उपभोक्तालाई सरकारको आव्हान: बिजुलीको महसुल आफै तोक्नुस्

<p>काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई विद्युतको महसुल कति राख्ने भन्ने विषयमा प्रतिक्रिया लिने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दर तोक्नका लागि आयोगले उपभोक्तासँग धारणा लिने भएको हो । बुधबार पत्रकार सम्मलेन गर्दै आयोगले विद्युत महसुल तोक्नका लागि सर्वसाधारणबाट विभिन्न सामाजिक सञ्जालहरुबाट धारणा माग गरेको बताएको हो । नेपालमै पहिलो पटक [&hellip;]</p>

काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई विद्युतको महसुल कति राख्ने भन्ने विषयमा प्रतिक्रिया लिने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल दर तोक्नका लागि आयोगले उपभोक्तासँग धारणा लिने भएको हो । बुधबार पत्रकार सम्मलेन गर्दै आयोगले विद्युत महसुल तोक्नका लागि सर्वसाधारणबाट विभिन्न सामाजिक सञ्जालहरुबाट धारणा माग गरेको बताएको हो ।

नेपालमै पहिलो पटक सूचना प्रविधि (इहियरिङ) समेतको माध्ययमबाट सार्वजनिक सनवाई आयोजना गरी वितरण अनुमति प्राप्त संस्थाको उपभोक्ता महसुल प्रस्ताव उपर प्रतिक्रिया लिने बताएको हो । नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आफ्नो राय, सुझाव तथा प्रतिक्रिया प्रदान गर्न ग्राहक वर्ग, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जन९प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधि तथा सरोकारवालाहरुलाई आव्हान गरेको छ ।

आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहले आयोगले अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेची देखि महाकाली सम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीहरुले समेत श्रव्य-दृश्यको माध्ययमबाट आफ्नो राय दिन सक्ने बताए । उनले आम सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने गरी महसुल तोक्नका लागि उनीहरुबाटै प्रतिक्रिया माग गरेको बताए ।

‘नेपाल विद्युत प्राधिकरणबाट विद्युत महसुल दरको प्रस्ताव आएको छ, त्यो पनि हामीले वेबसाइटमा राखेका छौं, त्यही अनुसार उपभोक्ताले आफुलाई सहज हुने महसुल दर तय गर्नसक्नेछन् र प्रतिक्रिया  पनि दिन सक्नेछन्’, उनले भने ।  सिँहले प्राधिकरणलाई दिगो र व्यवसायीक बनाउन र सर्वसाधारणलाई राहत हुने हिसावले महसुल दर तोक्ने बताए ।

नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग आयोग समक्ष पेश गरेको विद्यत महसुलमाथि सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत हसुल दरमाथि नेपाल विद्युत नियमन आयोगले चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाई गर्ने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक सुनुवाई हुने बताइएको हो ।

आयोगले  आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाहरुले सार्वजनिक सनवाई हुने दिन बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म मोबाइल नम्बर ९८४७३४००३८ वा ९८४७३४००४३ वा ९८४७३४००४५ मा फोन गरी वा सोही मोबाईल नम्बरको भाइबर वा प्रतिक्रिया दिन सक्ने उल्लेख गरेकाे छ ।

 

Share News