टिच फर नेपाललाई एभरेष्ट बैंककाे आर्थिक सहयोग
काठमाडौं । एभरेष्ट बैंकले टीच फर नेपाललाई आर्थिक सहयोग गरेकाे छ । देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न बैंकले टीच फर नेपाललाई सात लाखकाे चेक हस्तान्तरण गरेको हाे । टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ । सीएसआर गतिविधिहरूको एक भागको रूपमा रहेको यस बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
इटालीमा कोरोना संक्रमण बढ्दाे, २४ घण्टाभित्र ३६८ जनाको मृत्यु
रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ । – अमेरिकी विमानस्थलमा भिडभाड संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाई गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन । उनी अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए । अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही “मन्दी” उत्पन्न भएको बताएका थिए तर उनले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन् । आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ – विशेष गरी एयरलाइन्स । चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोनाभाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ । धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन् । अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ । अष्ट्रेलिया र न्युजील्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन् । अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन् । “कोरोनाभाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन् । दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ । रासस
पर्खौैं र हेरौंको रणनीतिमा एफएनसीसीआई
काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् । चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । नेपालले पनि यो भाइरस नभित्रियोस् भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । भलै कोरोना भाइरस नेपालमा देखा परेको छैन । एक जनामा देखा परेको भनिएपनि निको भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना भित्री हाले त्यसको तीव्र पूर्व तयारीमा जुटेको छ । नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ । विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन । हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लयागतका सामानहरुमा कालोबजारी मौलाएको छ । तर, यसको सहज उपलब्धतामा भूमिका खेल्न सक्ने सबैभन्दा ठूलो निजी क्षेत्र महासंघ यी सबै कूराहरुप्रति अनविज्ञ जस्तै बनेर चुनावमा होमिएको छ । यतिखेर निर्वाचनका लागि महासंघका प्रतिनिधिहरु तीव्र प्रचार प्रसारमा जुटेका छन् । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ । तर, आगामी चैत २८ मा तय भएको नेपाल उद्योग महासंघको साधारण सभा भने अहिलेसम्म पनि स्थगित गरिएको छैन । बरु महासंघ चुनाव गररै छोड्ने दाउमा छ । महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले यस्तो संकटको समयमा महासंघ चुनावमा होमिनु अस्वभाविक र दुर्भाग्य भएको बताए । ‘निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान अहिलेको स्थितिमा औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका हुनु पर्छ, यसमा निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा उनीहरु लाग्नु पर्दछ, उनले भने । जो–जो व्यवसायीले कालोबजारी गरिरहेको छ, त्यसलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने उनले बताए । त्यसमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलो बजारी गर्नेका सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो । तर महासंघको चुनाव सर्न सक्ने सम्भावना न्यून छ । किनकि सबै प्रतिनिधिहरु प्रचार प्रसारमा जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे । विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र यसरी निष्कृय देखिनु विडम्बना हो । उल्टै महासंघमा आवद्द व्यवसायीहरु कसरी कमाउन सकिन्छ भन्ने रणनीति तथा कमाउ धन्दामा लागेको देखिन्छ । सरकारले त्यस्ता कालोबजारी गर्ने विभिन्न व्यवसयाीलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लिइसकेको छ । कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । यो अवस्थामा हामी सबैको पहिलो प्राथमिकता अहिलेको परस्थितिलाई सबै मिलेर सामना गर्ने हो । यो अवस्थामा निजी क्षेत्रको पनि धेरै ठूलो भूमिका र दायित्व हुन्छ । अहिले नेपालमा कोरोना फैलिएको छैन । यदि भइहाल्यो भने हामीसँग ब्याकअप केही पनि छैन । आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्छ । तर, यही अवस्थामा महासंघ चुनावमा होमिएको छ । महासंघले मानव जीवन महत्वपूर्ण कि चुनाव महत्वपूर्ण हो भन्ने कूरा बुझ्न आवश्यक छ । यसमा नेपाल चेम्बर अफ कमर्सले सानै भएपनि माक्स उत्पादनको काम सुरु गरेको छ । अहिलेको लागि यो राम्रो सुरुवात हो । तर महासंघले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।
दुर्घटना न्यूनीकरण गर्न सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु
काठमाडौं । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ । लागुऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउँने चालकको संख्या बढिरहेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । चेकजाँचको एक भव्य समारोहका विच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरेका थिए । मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकहरुले लागु पदार्थ सेवन गर्न थालेको सूचना प्राप्त भएसगै टेस्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ । “ब्रेथलाईजरबाट लागु पदार्थ सेवन गरेको पत्ता लाग्दैन्, त्यसैले लागु पदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौं , जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ । अकालमा ज्यान जाने जोखिम कम हुनेछ ।” सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानकै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेशअन्र्तगतको १० वटै जिल्लाको सडकमै चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनिकरण कम गर्ने एसपी महर्जनको विश्वास छ । उनका अनुसार वागमती प्रदेशमा ड्रग युरिन टेष्ट किटबाट सडक मैं जाँच गरिएको यो पहिलो पटक हो । यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसगैँ यस्तो अभियान थालिएको प्रस्ट पारे । यसैगरी, क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी चलाउन नहुने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए । उनले मापसे चेकजाँचको क्रममा लागु औषध गाँजा जस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुँने भए पश्चात चालकहरुले मदिरा सेवनलाई कम गर्दै लागु औषधको प्रयोग बढाएको बताए । यसरी लागु औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए । सो अवसरमा पहिलो दिन १७ वटा चालक र सहचालकको न्यूरिन टेस्ट गरिएको थियो ।
जीवन बीमा किन गर्ने ? सूर्या लाईफका एजीएम माधव प्रसाद शर्माको टिप्स
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) माधवप्रसाद शर्माले पछिल्लो समय जीवन बीमा अपरिहार्य बन्दै गएको बताएका छन् । एजिएम शर्माले बीमाको अन्र्तराष्ट्रिय महत्व हुने भएकाले यसका बारेमा सबैले जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ । सामान्यतः जीवन बीमालाई मृत्यूपछि भुक्तानी पाइने साधन भनेर हेला गर्ने गरिएको पनि छ । तर, बीमाले मृत्यूपछि र मृत्यूअघि पनि आर्थिक सहयोग गर्ने विज्ञले बताएका छन् । शर्माका टिप्स – जीवन अनिश्चित भएकाले बीमा गर्नुपर्छ । – परिवारको मुख्य सदस्यले बीमा गरेमा आश्रित परिवारलाई आर्थिक सहजता हुन्छ । – मृत व्यक्तिलाई बीमाले जीवित बनाउँने त होइन तर जीवित रहेकालाई आर्थिक संकट पर्दा बीमाले अवश्य सहयोग गर्छ । – जसलाई जुन बीमाको आवश्यकता छ सोही अनुसार बीमा पोलिसी खरिद गर्नु पर्छ । – बीमा गरेर कोही पनि घाटामा जादैन । – कुनैपनि व्यक्तिले बीमा गरेर मृत्यु भएमा अन्य सदस्यले तथा बाँचेमा ऊ आफैले लाभ उठाउन सक्छ । – बीमाको विषयमा आफैले वास्तविकता जान्नु अपरिहार्य कुरा हो । – बीमा भनेको नाफा घाटाको मात्र व्यवसाय होइन्, यो व्यवसाय सेवामा पनि जोडिन्छ । – अभिकर्ताको व्यक्तिगत विश्वासभन्दा बीमाको अन्र्तराष्ट्रिय महत्व बुझेर बीमा गर्नु आवश्य हुन्छ । – बीमा गर्नुपूर्व प्रिमियम तथा प्रोडक्टको बारेमा राम्रो जानकारी लिनु पर्छ । – बीमाको सिद्धान्त भनेकै सुरक्षित रहनुपर्छ भन्ने हो, जोखिमले धेरै असर नपारोस भन्ने पनि हो । सोही कारण मुख्य कुरा भनेको व्यक्तिले बीमा गर्नुपर्छ भनेर थाहाँ पाउँनु हो । – अनावश्यक खर्चहरु कटौती गर्दापनि बीमा गर्नलाई थप सहज हुन्छ । – एकदिन सबैको मृत्यु हुने कुरा निश्चित भएकाले बीमा गर्दा त्यस्तो विपतमा आवश्यक राहत मिल्ने गर्छ । – बीमा भनेको विश्वास बेच्ने कुरा हो, सोही कारण आफ्नै आत्मविश्वासको आधारमा बीमा गर्दा उत्तम हुन्छ । – जीवन बीमा भनेको बिमितको हितका लागि नै तयार पारिएको एक विज्ञान हो । – जीवन बीमा गर्नु र नगर्नुको फरक हामीले बीमा गरेका तथा नगरेका २ व्यक्तिबीच हेरेमा आफै छर्लङ्ग हुन सकिन्छ । – बीमा प्राविधिक विषय भएकाले जति बुझ्दै गयो त्यती नै मजा आउँने क्षेत्र पनि हो । – बीमा व्यवसाय नेपालमा मात्र होइन, वैदेशिक रुपमा नै गरिने व्यवसाय हो । – बीमा आफैमा गलत वा हानी गर्ने क्षेत्र होइन, यदि कसै कुनै मानेमा केही असहजता छन् भने त्यसको कारण पत्ता लगाएर समाधान गर्न सकिन्छ । – बीमा बुझ्दा शैक्षिक लाभ मिल्छ भने बीमा गर्दा आर्थिक लाभ मिल्ने गर्छ । – एक पटक बीमा गरिसकेका बिमितले फेरि अर्को साथीलाई बीमा गर्न अनुरोध गर्छन् । यसलाई कम्पनीको मेहनत, बीमाको महत्व तथा बिमितको विश्वासको रुपमा हेर्न सकिन्छ ।
सडक आश्रित मानव मुक्त अभियानलाई सिटिजन्स बैंकको आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई १ लाख सहयोग गरेको छ । मानिसहरु सडकपेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुगेकाहरुलाई आश्रय दिन सञ्चालन गरेको उक्त अभियान नेपाललाई सफल पार्न बैंकले सो रकम उपलब्ध गराएको हो । यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
जनकपुर-पटना चल्ने गाडी आजदेखि बन्द
जलेश्वर । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए । रासस
विदेशी विनिमय मुद्दामा फरार एक महिला पक्राउ
काठमाडौं । विदेशी विनिमय मुद्दामा फरार प्रतिवादी साङ्डोमा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले आइतबार स्वयम्भु,काठमाडौंबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक जिल्ला अदालतले निजलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवाना हुने निर्णय गरेको थियो । उक्त सजाय पश्चात शेर्पा फरार भएकी थिइन् । फैसला कार्यान्वयनको लागि अदालतको आदेशले निजलाई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा पठाईएको छ।