काठमाडौं। काठमाडौंकाे नयाँबजार मेडिकल चोकस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ। काठमाडौं महानगरपालिका १३ ओम वहाल बस्ने राजु महर्जनले संचालन गरेको सो फर्निचर कारखानामा आज बिहान भएको आगलागी भएकाे बताइएकाे छ ।
आगलागीबाट कारखाना, फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम जलेको प्रहरीले जनाएको छ।
विद्युत सर्टका कारण भएको आगलागीबाट करीब ४९ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएकाे छ।