विकासन्युज

सुदुरपश्चिममा लकडाउनलाई थप कडाई गर्ने

काठमाडौं । सुदुरपश्चिम सरकारले लकडाउनलाई थप कडाइने गर्ने भएको छ । कोरोना भाइरस (कोभड- १९) को संक्रमण बढ्दै गएपछि आज बसेको मुख्यमन्त्रीकाे अध्यक्षतामा काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले सो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप प्रभावकारी बनाउन खोजिएको बताए । हालसम्म नेपालमा ९ जनामा  कोरोना भाइरसको पोजेटिभ देखिएको छ भने सुदुरपश्चिमकाे मात्र  ४ जना संक्रमित रहेका छन् । आज मात्रै ३ जनामा भाइरस देखिएको पुष्टि भईसकेको छ । प्रदेश नं. सातमा मुख्यमन्त्रीकाे अध्यक्षतामा आज बसेको काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले गरेका यस्ता छन् निर्णयहरू :

बागमती प्रदेशमा उद्योग परिसंघद्धारा राहत प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघले बागमती प्रदेशलाई खाद्य सामाग्री सहयोग गरेको छ । कार्यक्रममा ‘बागमती प्रदेश उद्योग परिसंघ’का संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामाग्री उपलब्ध गराएका हुन् । परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि बागमती प्रदेशलाई सो सामाग्री उपलब्ध गराएको हो । भने अन्य स्थानिय तहमा नि सहयोग प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेट प्रदेशका मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएका हुन् । नेपालका सवै प्रदेश लगायत काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने जनाएको छ । पछिल्लो विषम परिस्थितीमा ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत संघले आग्रह गरेको छ । कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन सो स्थानमा काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बन्धमा परिसंघ सबैलाई अपिल गरेको छ ।

यी हुन् नेपालमा देखिएका ९ जना कोरोना संक्रमित, को कुन ठाउँको ?

सांकेतिक तस्वीर काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिसकेको छ । नेपालमा कोरोना भाइरसको जोखिम क मगर्नका लागि चैत १० गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । आजसम्म नेपालमा ६ जनामात्र कोरोना भाइरसको बिरामी भएपनि आज कैलाली रकञ्चनपुरमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । काे कुन ठाउँको हुन् ? १. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् । २. दाेस्राे १९ वर्षकी महिला  हुन् । उनलाई  १० गते काेराेना भाइरस देखिएको थियो । ३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । ४.  चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । ५.  पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् । ६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् । ७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२ अर्थात आज काेराेना भाइरस देखिएको हो । ८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ अर्थात आज कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् । ९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ अर्थात आज नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

लक्ष्मी हुन्डाईले गर्याे ‘हुन्डाई केयर’ कार्यक्रमकाे शुरुवात

काठमाडौं । नेपालको लागि हुन्डाई मोर्टसको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ कार्यक्रमको शुरुवात गरेको छ । कोरोना भाईरसले निम्त्याएको संकटलाई मध्यनजर गरी उक्त कार्यक्रमको सुरुवात गरेको हो । जसले हुन्डाईका ग्राहकलाई यस कठिन समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै पनि कठिनाई आएमा सहायता प्रदान गर्नेछ । ‘हुन्डाई केयर’ कार्यक्रमले वारेन्टी भएका सबै हुन्डाईका गाडीको वारेन्टी दुई महिना थप्ने जानकारी दिएको छ । उक्त समयमा नि शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरु समावेश गरिनेछ । हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यो कम्पनीले सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ ।

गण्डकी प्रदेशभित्र सुत्केरी र किरियापुत्री बाहेक सबैको विदा रद्द, सबै सरकारी कार्यालय खुला गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुखहरु अनिवार्य रुपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन र अन्य कर्मचारीहरुलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइएको छ । शनिबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्र, सामुदायिक क्षेत्र वा विश्व विद्यालय वा शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई कोभिड–१९ रोगको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा तयारी अवस्थामा राख्ने तथा त्यस्ता अस्पताल तथा संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासकका सुत्केरी विदा र किरीया विदा वाहेकका अन्य विदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका विदा समेत रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्न र राजीनामा समेत स्वीकृत नगर्नलाई संक्रामक रोग ऐन २०२० को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्वन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराउन निर्देशन दिएको छ । कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको काममा खटाइएका सरकारी निकाय, निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका कर्मचारीहरुले अनिवार्य रुपमा आ–आफ्नो जिम्मेवारी सम्हाल्न जाने गरी सामाजिक विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिने निर्णय भएकोछ । कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया विदा बाहेकका अन्य विदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका विदा समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारित अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

धनगढीका काेराेना संक्रमितसँगै २२ जना आएका थिए

काठमाडाैं । कैलालीमा भेटिएका कोरोना संक्रमितसँगै अन्य २२ जना नेपाल आएकाे खुलेकाे छ । चैत ११ गते नेपाल आएका उनीसँगै अन्य २२ जना रहेकाे कैलाली प्रहरीले बताएकाे छ ।  तर, गाैरिफन्टा नाकामा भने ९ सय ९९ जना मानिसहरू थिए । ती २२ जना तिनीहरुले क्वारेन्टाइनमा बस्नुको सट्टा आफ्नै घर गएको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा कोरोनाको लक्षण नदेखिएकोले घर गएकाे बुझिएकाे छ ।

मेगा बैंकबाट प्रदेश नम्बर १ र २ लाई ५/५ लाख रुपैंया सहयोग

काठमाडाैं ।  मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम, सरकारको लचकता नै ठूलो कमजोरी

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९)को उच्च जोखिममा सुदूरपश्चिम प्रदेश देखिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिले नेपालमा पनि तीव्र रुपमा देखिन थालेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरस पा्जेटभि देखिसकेको छ । त्यसमा एकजनालाई सञ्चो भएर घर फर्किसकेका छन् । नेपाल कोराना भाइरस (कोभिड(१९)को उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य सङ्गठनले पनि भनिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएकामध्ये विदेशबाट नेपाल आएकामा मात्र कोराना भाइरस संक्रमण भएको भेटिएको थियो । आज मात्रै कैलालीमा एक जना महिलामा कोरोना पोजेटिभ देखिएसँगै अब नेपालमा पनि एक व्यक्तिबाट अर्कोमा सर्ने प्रक्रिया शुरु भइसकेको छ । यो ससँगै कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश देखिएको छ । हासम्म नेपालमा देखिएका कोरोना संक्रमित मध्ये चार जना सुदूरपश्चिमका रहेका छन् । एक साता अगाडि मात्रै कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाका हुँै लार्खौ मानसिहरुले नेपाल प्रवेश गरेक थिए । तिनिहरुमा पनि दक्षिण भारत, मुम्बई, दिल्ली, उत्तर प्रदेशलगायतका राज्यहरूबाट आएका थिए । भारतमा यो भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको बेला भारतबाट स्वदेश आउने नेपालीहरुको संख्याले नै अब नेपालमा कोरोनाको जोखिम बढ्न सक्ने धेरैले अनुमान गरिसकेका थिए । अहिले आएर त्यो अनुमान सावित हुन थालेको छ । किनभने आज अर्थात शनिबार मात्रै भारतबाट आएका दुई जनामा कोरोना भाइरस पोजेटिभ पुगि भएको छ । योभन्दा अगाडि संक्रमित भनेर अस्पतालमा उपचाररत रहेका युवाकी भाउजु नाता पर्नेलाई कोरोनाको लक्षण् देखिएको छैन । तर, उनलाई कोरोना पोजेटिभ देखिएको छ । भारतबाट लाखौं नेपाली सुदूरपश्चिममा अहाएका छन् । उनीहरुमा पनि कोरोना छैन भन्न कसरी सकन्छि ? भारतबाट २३ फागुनदेखि १० चैतसम्म १ लाख ४३ हजा ३ सय २५ जना नेपाल प्रवेश गरेको तथ्याङ्क छ भने चैत ११ गते मात्रै ९ सय ९९ जना थौरिफन्टा नाकाबाट नेपाल आएका थिए । तर, ती सबै क्वारेन्टाइनमा छैनन् । सबै आ आफ्नो काममा व्यस्त भइसकेका छन् । सरकराले चैत १० गतेनै देश लकडाउनको घोषणा गरिसकेको थियो । छिमेकी देश भारतमा नै लक डाउनको उल्लंघन गर्नेलाई प्रहरीले कडाभन्दा कडा कारबाही गरिरहेको छ । आ सर्वसाधारण नागरिकको स्वास्थ्यको लागि गरिएको यो लकडाउन उनीहरुले नै उल्लंघन गरेपछि उनीहरुलाई कारबाही गर्नै पर्छ । किनकी यसमा सम्पूर्ण नेपालीको स्वास्थ्यको सवाल छ । उल्टै, सुदूरपश्चिम प्रदेश सरकारले सरकारले गरेको नीनि नियम तथा लकडाउन उल्लंघन गर्दै सबैलाई २६ बसमा राख्दै जिल्ला जिल्लामा पुर्यायो । यदि ती एक लाख ४४ हजार जना मध्ये कोहीमा कोरोना भाइरस देखियो भने सुदूरपश्चिममका पहाडी जिल्लाहरुको अवस्था के होला ? सुदूरपश्चि सरकारले यति सम्म पनि सोच्न सकेन । उल्टै उनीहरुलाई १४ दिन घरमै क्वारेन्टाइनमा बस्न सम्झौता गर्दै घर पठायो । उनीहरुले पनि सरकारले भनेको मानिदियो भने हुन्थ्यो । यो क्वारेन्टाइन सरकारकै लागि यो भने जसरी क्वारेन्टाइनमा नबसेर घरपरिवारसँग मज्जाले बस्न थाले । आम जनताका लागि गरिएको यो लकडाउन सर्वसाधारणदेखि सरकारका उच्च पदस्थबाटै उल्लंघन भएको छ । यदि नेपाल सरकारले समयमै सचेत भइदिएको भए नेपालले अहिले यो अवस्था भोग्नु पर्ने थिएन । उल्टै सरकार मन्त्रीहरु नेपाल कोरोनामुक्त देश भनेर प्रचार प्रसारमा लागे । आज कैलालीमा तीन जनामा देखिएसँगै प्रदेश सरकारको आँखा खुला भएको छ । पहिलेको भन्दा सल्बलाएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उपचारमा थप प्रभावकारी बनाउने बताएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने गरी काम गरिरहेको उनको भनाइ छ। तर, जब पर्यो राति तब बुढी ताति भने जस्तै गर्नु बद्धीपना होइन । अब सुदूरपश्चिममा मात्र होइन सरकारले कर्फ्युको घोषणा गर्नु पर्छ । सबैभन्दा पहिले सुदूरपश्चिम सरकारले कर्फ्युको घोषणा गरी सुदूरपश्चिमवासीको स्वास्थ्यको ग्यारेन्टी गर्नु पर्छ ।