विकासन्युज

महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई दियो चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री

काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे । उक्त खाद्यान्न चैत १९ गते बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण सरकारले गत चैत ११ गतेदेखि देशैभरी लकडाउन भइरहेको छ । साथै, बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

विद्युत सर्ट हुँदा फर्निचर कारखानामा आगलागी, ४९ लाख रूपैयाँ बराबरको क्षति भएकाे अनुमान

काठमाडौं। काठमाडौंकाे नयाँबजार मेडिकल चोकस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ। काठमाडौं महानगरपालिका १३ ओम वहाल बस्ने राजु महर्जनले संचालन गरेको सो फर्निचर कारखानामा आज बिहान भएको आगलागी भएकाे बताइएकाे छ । आगलागीबाट कारखाना, फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम जलेको प्रहरीले जनाएको छ। विद्युत सर्टका कारण भएको आगलागीबाट करीब ४९ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएकाे छ।

एनसीसी बैंककाे कुन कुन शाखा खुले ? (सूचीसहित)

काठमाडाैं । एनसीसी बैंकले बिहीबार(आज) ४७ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिइरहेकाे छ । लकडाउनकाे परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएकाे छ । यस अवधिमा ग्राहकले बैंककाे बैकिङ्ग सुविधा (नगद काराेबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्राेनिक चेक क्लियरिङ सेवा) लिन सक्नेछन् । साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । प्रदेश १ का शाखाहरुः विराटनगर, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन । (सम्पर्क व्यक्तिः राम नाथ गौतम, फोन नंः ९८५१०५३९१५) प्रदेश २ का शाखाहरुः मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी । (सम्पर्क व्यक्तिः समिर आचार्य, फोन नं: ९८५२०२७३०५) बाग्मती प्रदेशका शाखाहरु: तीनकुने, थिमी, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल । (सम्पर्क व्यक्तिः शरद जी राज, फोन नं: ९८५११०१०४०) सामाखुसी, लुभु, चापागाँउ दोबाटो । (सम्पर्क व्यक्तिः अर्जुन जंग सिलवाल, फोन नं: ९८५११०१०९०) हेटौडा, गैंडाकोट । (सम्पर्क व्यक्तिः सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३) गण्डकी प्रदेशका शाखाहरु: न्यूरोड–पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर । (सम्पर्क व्यक्तिः सुमन आचार्य, फोन नं: ९८५१२३४२१८) प्रदेश ५ का शाखाहरु: जीतपुर, दंगीशरण, अर्गली, सत्यवती, सुलिचौर, घोराही । (सम्पर्क व्यक्तिः मेघ नाथ पाण्डे, फोन नं: ९८५७०२८२६०) कोहलपुर । (सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४) कर्णाली प्रदेशका शाखाहरु: बिरेन्द्रनगर, जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर । (सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४) सुदूर–पश्चिम प्रदेशका शाखाहरु: अत्तरिया, दिपायल, बैतडी, लम्की । (सम्पर्क व्यक्तिः संगिता शर्मा चटौत, फोन नं: ९८५८७५१९७०)

विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

सिद्धार्थ बैंकको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)

काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बिहीबार(आज)पनि बैंकले देशभरका ३९ वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ । बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ ।

कोरोना सन्त्रासको कारण जागिर जानेलाई सामाजिक सुरक्षा कोषले के सहयोग गर्छ ? यसो भन्छन् कोषका कार्यकारी निर्देशक ज्ञवाली

काठमाडौं । संगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारको सामाजिक सुरक्षाको लागि भनेर सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताले अप्ठेरो परेका बेला कोषलाई सम्झिने हो । किनभने सहज अवस्थामा आफूले कमाएको मासिक रकमको ३१ प्रतिशत कोषमा जम्मा गर्नुभनेको नै अप्ठेरो समयमा आफूलाई र सेखापछि आश्रित परिवारलाई आर्थिक समस्या नआओस् भनेर नै हो । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण विश्व आर्थिक मन्दीमा जाने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष लगायतका संस्थाले बताइरहेका छन् । मन्दीकै कारण विश्वभर लाखौं मानिसले रोजगारी गुमाउने तथ्य पनि सार्वजनिक भइरहेका छन् । नेपालमा पनि कोभिड १९ संक्रमण विस्तार रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । सरकारको सो घोषणाको कारण उद्योग प्रतिष्ठान बन्द छन् । व्यापार व्यवसाय ठप्प छ । सेवा क्षेत्र बन्द भएको छ । अत्यावश्यक बाहेकका बस्नु तथा सेवा प्रवाहमा संलग्नहरु अहिले घरमै बसेका छन् । सरकारले लकडाउन घोषणा गरेका कारण आर्थिक क्षेत्र ठूलो समस्यामा परेको छ । यही समस्याको कारण नेपालमा पनि धेरैले रोजगारी गुमाउने अवस्था देखिएको छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको अवस्था अझ दयनीय भएपनि संगठित क्षेत्रमा काम गर्नेहरुलाई पनि समस्या पर्ने करिब पक्का जस्तै भएको हो । यो मन्दीकै कारण नेपालका उद्योग, व्यवसाय तथा प्रतिष्ठानहरु बन्द भएर सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताको नै जागिर गयो भने कोषले केही सहयोग गर्न सक्छ ? सरकारले कोषमा आवद्ध हुनेहरुको लागि चैत महिनाको योगदान रकम दिने भनेकोमा सो रकम कोषको रकमबाट दिइने हो कि सरकारले नै दिने हो भन्ने जस्ता विषयमा विकासन्युजकर्मी सुनिता पुडासैनीले कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीसँग संक्षिप्त कुराकानी गरेकी छन्ः सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकलाई कोरोनाको संक्रमण देखिएको छ कि छैन ? हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध भएका एक जनालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । कोषमा आवद्ध भएका श्रमिकलाई कोरोना भाइरसको संक्रमण देखियो भने कोषले के कस्तो सहयोग गर्छ ? कोरोना संक्रमित व्यक्तिले अन्य बेलामा पाइने भनिएको औषधी उपचार खर्च पाउने व्यवस्था छ । महामारीको बेला भनेर कोषले दिने भनेको रकम नदिने भन्ने हुँदैन । कोषले तय गरेको सुरक्षा योजनाहरु सबै लागू हुन्छन् । कोरोना भाइरसकै कारणले कोषमा आवद्ध योगदानकर्ताको मृत्यु भएमा उसको परिवारले पाउने सुविधा पाउँछन् कि पाउँदैनन् ? आश्रित परिवारले पाउने सुविधाहरु रोकिन्न । सबै पाउँछन् । कोरोना संक्रमण त्रासको कारण उत्पन्न भएको असहज परिस्थितिको कारण कम्पनी बन्द भएको खण्डमा कोषले के गर्छ ? कम्पनी बन्द भएको खण्डमा कोषले केही गर्न सक्दैन । यस्तो अवस्था सिर्जना भए पुन अर्काे कम्पनी काम गरेपछि कोषमा आवद्ध भएर रकम जम्मा हुने व्यवस्था छ । चैत महिनामा कोषमा आवद्ध योगदानकर्ताले जम्मा गर्ने रकम सरकारले दिने हो कि कोषले ? सामाजिक सुरक्षा कोषमा के गर्ने भन्ने कुरा सरकारकै हो । योगदानकर्ताले जम्मा गर्ने रकम यो विपद्को घडीमा सरकारले नै दिने निर्णय गरेको छ । त्यो कोषले जम्मा गर्ने होइन्, सरकारले नै दिने भनिएको छ ।

बिहीबार नबिल बैंकको ४१ वटा शाखा खुल्ने, कुन प्रदेशको कति वटा ?

काठमाडौं । बिहीबार(आज) नबिल बैंकको देशभरका ४१ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ६ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएकाे छ । त्यसैगरी, प्रदेश १ को ७ वटा, प्रदेश २ काे ६ वटा, बागमति प्रदेशकाे ४ वटा, गण्डकी प्रदेशकाे ६ वटा, प्रदेश ५ काे ४ वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।

एनएमबि बैंककाे ३२ वटा शाखा खुल्ने, कुन कुन ?

काठमाडौं । आज(बिहीबार) एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा खुल्ने भएका छन् । लकडाउनको १०औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ । बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ । लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ । नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा दिँदै आएको हाे ।