेका भ्रष्टाचारमा धमाधम कारवाही भइरहेका छन्, हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानविनका लागि राजीनामा दिन्छन्, अरु पार्टी माइतीघर मण्डलामा जुलुश निकाल्छन्, भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारवाही गरिन्छ,’ उनले भने ।
तीन वर्षे वारिन्टी सहित फोर्ड एन्डेभरको नयाँ संस्करण नेपाली बजारमा, मूल्य साढे एक करोड
काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । फोर्डले बीएस-६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाल भित्र्याएको हो । यो कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको छ । जसको प्रारम्भिक मूल्य एक करोड ४९ लाख रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ । विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ । कम्पनीका अनुसार यस कारको उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि रहेको छ । पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । डिजेल गेम चेंन्जर-अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । एन्डेभरको यस संस्करणमा १७० पीएस पिकपावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कार सहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्ने कम्पनीले जनाएको छ । विशिष्ट नवीनताहरु सेलेक्ट शीफ्ट सहित पहिलो पटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथयात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । कम्पनीका अनुसार स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ । एसयूभी हरेक कोणले सबैभन्दा राम्रो २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् । याे कार आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको कम्पनीले जनाएकाे छ । यस्ता छन् थप विशेषताः – आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । – यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडकर बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस)को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधा सम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ । – सुरक्षाकालागि ड्राइभरको घुँडा छेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । -उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । – ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाईएनसीथ्री लगायतका विशेषताहरु रहेका छन् । – क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । – ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ । – फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । – अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् । – ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी ।
बच्चामा मौसमी रुघाखोकी बढ्यो, यसरी राख्नुहोस् सुरक्षित
काठमाडौं । जाडो मौसमलाई बिदा गर्ने समय नजिकिँदै गर्दा मानिसहरुमा रुघाखोकी एकदमै बढी देखिन्छ । अस्पतालहरुमा सामान्य रुघा, खोकीका बिरामीहरु ह्वात्तै बढेको छ । तपाई नजिकैकौ अस्पतालमा जानुभयो भने तपाईले यस्तो लक्षण देखिएका मानिसहरु धेरै संख्यामा देख्न सक्नुहुन्छ । तपाईको परिवारको सदस्य वा तपाई नै पनि अहिले यो समस्या गुज्रिरहेको हुनुहुन्छ । नेपालमा फ्लुको ढाँचा हेर्ने हो भने विशेष गरेर फेबु्रअरी र मार्च (माघ, फागुन, चैत) र अगस्ट ( साउन, भदौं) मा सबैभन्दा बढी बिरामी देखिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । फ्लुबाट सबैभन्दा बढि बालबालिका र बुढापाका प्रभावित हुने गर्दछन् । फ्लु एक प्रकारको भाईरल इन्फेक्सन हो, जसले फोक्सोको हावा बग्ने क्षेत्रलाई असर गर्दछ । यसले ज्वारो आउने, शरीर दुख्ने, रुघाखोकी लाग्ने र अन्य धेरै लक्षणहरु देखिन्छन् । केही बालबालिकालाई फ्लुले १ हप्ता जति असर गर्न सक्दछ । तर केही बालबालिका फ्लुको कारण गम्भीर बिरामी हुने गरेको छन् । त्यसैले सामान्य रुघाखोकी भन्दै बालबालिकाहरुलाई चेकजाँच गर्नुपर्दैन भन्दै घरमै राख्नु नहुने विशेषज्ञहरु बताउँछन् । बच्चामा फ्लु लाग्नुको कारण के हो ? एक बच्चादेखि अर्का बच्चामा फ्लुको भाईरस हाच्छिउँ, खोकीको माध्यमबाट सर्न गर्दछ । भाईरसहरु छोटो समय विभिन्न बस्तुहरुको सतहमा बस्न सक्छ । जस्तै खेलौना, ढोकाको चुक्कुल, कलम, किबोर्ड, मोबाईल इत्यादि । यस्तो भाईरस साँझा खाने र पिउने भाँडाबाट पनि सर्दछ । तपाईको बच्चाले कुनै पनि फ्लुको संक्रमण लागेको व्यक्तिले छोएको सामाग्री छोएर आफ्नो मुख, नाक, आँखामा लगेपछि फ्लु सर्दछ । विद्यालयका कक्षाकोठाहरुबाट विशष गरेर बालबालिकामा फ्लु सर्न सक्ने डा. पुन बताउँछन् । यसको लक्षण देखिनु २४ घण्टा अगाडी अरुमा सर्ने सम्भावना बढी हुन्छ । फ्लु लागेको करिब ७ दिनपछि यो सर्ने सम्भावना कम भएर जान्छ । बालबालिकहरु धेरै सतह क्षेत्रमा छुने हुनाले उनीहरुलाई संक्रमण हुने सम्भावना बढि हुन्छ । कस्तो बालबालिकालाई फ्लु संक्रमणको खतरा हुन्छ ? –फ्लू संक्रमित व्यक्ति वरपर बस्ने –फ्लूको खोप नलगाउने –संक्रमित सतहहरु छोएर हात नधुने बच्चालाई फ्लुबाट कसरी बचाउने ? फ्लुबाट बच्नु एक निकै राम्रो उपायमध्ये फ्लुको भ्याक्सीन भएको डा. पुन बताउँछन् । पहिलोपल्ट ६ महिनाको बच्चालाई भ्याक्सीन दिँदा उसलाई एक महिनापछि दोस्रो भ्याक्सीन पनि दिनु पर्दछ । भ्याक्सीन ६ महिना वा सोभन्दा बढी उमेरका बच्चाहरुका लागि प्रयोग गर्न शुक्रराज ट्रपिकलका डा. अनुप बास्तोला बताउँछन् । बास्तोलको अनुसार फ्लू भ्याक्सीन कुनै पनि बच्चालाई दिनुहोस् जससँगः –लामो समयदेखि मुटु वा फोक्सोको बिरामी –मधुमेह रोगी –मिर्गौला वा कलेजोमा खराबी –एचआईभी र एड्स वा दीर्घकालिन स्टेरोइडबाट कमजोर प्रतिरोधात्मक क्षमता यस्तो बच्चालाई फ्लु भ्याक्सिन दिनुपर्छः –परिवारको सदस्य दीर्घकालीन स्वास्थ्य अवस्थाको साथ छ –आमा बुबा वा परिवारको सदस्यमा फ्लुको भ्याक्सिन यसरी जोगाउँनुस् आफ्न बच्चालाई फ्लु संक्रमणबाट जोगाउन फ्लु संक्रमित व्यक्तिहरूसँग तपाईंको बच्चाको सम्पर्क सीमित गर्नुहोस् । बच्चा खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्न लगाउनुहोस् । यस्तै टिस् यु पेपरको प्रयोग गनुहोस् । बच्चाको हेरचाह गरिसकेपछि हात राम्ररी धुनुहोस् ।
खानेपानी संस्थानलाई आयस्रोत र क्षमता बढाउन मन्त्री मगरको निर्देशन
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी छिन् । नेपाल खानेपानी संस्थानको ३१औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पुर्याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस् ।’ ‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस् ।,’ निर्देशन दिंदै उनले भने, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले निर्देशन दिइन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताए । ‘संस्थानका चुनौतिहरु धेरै छन्, यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ।’ सचिव बेल्बासेले भने, ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणाली (बल्क सिस्टम) मा आधारित ठूला ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।’ उनले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गरे । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिए ।
नेशनल माइक्रोफाइनान्सको एकदिने समिक्षा गोष्ठि सम्पन्न
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको उक्त गोष्ठी सम्पन्न गरेको हो । संस्थाको प्रदेश नं २ अन्तर्गत पर्सा, बारा,रौतहट, सर्लाही र महोत्तरी जिल्लामा अवस्थित रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम चन्दनिगाहपुर स्थित होटल गौतममा संचालन भएको थियो । अन्तरकृया कार्यक्रमको औपचारिक उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि उदघाटन गरेका थिए । समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगति हासिल गर्न शुभकामना दिएका छन् ।
अब खल्तीबाटै खानेपानीको बिल तिर्न सकिने, सात वटै प्रदेशमा पुग्यो यस्तो सुविधा
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमाझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो । अब पूर्वमा झापाको बुधबारेदेखि पश्चिममा कञ्चनपुरको बेलौरीसम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ । अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा उपभोक्ताको खानेपानी बिल तिर्न काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुनेछ । खानेपानीको बिल भुक्तानी सेवा विस्तारका बारेमा बोल्दै खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदासले भने ‘खल्तीको टिम आफ्नो स्थापनाको सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवनशैली सहज बनाउनका लागि अनवरत रुपमा क्रियाशील छ । यसरी सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । अहिले हामी ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौँ । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसीबसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । हामी यस लक्ष्य पूरा नहुन्जेलसम्म प्रयत्नशील भएर लागि पर्नेछौँ ।’ अहिले गाउँगाउँमा तीब्र गतिको ब्रोडब्यान्ड तथा थ्रीजी र फोरजी इन्टरनेट पुगेको छ । स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार देशका झन्डै ७२ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा करीब १ करोड मानिसले मोबाईल बैंकिङ र १० लाखले इन्टरनेट बैंकिङ सेवा सुचारु गरेका छन् । यस्तो अवस्थामा खल्तीले विस्तार गरेको खानेपानी बिल भुक्तानी सेवाले धेरै महत्व राख्ने देखिन्छ । सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ-कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । खल्तीको वेबसाईट खल्ती डटकमबाट खल्ती एप डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
मौरिसस एफएटीएफको ग्रे-लिष्टमा, नेपाली अर्थतन्त्रमा कस्ताे प्रभाव पर्ला ?
काठमाडौं । नेपाललगायत देशमा विदेशी लगानी भित्रने गरेको मौरिससमाथि सम्पत्ति शुद्धीकरण विरुद्ध काम गर्ने अन्तराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले ग्रे लिष्टमा राखेको छ । सम्पत्ति शुद्धीकरण निवारणमा प्रभावकारी काम नगरेको, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न प्रभावकारी कदम नचालेको जस्ता आरोपमा एफएटीएफले मौरिससलाई ग्रे लिष्टमा राखेको हो । एफएटीएफले मौरिससलाई ग्रे लिष्टमा राखेसँगै नेपाली अर्थतन्त्रमा के कस्तो असर पर्छ भन्ने लेखाजोखा सुरु भएको छ । एफएटीएफको ग्रे लिष्टमा परेपछि नेपालको अर्थतन्त्र र लगानीमा के कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयमा सरकारी अधिकारीहरुले गृहकार्य थालेका छन् । नेपालमा आउने विदेशी लगानी तथा यसअघि नै आएको लगानीप्रति के कस्तो व्यवहार गर्ने भनेर अधिकारीहरुले गृहकार्य थालेका हुन् । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले मौरिसस एफएटीएफको ग्रे लिष्टमा पर्दैमा नेपालमा समस्या नहुने दाबी गरे । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विदेशबाट आउने लगानीको स्रोत खोज्न बैंकिङ उपकरण र प्रविधि प्रयोग गरिएकोले खतरा नहुने बताएका हुन् । ‘विश्वमा धेरै ट्याक्स हेवनहरु छन्, त्यस्ता ठाउँबाट नेपालमा पनि लगानी आउँने गरेको छ तर बैकिङ प्रणालीबाट र स्रोत खुलेर विधिवत रुपमा आएका लगानीमा समस्या हुँदैन । स्रोत नखुली आएको, पैसा पठाउने संस्थाको क्षमता परिभाषित नभएको र त्यस्ता कम्पनी तथा संस्थामार्फत आएका पैसाहरु त अहिले पनि समस्यामा छन् नि,’ मन्त्री खतिवडाले भने । एफएटीएफले कुनै देशलाई ग्रे लिष्टमा राख्दैमा अर्काे देशलाई ठूलो समस्या नपर्ने मन्त्री खतिवडाको दाबी छ । तर नेपालको व्यवसायिक तथा अन्य सम्बन्ध धेरै भएको देश ग्रे लिष्टमा पर्दा भने समस्या हुने उनले बताए । नेपालले अहिले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित धेरै कानुन तथा विधिहरु प्रयोगमा ल्याएकोले धेरै खतरा नभएको उनको भनाइ छ । मौरिसससँगको श्रम सम्झौता कार्यान्वयनतर्फ सरकार यसैबीच नेपाली कामदारलाई मौरिसस पठाउनका लागि गरेको श्रम सम्झौतालाई कार्यान्वयन गर्न नेपालले अग्रसरता देखाएको छ । नेपाली कामदारको सम्भावित आकर्षक गन्तव्य बन्न सक्ने भन्दै मौरिसस सरकारसँग नेपाल सरकारले श्रम सम्झौता गरेको थियो । त्यसलाई कार्यान्वयन गर्नका लागि बिहीबार मन्त्रिपरिषदमा छलफल हुने बताइएको थियो । मौरिससलाई एफएटीएफले ग्रे लिष्टमा राखेपछि नेपाल सरकारले सम्झौता कार्यान्वयनमा अघि बढ्ने वा पछि हट्ने के निर्णय गर्छ भन्ने यकिन हुन सकेको छैन । नेपाल सरकार र मौरिसस सरकारबीच गत जेठमा कामदार लैजानेबारे सम्झौता भएको थियो । मन्त्रीस्तरीय छलफलबाट कामदार भर्ना प्रक्रियालगायत विषयमा छलफल भएको जनाइएको छ । यो प्रक्रिया खुला भइसकेपछि पनि समस्या भने देखापर्नेछ । नेपाली कामदार लैजाने प्रक्रियाअघि बढेपनि एफएटीएफको ग्रे लिष्टमा परेको मौरिसससँग वित्तीय परिचालन तथा लगानी सेयरीङ गर्न भन्ने समस्या आउनेछ ।
सीपी मैनाली सिकिस्तै, काठमाण्डाैंकाे ग्राण्डी अस्पतालमा उपचार हुँदै
काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली सिकिस्तै भएका छन् । बिहीबार बिहान महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेका उनको अवस्था गम्भीर रहेको एक स्रोतले जनाएको छ । हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उनकाे उपचार हुँदै छ । उनी अहिले ग्राण्डीकाे आईसीयूमा छन् । उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । बिहान भएको कार दुर्घटनामा सिपी मैनालि सहित उनका छोरा, बुहारी र नाति सख्त घाइते भएका छन् । बुहारीको दुइटै खुट्टा भाचिएको छ । छोरा सामान्य घाइते भएकी छिन् भने नातिको मुखमा चोट र खुट्टा फ्याक्चर भएको एक स्रोतले जानकारी दिएको छ ।