विकासन्युज

बिओकेको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)

काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ । यससँगै बैंककाे ग्राहकले आफूलाइ पायक पर्ने नजिकैकाे शाखामा बैंकिङ सेवा लिन सक्ने छन् । जसका लागि उनीहरूले उक्त शाखा प्रमुखहरूलाई निम्न नम्बरमा सम्पर्क गर्न सक्ने बैंकले जनाएकाे छ । कुन कुन शाखा ?

आज माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(सोमबार) देशभरका २६ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को ५ वटा, प्रदेश २ को ६ वटा, प्रदेश ३ को ७ वटा, प्रदेश ४ को ४ वटा र प्रदेश ५ तथा प्रदेश ६ को २/२ वटा शाखा खुल्ने छन् । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।

मोबाइलमा रिचार्ज गरी कसरी लिने रिचार्ज बराबरको बोनस रकम ?

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन गत बुधबारदेखि रिर्चाज बराबरकै बोनस सुविधा दिन सुरु गरेको थियो । तर धेरैले गुनासोे गरिरहेका छन् मैले रिर्चाज गर्दा मेरो फोनमा बोनस आएन भनेर । के गर्ने बोनस लिन नेपाल टेलिकमका अनुसार १ सयको रिचार्ज गर्दा १ सय नै बोनस आउँछ ।अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार रूपैयाँ नै बोनस पाइने छ । जतिको रिर्चाज गर्यो त्यति नै बोनस आउँछ । तर बोनस बापत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । रिचार्ज गरेलगत्तै माेवाइलमा दुइ वटा म्यासेज आउँछ । पहिलाे म्यासेजमा रिचार्ज गरेकाे रकम क्रेडिट भएकाे देखाउँछ । अर्थात तपाइकाे रिचार्ज सफल भयाे । सँगै रिचार्ज बराबरकाे रकम बाेनस बापत तपाइले पाउनु भयाे भन्ने सन्देश आउँछ । बाेनस बापत प्राप्त रकम कति खर्च भयाे र कति बाँकी छ भनेर जान्न विधि उल्लेख गरिएकाे हुन्छ । त्यसबारे जान्नकाे लागि  *१४१५*५५# डायल गर्नुपर्नेछ । त्यस्तै, एफआर टाइप गरी १४१५मा एसएमएस गरेर पनि बाँकी बाेनस रकमबारे जानकारी लिन सकिन्छ । यसरी एसएमएस गर्दा बाेनस रकम कति बाँकी छ र कहिले सकिदै छ भन्ने जानकारी प्राप्त हुन्छ । साथै तपाइले भ्वाइस वा डाटा प्याक सेवा लिनु भएकाे छ भने उक्त सेवामा खपत गर्न बाँकी सेवाहरू उल्लेख गरिएकाे हुन्छ । सबै सन्देशहरू अग्रेजी भाषामा आउने भएकाेले सर्बसाधारण नेपाली उपभाेक्तालाई बुझ्न भने गाह्राे हुनसक्छ । नेपाल टेलिकमका अनुसार ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ । बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बाेनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।

जब अर्थतन्त्र गिरावटकाे चिन्ताले जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

काठमाडाैं । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५४ वर्षीय उनले अर्थतन्त्रकाे तनाव तथा चिन्ताले आत्महत्या गरेका हुन् । काेराेना भाइरस महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि  उनले आत्महत्या गरेकाे बुझिएकाे छ । महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए । एजेन्सी

स्वास्थ्य सामग्री लिएर धनगढी गएकाे विमान बीचमै किन काठमाडाैं फर्कियाे ?

काठमाडौं । स्वास्थ्य सामग्री लिएर काठमाडाैंबाट धनगढी गएकाे जहाज बिचबाटै पुनः काठमाडाैं फर्केकाे छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हाे । सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानको केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यस तर्फ गएको थियो।

सोमबार नबिल बैंकको २४ वटा शाखा खुल्ने, कुन प्रदेशको कति वटा ?

काठमाडौं । सोमबार(आज) नबिल बैंकको देशभरका २४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ७ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा र प्रदेश २ को ४ वटा शाखा खुल्ने छन् र प्रदेश १ र प्रदेश ५ को ३/३ वटा र प्रदेश ३ को दुई वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।

विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपाल आउनेको तथ्यांक संकलन गर्न आग्रह गरेका छ । विदेशबाट नेपाल आउने क्रममा कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको हो । नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई अनुरोध गरेका छन् । “विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ”, अध्यक्ष गुरागाईँले भने । यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाले जनाएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ । नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह गरेको छ । रासस

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु, दैनिक १२ सय परीक्षण हुने

काठमाडौं । धरानको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । गत आइतबारबाट कोरोना परिक्षण सुरु भएको हो । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए । कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराएका थिए । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए ।