२१ गते सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाको आग्रह

<p>काठमाडौं । फागुन २१ गते आफ्नो सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् । बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहणमा उपस्थित हुन  आग्रह गरेका हुन् । २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने उनकाे भनाइ छ । उनी राष्ट्रियसभा सदस्यबाट दुई [&hellip;]</p>

काठमाडौं । फागुन २१ गते आफ्नो सपथ ग्रहणमा उपस्थित हुन अर्थमन्त्री खतिवडाले आग्रह गरेका छन् । बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहणमा उपस्थित हुन  आग्रह गरेका हुन् ।

२१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने उनकाे भनाइ छ ।

उनी राष्ट्रियसभा सदस्यबाट दुई बर्षको अवधि सकेर फागुन २० गते बाहिरिँदैछन्। तर त्यसपछि पनि आफू नै अर्थमन्त्री हुने संकेत देखाएका हुन् ।

अर्थमन्त्री डा‍. युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

‘मेरै बारेमा कुरा उठाउनुभएछ, राष्ट्रियसभा । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ । २१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ,’ उनले भने ।

Share News