सेलपेबाट सित्तैमा रकम स्थानान्तरण गर्न सकिने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निस्शूल्क उपलब्ध गराउने भएको छ । बैंकले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आगामी बैशाख १८ गतेसम्मको लागि उक्त सेवामा छुट दिएको हो । सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निस्शूल्क उपलब्ध गराउने भएको छ । बैंकले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आगामी बैशाख १८ गतेसम्मको लागि उक्त सेवामा छुट दिएको हो ।

सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आवद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने व्यवस्था मिलाईएको छ । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा उक्त व्यवस्था मिलाएको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

Share News