पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द
इस्लामाबाद । प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थ।गिन गरेको छ पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ । प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । रासस/एपी
बैंकहरुलाई राष्ट्र बैंकले भन्योः डिजिटल कारोबारलाई प्राथमिकता दिनु, एटीएममा प्रयाप्त पैसा राख्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डिजिटल कारोबारलाई बढी प्राथमिकता दिनु पर्ने निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै बैंकले ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाईडिजिटल कारोबारमा ध्यान दिन निर्देशन दिएको हो । सरकारले देशैभर लक डाउनको घोषणा गरिरहेको बेला बैंकले सकेसम्म ग्राहकलाई सेवा दिन निर्देशन दिएको हो । ग्राहकलाई यो अवस्थामा पैसाको आवश्यकता पर्ने भएकोले एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्न पनि निर्देशन दिएको छ । बैंकले सोको निगरानी गर्ने व्यवस्था मिलाउनु पर्ने, सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतमरुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट पैकिङ्ग कारेबार गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । त्यसैगरी, यसरी खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क शक्तिको फोन नम्बर आफनो वेवसाइडमा अध्यावधिक गर्नुको अलावा बन्द रहने शाखाको मुल ढोकामा सर्वसाधारणले देख्ने गरी बल्ने शाखाको विवरण टाँस्नुपर्ने जनाएकाे छ । त्यस्तै, अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने,भन्सारबाट प्राप्त हुने चेक क्लियरिखको उचित व्यवस्था मिलाउने पर्नेछ । बैंकले सामान्य अवस्था भएको नेपाल राष्ट्र बैंकका गर्नु पर्ने रिपोर्टिङ सामान्य अवस्था भएको सातदिन भित्र गर्न निर्देशन दिएको छ ।
कोरोना रोकथामको लागि सिद्धार्थ क्यापिटलले साढे २ लाख सहयोग गर्ने
काठमाडौं । सिद्धार्थ क्यापिटलले ‘कोरोना भाइरस संक्रमण रोकथाम एव नियन्त्रण उपचार कोष’ मा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारले स्थापित गरेको उक्त कोषमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको सहयोग गर्ने भएको हो । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग हुने छ ।
अर्थमन्त्रीकाे अपीलः नेपाल ठूलो क्षति बहन गर्न सक्दैन, सहयोग गरिदिनु पर्यो
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली राष्ट्रका अर्थमन्त्री तथा उच्च पदस्थहरुसँग सहयोगको अपील गरेका छन् । बुधबार दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री तथा उच्च पदस्थ पदाधिकारीसँग भिडियो कन्रेन्स गर्दै सहयोगको अपील गरेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेको र पार्न सक्ने असरको बारेमा बोल्दै उनले यसको दिर्घकालिन असर नेपालले बहन गर्न नसक्ने धारणा राखे । ‘कोरोनाले अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्छ, महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको छ, यसले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने । त्यसैले कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताए । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफलमा दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्रा्ष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच छलफल भएको थियो । कोरोनाले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी गराउँदै उनले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा धेरै नोक्सान गरेको बताए । उनले सो भिडियो कन्फरेन्समा नेपालको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको धारणा राखे । उनले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाइ सहयोग, साथ र आड भरोसा दिनुपर्ने बताए । भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आआफ्नो धारणा राखेका थिए । उक्त छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्ट्विग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो। सो छलफलमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।
लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड, फिभर क्लिनिक बनाउन पनि सहयोग गर्ने
काठमाडौं । लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोडको आर्थिक सहयोग गर्ने भएको छ । उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग हुने छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमणले भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएकाले नेपाल सरकारले उक्त कोष स्थापित गरेको हो । साथै, ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिहरु स्थापना गर्ने पहल शुरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ र हेल्थ याट होम प्रा लिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्नेछ । फिभर क्लिनिकमा पछिल्ला १४ दिनमा विदेशमा रहेका, कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने, सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको मानिसलाइ राखिने छ । त्यस्तै, यस क्लिनिकमा जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन, परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि पनि राखिनेछ । यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने रहेकाे लक्मी ग्रुपले जनाएकाे छ । यस्ताे सेवाले अस्पतालका आपतकालिन विभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोभिड १९ को व्यवस्थापन र रोक्थाममा महत्त्वपूर्ण भूमिका खेलेको छ । हाल नेपालमा हाल आएको कठिन परिस्थितिलाई संम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो आफनो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी गुप्र आग्रह गरेकाे छ । पाेखराबाट उदाएकाे व्यवसायिक घराना लक्ष्मी ग्रुप सामाजिक हितका कार्यमा उल्लेखनिय भूमिका खेल्दै आएकाे छ ।
हृवातै घट्याे बिजुलीकाे माग
काठमाडौं । सरकारले देशभर लक डाउन गरेपछि विद्युतकाे माग हृवातै घटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विजुलीको माग घटेकाे हाे । नेपाल विद्युत् प्राधिकरणका अनुसार केही दिनयता बिजुलीकाे माग घटेकाे हाे । प्राधिकरणले धेरै खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो । लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम् माग (पिक डिमान्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमान्ड साँझ ७ बजे रेकर्ड गरिएको हो । मंगलबार राति विद्युतको माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युतको माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ । विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युतको अधिकतम् माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ ।
‘लकडाउन’ काे अवधिमा घरमा कसरी समय बिताउने ? ‘बोर’ नलाग्ने यस्ता छन् उपायहरू
काठमाडाैं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्को लाग्न नदिने उपायहरु के-के हुन सक्छन् ? बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ । यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ । सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताए । डा अधिकारीले भने, ‘यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।’ उनका विचारमा बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताए । मोक्तानले भने, ‘छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो । यसको सदुपयोग गरौँ ।’ विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउँछन् । बस्नेत भन्छन्, ‘बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।’ लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ-लर्निङका सामग्री सङ्कलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ । प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा हस्ताक्षर भएको हो । कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन् । यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन् । कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ: क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ । प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन् । बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ । बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आफूले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन् । कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ । रासस
कोरोना अपडेट: विश्वभरि करिब १९ हजारकाे मृत्यु, ४ लाखभन्दा बढी संक्रमित
जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८ सय २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १ सय २ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८ सय २० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २ सय १८ जना सङ्क्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६ सय ५० व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १ सय ७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३ सय २६ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ११ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय ५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९ सय ९१ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ सय ८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८ सय ६७ जना सङक्रमित भने ३ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १ सय जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३०४ सङ्क्रमित रहेका छन् भने ३ हजार २ सय ८१ उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २६ व्यक्तिको मृत्यु भएको छ । नौ हजार १ सय ३७ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ३० उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ८ सय ७७ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय २२ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ७७ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ७६ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५ सय ६० सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २८ व्यक्तिको मृत्यु भएको छ । ५ हजार २ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २२ व्यक्तिको मृत्यु भएको छ । ४ हजार २ सय ५९ सङ्क्रमित भएका छन् । यसैबीच ४ सय ६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ व्यक्तिको मृत्यु भएको छ । दुई हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०, पानामामा ६, अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बङ्गलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । बुधबारसम्म सङ्क्रमित मात्र देशहरुका नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि रहेका छन् । रासस