विकासन्युज

बालबालिकाको स्वास्थ्यमा समस्या आए कान्ति अस्पतालकाे हटलाइनमा बुझ्नुहोस्

काठमाडौं । बालबालिकाको स्वास्थ्यको विषयमा जानकारी उपल्ब्ध गराउन कान्ति बाल अस्पतालले पनि हटलाईन सेवा सुरु गरेको छ । लकडाउनको समयमा बालबालिको स्वास्थ्यमा केही समस्या देखिएको अवस्थामा अभिभावकले हटलाईन मार्फत बुझन्सक्नेछन् । अभिभावकले सर्जिकल ड्यटी चिकित्सककाे न‌‌म्बर : ०१- ४४४३१३१, ९८४७३८६१५० र  मेडिकल ड्युटी चिकित्सककाे न‌‌म्बर ०१- ४४२७४४९, ९८४७३८६२०५ मा कल गरी बालबालिकाको स्वास्थ्यका विषयमा जानकारी लिन सक्नेछन् ।  

प्रधानमन्त्रीलाई पत्र लेख्दै गगन थापाले भनेः संकास्पद संक्रमितलाई खोज्न जाने रणनीति बनाऔं

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सरहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष संलग्नताले निर्णय र कार्यशैलीमा ल्याउने फरक विगत केही दिनका निर्णयबाट आमजनताले अनुभूत गरिरहेका छन् । सबैले एकतावद्ध भएर आआफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भनेमात्र यो भिषण संकटको सामना गर्न सकिन्छ भन्ने महसुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिएका छौं । र, अन्तसम्म उभिइरहनेछौं । प्रधानमन्त्रीज्यू, यो महासंकटसंग जुध्ने क्रममा हामीले जे गरीरहेका छौं, यो पर्याप्त छैन । जसरी गरीरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न । त्यसैले, सरकारले तत्काल गर्नैपर्ने मैले देखेका केही विषयमा यहाँको ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु । नेपालमा बाह्य मुलुकबाट कुनै पनि व्यक्ति संक्रमित अवस्थामा सहजै नेपाल भित्रिन नसकून् भनेर सरकारले अस्तिबाट सिमा बन्द गर्ने स्वागतयोग्य निर्णय गर्‍यो । हामीले शुरु देखि नै भनेका थियौं नेपाल प्रवेश गर्ने प्रत्येकलाई अनिवार्य चेकजाँच र क्वारेन्टाइनमा राखौं । अब सिमामा आएर अड्किएकालाई छिर्न दिने तर क्वारेन्टाइनमा अनिवार्य राख्ने पछिल्लो निर्णय कडाइका साथ लागु गर्न सक्यौं भने नेपाल बाहिरबाट कोही संक्रमित व्यक्ति भाइरस लिएर नेपाल प्रवेश गर्न सक्ने छैनन् भन्ने विश्वास गर्न सकिन्छ। तर बिर्सन नहुने तथ्य के हो भने ती सिमानाबाट हवाई स्थलहुँदै० अहिलेसम्म संक्रमण फैलिएका देशबाट वा ती देशमा ट्रान्जिट हुँदै हजारौं नेपाली र विदेशी नागरिक नेपालभित्र आइसकेका छन् । दश हजारभन्दा बढी व्यक्ति हवाई मार्गबाट मात्रै नेपाल आएको अनुमान छ, हजारौं स्थल सिमाबाट आएका छन। केही अपवाद बाहेक उनीहरु क्वारेन्टाइनमा बसेनन्, हामीले राख्न सकेनौं । निर्बाधरुपले हिडडुल गर्दै धेरै मानिस विभिन्न ठाँउमा पुगे । तिनीहरू कहाँ गए, के गरे, कस्तो अवस्थामा छन्, त्यसको हामीसँग न कुनै अभिलेख छ, न निगरानी वा अनुगमन । न त तिनिहरूको परीक्षण नै भयो । पछिल्ला घटनाक्रमले यो तथ्यलाई थप पुष्टि गर्दै गएको छ । कोरोनाको संक्रमण शुरु भएको यत्रो दिनमा संसार नै भयाभह भइरहँदा आजसम्म नेपालभित्र जम्मा एकजनालाई मात्र पोजेटिभ देखियो भनेर हामी लामो समयसम्म दंग परेर बस्यौं । कतिले त हामी नेपालीको रोग प्रतिरोधात्मक क्षमता विशिष्ट छ भनेर मिथ्या गर्व नै गरेको देखियो । संक्रमित देशहरूबाट हजारौंको संख्यामा यसरी आउँदा पनि संक्रमण नदेखिँदा यो संयोग यस्तै सुखद रहिरहोस् भनेर कामना गर्‍यौं । केहीले भने यो सीमित समय ठूलो अवसर हो, खेर नफाली आवश्यक तयारीका काममा जुटिहालौं भनेर प्रारम्भदेखि नै आग्रह गरिरह्यौं । प्रधानमन्त्रीज्यू, केही दिनअघि मात्र विदेशबाट नेपाल आएका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी आएको छ । त्यसको पुनर्पुष्टी हुने क्रम जारी रहँदा नआत्तिकन अब संकेत बुझ्ने प्रयास गरौं । अस्ती भेटिएको जस्तै संक्रमित देशहरूबाट आएका र निर्बाध डुलिरहेका कोही एक जनामात्रै पनि पत्ता लगाउन छुटेको रहेछ भने त्यो व्यक्तिबाट केही हप्तामा सयौं होइन हजारौं संक्रमित हुने अवस्था आउन सक्छ भन्ने बाँकी विश्वको विकराल अनुभवले पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमणको विशिष्ट प्रकृति,र संक्रमणको समय एवं तीव्र फैलावट देखेर वैज्ञानिक जगत नै चकित छ । त्यसैले सिमावन्दी र लकडाउन गरेर ढुक्कले वसिरह्यौं भने कतिबेला के हुन्छ भन्न सकिन्न । यो सन्दर्भमा डब्लूएचओ प्रमुख टेड्रोस अघानोम गेब्रेयेससले २३ मार्चको यो भनाई मननीय छ( फुटवल खेल जित्नका लागि डिफेन्ड गरेर मात्रै पुग्दैन अट्याक पनि गर्नु पर्छ। मानिसहरूलाई घर बस्न आग्रह गर्नु र सामाजिक दुरी राख्न लगाउनु संक्रमण फैल्न नदिनका लागि महत्वपूर्ण कदम हो तर ती भनेको डिफेन्सिभ प्रकृया मात्रै हुन् । जित्नका लागि हामीले आक्रामक र लक्ष्य केन्द्रित कार्यनीति बनारएर भाइरसलाई अट्याक गर्नु पर्छ( संक्रमणको शंका भएको सबैको जाँच गर्ने, संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखी हेरचाह गर्ने र संक्रमितको निटक सम्पर्कमा आएका सबैलाई ट्रेस गरी क्वारेन्टाइनमा राख्नुपर्छ । त्यसाे भए के गर्ने त ? केही दिन अगाडी स्वास्थ्य मन्त्रालयले १५ बुँदे निर्णय गर्‍यो । स्वास्थ्य मन्त्रालयले तत्काल गरिहाल्नुपर्ने भनी करिब एक महिना अघिदेखि हामीले संसदमा उठाएका विषयमा अहिले आएर निर्णय भएकोमा खुसी लागेको छ । यद्यपि, आपतकालीन अवस्थामा समेत निर्णयमा भएको विलम्बले शीघ्र कार्यान्वयन हुने कुरामा स्वभाविक संशय हुन्छ नै । अन्य विषयमा निर्णय भए पनि कोरोना भाइरस संक्रमितको परीक्षणको सन्दर्भमा भने उपयुक्त निर्णय समेत हुन सकेको छैन । हामीले कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गर्नेको चयन गर्न विश्व स्वास्थ्य संगठनको ुकेस डेफिनेसनु भनेर साँघुरो मापदण्ड बनायौं । त्यसैले अहिले सम्म करिब ६०० जनाको मात्रै परीक्षण भएको छ । पछिल्ला दिनमा केही फराकिलो मात्र बनाएका छौं । मापदण्ड जति साघुँरो छ, परीक्षण गर्ने क्षमता त्यति नै न्युन छ । अर्कोतर्फ परीक्षणको प्रवन्ध यति झन्झन्टिलो छ कि व्यक्ति सकेसम्म परीक्षणबाट भाग्न खोज्छ । यो अवस्था नबदलिकन हामीले गर्ने परीक्षणको संख्या बढ्दैन । शंका लागेका व्यक्तिलाई यथाशीघ्र परीक्षणको दायरामा ल्याउन र तिनलाई बाँकी समाजबाट अलग राख्न सकेमात्र रोगको फैलावटलाई रोक्न सकिन्छ । अनि यसो गर्न सके मात्र सिमाना बन्द गर्ने, मुलुक लकडाउन गर्ने जस्ता महत्वपूर्ण र अपरिहार्य कदमको अपेक्षित प्रतिफल प्राप्त हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यू, यो एक साताको सीमाबन्दी र १८ गतेसम्मको लकडाउनु लाई सही सदुपयोग गर्दै हजारौंको परीक्षण गर्न विलम्ब नगरौं । परीक्षण दायरा बढाउन हाल एनपीएचएलमा रहेको परीक्षण क्षमतालाई पूर्ण सदुपयोग गरौं । एनपीएचएलमा रहेका सवै ल्यावलाई सवै सिफ्टमा संचालन गर्दा दैनिक सयौंजनाको परीक्षण हुन्छ । थप विस्तार गर्न आवश्यक जनशक्ति, किट र उपकरण व्यवस्था गरौं । हिजो मात्र उच्चस्तरीय समितिले काठमाडौं बाहिर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाबाट कोभिड(१९ टेस्टिङको कार्य यथाशिघ्र शुरु गर्ने निर्णय गरेको छ ।यो निर्णयलाई तत्काल कार्यान्वयन गरौं तर यो मात्र आफैमा पर्याप्त छैन । कम्तिमा पनि हरेक प्रदेशमा तत्काल शुरु गर्नुपर्छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशालाका अधिकारी नै भनिरहनु भएको छ पोर्टेबल पीसीआर, सीरोलोजीलगायत विभिन्न प्रविधिबाट फास्ट ट्याकमा काठमाडौं बाहिर थोरै दिनमा दर्जनौं ठाँउमा परीक्षण परीक्षण प्रारम्भ गर्न संभव छ । उहाँहरूको कुरा सुनौं, आवश्यक पर्ने परीक्षण किट, उपकरण र जनशक्ति उपलव्ध गराएर अविलम्ब थप परीक्षण शुरु गरौं । काठमाडौं बाहिर ल्याव स्थापना नभएका विभिन्न ठाउँबाट एसडब्लुएबी संकलन गर्न र सुरक्षित तवरवाट त्यसलाई ल्यावसम्म ल्याउनको लागि भीटीएमलगायत आवश्यक सामाग्री उपलव्ध गराऔं र संयन्त्र तयार गरी द्रुत गतिमा काम गरौं । मापदण्ड पुगेका निजी प्रयोगशालामा परीक्षण गराउने छलफल भएको पनि हप्तौं भइसक्यो यस सन्दर्भमा आवश्यक निर्णय गरी तत्काल निजी ल्यावबाट समेत परीक्षण कार्य शुरू गरौं । भएको स्रोत साधनलाई पूर्ण सदुपयोग गरौं, नपुग भए थप गरौं । विभिन्न नयाँ प्रविधि विकास भएका छन ति विकल्पहरू खोजौं । अतस् प्रधानमन्त्रीज्यू, एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्यावसंगको सहकार्य र नयाँ प्रविधिवाट काठमाडौं बाहिर दर्जनौं ठाँउमा कोभिड(१९ टेस्टिङ गर्‍यौं भने हजारौंको परिक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं। परीक्षण गुणस्तरीय हुन सकोस् भनेर आवश्यक प्रोटोकल बनाऔं । अस्पतालहरूमा सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिलाई सहज रुपमा परीक्षणको वातावरण र परामर्शको व्यवस्था गरौं । अस्पताल आएका मात्र होइन अब कोरोना संक्रमण फैलिएका देशबाट आएका र ति व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परिक्षणको दायरामा समेटौं । त्यसको तरिकालाई पनि सजिलो बनाऔं । जसरी फ्रान्सबाट फर्किएर घरमा क्वारेन्टाइनमा बसेकी विद्यार्थी केही लक्षण देखिने बित्तिकै आफैं परीक्षणका लागि गइन्, सवैले त्यसो नगर्न सक्छन । त्यसैले भर्खर नेपाल बाहिरबाट आएका सबैलाई त्यसै गर्न आव्हान गरौं( छुट्टै बस्नूस्, केही लक्षण देखिएमा फोन गर्नुस्, बाँकी काम सरकारले गर्छ । ति व्यक्तिको पहिचान, अनुगमन र निगरानी गर्न स्थानीय सरकार र प्रशासनसंग समन्वय गरौं । स्मरण रहोस् हाम्रोमा जति संख्यामा परीक्षण भएको छ, त्यो अत्यन्त न्युन र चिन्ताजनक छ, किनकि बाँकी विश्वका ती मुलुकले मात्र यो व्याधिको नियन्त्रण गर्न सकेका छन् जसले व्यापक परीक्षण गरे । अब संकास्पद व्यक्ति परीक्षण गर्न खोज्दै आउने होइन संकास्पद संक्रमितलाई खोज्न सरकार जाने रणनीति अख्तियार गरौं। प्रधानमन्त्रीज्यू, व्यापक परीक्षण गर्दा दुईवटा संभावना रहन्छस् एउटा पनि पोजेटिभ देखिएन, गजब भयो । त्यो हामी सवैका निम्ति सुखद क्षण हुनेछ । यसले यो भयभित अवस्थाबाट हामीलाई सहज मात्र बनाउँदैन, अब अगाडि कसरी बढ्ने भनेर मार्गदर्शन पनि गर्छ । त्यसपश्चात् सीमाना भित्र कोरोना संक्रमित नदेखिएको अवस्थामा कोरोना विरुद्धको लडाईंमा हाम्रो रणनीति देशभित्र आवतजावत केही खुकुलो गर्ने तर हवाइमार्ग वा स्थलमार्गबाट नेपाल भित्रने प्रत्येकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने । यसरी मात्र लामो समय सम्म चल्ने यो लडाईमा हामी जोगिन सक्छौं । दोश्रो, यदि त्यसरी परीक्षण गर्दा केही संक्रमित भेटिए भने तिनलाई अलग राख्ने र तिनको सम्पर्कमा रहेका अन्य व्यक्ति पत्ता लगाएर क्वारेन्टाइनमा राख्नुपर्छ । यसको लागि स्वस्थ्यकर्मीरजनस्वास्थ्यकर्ताहरुलाई अग्रभागमा राखेर स्थानीय सरकारलाई पूर्णरुपमा परिचालित गर्नु पर्ने हुन्छ। यस्तो गर्न सक्दा संक्रमित व्यक्तिको समयमानै पहिचान हुने र तिनलाई अलग गरिने भएकाले उनीहरुको कारणले अरु संक्रमणमा पर्ने क्रम भंग हुनेछ । यस्तो अवस्थामा कोरोना संक्रमण विरुद्धको हाम्रो रणनीति( सिमाना अझै केही समय बन्द राख्ने, ‘लकडाउनु तन्काउने र संक्रमितको पहिचान गरी अलग गर्ने र जोखिममा रहेका प्रत्येकलाई घर भित्र वा तोकिएको ठाँउमा क्वारेन्टाइन गर्ने हुनेछ । यस्तो अवस्थामा हामीसँग भएको सीमित श्रोत संक्रमितलाई पहिचान गरी अलग राख्न, पुष्टी भए आवश्यक उपचार गर्न र संक्रमितसंग निकट रहेका मानिसलाई क्वारेन्टाइन मा राख्ने काम सुरु गर्नुपर्छ। प्रधानमन्त्रीज्यू, हामीले सुनिरहेका छौं, युरोप र अमेरिकामा चिकित्सकहरु उपकरण नपुग्ने संभावना देखिंदै गएकाले उपचार गर्न आउँदा कसको गर्ने, कसको नगर्ने छलफलमा जुटेका छन् । इटालीजस्तो समृद्ध देश नै सबैभन्दा दुस्खद उदाहरण बनेको छ । हाम्रो भन्दा अब्बल स्वास्थ्य प्रणाली र पूर्व तयारीको अवस्था हुँदा हुँदै त अस्पतालमा कुन संक्रमितलाई उपचारमा प्राथमिकता दिने भन्ने अवस्था ति देशहरूमा आयो । नेपालमा संक्रमण पहिचान गर्न र फैलिन रोक्न सकेनौं भने हाम्रो अस्पताललाई जति सुदृढ बनाए पनि, हामीले जति अस्थाई अस्पताल बनाए पनि, हामीले जति बेड थप्ने, उपकरण ल्याउने भनेता पनि हाम्रो स्वास्थ्य प्रणालीले थेग्न सक्छ होला र रु अहँ, सक्दैन । हामीले अस्पतालहरूलाई जति सक्दो तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि स्वास्थ्य मन्त्रालयले हालै प्रत्येक अस्पतालमा फेइभर क्लिनिक, आइसोलेसन वार्ड, कोरोना अस्पताल स्थापना देखि तोकिएका अस्पतालमा आइसीयूको विस्तार, स्वास्थ्यकर्मीको सेवा सुरक्षा लगायतका विषयमा गरेका निर्णयलाई अक्षरसस् कार्यान्वयन गरिहाल्न जरूरी छ । स्मरण रहोस् प्रधानमन्त्रीज्यू, म निर्णय कार्यान्वयन भनिरहेको छु, किनकी निर्णय जे(जस्तो भएता पनि यो पत्र लेख्दासम्म काठमाडौं कै ठूला अस्पतालका स्वास्थ्यकर्मीले मास्क, व्यक्तिगत सुरक्षाका उपकरणहरू र अन्य सामान्य आवश्यक सामाग्री समेत पाएका छैनन् । काठमाडौं वाहिरको अवस्था झन के होला । कुनै असहज अवस्था आइहाल्यो भने एक दिनलाई पुग्ने पनि सामाग्रीको तयारी हुन सकेको छैन । देशभरका स्वास्थ्यकर्मीहरू सुरक्षाका सामग्री वीना नै जोखिमपूर्ण ड्युटीमा खटिनुपरेको छ । कोरोना (युद्धको अग्रभागमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन र उच्च मनोवल नभनाइकन यो संकटबाट पार पाइदैन । अर्कोतर्फ अहिले पनि आफूलाई संका लाग्यो भने व्यक्ति कहाँ जाने, कसरी जाने, के गर्ने भन्नेमा अलमलको अवस्था छ । विरामीलाई कहिले कता, कहिले कता पठाइएको छ । कोरोनाको शंका लागेका विरामीलाई सहज पहुँच हुनुपर्नेमा शंका लागेका नाममा पन्छाइदिने प्रचलन वढेको छ । नियमित र अत्यावश्यक स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । कसले के गर्ने भन्ने नियमबद्ध कुनै कुरा छैन । कसैको कन्ट्रोल र कमाण्ड छैन । न्युनतम पूर्वाधारको समेत व्यवस्थापन हुन सकेको छैन । एकातर्फ माक्स, स्यानिटाइजरलगायत न्युनतम सामाग्रीको अभाव छ, स्वास्थ्यकर्मीको सुरक्षा छैन, अस्पतालमा गर्नुपर्ने न्युनतम तयारी समेत हुन सकेको छैन भने अर्कोतर्फ विरामीको शंका लागेका व्यक्ति कसरी अस्पतालसम्म ल्याउने भन्ने कुनै संयन्त्र छैन, अन्य अत्यावश्यक स्वास्थ्य सेवा समेत प्रभावित भएको छ, सवै तहको सरकारहरू र सम्बन्धित निकायहरूसंग समन्वयको अभाव छ, नागरिकले सुचना र जानकारी समेत सही ढङ्गले पाउन सकेका छैनन, नागरिक थप भयभित भएको अवस्था छ । प्रधानमन्त्रीज्यू, यी आधारभुत विषय त सरकारको न्युनतम दायित्व होइन ररु यस्ता आधारभूत तर महत्वपूर्ण विषय आफै हुनुपर्ने हो र भइसक्नुपर्ने थियो । तर दुःखको साथ यस कुरामा समेत तपाईको ध्यानाकर्षण गराउन बाध्य भएको छु । तर तपाईँलाई फेरी पनि भन्न चाहान्छु,(अहिले नै परीक्षणलाई व्यापक बनाएर संक्रमित पहिचान र अलग गर्ने र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरे हामीले अस्पताल लग्नुपर्ने संक्रमितको संख्या कम हुन्छ र हाम्रो अस्पतालमा आधारित तयारीले थेग्न सक्छ । अन्यथा सवै स्रोत अस्पताल भनेर थुपारे पनि केही हुदैन । हामी व्यवस्थापन नै गर्न नसक्ने अबस्थामा पुग्छौं । किनकी त्यो बेलामा दशौं कोरोना अस्पताल भएपनि पुग्दैन र सयौं भेन्टिलेटर भएपनि अपुग हुन्छ । त्यसैले त्यसरी अस्पताल नै पुग्न नपर्ने अवस्थाका लागि युद्धस्तरमा काम गरौं ।रक्षात्मक तयारीमा छौं अव आक्रमक ढङ्गले काम गरौं। प्रधानमन्त्रीज्यू, हामीलाई अहिले निर्णय गर्ने मात्र होइन, गरेका निर्णय कार्यान्वयन गर्ने र ति निर्णय कार्यान्वयन भए नभएको निरगानी गर्ने, नागरिकलाई आदेश दिने मात्र होइन, नागरिकलाई सुसुचित गर्ने, भयभित बनाउने होइन आश्वस्त गराउने, आज के गर्ने भनेर सोच्ने मात्रै होइन महिनौं पछाडिको आंकलन गरी कार्ययोजना सहित काम गर्ने, आपतकालिन अवस्थामा छौं भन्ने मात्र होइन आपतकालिन अवस्थामा काम गर्न सक्ने, प्रतिक्रिया पर्खेर रक्षात्मक भएर बस्ने मात्र होइन जोखिमसंग जुध्न आक्रमक ढङ्गले समाधानका लागि अग्रसरता लिने सुझबुझपूर्ण नेतृत्व चाहिएको छ । हामीले सिमाबन्दी ,लकडाउन, परिक्षण, पहिचान, अलग्याउने, संक्रमितको उपचारलाई अलग (अलग होइन एउटै सिस्टम भित्र राखेर एउटै कमान्ड र कन्टोलबाट चलाउन सक्नुपर्छ । यसको लागी देश भित्रवाट सहयोग लिनु पर्छ नै, देश बाहिर पनि परम्परागत स्वास्थ्य सेवाका एक्टर्सभन्दा बाहिर जान सक्नुपर्छ। यसरी अग्रसरता लिएर काम गर्दा हामीलाई केहीको अभाव हुनेछैन। अन्त्यमा, प्रधानमन्त्रीज्यू मैले यो पत्र लेखिरहँदा देशभित्रका नागरिक लकडाउनको निर्णयको प्रभावमा र देश बाहिर रहेका दाजु(भाई दिदिबाहिनीहरु सीमाना बन्द ले प्रभावित भएका छन् । तपाईसँग यो कठोर निर्णय गर्ने बाहेक अन्य विकल्प पनि थिएन । अहिले नै यो अवस्था कहिले सामान्य हुन्छ भन्ने पूर्वानुमान पनि गरिहाल्न सकिन्न । त्यसैले मेरो आग्रह छ, देश बाहिर रहनुभएका दाजु-भाइ, दिदिबहिनी जहाँ जुन देशमा हुनुहुन्छ सरकारले त्यही पुग्ने प्रयास गरोस्। सरकार तपाईंसंगै छ भन्ने आभास दिलाउन सकोस् । वहाँहरुलाई भनोस्, माथि भनिएको जस्तो सीमाना बन्द र लकडाउनको कठोर निर्णयसँगै, व्यापक परीक्षण गर्दै संक्रमितलाई अलग्याउने सुझबुझपूर्ण निर्णयबाट केही दिनमा स्थिति नियन्त्रणमा आउँनेछ र तपाईँ आफ्ना प्रियजनको स्वास्थ्य र सुरक्षित घर भित्रिन सक्नु हुनेछ, तपाईंहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस । देशभित्र लकडाउनमा परेका नागरिकलाई फेरि पनि भन्नुहोस्( तपाईंको सम्पूर्ण साथ पाइरह्यौं भने हामी एक(एक संक्रमितलाई पहिचान गरी संक्रमणको त्यान्त्रोलाई प्रारम्भमानै चुँडाल्नेछौं र केही दिनमै हामी सामान्य अवस्थामा फर्कने छौं। जनताले यो आपतकालीन अवस्थामा केही दिन दुस्ख सहेर पनि तपाईंलाई साथ दिनेछन् र केही सजिलोमा रहेकाले अफ्ट्यारो र अभावमा रहेकालाई सहयोग गरेर आफ्नो मानव धर्म निर्वाह गर्नेछन्। सम्माननीय प्रधानमन्त्रीज्यू, मैले विगतमा छोटो समयका लागि स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हाल्ने मौका पाएको हुँदा मलाई हाम्रो स्वास्थ्य सेवाको सामर्थ्य र सीमितताको सामान्य आंकलन छ। त्यसैले मेरो यो अपील कुनै आलोचना नभएर कठीन संकटको यो घडीमा विश्वलाई नै त्राहिमाम् बनाइरहेको अदृश्य शत्रुसँग लड्न सरकारले गरिरहेको प्रयत्नलाई बल पुर्‍याउने उद्देश्यका साथ एउटा चिन्तित नागरिकले संसारको अनुभवबाट जानेबुझेका सूचना र उपायलाई देशहितमा प्रयोग गरौं भनेर गरेको आह्वान हो । यी उपायहरू अचूक नहोलान्, तर चीन, कोरिया र इटालीको अनुभवले यसबाहेक अन्य उपाय पनि नरहेको देखाउँछ । तपाईंको ईच्छाशक्तिले प्रभावित र प्रेरित मुलुकले यो कठीन घडीमा तपाईंबाट अझ सक्रिय नेतृत्वको अपेक्षा राख्नु स्वभाविक छ । मेराे हार्दिक शुभकामना । गगनकुमार थापा मिति: २०७६ चैत्र १२ गते

घरमा सामान सकियाे ? ११३७ मा कल गर्नुस् घरमै आउँछ सरकारी गाडी

काठमाडाैं । सरकारले घरमा सामान सकिए घरघरमा आएर समान उपलब्ध गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो । यदि घरमा दैनिक उपभोग्य सामान सकिएमा सरकारले मन्त्रालयको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गरेर जानकारी दिन सक्ने बताए । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको उनले बताए । मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे  भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनले बताए । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् । ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्याउन मन्त्रालयले तयारी गरिरहेको हो ।

घरघरमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा सरकार

काठमाडाैं । सरकारले घरघरमा अत्यावश्यक सामान  पुर्याउने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन साताव्यापी ‘लकडाउन’ गरेको अवस्थामा सरकराले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको हो । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको उनले बताए । काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात/सात मिनीट्रक तयारी अवस्थामा रहेको उनको भना इछ । ‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने छ’, मन्त्री भट्टले भने । जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ,’ उनले भने । कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नु पर्नेछ । सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे  भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ । यस्तै, ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ छ । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए । अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उनले बताए ।

नेपालमा थप एक जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या ३ पुग्याे

काठमाडौं । नेपालमा पुनं एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालल हिजो पठाएको नमुनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । ‘संक्रमित व्यक्ति पुरुष हुन् उनी करिब ३० वर्षका छन्। उनकाे हाल टेकुमै उपचार भइरहेको छ’ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश गुप्ताले बताए। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । सोमबार मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत एक फ्रान्सबाट दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो । नेपालमा पहिलोपटक चीनबाट आएको विद्यार्थीमा देखिएको थियो । उनी भने हाल निको भएर घरमै बसेका छन् । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएकाे छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ।

सुदूरपश्चिमबाट काेराेनाकाे आशङ्काका नमूना परीक्षणका लागि पठाउन समस्या

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट काेराेनाकाे आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि नमुना काठमाडौं पठाउन समस्या भएको हो । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौैं १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ । “लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उहाँले जानकारी दिए । “कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । “जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ । काठमाडौं बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौं नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो । मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए । अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ । रासस

सांग्रिला डेभलपमेन्ट बैंकको बैंकिङ् सेवामा समस्या भयो ? अब यो नम्बरमा कल गर्नुस् ?

काठमाडौं । देशभर लक डाउन भएकाे अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यससँगै ग्राहकले अनलाइन सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी संस्थाको बैंकिङ्ग सेवाहहरु लिन सक्नेछन् । संस्थाले प्रदान गरेको उक्त सेवाको बारेमा जानकारी लिन ग्राहकले बैंकको विभिन्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । साथै, उक्त सेवामा केही अप्ठ्यारो परेमा विभिन्न क्षेत्रका ग्राहकले संस्थाले उपलब्ध गराएको निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

प्राइम लाईफले समग्र बीमा उद्योगको हितहुने काम गरिरहेको छ-मनोज कुमार भट्टराई

मनोज कुमार भट्टराई – प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मनोज कुमार भट्टराई बैकिङ र बीमा बजारमा स्थापित नाम हो । प्रभावकारी व्यवस्थापक र प्रष्ट बक्ता उनको पहिचाहन हो । ‘सबै मानिसमा एकै प्रकारको हार्डवेर हुन्छ तर उसले आफूलाई कहाँ राख्ने भन्ने कुरा सफ्टवेरले निर्धारण गर्छ । यसको अर्थ मानिस शारीरिकभन्दा पनि मानसिक रुपमा बलियो हुनुपर्छ भन्ने हो । ठिक त्यस्तै, जीवन बीमा कम्पनीहरु हेर्दा व्यवसायको प्रकृतिको आधारमा उस्तै देखिन सक्छन् । तर, कम्पनीको गुणस्तरको आधारमा भने कुन कम्पनी कस्तो हो बुझ्न जरुरी हुन्छ’ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराई भन्छन्–‘बीमा बजारमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी हाल संचालनमा रहेका अन्य कम्पनीको सूचांकसँग कहिकतै अघिपछि होला तर सफ्टवेरमा यो आफैमा बलियो कम्पनी हो ।’ यसरी प्राईम लाईफलाई बीमा क्षेत्रले सम्झिने मुख्य आधार भनेको यहाँ भित्र रहेको सुशासनले गर्दा हो । बीमितलाई सन्तुष्टि प्रदान गर्ने सन्दर्भमा प्राईम लाईफको प्राथमिकता रहदै आएको उनको दाबी छ । प्रस्तुत छ बीमा बजारको वर्तमान अवस्था र प्राईम लाईफ इन्स्योरेन्सको अवस्थाबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईसँग नबिन पोखरेलले गरेको विकास वहस । कोरोना भाइरसको उपचार र मृत्यूमा बीमितले भुक्तानी पाउँछन् कि पाउँदैनन् ? जीवन बीमाको निहित सिद्धान्तमा जोखिमांकन (अन्डरराईटीङ्ग) गर्ने प्रक्रिया हुन्छ । उक्त प्रकृया अनुसार बीमा गर्ने बेलामा बीमित स्वस्थ हुनुपर्छ । बीमितले बीमा शुल्क तिर्न सक्षम हुुनुपर्छ । त्यसपश्चात बीमा कम्पनीले बीमा गरिसकेपछि आउँने घटनाको दाबी भुक्तानी तिर्न तयार हुनुपर्छ । भविष्य अनिश्चित छ, सोही कारण बीमा गर्नुपर्छ । बीमा कम्पनीहरुले दुर्घटनामा परेकाको रक्षावरण गर्दिन भन्न पाउँदैन । यस्तै, रोग लाग्नु अगाडी बीमा गराएपछि बीमा कम्पनीहरुले अनिवार्य रुपमा दाबी भुक्तानी दिनु पर्ने हुन्छ । हाम्रो सन्र्दभमा कुरा गर्दा हामीले दिइरहेका छौं । महामारीलाई लक्षित गरेर बीमितलाई बीमा कम्पनीहरुले सुरक्षण दिन सक्छन् कि सक्दैनन् ? महामारीलाई लक्षित गर्ने किसिमका बीमा पोलिसी कहीँ पनि छैन । महामारी भनेको नयाँ विषय हो, यसमा नयाँ किसिमका रोग लाग्ने भएकाले बीमाले समेट्दैन । बीमालेखमा उल्लेख भएको आधारमा बीमाको दाबी भुक्तानी हुने गर्छ । भविष्यमा भैपरि आउने जोखिमको बारेमा बीमा लेखमा जे उल्लेख गरिएको छ त्यो पाउँने बीमितको अधिकार पनि हो । घोषित, अघोषित युद्ध अथवा आतंकलाई बीमाले समेट्दैन । अनिश्चित रहेको हरेक दुर्घटनाका कुरामा बीमाले साथ दिन्छ । बीमाले वैज्ञानिक आधारमा काम गर्ने भएकाले यसमा केही निश्चित मापदण्डहरु तोकिएका छन् । प्राईम लाईफले सेयर लगानीकर्ताको पक्षमा के गरिरहेको छ ? प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले बीमितको सन्तुष्टिमा काम गर्छ । व्यवसायमा केन्द्रीत रहनेको हित, लगानीको प्रतिफत तथा कम्पनीमा आवद्ध हुने सबैका लागि हामीले काम गर्ने हो । हाम्रो व्यवसायको केन्द्रबिन्दु भनेको बीमित नै हुन् । बीमितले पाउँने सुरक्षा, सेवा राम्रो बनाउँनु पर्छ । साथै, लगानीकर्ताको लागि उचित प्रतिफल दिनुपर्छ । लिनेलाई जति लिएपनि कम जस्तो लाग्न सक्छ । दिनेले समय सापेक्ष दिन सक्नुपर्छ । हामीले त्यस्ता कुरालाई समायोजन गरेर लगानीकर्ताको हितमा काम गर्दै आएका छौं । दोस्रो बजारमा विगतलाई हेरेर तथा कम्पनीको व्यवस्थापनको अवस्था हेरेर मुल्यांकन गर्ने गरिन्छ । किन्नेले कुन कम्पनीभन्दा कुन कम्पनी राम्रो भनेर पनि हेर्ने गर्छन् । कम्पनीले दिने ठाउँ आफ्नो छ, तर लिनेहरुले विगतको भन्दा राम्रो हुन्छ भन्ने अनुमानमा आउँने गर्छन् । यस सालपनि विगतमा जस्तै साढे १२ प्रतिशतको प्रतिफल दिँदैछौं । यो प्रतिफल वितरणको स्वीकृतिको लागि बीमा समितिमा पठाएका छौं । आगामी दिनमा पनि लगानीकर्ताहरुलाई आफ्नो प्रतिफल नघट्ने गरी हामीले काम गरिरहेका छौं । त्यसमा आश्वस्त हुन म सबैलाई अनुरोध पनि गर्दछु । कहीकतै सेयर बजार बुलिस ट्रेण्डमा गयो भनेर किन्ने चलन पनि छ । अहिले सेयर किन्दा क्यापिटल गेन तथा प्रतिफल हेर्न लगानीकर्ताले छुटाउनु हुँदैन । कम्पनीले राम्रो किसिमको व्यवस्थापनबाट सु–शासनमा काम गर्दा सबैले लाभान्वित हुने मौका पाउँछन् । तपाईहरुको व्यवसाय वृद्धिको अवस्था कस्तो छ ? जीवन बीमामा न्यूनतम ५ वर्ष उमेरदेखि बीमा गर्न मिल्छ । हामीले नयाँ व्यवसायको हिसाबमा कुरा गर्दा राम्रो छ । वार्षिक १६÷१७ प्रतिशतका दरले व्यवसाय वृद्धि गरेका छौँ । कम्पनीका आगामी योजनाहरु के–कस्ता छन् ? गत वर्ष प्राईम जीवन उपहार योजना ल्याएका थियौँ । त्यसमा आज बीमा गराएका बीमितले एक वर्षपछि अर्को बीमालेख उपहार पाउने सुविधा छ । यस्तै, घातक रोगका लागि हामीले बीमा योजना संचालन गरिरहेका छाँै । विगत ६ महिनादेखि राइडरको रुपमा दुर्घटना बीमा पोलिसी पनि संचालन गर्दै आएका छौँै । पहिले बीमितको मृत्युमा मात्र बीमालेखले समेट्ने अवस्था थियो भने हाल व्यक्तिगत दुर्घटना लाभको समेत व्यवस्था गरेका छौँ । यस्तै, आंशिक नोक्सानी तथा औषधि उपचार मार्फत रक्षावण गर्दै आएका छौं । आगामी वर्ष नयाँ किसिमका बीमा योजना ल्याउँने पक्षमा हामीले निरन्तर काम गरिरहेका छौँ । जीवन बीमा गर्नको लागि प्राइम लाईफलाई नै किन छनोट गर्ने ? पहिलो कारण भनेको स्थापना कालदेखि हालसम्म आकारले भन्दा कामको गुणस्तरमा प्राईम लाइफ अगाडी छ । यस्तै, दोस्रो कारण भनेको बीमाको प्रचार–प्रसारदेखि नेपालको जीवन बीमा उद्योगमा पेन्सन प्लान जस्ता योजना संचालनमा हामी निकै अगाडी छौँ । गत १० वर्ष अगाडी हामीले उक्त पेन्सन प्यान ल्याएका थियौं । यसरी नै शुन्य वा ३ भन्ने प्राईम लाईफको स्लोगन आफ्नो लागि मात्र नभई समग्र बीमा उद्योगको हितको लागि हो । बीमा उपहार जस्ता बीमा योजना हामी कहाँ छन्, जहाँ एउटा बीमा किन्दा अर्को बीमा उपहार स्वरुप पाउँन सकिन्छ । बीमितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने काममा प्राईम लाईफ अगाडी छ । सु–शासासनमा हामीले काम गर्दै आएका छौं । सकेसम्म नियामकले निर्देशन दिएर भन्दा आफैले बुझेर काम गर्ने वातावरणकोे सिर्जना गर्न सक्दा हुन्छ । तपईहरुकोमा कर्मचारीको टर्न ओभरको अवस्था कस्तो छ ? समग्र उद्योगमा चलेको हावा भएकाले यसबाट हामी पनि अछुतौ छैनौं । प्राईम लाईफका १ सयभन्दा धेरै कर्मचारी नयाँ बीमा कम्पनीमा कार्यरत छन् । करिब ३ सय ५० जना भएको कम्पनीमा त्यति कर्मचारी जानु भनेको ३५ प्रतिशत प्राईमका कर्मचारी बाहिरीनु बराबर होे । यो गत २ वर्षको अवधिमा आएको परिवर्तन हो । हामीलाई संख्यात्मक रुपमा मात्रै कर्मचारी बाहिरिएको जस्तो अनुभव भयो तर व्यवसायमा खासै त्यस्तो केही असर परेन । हाम्रो कम्पनीका कर्मचारी साथीहरुले अन्यत्र गएर पनि राम्रो गरिरहनु भएको छ । यहाँ रहनु भएका कर्मचारीहरुले पनि राम्रो साथ दिइरहनु भएको छ । यसलाई प्राईम लाईफले आफ्नो कर्मचारीको गुणस्तर विकासमा सघाउँदै आएको छ भन्ने बुझ्न सकिन्छ । कर्मचारीहरुलाई आन्तिरक तथा बाह्य तालिमको व्यवस्था के कस्तो छ ? मानव संसाधान भनेको हार्डवेर र सफ्टवेर दुवै हो । सोही कारण हामीले कर्मचारीको तालिमका विषयमा काम गर्नु आवश्यक ठान्छौं । अन्य कम्पनीहरुको तुलनामा पनि कर्मचारीलाई दिने तालिमको कुरामा प्राईम लाईफ अगाडी नै रहेको छ । हामीले भारतमा हुने तालिमदेखि नेपालमै हुने तालिममा आफ्ना कर्मचारीहरुलाई सहभागी गराउँदै आएका छांै । पछिल्लो समय बीमा समितिले दिने गरेको तालिममा हाम्रो कम्पनीको तर्फबाट सहभागिता भइरहेको छ । साथै, आवश्यक परेको बेलाम म आफैले तथा यहाँ अन्य कर्मचारी साथीहरुबाट तालिम कार्यक्रम ंसंचालन गर्दै आएका छौं । बीमा समितिको नियमनलाई कसरी हेर्दै आउँनु भएको छ ? बीमा समितिको नियमनको कुरा गर्दा बीमा ऐनको सन्दर्भ जोडिन पुग्छ । बीमा ऐन २७ साल पुरानो भएकाले अहिलेको समयसापेक्ष ऐनको तत्काल आवश्कता भएको देखिन्छ । किनभने ऐनसँग गासिएको नियमावलीले अहिलेको बजारमैत्री काम गर्न सक्दैन । मेरो मान्यतामा नियमनकारी निकायले गर्ने नियमन भन्दा बीमा कम्पनीले आफैले राम्रो काम गर्दा केही पनि बिग्रिदैन । निर्देशन पाएपछि मात्रै काम गर्नुभन्दा पनि गर्न मिल्ने, गर्न हुने तथा गर्न सकिने काममा सबै चनाखो हुनपर्छ । सबैको साझा उदेश्य भनेको बीमा क्षेत्रलाई बिस्तार गर्ने नै हो । बीमा समितिले निर्देशिका जारी गर्नुको उदेश्य पनि त्यही हो । एकजनाले नराम्रो गर्दा सबैको लागि त्यही नियम लगाउँनु पर्छ भन्ने जरुरी नहुन पनि सक्छ । बीमा समितिले पनि बीमा बजारको हितका लागि निर्देशन जारी गर्छ । कुनै बीमा कम्पनीले गल्ती गर्दा सबैले बदमाशी गरेको जसरी भन्दापनि जसले काम बिगारेको छ उसैलाई लक्षित गरेर काम गर्नु आजको आवश्यकता हो । जीवन बीमा किन गर्ने ? जीवन अमूल्य छ, यो जवनको मूल्य त तोक्न सकिदैन । तर जीवनलाई केही न केही मूल्यवान बनाउँन सक्छौं । सोही कुराको लागि जीवन बीमाको आवश्यकता छ । अब गाँस, बाँस, कपास मात्र होइन, शिक्षा स्वास्थ र बीमा पनि उत्तीकै आवश्यक भइसकेको छ । बीमाका कर्मचारीले आफ्नो कार्यकालको लागि मात्र भन्दापनि दिर्घकालिन योजना ल्याएर काम गर्नुपर्छ । अभिकर्ताले पनि बीमितलाई कुन कम्पनी छनोट गर्नु राम्रो हुन्छ सो कुरामा सही सूचना प्रदान गर्नुपर्छ । बीमा क्षेत्रमा लागेका साथीहरुले यसरी काम गर्न आवश्यक छ कि भोलि समग्र बीमा क्षेत्रले कुनै न कुनै आधारमा आफूलाई सम्झिने ठाउँ रहोस् ।