विकासन्युज

नेपालमा कोरोना जाेखिम कम गर्न कोरियामा डेढ करोड रूपैयाँ संकलन

काठमाडाैं । नेपालमा कोरोना भाइरस (काेभिड १९) काे जाेखिम कम गर्न कोरियामा डेढ करोड संकलन भएकाे छ । वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका हुन् । अहिले कोरियामा प्रयोग भइरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाले जानकारी दिएकाे छ । गैह्रआवासीय नेपाली संघको तर्फबाट तीन हजार र कोरियामा रहेका नेपालीहरुको तर्फबाट दुई हजार किट्स खरिद गरी नेपाल पठाउने तयारी भए पनि उडान समस्याका कारण ढिला भएको र आउँदो शुक्रबारसम्ममा सामग्री पठाइसकिने संघले जानकारी दिएकाे छ ।

कोरोना रोकथाम गर्न विश्व बैंकको नेपाललाई थप ६ अर्ब ऋण सहयोग

काठमाडौं । विश्व बैंकले कोरोना रोकथाम कोषमा विश्व बैंकले ६ अर्ब अर्थात ५० मिलियन अमेरिकी डलर सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि बैंकले सो रकम ऋण दिएको हो । सरकारले सो रकम कोरोना रोकथाममा आवश्यक स्रोत साधन प्रयोग गर्नको लागि खर्च गर्ने बताइएको छ । यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर अर्थात ३ अर्ब ४३ करोड रुपैयाँ ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ । ३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो । उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिने बताइएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यसले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री प्रकोप राहत कोषलाई सहायता प्रदान गर्ने बताए । उनले प्रकोप जोखिम न्यूनिकरणका लागि यो विश्व बैंकको वित्तीय औजार भएकाे बताए ।

सरकारले घोषणा गरेको निर्णयको स्वागत गर्यो परिसंघले, दीर्घकालिन योजना ल्याउन आग्रह

काठमाडौं । उद्योगीहरुका लागि सरकार र राष्ट्र बैंकले गरेको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई प्रभावित पार्न थालेका बेला आइतबार साँझ सरकारले आर्थिक तथा नीतिगत सहुलियत घोषणा गरेको थियो । परिसंघले सरकारलाई दीर्घकालिन योजना ल्याउन पनि आग्रह गरेको छ । परिसंघले भनेको छ ‘हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः सुचारु गराउने दायित्व सवैको हो,’  यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन सरकार लगायत सवै सरोकारवालासँग परिसंघले अग्रह गरेको छ ।

कोरोना संक्रमण विस्तारलाई कसरी नियन्त्रणमा राखेको छ जापानले ?

काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् । न कुनै क्वारेन्टाइन खडा गरिएको छ, न त बार, रेस्टुरेन्ट र क्लबहरु बन्द गर्न निर्देशन दिइएको छ । यदि तपाइ रेस्टुरेन्टमा पिजा खान चाहनुहुन्छ भने पनि सजिलै किन्न सक्नुहुन्छ । बजार केही खाली त देखिएको छ तर खुला छ । देशको कुनैपनि ठाउँमा जान चाहानुहुन्छ भने गाडी भाडामा लिएर जान तथा पुगेर फर्किन चाहनुहुन्छ भने पनि कुनै रोकतोक छैन । यसको मतलब यहाँ निर्वाधरुपमा अधिकांशले आफ्नो सामान्य दैनिकी चलाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ कि जापानमा पनि संक्रमण फैलने सम्भावना भने अन्य देश र सहरमा जत्तिकै छ । जापानमा पहिलो संक्रमण पुष्टि भएको हिजो (२९ मार्च) २ महिना १७ दिन पुग्यो । यस अवधिमा १ हजार ६ सय ९३ जनामा मात्रै संक्रमणको पुष्टि भएको छ । जसमध्ये ४ सय ४ जना उपचार गराएर घर फर्किएका छन् भने ५६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को रिपोर्टमा उल्लेख छ । अब एउटा गम्भिर प्रश्न यो पनि उठ्न सक्छ कि अन्य देशहरुमा संक्रमण तीव्र भइरहेका बेला जापानमा भने अधिकांश क्षेत्र खुला हुँदा पनि कसरी संक्रमण दर न्यून र नियन्त्रणमा छ ? उच्च जनघनत्व भएको यो देश कोरोनाको उद्गमस्थल चीनसँग नजिकको सम्पर्कमा समेत छ । यहाँका सहरहरु विशाल छन् र साना साना अपार्टमेन्टमा धेरै परिवार बस्नु यहाँको अर्को विशेषता हो । यस देशको टे«नलाइ संशारकै धेरै भिडभाड युक्त यात्रुटे«नको रुपमा लिइन्छ । काम गर्न जाँदा र अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न भन्ने हो भने पनि लगभग चार करोड जनसंख्या रहेको राजधानी टोकियोलाई संशारकै ब्यस्त शहर बन्दछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इटालीमा संक्रमण बढ्नुको एक कारण यहाँका नागरिकको उमेर पनि हो । सबैभन्दा धेरै औसत आयु हुने मुलुकमा इटाली युरोपमा पहिलो र विश्वमा दोस्रो स्थानमा आउँछ । वृद्ध मानिसलाई कोरोना संक्रमण र मृत्युदरसमेत बढी देखिएको छ । यही तथ्यलाई आधार मान्ने हो भने इटालीमा भन्दा जापानमा धेरै मानवीय क्षति र संक्रमण फैलनुपर्ने हो । किनकि जापान विश्वकै सबैभन्दा धेरै औसत आयु भएको मुलुक हो । तर अवस्था त्यस्तो छैन । धुम्रपानलाई चीनमा धेरै मानिसको मृत्यु हुनुको साझा कारण मानिएको छ । तर यही तथ्यलाई जापानसँग तुलना गर्ने हो भने मेल खाँदैन । यहाँ रहेका ३३ प्रतिशत मानिस धुम्रपानको लतमा रहेको तथ्याङ्क सम्बन्धित निकायबाट प्रकासित भएको छ । सन् २०१७ मा जापानका पुरुषहरुको धुम्रपानदर जी ७ मुलुकमध्येमा उच्च थियो । अनिवार्य सेल्फ आइसोलेसनमा १४ दिन कोरोना भाइरस संक्रमण हुन नदिन जापान सरकारले आफ्ना नागरिकहरुमाथि कडा कदम उठाएको छैन भन्न मिल्दैन । तर, महामारी नियन्त्रणमा ल्याउन जसरी चीनले क्वारेन्टाइन र पूरा हुवेई राज्यलाई नै लकडाउन गर्यो, यात्रामा प्रतिबन्ध लगायो, जापानले भने यस्ता कुनै कदम चालेन । संक्रमण देखिएका देशका नागरिक अहिले पनि जापान घुम्न सक्छन् । तर, उनीहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । किनकि संक्रमितबाट अन्यमा कोरोना भाइरस नसरोस् भन्नेमा भने जापान सचेत छ । संक्रमित क्षेत्रको पूर्णपरीक्षण जब उत्तरीद्घिप होक्काइदोको एक प्राथमिक विद्यालयमा भाइरसको संक्रमण देखियो तत् पश्चात विद्यालय बन्द तथा उक्त क्षेत्रलाइनै सिल गरेर सबैको पूर्ण परीक्षण तथा संक्रमितको उपचार गरियो । जसको कारण संक्रमण अन्य क्षत्रमा पैmलिन पाएन । सचेत जनता तथा संक्रमण विपरित संष्कार कतिपय सामाजिक व्यवहार, चलन र आनीबानीका कारण पनि यहाँ अन्य ठाउँमा जसरी रोगको संक्रमण नफैलिएको हो । भेटका क्रममा हात मिलाउनुको सट्टा टाउको निहुराउने, कोरोना भाइरसको संक्रमण देखिनु धेरै अघिदेखि नै मास्क लगाउने चलन हुनु, वृद्धवृद्धा बस्नलाई छुट्टै आश्रमको व्यवस्था हुनु तथा सेल्फ आइसोलेसन र सोसल डिस्टेन्स (सामाजिक दूरी) कायम हुनुले जापान सक्रीय प्रयासबिनै कोरोना विरुद्धको लडाइँमा केही हदसम्म सफल भएको मानिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत अन्य केही निकायहरुले वास्तविक संक्रमितको संख्या लुकाएको आरोप पनि जापानमाथि लगाएका छन् । जापानमा कम परीक्षण हुनु नै यहाँ थोरैमा कोरोना संक्रमण देखिनुको कारण भएको आलोचकको भनाइ छ । यसको सीधा सम्बन्ध यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुदसँग जोडिएकोले जापान सुचना लुकाउँदै छ, जापान चाहँदैन कि धेरै व्यक्तिमा कोरोना फैलिएको तथ्य बाहिर आएर ओलम्पिक आयोजनामा व्यवधान होस् भन्ने जस्ता आरोप पनि जापानले खेपिरहेको छ । तर कम परीक्षण तथा सुचना लुकाइनुले संक्रमण नियन्त्रण होला त ? यस्तै, जापानमा हुने भनिएको ओलम्पिक खेल पनि रद्द भइसकेको छ । कोरोना कहरको हालको अवस्थाले संसारलाई नै भयानक अनिश्चिततातर्फ डोर्याइरहको जस्तो लाग्छ । भाइरसको संक्रमण फैलिन नदिन सरकारले सबै जनतालाई उच्च सतर्कता अपनाउनतर्फ सजग गराउनु जरुरी छ । हाल विश्वभर फैलिएको कोरोना कहर तथा यसबाट उत्पन्न बिबिध चुनौतिहरु जस्तै स्वास्थ्य, मनबिय, आर्थिक, सामाजिक, बेराजगारी लगायतलाई समाधान गर्नका लागि जापानी पद्धति पनि एक उत्तम बिकल्प हुन सक्छ । (अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)

सीमा नाका बन्द हुँदा महाकालीमा पाैडेर दार्चुला पुगेपछि…(भिडियाेसहित)

काठमाडाैं ।  कोरोनालाई मध्यजनर गर्दै सीमा नाका बन्द गरिएपछि एक युवक भारतसँग सीमा जोडिएको महाकाली नदी पौडले दार्चुला आएका छन् । कोरोनाका कारण सरकारले ‘लकडाउन’सँगै सीमा नाका बन्द गरेपछि उनीलगायत पाँच सय नेपाली भारतको धार्चुलामा अलपत्र थिए । उनी बैतडीको डिलासैनी गाउँपालिकाका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सीमा बन्दका कारण दार्चुलाका सीमा नाकामा करिब पाँच सय नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारगरिरहेका छन् । सीमा बन्द हुँदा महाकाली नदि पौडेर दार्चुला पुगे नेपाली।।भिडियो : नरेन्द्र कार्की Posted by Bikashnews.com on Monday, 30 March 2020 भिडियाेः नरेन्द्र कार्की, दार्चुला । 

सरकार तथा केन्द्रिय बैंकको कदम सकारात्मक- उद्योग परिसंघ

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । नेपाल समेत यस भाईरसको महामारीसंग जुध्न तथा फैलिन नदिन प्रयासरत रहेको छ । नेपाल सरकारले विभिन्न निर्देशनहरु जारी गरि लागू गरिरहेको छ । देश बन्दाबन्दि(लकडाउन) कै अवस्थामा छ । यस्तो नाजुक अवस्थामा समेत परिसंघले आफ्नो तर्फबाट सहयोग गरिरहेको छ । स्वास्थ्य सम्बन्धि राहतका सामाग्रिहरु सरकारलाई उपलब्ध गराई रहेको छ भने अत्यावश्यकीय वस्तुको उत्पादन तथा वितरण गर्न आफ्ना सदस्य प्रतिष्ठानहरुलाई उत्प्रेरित गरिरहेको छ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको at अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत पर्ने निश्चित छ । यस्तो अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको नेपाल उद्योग परिसंघले जनाएकाे छ। मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाईराख्न सहयोग पुग्ने परिसंघकाे विश्वास छ । यस्तै नेपाल सरकारले हिजै वित्तिय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको छ । नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको हो । सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । यो सरकारले लिएको अत्यन्त सकारात्मक कदम हो । हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ । जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक रहेको छ । हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको हो, यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन हामी सरकार लगायत सबै सरोकारवालासंग परिसंघले आग्रह गरेकाे छ ।

रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु, सरकारले केहि गर्ने की ?

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । यातायात सञ्चालन नहुने भएपछि नजिक घर भएकाहरु हिडेरै जान थालेका हुन् । सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर बसेका छन् । सरकारले गत ९ गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले हिजाे पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ? सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् । उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर जान थालेका हुन् । आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने- ‘दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छाैं ।’ त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट हिडेका थिए । समयमा भीमफेदीमा केहि यात्रुहरुको लर्को देखिए । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए । काठमाडौबाट मंगलबार हिडेर सिमा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए । हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने- ‘हाम्रो बाजेहरुले हिडेर काठमाडाैं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडाैंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएकाे दाहाले बताए ।

विदेशबाट पठाएको रकम अब सिधै मोबाइलमा, प्रभु पेले ल्यायो यस्तो सुविधा

काठमाडौं । अब विदेशबाट पठाएको रकम सिधै मोबाइलमा पाइने भएको छ । सेवाग्राहीले ‘प्रभु पे’ वालेट मार्फत घरमै बसी बसी विदेशबाट पठाएको रेमिट्यान्स पाउने भएका हुन्। हाल लकडाउनकाे परिस्थितिमा नगद काराेबारभन्दा वित्तीय कारोबार गर्न उपयुक्त हुने भएकाले प्रभु ग्रुपले ‘प्रभु पे’ एप्स सञ्चालनमा ल्याएकाे हाे । जसले बिना शुल्क ग्राहकहरूकाे विभिन्न समस्याकाे समाधान गर्ने कम्पनीले जनाएकाे छ । प्रभु ग्रुपले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै ल्याएकाे यस वालेटबाट घरमै बसी बसी सबै प्रकारका भुक्तानीहरू गर्न सकिने छ । जस्तै, मोबाइलको रिचार्ज, खानेपानी, बिजुली बत्ती, इन्टरनेट, टिभीहरुका बिलहरु घरमै बसेर यो वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ । यससँगै विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । ‘प्रभु पे’ मार्फत बैङ्क खाता नहुनेहरुले यदि आफ्नो कारोबार कुनै सहकारीमा रहेका भए त्यसमा समेत रकम स्थानान्तरण गर्न सकिने छ । जसकाे लागि कुनै शुल्क नलाग्ने गुप्रले जनाएकाे छ । उक्त सेवाकाे लागि सेवाग्राही आफ्नाे माेबाइलमा ‘प्रभु पे’ एप्स डाउनलोड गर्नु पर्ने छ ।