विकासन्युज डटकमका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार, खिचिएको तस्वीर गरियो डिलेट
काठमाडौं । विकासन्युज डटकमका पत्रकार राजाराम न्यौपाने माथि प्रहरीले दुव्र्यवहार गरेको छ । नेपाल सरकारले देशलाई लकडाउन गरेको अवस्थामा समाचार संकलनमा गएका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार भएको हो । बाबा पेट्रोल पम्प नजिकै ‘लक डाउन’ का विषयमा सम्झाईरहेको खिचेको तस्वीर प्रहरीको दादागिरी देखाउन खिचेको हो भन्दै डिलेट गरेका थिए । बुधबार कलंकीको बाबा पेट्रोल पम्प नजिकै बा १ झ ७४२३ नम्बरको गाडीमा हिँडेका प्रहरी हवल्दारले यस्तो व्यवहार गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नलाई सरकारले मंगलबार बिहान ६ बजेदेखि देशलाई लकडाउन गरेको छ । सोही क्रममा समाचार संकलन गर्न गएका विकासन्यूज डट कमका राजाराम न्यौपाने दुव्र्यवहारमा परेका हुन् । गृह सचिब महेश्वर न्यौपानेले सूचना विभागको कार्डको प्रयोग गरेर फोटो खिच्दा प्रहरीले फोटो डिलिट गर्न नपाउने बताए । उनले भने फोटो डिलिट गर्ने हवाल्दालाई कार्वाही गरिने हुन्छ । नेपाल प्रहरीका सुचना अधिकारी (डि.आइ.जी.पी.) शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान गरि गलत गर्ने प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई दियो ५० हजार मास्क, विभिन्न जिल्लामा वितरण गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राले चैत १२ गते बुधबार विभागलाई सो मात्राको मास्क वितरण गराएका हुन्। साथै, नेपाल चेम्बर अफ कमर्सले भोली अथात् चैत १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ ।
म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँ पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्,’ओलीको सन्देशमा भनिएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को बुधबार दोस्रो दिन प्रधानमन्त्री ओलीले ट्वीट गरेका हुन् ।
सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने तयारीमा सरकार
काठमाडौं । सरकारले अब छि सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने भएकाे छ । बुधबार पत्रकार सम्मलेन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब छिट्टै नै सातै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने बताएका हुन् । कोरोना परिक्षण ल्याब सातै प्रदेशमा नहुँदा निकै समस्या भइरहेको स्वास्थ्य संस्थाहरुले बताउँदै आएकाे अवस्थामा सरकारले अब याे कदम चालेकाे हाे । हाल काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण भइरहेको छ भने अब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परिक्षण सुरु गर्ने ढकालले बताए । राष्ट्रिय प्रयोगशाला हालसम्म ६ सय ८७ जनाको कोरोना परीक्षण भइसकेको छ । त्यसमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।
ठप्प बने निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना
काठमाडाैं । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास बढ्दै गएको बेला नेपालका निर्माणाधीन आयोजनाहरु ठप्प बनेका छन् । नेपाल सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि ती आयोजनाहरु ठप्प बनेका हुन् । विभिन्न समयमा सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु यतिखेर ठप्प बनेका छन् । देशैभर सरकारले लक डाउन घोषणा गरेपछि ती आयोजनाको काम रोकिएको हो । अब आएर ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । देशका विभिन्न ठाउँमा निर्माणाधीन अवस्थामा रहेका ती आयोजनाका कोरोनाम भाइरसको प्रत्यक्ष असर परेको आयोनजा कार्यालयहरुले जनाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । निर्माणाधीन परियोजनाका लागि प्रायः जसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । अहिले लक डाउनकै कारण निर्माण सामाग्राी आयात रोकिएको छ । आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य ठप्प भएको बताएका छन् । उनीहरुले लक डाउनकै कारण काममा निरन्तरता दिन नसकेको बताएका छन् । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ । आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लक डाउनको कारण निर्माण कार्यमा निरन्तरता दिन नसकेको बताए । उनले हाल इमरजेन्सीको मात्र काम भइरहेको बताए । निर्माणाधीन आयोजना एकान्त ठाउँमा भएकोले सिमित कामदारले काम गरिरहेका छन् । यस्तै, १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । वर्षा अघि नै हेडवक्र्सको काम सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण काम गर्न समस्या भउको प्रमुख लामाले जानकारी दिए । अरु काम बन्द भएपनि हेडवक्र्सको काम चाँही गर्ने हो कि भनेर टिमसँग बसेर छलफल भइरहेकाे उनकाे भनाइ छ । साढे सात किलोमिटर सुरुङ मध्ये आयोजनको अब करिब ५ सय मिटर मात्रै सुरुङको काम बाँकी रहेको आयोजना प्रमुख लामाले जानकारी दिए । तिन वटा टनेल मध्ये टनेल थ्रिको बे्रक थु्र भएपनि टनेल १ को ४५० र २ को ५० मिटर खन्न बाँकी रहेको छ । समग्रमा आयोजनाको ९३ प्रतिशत काम पुरा भएको छ । २०२० को अन्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि सबै कारणले गर्दा अब फेरी यो मिति पर धकेलीने आयोजना प्रमुख लामाले जानकारी दिए । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । बलेफी करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाका सबै काम पनि रोकिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरु अहिले ठप्प भएको बताए । देशभरि नै लक डाउन भएकोले काम गर्ने वातावरण नभएको उनको भनाइ छ । उनले निर्माणधीन विमानस्थलहरुमा धेरै असर पार्न सक्ने बताए । यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि समस्या आएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मिका अनुसार देशभर भइरहेको लक डाउनले पोखरा विमानस्थललाई धेरै समस्या परिरहेको छ । उनले हाल थोरै कामदारले मात्रै भित्र बसेर काम गरिहेको बताए । निर्माण कार्यमा सिमेन्टको अभाव देखिएको उनको भनाइ छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ । उक्त विमानस्थलको कुल लागत २२ अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ । हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो समस्या देखा परेको छ । कोरोनाका कारण आयोजनामा त्यति समस्या नपरेको भनिए पनि अहिलेको लक डाउनले समस्या देखा परेको छ । एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताए । आयोजना क्षेत्रमा अहिले ६ स्थानमा काम भइरहेको छ । ६ स्थानमा गरी २ सय ५० बडी कामदार भएपनि स्थानीय कामदारहरु सबै घर गएको खत्रीले बताए । आयोजनामा ४२ चिनियाँ मजदुरहरु रहेको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजना स्थलमा बाँध बनाउने, सुरुङमार्गमा गेट बनाउनेलगायतका कामहरु भइरहेको छ । अडिट टनेल बन्द गर्ने,भेन्टीलेसन लगायतका काम पनि भइरहेपनि त्यो सबै काम अहिले रोकिएको आयोजनाले जानकारी दिएको छ । इटालीयन ठेकेदार कम्पनी सिएमसीले काम छाडेपछि बाँकी काम पुरा गर्न सरकारले चिनियाँ सिनो हाइड्रोलाई खानेपानी आयोजनाको काम दिएको थियो । असोज भित्र आयोजनाको काम सम्पन्न हुने गरी सिनोसँग ठेक्का सम्झौता भएको थियो । साढे २६ किलोमटिर सुरुङ मध्ये बाँकी रहेको काम पुरा गर्न ८५ करोड र हेडवक्स लगायत अन्य संरचनाको काम गर्न १ अरब २ करोड रुपियाँमा सिनो सँग ठेक्का सम्झौता भएको थियो । असोज भित्र सुरुङको काम पुरा गरे ठेकेदार कम्पनीलाई आयोजनाको तर्फबाट १० प्रतिशत बोनस दिने घोषणा समेत आयोजनाले गरेको थियो । हाल सबै निर्माधीन राष्ट्रिय गाैरवका आयोजनाहरुकाे काम ठप्प बनेकाे छ ।
भाइरस निणन्त्रण कोषमा उद्योग वाणिज्य महासंघको सहयोग
काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको कोरोना भाइरस नियन्त्रण कोषमा २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । समितिले बुधबार एक विज्ञप्ती जारी गर्दै सहयाेग गर्ने जनाएकाे हाे । कोरोना भाइरस (कोभिड–१९) का कारण देश विषम परिस्थितिमा परेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले बताएकाे छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराएका छन् ।
१००० को सिम रिचार्ज गर्दा १००० नै बोनस पाइने, १० दिनभित्र खपत गर्नुपर्ने
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार नै बोनस पाइने छ । तर बोनसबाफत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ’ नेपाल टेलिकमका प्रबक्ता राजेश जोशीले भने । वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा यो योजना ल्याएको प्रबक्ता जोशीले जानकारी दिए ।
काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र हुन्छः स्वास्थ्यमन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाले काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे पूर्ति ३ दिनभित्र गर्ने बताएका छन् । बुधबारकाे पत्रकार सम्मेलनमा उनले सबै सामानकाे पूर्ति गर्ने हिसावले काम भइरहेकाे बताएका हुन् । उनले चीनबाट तीन दिनभित्र स्वास्थ्य सामग्री आउने बताउँदै नेपालमा काेराेना परीक्षणमा अभाव देखिएका सामानकाे सहज पुर्ति हुने बताएका हुन् । सरकारले यसअघि नै चीनसँग कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री माग गरिसकेको छ। ‘तत्कालै चीनमार्फत हामीलाई चाहिने सामाग्री उपलब्ध गराउने सम्बन्धमा सरकारको तर्फबाट ठोस पहल भइरहेको छ,’ तीन दिनभित्र माग भएका सामाग्रीहरु ल्याउन सफल हुने विश्वास लिएका छौं, हामी आज बेलुकासम्म ल्याउने सम्पर्क व्यक्तिहरु टुंगो लगाएर त्यसको व्यवस्थापन गर्ने काममा लाग्नेछौं,’ उनले भने । काठमाडौंमा आएका ती सामानहरु जिल्ला तथा प्रभावित ठाउँमा पु¥षउन समिति गठन भइसकेको उनले बताए। ‘प्रदेश, जिल्लामा प्रभावित ठाउँमा पु¥याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी, भौतिक मन्त्रालयको टोली निर्माण गरेका छौं,’ उनले भने। ‘पाटन अस्पतालमा चार जना र धुम्बाराहीमा अहोरात्र पीपीई निर्माणमा खटिरहका उनकाे भनाइ छ ।