विकासन्युज

लकडाउनको कारण भिडिओ कन्फ्रेन्सबाटै विवाह !

काठमाडौं । हामीले अनलाइनबाट समान किन्ने र बेच्ने गरेको त सुनेका छौं । तर, अहिले लकडाउनको समयमा सामान किन्ने र बेच्ने पनि रोकिएको छ ।  लक डाउनको बेलामा सिंगापुर र भारतमा अनलाइनबाट विवाह भएको पाइएकाे छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानिसहरूको जीवनयापन असहज बनाएको छ । यही समयमा सिंगापुरमा एउटा जाेडीकाे भिडिओ कलबाट  विवाह  भएको छ ।  दुवै जना चीनको वुहानबाट (कोरोना भाइरसको केन्द्रविन्दु) फर्किएका र उनीहरूको वैवाहिक समारोहमा बोलाइने पाहुनाहरू आउन अनिच्छुक भएपछि उनीहरूले यस्तो उपाय अपनाएका थिए । भारतमा पनि अनलाइन विवाह भएको छ । विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच अनलाइनबाट विवाह भएको हाे। पटनाको फूलवारी शरीफमा सदब नसरिन वेहुली बनेकी थिइन र उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा वेहुला थिए । उनीहरुले आफू बसेकै ठाउँबाट अनलाइन विवाह गरेका हुन । एजेन्सीको सहयोगमा

सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बीमा शुल्क बुझाए व्याज तिर्नु नपर्ने

काठमाडौं । जीवन बीमा कम्पनीका बीमितहरुले सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बीमा शुल्क बुझाए व्याज तिर्नु नपर्ने भएको छ । बीमा समितिकाे निर्देशन अनुसार जीवन बीमा कम्पनीले उक्त व्यवस्था लागू गरेको हो । बीमा समितिले गत चैत १० गते जारीको गरेको निर्देशनमा ‘हाल भुक्तानी गर्नु पर्ने किस्ता भुक्तानी गर्न नसकेका कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा बीमा शुल्क किस्तामा व्याज नलाग्ने’ उल्लेख छ । सोही बमोजिम जीवन बिमक संघ नेपालले उक्त निर्णय गरेको हो । साथै, बिमित तथा ग्राहकहरुमा सेवा तगा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम सम्पर्क गरी सेवा तथा जानकारी लिन संघले आग्रह गरेको छ । उक्त सेवा सम्बन्धि केही आवश्यक परेमा संघको पदाधिकारीसँग सम्पर्क गर्न सक्नेछन् । हालको लागि संघका अध्यक्ष शिवनाथ पाण्डे र सचिव पोषकराज पौडेललाई सम्पर्क गर्न सक्ने संघले बताएको छ । संघका अनुसार अध्यक्ष पाण्डेलाई ९८५१०३५५९७ र सचिव पौडेललाई ९८५१२२४६०८ मा सम्पर्क गर्न सकिने छ ।

दिलदार नेपालीलाई बधाई

यी दिलदार नेपालीलाई स्यावासी दिनै पर्छ, जसले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा करोडौ रुपैयाँ जम्मा गर्न थाले । विरामीको उपचारमा खटिने स्वस्थ्य कर्मीहरुको लागि सामाग्रीहरु जोहो गर्न जुटे । सार्वजनिक स्थालमा सर्वसाधारणलाई हात धुने पानीको प्रबन्ध गर्न थाले । माक्स किनेर/बनाएर निःशुल्क वितरण गर्न थाले । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा जम्मा ५० करोड रुपैयाँ राखेको छ । यो रकम सरकारी बजेटको ०.०३२ प्रतिशत हो । सरकारको चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँको छ । कोरोना महामारी रोकथामका लागि सरकारले जति पैसा हालेको छ त्यो सिप्रदी ट्रेडिक, सूर्य नेपाल, एनसेल वा कुनै एउटा वाणिज्य बैंकले एक आर्थिक वर्षमा सरकारले तिरेको करभन्दा पनि थोरै रकम हो । त्यतिमात्र होइन, तत्कालिक सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा एजेन्टसँग मागको घुस रकमभन्दा २९ प्रतिशत कम हो । बाँस्कोटाले विजय प्रकाश शर्मासँग ७० करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीपदबाट राजीनामा दिनुपरेको थियो । महामारीको रोकथाममा सरकारभन्दा निजी क्षेत्र नै दिलदार देखिएकाे छ। एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले १ करोड १५ लाख रुपैयाँ सहयोग गरेको छ । लक्ष्मी ग्रुप, भाटभटिनी ग्रुप, नेपाल बैंकले एक/करोड सहयोग गरेक छन् । सरकार र सर्वसाधारणको लगानी भएको कृषि विकास बैंकले १ करोड २५ लाख सहयोग गरेको छ । बीमा समितिले २ करोड रुपैयाँ सयोग गरेको छ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पीपीइ हस्तान्तरण गर्दै विनाेद चाैधरी सरकार जस्तै कन्जुस देखिएका छन् नेपालका पुराना व्यवसायिक घराना । आफ्नै बलबुताले व्यवसायमा स्थापित हुँदै आएका चन्द्रप्रसाद ढकाल, गणेशबहादुर श्रेष्ठ, मिनबहादुर गुरूङ, हरिभक्त शर्माहरु कोरोना भाईरस संक्रमण विरुद्ध सरकारलाई सहयोग गर्न खुलेर अगाडि आएका छन् । पुराना व्यवसायिक घरानामध्ये चौधरी ग्रुपले पनि सहयोगी हात अगाडि बढाएको छ । चौधरी फाउन्डेसन विभिन्न जिल्लामा अस्पताल तथा क्वारेन्टाइन सेन्टरलाई अत्यावश्यक व्यक्तिगत सुरक्षाका साधानहरु (पीपीइ) र अक्सिजन जेनरेटिङ एप्परेट्स वितरण थालेको छ । तर खेतान ग्रुप, दुगड ग्रुप, गोल्छा ग्रुप, पञ्चकन्य ग्रुप, ज्योति ग्रुप, बैद्य अर्गनाईजेशन, शाख ग्रुप जस्ता ठूला र पुराना व्यवसायिक घरानाले सहयोगी हात फैलाउन ढिला गरिरहेका छन् । हो, नेपाली व्यवसायीहरुले जति सहयोगको वाचा गरिरहेका छन्, त्याे अलिवाबाको बोस ज्याक्मा वा विलगेट्सको हितकारी संस्था गेट्स एण्ड मेलिण्डा फाउन्डेशनले परोपकारी कार्यमा गर्ने खर्चभन्दा सानो छ । तर जसले सरकारी कोषमा करोड रुपैयाँ सहायता दिन तयार भए उनीहरुलाई यो पनि चिन्ता छ कि उद्योग व्यापार कसरी गर्ने ? २/३ महिनापछि कर्मचारीलाई कसरी तलव खुवाउने ? बैंकको किस्ता कसरी तिर्ने ? बैंकमा धितो राखेको घरजग्गा लिलामी हुनबाट कसरी जोगाउने ? यी चिन्ता दीर्घकालिन भए । तत्कालका लागि उनीहरु ‘बाचौं र बचाऔं’ अभियानमा लागका छन्, छाती ठूलो बनाएर । छातीको कुरा गर्ने हो भने अर्थमन्त्री युवराज खतिवडाको भन्दा अन्जन श्रेष्ठ वा हरिभक्त शर्माको छाती ठूलो देखिएको छ । चन्द्र ढकाल र मिनबहादुर गुरूङ दिलदार भएर प्रस्तुत भएका छन् । सरकारको खातामा करोड रुपैयाँ सहयोग गर्नेहरुको मात्र यहाँ नाम उल्लेख भएको छ । कोरोना संक्रमण रोक्न दिपक मलहोत्रा, सतिर मोर, भवानी राणा जस्ता व्यक्तिहरुको संक्रियता पनि धेरै महत्वपूर्ण छ । दृष्यमा नआई सडकका किनारामा हात धुन साबुन पानीको प्रबन्ध गर्ने, मन्दिर परिसरमा स्यानिटाईजरले हात मोल्ल लगाउनेदेखि भीडभाडबाट टाडा बस्न सिकाउने अनगिन्ती नेपालीहरुको योगदान प्रशंशनीय छ, यतिबेला गुमनाम भएको मन्त्रीहरुको भन्दा । कोरोनाको महामारी विश्वभर फैलिएको छ । जनतालाई राहत दिन विश्वभरका सरकारले सक्दो प्रयास गरेका छन् । क्यानडा सरकारले बेरोजगार नागरिकलाई हप्तामा ९०० यूरो भत्ताको घोषणा गर्दै घरभित्र बस्न आग्रह गरेको छ । नेपाल सरकारले कोरोनासँगै आयातित शब्द लकडाउनको घोषणा गर्यो । सर्वसाधारणलाई घर बाहिर ननिष्कन आग्राह गर्यो तर जनतालाई दिने सुविधाबारे सरकार मौन बस्यो । सरकारी जागिरे र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नेलाई तलवको १०० प्रतिशतसम्म भत्ता वृद्धि गरिएको छ तर एउटा कोठामा डेराबास बसेका ४/५ जनाको परिवारलाई कोरोना संक्रमणको शंका लागेमा अलग्गै एकान्तबास (आइसोलेशन)मा बस्न अर्ति उपदेश दिदैछन् स्वास्थ्य मन्त्री भानुभक्त ढकाल । गणतन्त्र स्थापनासँगै नेपालमा करको दर र दायरा व्यापक वृद्धि गरियो । कर वृद्धिको विरोध गर्दा सरकारका मन्त्री र कर प्रशासनका हाकिमहरुको एउटै तर्क हुन्छ –‘अमेरिकामा यति कर छ, क्यानडामा यति कर छ, त्यो भन्दा थोरै नेपालमा कर लगाइएको छ ।’ अहिले क्यानडा सरकारले बेरोगारलाई हप्तामा ९०० यूरो (नेपाली रुपैयाँमा १ लाख १८ हजार ८००) दिएको छ । महिनामा ४ लाख ७५ हजार रुपैयाँ बराबर भत्ता दिन्छ । तर नेपाल सरकारले ५० करोड रुपैयाँको कोष स्थापना गरेर जनतासँग नै सहयोग मागिरहेको छ । निर्विवाद विषय हो, नेपालमा भ्रष्टाचार जत्तिकै ठूलो विकृतिको रुपमा करको दुरुपयोग भईरहेको छ । आवश्यक भन्दा बढी सेनाको नियुक्ती, प्रहरीको नियुक्ती, बेकामी सरकारी कर्मचारी भर्ती, ५८ वर्ष नाघेपछि अनिवार्य अवकास लिइएका सबै कर्मचारीलाई पेन्सन, उच्च सरकारी पदमा राजनीतिक नियुक्त व्यक्तिहरुलाई दिइने आजीवन सुविधामा सर्वसाधारण जनताले तिरेको कर खपत भईरहेको छ ।   करको दुरुपयोगको विषयमा यतिबेला वहस गर्नु राम्रो नहोला । कर तिरेर मात्र यो देश चलेको छैन । आज पनि गाउँगाउँमा एम्बुलेन्स किन्न, स्कूल, कलेज खोल्न, अस्पताल खोल्न धार्मिक यज्ञहरु गरिन्छ । धर्मको नाम जोडेर सर्वसाधारणसँग कर वाहेक अतिरिक्त पैसा उठाउन स्थानीय सरकारहरु नै संलग्न हुने गरेका छन् । जनताले तिरेको कर सरकारी कर्मचारी र राजनीतिकर्मीको तलब भत्तामै सकिएकोले पूर्वाधार विकासको दृष्टिले देश पछ्यौटे बनेको हो । अन्त्यमा, यो नेपाल हो । यहाँ वृद्ध वा अशक्त अवस्थामा सरकारी सुविधा पाउन कि उसले राजनीति गरेको हुनुपर्छ, कि सरकारी जागिर खाएको हुनुपर्छ । अरु कसैले पनि वृद्ध र अशक्त अवस्थामा सरकारी सुविधा पाउँदैनन् । जति ठूलो करदाता र जति ठूलो परोपकारी मान्छेहरुलाई पनि संकटमा पर्दा कसैले उद्दार गर्दैन । तैपनि हामीले महामारी विरुद्धको संघर्षमा सरकारलाई सहयोग गर्नुपर्छ । दिलदार नेपालीलाई बधाई दिनुपर्छ ।

नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

काठमाडौं । प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए । “कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्”, उनले भने । नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले भने। नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ । रासस

अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ । सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् । कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ सय को हाराहारीमा मानिसको मृत्यु भएको छ । न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् । न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ । वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गर्नु भएको छ । उहाँले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध गरेको छ । तैपनि, राष्ट्रपति ट्रम्पले मानिसहरुलाई “हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन” भन्दै अमेरिकी नागरिकलाई आडभरोसा दिने प्रयत्न गरेको छ । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही संचारमाध्यममाथि पुरानै शैलीमा भने, “मलाई आगामी चुनावमा विजयी हुन नदिन केही मिडियाले कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा देखाइरहेका छन् ।” डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको बताएको छ । “म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं,” पूर्व उपराष्ट्रपति जो बाइडेनले भने । बाइडेनले सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा जोड दिए । उनले भने, “राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।” रासस/एपी

नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिन जर्मनका २ जहाज आउने

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनका लागि जर्मनीबाट २ जहाज आउने भएका छन् । जर्मन दुतावासले बिहिबार एक सूचना जारी गर्दै नेपालमा रहेका जर्मनीहरुलाई लिन दुई जहाज नेपाल आउने जनाएको हो ।दुतावासका अनुसार नेपालमा रहेका आफ्ना नागरिकलाई लिन भोली अर्थात शुक्रबार र पर्सि (शनिबार) गरी दुई जहाज नेपाल आउने भएका हुन् । जर्मनले नेपालमा रहेका जर्मनीहरुलाई स्वदेश फिर्ता हुन चाहनेले दुतावासको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरेको छ । जर्मनले आफ्ना नागरिक फिर्ता लिनका लागि कतारवेजका दुई जहाज बुक गरिएकाे छ ।

५० कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा दिएर सेवा निरन्तर दिँदै डिसहोम

काठमाडौं । सरकारले कोरोना (कोभिड १९) नफैलिओस् भन्ने उदेश्यले देशभर लक डाउन घोषणा गरेको छ । सरकारले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेको छ । सरकारले भने अनुसार घरभित्र बस्दाको सबैभन्दा राम्रो साथी भनेको नै टिभी हो । टिभी हेरेर समय कटाउन सजिलो हुन्छ । यस्तै, परिवेशमा टेलिभिजन सेवा प्रदानक डिसहोमले भने आफ्नो सेवा प्रवाहमा कुनै समस्या नआओस् भनेर विशेष सतर्कता अपनाएको छ । लकडाउनको समयमा टिभी हेर्नेहरुका संख्या ह्वात्तै बढ्ने र यसले सेवा प्रवाहमा समस्या हुन्छ कि भनेर डिसहोमले पूर्वसावधानी अपनाएको हो । आफूहरुले प्रदान गर्ने सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले कुनै पनि परिस्थितिमा समस्या नआओस भनेर विशेष सतर्कता अपनाइएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य बताउँछन् । ‘कोरोना संक्रमण सन्त्रासको कारण नेपाल सरकारले पनि गम्भीर पहल गर्छ भन्ने पूर्वअनुमान गरिएको थियो, त्यसैले सरकारले लकडाउनको घोषणा गर्नु अगाडी नै केही पूर्वतयारी गरेका थियौं, त्यही तयारीकै कारण अहिलेसम्म हाम्रो सेवा प्रवाहमा कुनै समस्या आएको छैन,’ प्रबन्ध निर्देशक आचार्यले विकासन्युजसँग भने । लकडाउनको समयमा सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । घरभित्रै बस्नु परेको कारण अहिलेको सबैभन्दा राम्रो विकल्प नै टिभी भएको छ । सूचना तथा मनोरञ्जनमा साथ दिने भएकाले बालकदेखि वृद्धसम्म घरभित्रै बसेर टिभी हेर्ने गर्छन् । केही कर्मचारीलाई अफिसमै खाने बस्ने सुविधा डिसहोमले आफ्ना ग्राहकहरुलाई दिने सेवामा कुनै किसिमको अवरो उत्पन्न नहोस् भन्ने उदेश्यका साथ केही कर्मचारीलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको आचार्यले जानकारी दिए । हालसम्म डिस होमको कलसेन्टरमा समेत गरेर ३ सय ५० कर्मचारीहरुले काम गर्छन् । अहिले लकडाउनको समयमा डिसहोमले ५० जना कर्मचारीहरुलाई कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाएको हो । कार्यालयको नजिकै घर हुने कर्मचारीहरु घरबाटै आएर काम गर्ने गरेको र टाढा बस्ने केही कर्मचारीलाई भने कार्यालयमै बस्ने तथा खाने व्यवस्था मिलाइएको आचार्यको भनाइ छ । रिमोट सेवा दिइदै डिसहोमले अहिले घरघरमा गएर टिभी जोड्ने काम भने गरेको छैन । तर, रिमोट सर्भिसको काम भने गरिरहेकोे छ । रिमोट सर्भिस भन्नाले डिसहोमका कर्मचारीहरुले भौतिक रुपमा उपस्थित हुन नसकेको अवस्थामा प्रदान गरिने सेवा हो । विदेशी च्यानलको शुल्क तिर्न भने केही ढिलाई बाहिरबाट आउँने च्यानल भारतका जी, स्टार, सिंगापूरका एचबीओ जस्ता च्यानलहरुको लागत शुल्क बुझाउन नपाएको डिस होमले जनाएको छ । भोलिका दिनमा यस्ता समस्या समाधान गर्दै अघि बढ्ने लक्ष्य दिएको डिस होमको भनाई छ ।

कोरोना अपडेट: इटाली र स्पेनमा भयावह स्थिति, विश्वभरि २१ हजार २ सय ९३ को मृत्यु

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेका छन् । ९ हजार ३ सय ६२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । हाल ४९ हजार ५ सय १५ जना सङक्रमित रहेका छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार पाँच हजार ३ सय ६७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि ४ लाख ७१ हजार ३ सय ११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३ सय ७१ व्यक्ति हाल उपचारारत छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् । चीनबाट बिहीबार प्राप्त एक समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ७७ जनाको मृत्यु भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण २ सय ६ व्यक्तिको मृत्यु भएको छ । हाल ३७ हजार ३ सय २३ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ५ सय ४७ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३१ जनाको मृत्यु भएको छ । हाल ६८ हजार ३ सय ६७ जना सङक्रमित भने ३ सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार २५ हजार २ सय ३३ सङ्क्रमित रहेका छन् भने ३ हजार ९ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ३१ व्यक्तिको मृत्यु भएको छ । नौ हजार २ सय ४१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार चार हजार १ सय ४४ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५३ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८ सय ९७ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ६५ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ५ सय २९ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ५६ व्यक्तिको मृत्यु भएको छ । ६ हजार ४ सय १२ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण ३१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५ सय ८८ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७८ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ९ सय ३७ सङ्क्रमित भएका छन् । यसैबीच ५ सय ४७ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १४ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ८४ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ११, ब्राजिलमा ५९, स्वेडेनमा ६२, पोर्चुगलमा ४३, क्यानाडामा ३६ , डेनमार्कमा ३४, मलेसियामा २०, आयरल्याण्डमा ९, पोल्याण्डमा १४ , ग्रीसमा २२, इन्डोनेसियामा ५८, फिलिपिन्समा ३८, हङकङमा ४, इराकमा २९, अल्जेरियामा २१ , भारतमा १२, पाकिस्तानमा ८, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ५, इजिप्टमा २१, पानामामा ८, अर्जेन्टिनामा ८, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ६, अफगानिस्तानमा २, नाइजेरियामा १, बङ्गलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । बिहीबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् । रासस/एपी/सिन्ह्वा/एएफपी