विकासन्युज

कोरोना उपचार कोषमा सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग

  काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना उपचार कोषमा १६ लाख रुपैयाँ दिएर सहयोग गरेको छ । हाल माहामारीको रुपमा विश्व भर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध नेपाल सरकारकोतर्फबाट संक्रमण रोकथामको प्रयासलाई सह्राना गर्दै सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ । ‘कोरोना भाइरसबाट आपूm पनि बचौँ, अरुलाई पनि बचाऔँ’ भन्दै कम्पनीले लकडाउन अवधिभर घरमै बसी नेपाल सरकारको प्रयासमा सहयोग गर्न सर्बसाधारणलाई अपिल पनि गरेको छ ।

केएल दुगड समुहले गर्यो कोहलपुर क्षेत्रमा खाद्य वितरण

काठमाडौं । केएल दुगड समुहले बाके जिल्लाको नेपालगञ्च कोहलपुर क्षेत्रमा खाद्य सामाग्री वितरण गरेको छ । कोहलपुर न.पा. वडा न.. ७, १४ तथा १५ मा ४ सय परिवारलाई, चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वार्ड हरु मा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई बितरण गरेको हो । उक्त खाद्य समाग्री बितरणमा वडाका वडा अध्यक्षको उपस्थिती रहेको थियो । कोरोना भाइरसको महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयले पहिचान गरेका गर्दै खाद्य समाग्री बितरण गरिएको केएल दुगड समुहका प्रदिप छाजेडले बताए । उक्त समुह ले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्गलाई सहयोग गर्दै आइरहेको र भबिस्यमा पनि गरिरहने प्रतिवद्धता जायर गरेको छ ।

दुई जिल्लाका चेम्बर अफ कमर्सले गरे कोरोना नियन्त्रणका लागि सहयोग

काठमाडौं । म्याग्दी र नुवाकोट चेम्बर अफ कमर्सले कोरोना भाइरस विरुद्ध रोकथामका लागि सहयोग गरेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै नगद, माक्स लगायतका सामानहरु वितरण तथा सुपथ पसल संचालन शुरु गरेको छ । म्याग्दी चेम्बर अफ कमर्सले म्याग्दी जिल्लाका ६ स्थानीय तह बेनि अस्पताल सहित र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकालाई १ हजार थान सर्जिकल माक्स वितरण गरेको छ । नुवाकोट चेम्बर अफ कमर्सले नुवाकोट जिल्ला प्रहरी कार्यालयलाई र नुवाकोट सशस्त्र प्रहरीलाई माक्स वितरण गरेको छ ।

धनगढीकी महिलामा लक्षण बिनै काेराेना देखियाे

काठमाडाैं । शनिबार काेराेना संक्रमण देखिएकी धनगढीकी महिलामा काेराेना भाइरसकाे कुनै लक्षण नदेखिएकाे बताइएकाे छ । आज कोरोना देखिएकी युवती धनगढीका काेराेना संक्रमित युवककी भाउजु हुन् । चिकित्सकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् । तर, उनमा भने ती कुनै लक्षण नदेखिएकाे बताइएकाे हाे । सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले उनमा काेराेनाकाे लक्षण नदेखिएकाे तर नमुना संकलन गरी परीक्षण गरिसकेपछि रिपाेर्ट पाेजेटिभ देखिएकाे बताए । हाल, सेती प्रादेशीक अस्पतालमा अपचाररत चारै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेका अस्पतालले बताएकाे छ ।

नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्रीले गरे बहराइनका प्रमुखसँग संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा वलीले बहराइनमा रहेका नेपाली श्रमिकको अवस्थाबारे त्यहाँका प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै बहराइनमा रहेका नेपालीको अवस्था बारे बहराइनका प्रधानमन्त्री राजकुमार खलीफा बिन सलमान अल खलीफालाई सम्पर्क गरि त्यहाँको बारे जानकारी लिएका हुन् । बहाराइनका प्रधानमन्त्रीसँग फोनमा संवाद गरेको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिँदै यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्ने छु जानकारी दिएका छन् । कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको सो मुलुकमा हालसम्म १२ जना नेपाली कोरोना संक्रमित छन् । पछिल्लाे समय बहराइनमा कोरोना ६ सय ७३ जना कोरोना संक्रमित छन् भने ४ जनाको मृत्यु भएको छ । त्यस्तै ३ सय ८८ जना उपचारपछि घर फर्किएको छन् ।

मास्क, स्यानीटाइजर, पीपीइ र टेष्टिङ बुथ बन्न थाले नेपालमा, तर कच्चा पदार्थ र श्रमिककाे अभाव

  काठमाडौं । काेराेना संक्रमणले महामारीकाे रूप लिएसँगै नेपालमा मास्क, स्यानीटाइजर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीकाे उत्पादनकाे लागि निजी क्षेत्रले सकारात्मक प्रयास थालेका छन् । तर, कच्चा पदार्थ र जनशक्तिकाे अभावमा यी बस्तुहरूकाे उत्पादन कठिन भएकाे उनीहरूले बताएका छन् । पछिल्लाे समय स्टील, सिमेन्ट लगायत उत्पादनशील उद्योगकाे क्षेत्रमा सफलता चुम्दै आएकाे शंकर ग्रुपले विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्ने भरपर्दाे विकल्पको रुपमा रहेको मास्क उत्पादन गर्ने उद्योग स्थापना गरेकाे छ । तर उद्योग स्थापना गरिए पनि कच्चा पदार्थ र कामदारको अभावमा उत्पादन सुरु गर्न नसकिएको शंकर ग्रुपका प्रबन्ध निर्देशक सुलभ अग्रवालले जानकारी दिए । ‘विश्व बजारमा नै मास्कको अभाव भएको देखियो, संक्रमणबाट बच्च परपर्दाे विकल्पको रुपमा रहेको मास्क उत्पादन गर्नको लागि उद्योग स्थापना पनि गर्यौं, तर विश्व बजारमा आवश्यक कच्चा पदार्थ पनि पाइएन, काम गर्ने कर्मचारी पनि पाइएन, त्यसैले उद्योग संचालमा ल्याउनै सकेनौं,’ प्रबन्ध निर्देशक अग्रवालले विकासन्युजसँग भने । आफूहरुले दैनिक १ लाख पिस मास्क उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरेकाे उनले बताए । विश्वका अधिकांश देशमा भएका लकडाउनका कारण ढुवानीमा समस्या भएको तथा विश्वभर उच्चमाग रहेका कारण मास्क उत्पादनको लागि चाहिने कच्चा पदार्थ पाउन पनि नसकिएकाे उनले सुनाए । त्यस्तै, आइएमएस ग्रुपले पनि मास्क उत्पादन शुरू गरेकाे छ । दैनिक ७५ हजार  पिस मास्क उत्पादन क्षमताकाे उद्याेग लगाए पनि जनशक्तिकाे अभागले दैनिक ५० हजार पिसभन्दा कम उत्पादन भइरहेकाे ग्रुपका अध्यक्ष दीपक मल्हाेत्राले बताए । मास्क उत्पादनमा प्रयाेग हुने फेव्रिक शुरूमै ५ टन ल्याएकाेले अहिले अभाव नभएकाे तर स्लास्टिक किन्न नपाएकाेले उत्पादन बन्द हुने अवस्था आएकाे उनले बताए ।   नेपाली उद्याेगहरूले साधारण प्रकृतिकाे मास्क उत्पादन गर्न थालेपनि मेडिकाल मास्क उत्पादन हुन नसकेकाे जानकारहरू बताउँछन् । विश्वभर काेराेना महामारी फैलिएपछि र नेपाली बजारमा उपभाेक्ताले किन्न नपाउने अवस्था देखिएपछि नेपाली व्यवसायीहरूले मास्क, स्यानीटाइजर, पीपीइका सामान उत्पादन गर्ने उद्याेग खुल्न थालेकाे औषाधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए ।  स्यानीटाइजर उत्पादन गर्नका लागि पहिलाे पटक उद्याेगिहरूले अनुमति मागेकाे र चैत महिनामा मात्र ९ वटा उद्याेगलाई अनुमति प्रदान गरिएकाे उनले जानकारी दिए । मास्क र पीपीइका सामाग्री उत्पादन गर्ने बारेमा पनि व्यावसायीहरूले अनुमति माग्न आएकाे तर यसकाे लागि औषाधि व्यवस्था विभागकाे अनुमति नचाहिने जानकारी दिएपछि उनहरू फर्किएकाे बताए । उता महाविर पुनकाे अगुवाइमा स्थापना भएकाे राष्ट्रिष आविस्कार केन्द्रले पीपीइ उत्पादन थालेकाे छ ।अहिलेसम्म आविष्कार केन्द्रले ७५० पीपीइ बनाइसकेकाे पुनले बताए । तर महाविर पुनकाे लागि पनि दक्ष जनशक्ति कच्चा पदार्थकाे अभाव भएकाे छ । ‘कच्चा पदार्थ पनि पाउँदैन । जनशक्ति पनि पाउँदैन । घरघरमा गएर अनुराेध गरेर काम गर्ने केही मान्छे ल्याएर काम गरिरहेका छाैं’ पुनले विकासन्युजसँग भने । उनले दक्षिण काेरियामा काेराेना जाँचकाे लागि विकास गरिएकाे प्लास्टिक बुथकाे  फाेटाेसहित ट्वीट गर्दै लेखेका छन्, ‘फोटोमा देखाए जस्तो चिज बनाउने साहस भएको कोहि ईन्जिनियरहरु हुनु हुन्छ? मेरो सम्पर्क  ९८४१५९२३६१ हो । यस्तो चिज बनाउन राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण सहयोग गर्नेछ। दक्षिण कोरियामा यस्तो बुथ बनाएर कोरोनाको बिरामीहरुलाई जाच्ने गरेको रहेछ । खासै गाह्रो देखिएन यस्तो चिज बनाउन । लौ त । ट्वीट गरिएपछि केही इन्जिनियरहरू सम्पर्कमा आएकाे र काम पनि शुरू भएकाे उनले बताए । ‘दक्षिण काेरियामा काेराेना जाँचकाे लागि विकास गरिएकाे प्लास्टिक बुथ बनाउने कार्यमा सफलता मिलिरहेकाे छ । हामीले काम शुरू गरेकाे छाैं । त्यस्ताे बुथ बनाउन सकिन्छ । केही दिन पर्खनुहाेस्’ उनले भने ।  

कोरोना संक्रमितः नाका छलेर चोरबाटाे अपनाए, न क्वारेन्टाइनमा बसे

काडमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा देखिएका कोरोना संक्रमितले मुख्य नाका छलेर चोरबाटो अर्थात अर्कै नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश आएका थिए । तर, नेपाल सरकारले त्यतिसम्म अर्थात चैत्र ११ गते लकडाउन घोषणा गरिसकेको थियो । भारतबाट आएका नेपाली सीमा नाका गड्डाचौकी र त्रिनगरमा अलपत्र परे । तिनीहरुमध्ये धेरैले सरकारको आँखा छले । कतियय महाकाली नदिबाट पौडी खेलेर नेपाल प्रवेश गरे भने कतिपयले विभिन्न जंगल हुँदै स्वदेश आए । सरकारको आँखा छलेर तिनीहरुले स्वदेश त प्रवेश गरे तर आफुले संयमता अपनाएनन् । बरु आफुलाई कोरोना नलागेको भनेर फुर्ती गर्दै घर परिवारसँग बस्न थाले । सरकारले गरेकाे लकडाउनकाे धज्जी उडाउँदै नाकामा नारा जुलुस गरे ।   अन्तिममा केही नलागेपछि सरकारले उनीहरुलाई गाडीमा राखेर जिल्ला-जिल्लामा पुर्यायो । घर पुगेपछि उनीहरुले क्वारेन्टाइनमा बस्न उचित ठानेनन् । प्रदेश सरकारले उनीहरुसँग १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने सम्झौता गर्दै जिल्ला-जिल्लामा त पठायो तर उनीहरु त्यसप्रति सजग बनेनन् । बरु यो सरकारलाई दोष दिँदै सरकारको लागि हो जसरी घमण्डका साथ काम गरी परिवारसँग घुलमिल गरे । फलस्वरुप आज कैलालीमका भारतबाट आएका दुई जनामा कोरोना पोजेटिभ देखियो । उनीहरु दुवै जनाले चोरबाटो अपनाएका थिए । उनीहरु दुवैले मुख्य नाका छल्दै लुकेर भारतबाट आएको पाइएको छ । ती दुबैजना भारतबाट फर्किएका हुन्। कैलालीका कोरोना संक्रमित युवक ११ गते ९ सय ९९ को भीडमा गौरीफन्टामा थिए।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो। नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको थियो। तर, कञ्चनपुरमा भेटिएका संक्रमित भने चाेरबाटाे अपनाएर स्वदेश फर्केका थिए । स्रोतका अनुसार उनी लकडाउनको अवस्थामा गड्डाचौकी नाका बन्द रहेको अवस्थामा चैत्र १४ गते ब्रम्हदेव हुँदै कञ्चनपुर पुगेका थिए । संक्रमित एकजना भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् उनी कञ्चनपुरको वेदकोट नगरपालिकाका हुन् । अर्को संक्रमित कैलालीका २१ वर्षीय पुरूष हुन् र उनी मुम्बइबाट फर्किएका थिए । यसरी मुख्य नाका छलेर चोरबाटो अपनाउने धेरै छन् । अब उनीहरु पनि बढी जोखिममा छन् । सरकारले आम नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिरहेको बेला नागरिकहरु नै सरकारले आफ्नै लागि गरेको हो भन्ने जसरी वेवास्ता गर्दा नेपालमा नै जोखिम बढेको छ । सम्पूर्ण नेपालीका लागि अपनाएको यो विधि र सजगतालाई एक/दुई जनाले वेवास्ता गर्नु सम्पूर्ण नेपालीको स्वास्थ्य माथि खेलबाड गर्नु हो । यति बेला आफ्नो स्वास्थ्य मात्र होइन अरुको स्वास्थ्य र जीवनका लागि पनि सजग बनिदिनु पर्छ ।

कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, दाेस्राे चरणमा के हुन्छ ?

काठमाडौं । नेपाल काेराेना संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ । शनिबार एकैदिनमा तीनजना कोरोना संक्रमित भेटिए सँगै नेपाल काेराेनाकाे दास्राे चरणमा प्रवेश गरेकाे हाे । नेपालमा बाहिरबाट आएको संक्रमण संक्रमितसँग सम्पर्कमा आएको व्यक्तिमा देखिएको छ । नेपाल शुक्रबारसम्म मात्र कोरोना संक्रमणको पहिलो चरणमा थियो अर्थात कोरोना संक्रमण फैलिएको देशबाट नेपाल मानिसहरुको संक्रमणहरु उनीहरुमै सिमित थियो । स्वास्थ्य मन्त्रालयको अनुसार शुक्रबारसम्म १३ सय ५६ जनामा कोरोना परीक्षण भएको छ जसमा आजको सहित गरेर ९ जनाको नमुना परिक्षण पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नेपाल संक्रमणको पहिलो चरणमा बताउँदै आएको थियो जुन आजबाट दोस्रो चरणमा प्रवेश गरेको छ । यो एउटा खतराको संकेोत हाे । चैत १४ गते कोरोना पोजेटिभ देखिएको व्यक्तिको आफन्तमा ८ दिनपछी कोरोना संक्रमण देखिएको हो । व्यक्तिको राम्रोसँग क्नट्याक ट्रेसिङ नहुनु, क्वारेन्टाईनमा कडाई नगरेकाे याे घटनाबाट प्रष्ट हुन्छ । कोरोना भाईरस फैलिने चार चरण हुन्छ १.पहिलाे चरणः पहिलो चरणमा त्यस्ता व्यक्ति संक्रमित हुन्छन् जो कोरोना संक्रमण भएको देशबाट यात्र गरेर फर्किएका हुन्छन् । २.दोस्रो चरण संक्रमणको दोस्रो चरणमा भाईरस स्थानिय तहमा फैलिन्छ र संक्रमित व्यक्तिहरु ति हुन् कुनै न कुनै तरिकाबाट संक्रमण फैलिएको देशबाट आएका संक्रमित व्यक्तिहरुसँग संक्रमणमा आएका हुन्छन् । ३. तेस्रो चरण वा क्मयुनिटी ट्रान्सिमिसन यो संक्रमणको निकै नै खतरनाक चरण हो । यो चरणमा कुनै पनि व्यक्ति संक्रमण भएको कुनै पनि देशमा यात्रा नगरी वा भाईरसबाट संक्रमित व्यक्तिको संक्रमणमा नआई आफै संक्रमित हुन्छ । ४.चौथो चरण यो चरणमा भाईसले महामारीको रुप लिईसकेको हुन्छ र यसबाट हजारौं मानिसहरु संक्रमित भई ज्यान गुमाउन पुग्छन्