सिद्धार्थ बैंकका ग्राहकलाई त्रिपुरेश्वरको ब्लूक्रस हस्पिटलमा विशेष छुट
काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई कम्पनीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले हाल १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
कोरोना त्रासः अब अनावश्यक हिडडुल गर्न नपाइने, सबै सार्वजनिक स्थल पनि बन्द
काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सतिमिको बैठकले सबैलाई अत्यावश्यक कामबाहेक अनावश्यक बाहिर हिडडुल नगर्न निर्देशन दिएकाे हो । समितिले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नेपालमा भित्रिन नदिन यस्तो निर्णय गरेको हो । समितिले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ । सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने उल्लेख गरेको छ । कोरोना रोकथाम तथा संक्रमण हुन नदिनका लागि यसबाहेक समितिले अन्य १५ वटा महत्वपूर्ण निर्णय गरेको छ । साथै, समितिले कोरोना भाइरस रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने बताएको छ । समितिले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने उल्लेख गरेको छ । यस्तै, समितिले बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कार्वाही गर्ने, दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद र अनावश्यक संचय नगर्न अनुरोध गर्ने उल्लेख गरेको छ । २०७६ चैत्र ६ गते देखि संचालन हुन गइरहेको एसइई परीक्षा केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने समितिले जनाएको छ । तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै, होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सफाइका सामग्रीहरुको प्रवन्ध गर्ने जनाएको छ । अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका माक्सहरु मध्ये ५ लाख थान माक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी माक्स साझा स्वास्थ्यसेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने उल्लेख गरेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई तीन जिल्लामा विशेष छुट, कुन-कुनमा कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले प्रदेश-५ अन्तर्गत तीन वटा जिल्लामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले दाङ्ग, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा विशेष सुहलियत सहित छुट पाउने गरी सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले विशेष छुट पाउने छन् । छुट प्राप्त गर्न सकिने स्थानहरु: यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।
एनआईसी एशिया बैंकद्वारा १५ लाख बीमा रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग्रवालले यस बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी, बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकले बीमा बापतको ८७ लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खाता खोल्नुहुने ग्राहकले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५७ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
निर्माण उपकरणमा भइरहेको आगजनीबाट महासंघ आक्रोशित, दोषीलाई कडा कार्बाहीकाे माग
काठमाडौं । देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइएको उल्लेख छ । तर आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजना अन्र्तगत विरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको क्याराभान कन्स्ट्रक्सन प्रा लि को स्वामित्वमा रहेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहबाट आगजनी गरिएको छ । त्यस्तै दानबहादुर खड्का संचालक रहेको रेगन निर्माण सेवा सुर्खेतको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएइको छ । उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । आगजनीका यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने महासंघको ठहर छ । विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको महासंघको भनाइ छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ । व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाकालागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुन चेतावनी दिएको छ ।
ज्योति विकास बैंकले अडियो लाइब्रेरीलाई दियाे ५ थान कम्प्युटर
काठमाडाैं । ज्योति विकास बैंकले दृष्टिविहीनहरुको शिक्षाको सहजताको हेतुले स्थापित अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई ५ थान कम्प्युटर प्रदान गरेको छ। बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार साे कम्प्युटर प्रदान गरेको हो। ती कम्प्युटरहरू ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका नायब महाप्रबन्धक पारस राज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा. गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो। अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ। यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
उपभोक्तालाई सरकारको आव्हान: बिजुलीको महसुल आफै तोक्नुस्
काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई विद्युतको महसुल कति राख्ने भन्ने विषयमा प्रतिक्रिया लिने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दर तोक्नका लागि आयोगले उपभोक्तासँग धारणा लिने भएको हो । बुधबार पत्रकार सम्मलेन गर्दै आयोगले विद्युत महसुल तोक्नका लागि सर्वसाधारणबाट विभिन्न सामाजिक सञ्जालहरुबाट धारणा माग गरेको बताएको हो । नेपालमै पहिलो पटक सूचना प्रविधि (इहियरिङ) समेतको माध्ययमबाट सार्वजनिक सनवाई आयोजना गरी वितरण अनुमति प्राप्त संस्थाको उपभोक्ता महसुल प्रस्ताव उपर प्रतिक्रिया लिने बताएको हो । नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आफ्नो राय, सुझाव तथा प्रतिक्रिया प्रदान गर्न ग्राहक वर्ग, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जन९प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवालाहरुलाई आव्हान गरेको छ । आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहले आयोगले अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेची देखि महाकाली सम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीहरुले समेत श्रव्य-दृश्यको माध्ययमबाट आफ्नो राय दिन सक्ने बताए । उनले आम सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने गरी महसुल तोक्नका लागि उनीहरुबाटै प्रतिक्रिया माग गरेको बताए । ‘नेपाल विद्युत प्राधिकरणबाट विद्युत महसुल दरको प्रस्ताव आएको छ, त्यो पनि हामीले वेबसाइटमा राखेका छौं, त्यही अनुसार उपभोक्ताले आफुलाई सहज हुने महसुल दर तय गर्नसक्नेछन् र प्रतिक्रिया पनि दिन सक्नेछन्’, उनले भने । सिँहले प्राधिकरणलाई दिगो र व्यवसायीक बनाउन र सर्वसाधारणलाई राहत हुने हिसावले महसुल दर तोक्ने बताए । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग आयोग समक्ष पेश गरेको विद्यत महसुलमाथि सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत हसुल दरमाथि नेपाल विद्युत नियमन आयोगले चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाई गर्ने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक सुनुवाई हुने बताइएको हो । आयोगले आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाहरुले सार्वजनिक सनवाई हुने दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म मोबाइल नम्बर ९८४७३४००३८ वा ९८४७३४००४३ वा ९८४७३४००४५ मा फोन गरी वा सोही मोबाईल नम्बरको भाइबर वा प्रतिक्रिया दिन सक्ने उल्लेख गरेकाे छ ।
टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात
काठमाडौं । बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । सोही अवसरमा क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था सहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ । सन् २०१९ मा स्थापना भएको यस क्लिनिकले एक नवीन डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने भएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले उन्नत र उच्चस्तरिय प्रविधिको सेवा, रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ । अन्य डाइग्नोष्टिक सेवाहरु जस्तै इको कार्डियोग्राफी, एबिपि, होल्टर, इसिजी, पिएफटि, युरिया ब्रिथ टेष्ट एण्ड बिएमडी पनि उपलब्ध रहेको छ । यस क्लिनिकले बहिरङ्ग सेवा दिदै आइरहेको छ साथै, रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधीहरूको सुरक्षा पनि सुनिश्चित गर्दै आइरहेको छ । क्लिनिकले यस क्लिनीकमा आउने बिरामी/असक्त महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको छ, जसले क्लिनिकका विमारीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । यो क्लिनिक विहान ७ बजे देखि राती ८ बजे सम्म खुल्छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनुहुनेछ । प्याथोलोजि सेवा पनि अन्र्तराष्ट्रिय मान्यता अनुरुप बरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा सञ्चालन भइरहेको छ । यसका साथै अन्य बहिरङ्ग (अेपिडी) सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध हुनेछन् ।