विकासन्युज

कामना सेवाको सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत

काठमाडौं । कामना सेवा विकास बैंकले भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २ सय ८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा पहिलो डिजिटल (विद्युतीय प्रविधि) को प्रयोगबाट बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए । बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेशन र अटोमेसनको, पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए । गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो । सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित जनावरहरुमा समेत खाने तथा पिउने पानीको समस्या परेको कुरा विभिन्न संचार माध्यमहरुद्वारा जानकारीमा आएको हुंदा सो सम्बन्धमा समेत सक्दो सहयोग गर्न बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष.सुदिप आचार्यले बताए । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हालसम्म १ सय २३ वटा शाखा तथा ६५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस् बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्बीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना जानकारी दिएको छ ।

साधना लघुवित्तले काेराेना राेकथाम काेषमा ४ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले गोरखा जिल्ला स्थित गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका गरी ८ वटा स्थानिय निकायलाई ५० हजार रुपैयाँको दरले उक्त रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । जसमध्ये गोरखा नगरपालिकाको लागि प्रदान गरिएको ५० हजार रुपैयाँको चेक आज गोरखा नगरपालिकामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नगर प्रमुख राजन राज पन्तलाई हस्तान्तरण गरेका हुन् । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी राहात स्वरुप उक्त सहयोग गरेको हो । यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीय महिला भएकाे पुष्टी

काठमाडौं। नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङकी ६५ वर्षकी महिला भएको पुष्टी भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी महिला भएको पुष्टि गरेका हुन् । उनीसँगै अब नेपालमा काेराेना भाइरस संक्रमण संख्या ६ जना पुगेकाे छ ।  

एनसीसी बैंकले कोरोना उपचार कोषमा १ करोड सहयोग गर्ने, सबै प्रदेश सरकारलाई ५/५ लाख

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग निर्णय गरेको छ । बैंकले संघीय सरकारको खातामा ६५ लाख रुपैयाँ र ७ वटा प्रदेश सरकारको खातामा ५/५ लाख रुपैयाँ दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए । बैंककाे निर्णयअनुसार संघीय सरकार र प्रदेश सरकारकाे खातामा आइतबारसम्म पैसा जम्मा गरिने उनले जानकारी दिए । संघीय सरकारले ५० करोड रुपैयाँ राखेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ भने प्रदेश र स्थानीय सरकारलाई पनि यस्ताे काेष स्थापना गर्न र स्थानीय तहबाट सहयाेग परिचालन गर्न निर्देशन दिएकाे छ । सो कोषमा बैंक, बीमा कम्पनीहरु, सरकारी संस्थानहरु, नियामक निकायहरु, विभिन्न संस्थाका कार्यकारी प्रमुखहरुले आफ्नो क्षमता अनुसार सहयोग रकम जम्मा गर्ने कार्यलाई तिव्रता दिएका छन् । आजै मात्र अर्थमन्त्री डा युवराज खतिवडाले कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क, लकडाउन भरि लागू हुने

काठमाडौं ।  एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ रूपैयाँप्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० रूपैयाँप्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिँदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०/२० एमबी डेटा बोनस पाउने छन् । यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रूपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० रूपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् । कोरोना भाइरसले निम्त्याएको महामारीको यस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।

बैंक अफ काठमाण्डूले कोरोना कोषमा १ करोड रुपैयाँ दिने, प्रदेशलाई कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले कोभिड-१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ । उक्त १ करोड रुपैयाँ सहायता रकम अन्र्तगत प्रत्येक प्रदेशको राहत कोषमा ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ तथा बाँकी ६५ लाख रुपैयाँ केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले सो रकम प्रदान गर्न लागेको हो । कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार र विपन्न वर्गलाई खाधान्नको व्यवस्था लगायतका काममा सहयोग पुग्ने हेतुले यो सहायता रकम प्रदान गरेको बैंकले जनाएको छ । लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत यस बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ ।

दोस्रो, पाँचौ र छैटौं कोरोना संक्रमित एउटै फ्लाईटमा नेपाल आएका थिए

काठमाडौं । कोरोना संक्रमित छैटौँ व्यक्ति दोस्रो र तेस्रो कोरोना संक्रमितसँग एउटै फ्लाईटमा नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनै जना एकैदिन एउटै फ्लाईटमा नेपाल आएको बताएका हुन् । उनीहरु चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ बाट दोहा हुँदै नेपाल आएका देवकाेटाले बताए । दोस्रो संक्रमित युवतीलाई चैत १० गते कोरोना भएको पुष्टि भएको थियो भने पाँचौं संक्रमित युवतीलाई चैत १५ गते संक्रमण भएको पुष्टि भएको थियो । दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । छैटों संक्रमित भने आज संक्रमित भएको मन्त्रालयले पुष्टी गरेकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएका परीक्षणमा छैटौं व्यक्तिको नमुना पोजेटिभ देखिएको हो । आज काेराेना संक्रमण देखिएकी युवती बाग्लुङकी हुन् । उनकाे थप जानकारी भने आउन बाँकी नै छ । नेपालमा हालसम्म ११ सय ८४ जनामा कोभिड-१९ को परीक्षण गरिएको छ। त्यसमध्ये ११ सय ७८ मा सङ्क्रमण नदेखिएको र पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्ब रूपैयाँ जम्मा

काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा जम्मा जानकारी दिएका छन् । कोषका लागि सहयोग गर्नेहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको नेपाल आयल निगम ५० करोड रुपैयाँ र नेपाल फेडफरवार्डस एसोसिएसन ७ लाख ६ हजार १०१ रहेको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राविधकरण १५ करोड रुपैयाँ र नेपाल दूर सञ्चार कम्पनी लिमिटेड १२ करोड रुपैयाँ रहेको छ । अर्थ मन्त्रालयअन्तर्गतका नेपाल धितोपत्र बोर्ड तीन करोड रुपैयाँ, निक्षेप तथा कर्जा सुरक्षण कोषको तीन करोड रुपैयाँ, नेपाल स्टक एक्चेन्जबाट तीन करोड ५१ लाख रुपैयाँ, नागरिक लगानी कोष दुई करोड रुपैयाँ, क्लियरिङ र डिपोजिट कम्पनी एक करोड ३५ लाख रुपैयाँ, बिमा समिति पाँच करोड रुपैयाँ, राष्ट्रिय बिमा संस्थान एक करोड रुपैयाँ, कर्मचारी सञ्चय कोष पाँच करोड रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंक एक करोड ८५ लाख रुपैयाँ, नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कोष खडा गर्ने वित्तिकै ५० करोड राखिएको जानकारी दिँदै मन्त्रिपरिषद्ले मन्त्रिहरुको एक महिनाको तलब राख्ने भएको निर्णय गरेको छ, चैत महिनाको रकमबाट स्वतः कट्टी हुन्छ । अर्थमन्त्री डा खतिवडाले सबै सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए । “कोषको कार्यविधिका आधारमा कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्नुपर्ने हुन्छ” अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले भने,“कोषको रकम सङ्कलनका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ, खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुन्छ, कुनै पनि निकायले कोषको खर्च गर्नका लागि अर्थ मन्त्रालयलाई लेखी पठाउनुपर्छ ।” उनका अनुसार अर्थ मन्त्रालयले आदेश दिएपछि मात्र महालेखा नियन्त्रकको कार्यालयबाट निकासा हुन्छ । “कोरोना रोकथामका लागि वित्तिय व्यवस्था पनि जरुरी छ, यहाँको खर्च सबै पारदर्शी हुनेछ”–उनले भने “महालेखा, मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयबाट पनि जानकारी लिन सक्नुहुनेछ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व नै संकटमा परेको बेलामा नेपालले पनि त्यो लडाई लड्न सहयोगी हात चाहिने बताए। “राष्ट्र संकटमा परेको बेलामा जनताले राष्ट्रलाई सहयोग गर्नुपर्छ, भोलिका दिनमा यसले नपुगेकामा हामी फेरी सहयोगका लागि आग्रह गर्छौँ ।”कोष सदस्य सचिव विडारीका अनुसार कोषमा रहेको रकम कोरोना भाइरससम्बन्धी कार्यमा खर्च गरिनेछ । यदी कोषमा रकम बाँकी रहेमा प्रधानमन्त्री दैविक उद्धार कोषमा सरेर जानेछ । रासस