हृवातै घट्याे बिजुलीकाे माग

<p>काठमाडौं । सरकारले देशभर लक डाउन गरेपछि विद्युतकाे माग  हृवातै घटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विजुलीको माग घटेकाे हाे । नेपाल विद्युत् प्राधिकरणका अनुसार केही दिनयता बिजुलीकाे माग घटेकाे हाे । प्राधिकरणले धेरै खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको [&hellip;]</p>

काठमाडौं । सरकारले देशभर लक डाउन गरेपछि विद्युतकाे माग  हृवातै घटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विजुलीको माग घटेकाे हाे ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार केही दिनयता बिजुलीकाे माग घटेकाे हाे । प्राधिकरणले धेरै खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको हो ।

विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो ।

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम् माग (पिक डिमान्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमान्ड साँझ ७ बजे रेकर्ड गरिएको हो ।

मंगलबार राति विद्युतको माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युतको माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युतको अधिकतम् माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ ।

Share News