काठमाडौं । विदेशी विनिमय मुद्दामा फरार प्रतिवादी साङ्डोमा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले आइतबार स्वयम्भु,काठमाडौंबाट पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक जिल्ला अदालतले निजलाई ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवाना हुने निर्णय गरेको थियो । उक्त सजाय पश्चात शेर्पा फरार भएकी थिइन् ।
फैसला कार्यान्वयनको लागि अदालतको आदेशले निजलाई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा पठाईएको छ।