रित्तदै राजधानीः भिडियाे फिचर
काठमाडौं । कोरोना संक्रमणको त्राससँगै राजधानी उपत्यका रित्तदै गएको छ । स्थायी र अस्थायी गरी काठमाडौं उपात्यकाभित्र करिव ५० लाख मानिस बसोबास गर्ने गरेको सरकारी तथ्याङ्क छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले अत्यावश्यक सेवा बाहेकको व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएपछि र चैत १० गतेदेखि लामो दूरीमा चल्ले सवारी साधान चल्न नदिने निर्णय गरेपछि तीन दिनभित्रका करिव १५ लाख सर्वसाधारणले राजधानी छोडेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा प्रबक्ता जीवन कुमार श्रेष्ठले बताए । आइतबार १ लाख ६१ हजार, शनिबार १ लाख ६ हजार र शुक्रबार १ लाख ८ हजार मानिस सडक सवारीबाट राजधानी वाहिर गएको उनको भनाई छ । कोरोना त्राससँगै गत दुई सातामा राजधानी भित्रने भन्दा वाहिरीनेका संख्या बढी रहेको छ । रित्तिदै गएको राजधानीको सडक कस्तो देखिएको छ ? विकासन्युजका फोटोग्राफर प्रकाश वाग्लेले आइतबार राजधानीको वाहिरिने मुख्य चोकहरु कलंकी, कोटेश्वर, एयरपोर्टसहित सहरका मुख्य भागहरुको भिडियो खिचेका छन् । राजधानीबाट वाहिरिने चोक तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा भीडभाड देखियो भने सधैं भिडभाड हुने माइतघर, जाउलाखेल, चक्रपथ क्षेत्रमा सुनसान देखियो । भिडियो हेर्नुहोस् ।
कति कुरा गर्न मन छ ? टेलिकमको भ्वाइस प्याक लिनुस् दिल खोलेर कुरा गर्नुस्
काठमाडाैं । आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ । अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिन्छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ । अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ । त्यसैगरी NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकहरु खरिद गरी प्रयोग गर्न सकिन्छ ।
नेपालमा कोरोना देखिए पछि डराउन थाले मानिस, विश्वभर त्रास फैलाएको भाइरसबाट कसरी बच्ने ?
काठमाडौं । नेपालमा पनि कोरोना भाइरस देखिए पछि धेरै मानिसहरु डराउन थालेका छन् । कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्क रहनु आवश्यक छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । विश्वभर कोरोना भाइरसको त्रास फैलिहरको बेला नेपालमा पनि कोराना भाइरस देखिएको छ । विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । यो भाइरसले १४ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ । त्रास फैलिन नदिन सरकारले गरेको निर्णयहरु पालना गर्दै व्यक्ति पनि सुरक्षित रहन आवश्यक छ । कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विद्यालय, लामो दूरीको यातायात लगायत संक्रमण फैलिने क्षत्रहरु बन्द गरिसकेको छ । कोरोना भाइसरबाट कसरी बाच्ने ? रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । नियमित साबुन पानीले हात धुने, सकेसम्म घर बाहिर ननिस्किने, सार्वजनिक स्वास्थ्य सुझावको पालना, प्रतिरक्षा क्षमता बढाउने र शान्त रहन सकेमा कोरोना भाइरस फैलिदैन । के हो त कोरोना भाइरस ? कोरोना भाइरस जनवारबाट सर्ने एक भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । कसरी थाहा पाउने कोरोना भाइरस ? सुरुमा समान्य रुघाखोकी लागछ । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
निषेधाज्ञापछि यस्ताे देखियाे धनगढी (फाेटाेफिचर)
काठमाडाैं । कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा निर्माण गरिरहेकाे आइसोलेसन कक्ष । धनगढीकाे जिल्ला प्रहरी कार्यालयदेखि क्याम्पस चाेक जाने सडक । धनगढीकाे बजारकाे मूख्य सडक खण्ड । धनगढी रंगशालामा निर्माणाधीन आइसोलेसन कक्ष । निषेधाज्ञा जारीपछि सुनसान धनगढी । धनगढीकाे मुख्य सडकमा केही अटाेरिक्सा तस्वीरः पाण्डव पुजारा । कैलाली
५ ठाउँमा वाटर एटीएम जडान गरिने, प्रति २ सय मिलीलिटर पानी एक रुपैयाँमै पाइने
काठमाडौं । काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ । आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार पहिलो चरणमा काठमाडौं महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नं. २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ । यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । उनका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक बोटल पानीको २०-२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ । महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको बताए । प्रमुख शाक्यले भने, ‘यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पुर्याउने हाम्रो लक्ष्य छ । तपाईहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए । बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताए । अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उनले बताए । ‘प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ,’ उनले भने, ‘पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ । त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ । त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ ।’
कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशीको काम ९९ प्रतिशत सम्पन्न
काठमाडौं । बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाको प्राविधिक परीक्षण शुरु भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । उनका अनुसार परीक्षणका क्रममा बाँधमा पानी राखेर परीक्षण शुरु गरिएको र अहिलेसम्मको परीक्षण राम्रो रहेको छ । परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्ने परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन् । आयोजनामा मुख्य कामदार र प्राविधिक चिनियाँ, इटालियाली र भारतीय नागरिक छन् तर उनीहरु कोरोनाको समस्या हुनुअघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाइरसको प्रकोपपछि आयोजनाको कन्सल्टेन्ट कम्पनीमा काम गर्ने विज्ञ तथा प्राविधिकले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ । नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोपअघिदेखि नै काममा रहेकाले समस्या नभएको तर आजदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिइने श्रेष्ठले बताए । आयोजनाको काम अहिलेसम्म ९९ दशमलव चार प्रतिशतले काम सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले जनाए । आयोजनामा छ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाइ छ । विसं २०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माणकार्य शुरुआत गरिएको यस आयोजनामा विसं २०७२ वैशाख महिनामा गएको भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्ब हुन गएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले बताए । प्रवक्ता न्यौपानेले भने, “वर्तमान कार्यप्रगतिका आधारमा यस आयोजनाबाट विसं २०७७ को असार मसान्त या साउन पहिलो साताभित्र परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ ।” दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याजबाहेक ४९ अर्ब २९ करोड रूपैयाँ लागत प्रक्षेपण गरिएको जनाइएको छ । रासस
बुद्ध एयरका ६ जहाज ग्राउन्डेड
काठमाडाैं । बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ। नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको हाे। कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उडान संख्या घटाउने निर्णय गरेको हो। कोरोनाको जोखिमका कारण एकातिर यात्रुहरु पाइनै छाडेको अर्कोतिर स्वास्थ्य जोखिम पनि बढेका कारण भोलिदेखि ६ जहाज ग्राउन्डेड गर्न लागिएको बुद्ध एयरले जानकारी दिएकाे छ । बुद्धले उडान भने जारी राख्ने बताएको छ। यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर बिदा बस्न निर्देशन दिइसकेको छ । हाल बुद्धसँग १३ जहाज छन् ।
सेलपेबाट सित्तैमा रकम स्थानान्तरण गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निस्शूल्क उपलब्ध गराउने भएको छ । बैंकले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आगामी बैशाख १८ गतेसम्मको लागि उक्त सेवामा छुट दिएको हो । सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आवद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने व्यवस्था मिलाईएको छ । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा उक्त व्यवस्था मिलाएको हो । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।