विकासन्युज

कोरोनाले प्रभावित : ‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौं’

काठमाडौं । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण काम ठप्प भएपछि हातमुख जोर्न समस्यामा परेका विपन्न परिवारलाई जिल्लाका स्थानीय सरकारले सहयोग गर्न शुरु गरेका हो । यसैक्रममा जिल्लाको बन्दीपुर गाउँपालिकाले छ वटै वडाका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरी खाद्यान्न वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका असहाय, अपाङ्ग तथा मजदूरका परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले विभिन्न वडाका ५१७ परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको वडा नं. मा १८५, वडा नं ४ मा १४८ र वडा नं. ५ मा १८४ गरी कुल ५ सय १७ परिवारलाई प्रतिपरिवार ३० किलो चामल वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । बाँकी तीन वटा वडाको तथ्याङ्क सङ्कलन भइरहेको छ । “हामी जनताको नजिकका सरकार हौं, जनतालाई भोकै मर्न दिँदैनौं”, अध्यक्ष थापाले भन्नुभयो, “छाक टार्न समस्यामा परेका जनताको जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो ।” तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले दैनिक ज्यालादारी गरेर गुजारा टार्ने मजदूर परिवारको विवरण निकालेर खाद्यान्न सामग्री वितरण शुरु गरिएको जानकारी दिए । छाक टार्न मुस्किल मजदूरलाई खाद्यान्न सहयोग गर्न वडाले राहत कोष खडा गरेको छ । उक्त राहत कोषमार्फत् वडाका २३० मजदूर परिवारलाई प्रतिपरिवार ३० किलो चामल, दुई किलो दाल, एक पोका नुन, एक लिटर खाने तेललगायत सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिकाका अन्य वडामा पनि विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । खाद्यान्न वितरणका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । दुई जनासम्मको परिवारलाई १० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गरिने भएको छ । चार जनासम्मको परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन तथा चार जनाभन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गरिने सुवेदीले बताए। त्यस्तै आँबुखैरेनी गाउँपालिकाले पनि वडा नं. ५ बाट खाद्यान्न वितरण शुरु गरेको छ । उक्त वडाका १२० जनालाई चामल, दाल, नुन, खाने तेललगायतका सामग्री वितरण गरिएको र अन्य वडामा पनि वितरणको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । व्यास नगरपालिकाले पनि ज्यालादारी मजदूर र विपन्न परिवारलाई खाद्यान्न वितरणका लागि तथ्याङ्क सङ्कलन सम्पन्न गरेको छ । प्रत्येक वडा कार्यालयमार्फत् प्राप्त भएको करिब तीन हजार ५०० जनालाई खाद्यान्न वितरण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनाएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा रहेका सामुदायिक वनले गाउँपालिकाको राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त वडामा रहेको दश वटा सामुदायिक वनले ५०/५० हजार रुपैयाँ उठाएर राहत कोषमा सहयोग गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिम अन्त्य गर्न सरकारले गरेको लकडाउनबाट सिर्जित समस्याबाट पीडित भएका नागरिकलाई राहत उपलब्ध गराउन राहत कोषमा रकम सहयोग गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ देवघाटका अध्यक्ष भोजराज नैनावस्तीले जानकारी दिए । रासस

कोरोना भाईरससँगै फैलिएका केही हल्ला र यथार्थ

काठमाडौं । नोबेल कोरोना भाईरस (कोभिड १९) र यसको त्रास संसारभर फैलिरहेको अवस्थामा योसँग सम्बन्धित भ्रामक सुचना, सिद्धान्त र दाबीहरु पनि त्यतिकै फैलिरहेको छ । कोरोनासँग सम्बन्धित यति धेरै भ्रामक सुचनाहरु फैलिरहेको छन् कि विश्व स्वास्थ्य संगठनले यसलाई ईन्फोडेमिक अर्थात सुचनाको महामारी भनेको छ । यो भ्रम ईन्टरनेट र मुख्य सुचना प्रदायकहरुमा जताततै फैलिएको छ । केही भ्रामक हल्ला र त्यसको यथार्थ यस्तो छः भ्रम– कोरोनाभाईस मानिसले बनाएको हो यथार्थ –कोरोना भाईरस मानिसले बनाएको र ल्यावबाट चुहिएर मानिसमा संक्रमण फैलिएको भन्ने हल्ला व्यापक रुपमा फिजिएको छ । यो हल्ला एकाएक सोसाल मिडियामा आएको थियो जोसँग कुनै पनि प्रकारको विश्वसिलो प्रमाणहरु थिएन र जुन समय बढ्दै गएपछि झनै धेरै विस्तृत रुपमा आउन थाले । सामाजिक संजालमा कसैले यसलाई चीनले बनाएको भाइरस भन्थे भने कसैले अमेरिकाले बनाएको भन्थे । चीन र पश्चिम दुवैको वैज्ञानिकहरुले यो सिद्धान्तलाई नकारेका छन् र अझै पनि यो भाईरस कहाँबाट आयो भन्ने कुरालाई पत्ता लगाउन सकेका छैनन् । अध्यनहरुले सार्स जस्तै यो भाईरस चमेरबाट अर्काे एक प्रजातिमा आएर मानिसमा आएका बताईरहेको छ तर यो ठ्याक्कै पुष्टि भने भएको छैन । भ्रम – लसुनको सेवन वा तिलको तेलले मालिस गर्दा कोभिड १९ निको हुन्छ यथार्थ – लसुन तपाईको स्वास्थ्यका लागि राम्रो हो । त्यस्तै पानी र भिटामिन सी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तपाईले अहिलेको समयमा कोरोना भाईरससँग सम्बन्धित यस्ता धेरै खबरहरु पढुन् भएको छ र कति जनाले त पालना पनि गर्नुभएको होला । तर कोरोना संक्रमणमा यी वस्तुको प्रयोगले निको भएको कुनै पनि प्रमाण छैन । लसुन खाने, हरेक १५–१५ मिनेटमा पानी खाने र भिटामिन सी खाने भन्ने सबै हल्ला हुन् । यस्तै कतिपय पोष्टहरुले शरीरमा तिलको तेलले मालिस गर्दा रक्सी खाँदा वा शरीरमा लगाउँदा कोरोना भाइरस संक्रमणबाट बच्न सकिन्छ भन्ने पनि हल्ला छ । त्यो पनि झुट हो । केही यस्ता केमिकलहरु छन् जस्तै ईथ्यानल, प्यारासेटिक एसिड जसले सतहमा रहेका भाईरसहरु मार्न सक्छ । तर यदि भाईरस तपाईको शरीरमा आईसकेको छ भने तपाईको नाकको मुनि वा छालामा यस्तो चिज राखेर निको हँदैन । यो बरु उल्टै खतारनाक हुनसक्छ । हालको लागि कोरोना भाईरसको लागि कुनै पनि उपचार छैन । यसको भ्याक्सिन बनाउन अध्ययनहरु भइरहेका छन् जुन बन्न एक वर्ष पनि लाग्न सक्छ । यो समयमा तपाईले गर्न सक्ने सकैभन्दा राम्रो उपाय भनेको तपाईले चिसो मौसममा वा रुघा–खोकी लाग्दा जे गर्नु हुन्थ्यो त्यही गर्नुहोस् । कुनै पनि फ्लुको लक्षण देखाएका मानिसहरु भन्दा कम्तिमा पनि तीन फिट टाढा बस्नुहोस्, हरेक पटक साबुन पानीले २० सेकेण्डसम्म हात धुनुहोस्, बारम्बार मुखमा हात नलैजानुहोस्, घर वा काम गर्ने स्थानलाई सफा राख्नुहोस् र खोक्दा–हाच्छ्यु गर्दा टिस्यु पेपर प्रयोग गनर्सहोस् र त्यसलाई तत्काल फाल्नुहोस् । भ्रम – सबैले मास्क लगाउनु पर्छ यथार्थ– यो भनाई देश पिच्छे फरक छ । अमेरिकाको रोग नियन्त्रण रोकथाम केन्द्र सीडीसीको अनुसार जो सन्चो छन् उनीहरुले मास्क प्रयोग गर्नु पर्दैन । यस्तै युएस सर्जन जेनरल एड्म्सले पनि भनेका छन्, मास्क राम्रोसँग लगाउन जानिएन भने झनै त्यसले संक्रमण बढाउँछ । स्वस्थ मानिसले मास्क प्रयोग गर्दा अर्का अस्वस्थ मानिस, स्वास्थ्यकर्मीले प्रयोग गर्न नपाउने र झनै संक्रमण बढ्ने अमेरिकाले बताउँदै आएको छ । तर एसियाली राष्ट्रहरुले भने सार्र्वजनिक यातायातमा हुँदा मास्क प्रयोग गर्न सुझाव दिएका थिए । हङकङ्का स्वास्थ्य विशेषज्ञहरुले भने सामान्य मानिसले एन ९५ मास्क प्रयोग गर्न नहुने बताएको थियो । यसलाई लगाउन र निकाल्न विशेष ज्ञान हुनुपर्ने उनीहरुले बताएका थिए । नेपालमा पनि स्वास्थ्य विशेषज्ञहरुले मास्कलाई प्राथमिकता दिएका छैनन् तर मासिनहरु जस्तो पनि मास्क प्रयोग गरिरहेका छन् । र, कतिपय समयमा मेडिकल मास्क धोएर पटक पटक प्रयोग गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि फेस मास्क महत्वपूर्ण नरहेको बताउँदै आएको छ । भ्रम– गर्मीले भाईरस मर्छ यथार्थ– विश्व स्वास्थ्य संगठनको अनुसार हात सुख्खा बनाउने मेसिनले भाईरसलाई मार्दैन । यस्तै गर्मीले पनि भाईरसलाई मार्दैन भन्ने पुष्टि भईसकेको छ । भ्रम– बालबालिकालाई भाईरस लाग्दैन यथार्थ– यो भाईरस जुनै पनि उमेरको जस्तो सुकै व्यक्तिलाई लाग्न सक्छ । यद्यपि धेरै संक्रमणका केसहरु वयस्क व्यक्तिहरुमा बढि देखिए पनि बालबालिकाहरुलाई पनि यसले असर गरेको छ र मृत्यु पनि भएको छ । भ्रम – कोरोना भाईरस लागेपछि मरिन्छ यथार्थ– हाल संसारभर कोरोना भाईरसको कारण मृत्यु हुने संख्या ५ प्रतिशत रहेको छ भने निको हुनेको संख्या २० प्रतिशत छ । कोरोना भाईरस संक्रमण भएका मानिसहरुमा सामान्यत सास फेर्ने नलिमा समस्या आउने, ज्वरो आउने, खोकी लाग्ने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई यसले बढि असर गर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

नेपालमा पनि एक व्यक्तिबाट अर्काेमा सर्यो कोरोना, एकै दिन ३ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । यस्तै, भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ । कैलालीका ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण फेला परेको छ । उनी कैलालीकै कोरोना संक्रमित पुरुषकी आफन्त हुन् । ३४ वर्षीय महिलामा कोरोनो संक्रमण देखिएसँगै नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।

एनआईसी एशियाकाे अनलाईन खातामा २१ लाख बीमा, पहिलाे मोबाइल बैंकिङ्गमा ५ सय फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय रुपैयाँ सम्म रकम फिर्ता दिने भएको छ । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहकलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् । खाता नम्बरको आधारमा ग्राहकले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्ने व्यवस्था छ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५ सयसम्म रकम फिर्ता पाउन सक्नुहुनेछ । यसबाहेक देशभरका २ हजार ५ सयभन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार रुपैयाँ सम्मको रकम फिर्ता पाउने व्यवस्था छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको कठिन अवस्थामा आफ्ना ग्राहक सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । । बैकले मुलुकभरी ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । हालसम्म २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । भने बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले पछिल्लो समय बित्तिय संख्या नपुगेको दुर्गम ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

लकडाउनमा थप कस्तो सेवा दिदैंछ नेपाल टेलिकम ?

काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको बेलामा थप कस्तो सेवा र सुविधा दिदैछ भन्ने आमचासो रहेको छ । भूकम्पको बेलामा भ्वाइस सेवाको जति महत्व र औचित्य हुन्थ्यो लकडाउनको अवधिमा भने इन्टनेटमा थप सुविधा दिनु त्यति नै आवश्यक रहेकोले सोही अनुसारको सेवा प्रवाहमा केन्द्रीत रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भुकम्पको बेलामा ग्राहकहरुलाई निःशुल्क भ्वाइस सेवा दिनु त्यस बेलाको लागि आवश्यक भएकोले अहिलेको लकडाउनमा इन्टरनेट सेवाका जरुरी रहेकोले आवश्यक मोडेल अपनाएर सोही अनुसारको सेवा दिने काम भइरहेको बताए । ‘भुकम्पको बेलामा हामीले निशुल्क भ्वाइस सेवा दियौं, अहिले इन्टरनेटको आवश्यकता बढी छ, यसका लागि विभिन्न प्याकहरु ल्याएका छौँ, संकटको बेलामा हाम्रा ग्राहकलाई आवश्यक सुविधा दिन हामी सदैव तयार छौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने । उनले सस्तो दरमा गुणस्तरीय इन्टरनेट सुविधा प्रदान गर्न टेलिकमले विभिन्न प्याकहरु ल्याएको जानकारी दिए । यी हुन् टेलिकमका प्याकेज टेलिकमले आफ्ना नियमित ग्राहकहरुलाई लक्षित गरेर ईन्टरनेट र डाटा प्याकमा सुविधा दिन आवश्यक ठानेकोे छ । लकडाउनको अवधिमा सबै जना घरमा रहने र इन्टरनेटको प्रयोग धेरै हुने भएकोले टेलिकमले सोही अनुसारको सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ । सय रुपैयाँ ४ जिबी डाटा सामान्य अवस्थामा टेलिकमले सय रुपैयाँमा १ जिबी डेटा दिने गरेको थियो । लकडाउनको समयमा सोही मूल्यमा ३ जिबी डेटा थप गरेर जम्मा ४ जिबी डेटा पाइन्छ । यो डेटाप्याक ७ दिनमा उपभोग गरिसक्नुपर्छ । सो बोनस रकम फोरजी नेटवर्क सेवा अन्तर्गत चल्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले सो सेवा आगामी २६ गते राती १२ बजेसम्म लागू हुने तथा उक्त डाटा प्याक लिएको अवधिबाट ५ दिनसम्म खपत गर्न मिल्ने योजना रहेको जनाएको छ । २ सय रुपैयाँमा १० जिबी डेटा सामान्य अवस्थामा २ सय रुपैयाँमा २ जिबी डेटा पाइन्थ्यो । टेलिकमले लकडाउनको समयमा सोही मूल्यमा थप ८ जिबी डेटा बोनस दिएर २ सय रुपैयाँमा १० जिबी डेटा दिइरहेको छ । २ सय रुपैयाँमा लिइएको १० जिबी डेटा पनि ७ दिनमा नै उपभोग गरिसक्नुपर्छ । सय रुपैयाँमा २ सय ८५ मिनेटको भ्वाइस कल ग्राहकले *1415*10# डायल गरेमा ७ दिनका लागि भ्वाईस कल सुविधा पाउँन सक्ने छन् । सो सुविधा अनुसार सय रुपैयाँमा २ सय ८५ मिनेटसम्म एनटीसीका अन्य ग्राहकहरुसँग कुरा गर्न सकिनेछ । ‘पहिले डिजीटल टपअपको जमाना थिएन, अहिले प्रविधिको पहुँच ग्राहकमा बढ्दै गर्दा जस्तो माग आयो त्यस्तै काम गरिरहेका छौँ, तत्कालका लागि ईन्टरनेटमै माग बढ्दो छ, हामीले इन्टरनेटमा सकेसम्म सुविधा दिने प्रयास गरिरहेका छौं, प्रबन्ध निर्देशक अधिकारीले भने । साथै, सरकारले स्थापना गरेको कोरोना भाईरस (कोभिड १९) को कोषमा समेत नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम कर्मचारीहरुको तर्फबाट २ करोड तथा टेलिकम आफैले १० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक रिङव्याक टोन अहिले टेलिकमा जीएसएम, सिडीएमए वा ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरस (कोभिड १९) बाट जोगिने र अपनाउनु पर्ने सावधानीका उपायबारे जनचेतनामुलक सन्देश सुन्न पाइन्छ । महामारीको बेलामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि टेलिकमले दिएको यो सेवा पनि सह्रानीय छ ।

केहि महिनामै नेपाल भित्रिँदैछन् यी बाइक तथा स्कुटर, सम्भावित मूल्यसहित

काठमाडौं । विभिन्न मोटरसाइकल ब्राण्डहरुले हरेक वर्ष नेपाली बजारमा आफ्ना नयाँ मोडेलहरु भित्र्याउने गरेका छन् । यसरी भित्रिएका मोटरसाइकल मध्ये धेरैजसो भारतबाटै आएको पाइन्छ । अहिलेसम्मको ट्रेन्डलाई विचार गर्दा प्रायजसो मोटरसाइकल भारतमा लञ्च भएको २ देखि ३ महिना पछि मात्र नेपाल आइपुगेको देखिन्छ । यस वर्ष पनि भारतमा विभिन्न मोटरसाइकलहरु सार्वजनिक भएका छन् । ती मध्ये नेपाली बजारमा प्रवेश गर्न तम्तयार भएर बसेका केहि मोटरसाइकलका वारेमा चर्चा गर्नेछौं । रोयल इन्फिल्ड कन्टिनेन्टल जिटि ६५० कन्टिनेन्टल जिटिलाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यो एउटा क्याफे रेसर मोटरसाइकल हो र यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल–ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ । यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओयल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी ६–स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले कन्टिनेन्टल जिटि ६५० लाई छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । लञ्च पश्चात् सो बाइकको नेपाली बजार मूल्य १३ लाख रुपैयाँ को हाराहारी पर्ने अनुमान गरिएको छ । टिभिएस आइक्युव टिभिएसले केहि महिना अघि मात्र भारतमा ‘आइक्युव’ नामक इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । सो स्कुटरमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले स्कुटरलाई ७८ केएमपीएचको उच्चतम् गति प्रदान गर्न सक्दछ । त्यसैगरी यसमा रहेको २.२५ किलोवाटआवर लिथियम–आयन ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरको यात्रा तय गर्न सक्दछ । टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ । आइक्युवमा ‘इकोनोमी’ र ‘पावर’ गरी दुइओटा राइडिङ्ग मोडहरु प्रदान गरिएका छन् । आइक्युवको मुल्य भारतमा १ लाख १५ हजार रुपैयाँ तोकिएको छ । भारतमा एक लाख रुपैयाँ पर्ने मोटरसाइकल अथवा स्कुटर नेपाल आइपुग्दा त्यसको मूल्य ३ लाख २५ हजार रुपैयाँको हाराहारी पर्न जान्छ । यो तथ्यका साथै इलेक्ट्रिक वाहनमा नेपाल सरकारले दिएको उल्लेखनीय भन्सार छुटलाई समेत आधार मान्ने हो भने आइक्युवको नेपाली बजारमूल्य २ लाख ५० हजार रुपैयाँ देखि ३ लाख रुपैयाँसम्म कायम हुने सम्भावना रहेको छ । बजाज चेतक बजाजको ‘चेतक’ एउटा इलेक्ट्रिक स्कुटर हो जसमा ३ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश छ र जसलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ भने ८० प्रतिशत चार्ज हुन साढे ३ घण्टा र २५ प्रतिशत चार्ज हुन १ घण्टाको समय लाग्दछ । बजाजको दावी अनुसार यो ब्याट्रीको आयु ७० हजार किलोमिटर रहेको छ अर्थात् स्कुटरले ७० हजार किलोमिटरसम्मको यात्रा गर्दासम्म पनि यो ब्याट्री सकुशल नै रहिरहन्छ । यस स्कुटरले ४.०८ किलोवाट (५.४७ एचपी) को उच्चतम पावर र १६ एनएमको उच्चतम टर्क उत्पादन गर्दछ । चेतकमा ‘इको’ र ‘स्पोर्ट’ गरी दुई राइडिङ्ग मोडहरु दिइएका छन् । यस स्कुटरले इको मोडमा ९५ किलोमिटरको माइलेज प्रदान गर्दछ भने स्पोर्ट मोडमा चाहिँ ८५ किलोमिटरको माइलेज प्रदान गर्दछ । सो स्कुटरको सुरुवाती मूल्य भारतमा १ लाख रुपैयाँ तोकिएको छ । चेतक पनि एउटा इलेक्ट्रिक स्कुटर भएको हुनाले नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँ देखि लिएर ३ लाख रुपैयाँ सम्म पर्न जाने सम्भावना प्रवल रहेको छ । केटिएम ३९० एडभेन्चर केटिएमको ‘३९० एडभेन्चर’ एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसमा लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषता रहेको छ । यसको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । खासमा यो बाइक अनरोड एवं अफरोड दुवैका लागि राम्रो नै मानिन्छ । केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ–डाइरेक्स्नल क्विक सिफ्टर समावेश गरेको छ । यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले बताए अनुसार नेपालमा ३९० एडभेन्चरलाई भित्र्याउने कुरा चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर चाहिँ किटान गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य वारे पनि केहि बताएको छैन । भारतमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५२ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुई तथ्यलाई आधार मान्ने हो भने ३९० एडभेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँ सम्म पर्न जाने देखिन्छ ।

विदेशी नागरिक फर्काउन धमाधम चार्टर्ड उडान गर्दै

काठमाडौं । नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म १ हजार ५ सयभन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् । यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुवै जहाज काठमाडौँ आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए । कतार एयरवेजको जहाज केहीबेरमा दोहा हुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेशियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेशिया एयरलाइन्सबाट फिर्ता लैजानेछ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौं जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ । रासस

कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो । अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिए । उनले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गरेका छन् । यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ । रासस