विकासन्युज

घर जान पाइने भन्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकार काठमाडौंमा रहेकाहरुलाई घर जान दिने भन्ने निर्णयबाट पछि हटेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । तर, त्यसको केही समयपछि पुनः सरकारले सो निर्णय नगरेको भन्दै आएका समाचार गलत भएको जनाएको छ । बिहिबार पोखरेलको नेतृत्वमा यातायात व्यवसायीहरु समेत गरेर यसको विषयमा बैठक बसेको थियो । सो बैठकले घर जान दिने भन्ने त निर्णय गर्यो । त्यो निर्णय गरेकाे केहि समयमै सामाजिक सञ्जालमा केही मतभेद आएपछि सरकार सो निर्णयबाट पछि हटेकाे हाे । रक्षामन्त्री पोखरले ट्वीट गर्दै भनेका छन्,- ”काठमाडाैं प्रवेश गर्न नपाइने तर काठमाडाैंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ’ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को गंभीर ध्यानाकर्षण भएको छ ।” यस किसिमको कुनै निर्णय नभएको, कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको छ ।’ यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । ‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।’- उनले ट्वीटमा भनेका छन् । तर, याे भन्दा अगाडि सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको बताएका थिए । तर, अहिले नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । मन्त्रीले अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए । कोभिड-१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए ।

यातायात व्यवसायी भन्छन्ः हामीलाई पनि स्वास्थ्य चुनौती छ, यो अवस्थामा गाडी कसरी चलाउने ?

काठमाडौं । यातायात व्यवसायीहरुले यो अवस्थामा गाडी चलाउन नसकिने बताएको छ । कोरोनाको उच्च जोखिम रहेको अवस्थामा यातायात व्यवसायीहरुलाई गाडी चलाउन धेरै चुनौती भएकोले गाडी चलाउन नसकिने बताएका छन् । आज सरकारले रभोली र पर्सी काठमाडौंमा रहेका हरुले आ–आफ्नो जिल्ला जान सक्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने निर्णय गरे पनि यातायात व्यवसायी भने यसमा आनाकानी गरिरहेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो अवस्थामा गाडी चलाउन एकदमै चुनौती भएकोले सरकारले निश्चित मापदण्ड बिना गाडी चलाउ भन्नु उचित नभएको बताए । विश्व कोरोना भाइरससँग लडिरहेको बेला हामीले जिल्ला जिल्लामा गएर यात्रुलाई पुर्याउनु स्वास्थ्यका लागि निकै जोखिम हुने उनको भनाई छ । ‘हामी बिहिबार गृहसचिव महेश्वर न्यौपानेसँग बसेको यातायात व्यवसायीहरुको बैठकमा भोलि गाडी चलाउने सक्ने विषयमा कुराकानी गरेका थियौं, तर त्यसको ठोस निर्णय हुन सकेन,’ उनले भने । उनले व्यवासायी तथा गाडी चालकलाई केही सहज र उचित मापदण्ड गरे मात्र गाडी चलाउन सकिने बताएका छन् । स्पष्ट नीति तथा निर्देशन बमोजिम आफुहरु चल्ने भएकोले यसको लागि स्पष्ट ढंगले निर्णय गरी व्यवसायीलाई निर्देशन दिनु पर्ने उनको भनाई छ । सरकारले गरेको नीति नियममा आफुहरुले चल्नु पर्ने भएकोले सही र स्पष्ट निर्णय गरे आफुहरु मान्न तयार भएको उनको भनाइ छ । उता सरकारले काठमाडौंमा रहेकालाई स्कटिङ गरेर घर पठाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकाे छ । बैशाख ३ गतेसम्म लकडाउनकाे मिति तय गरेकाे छ । विश्वभर र छिमेकी देश भारतमा पनि काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाेले नेपाल सरकारले फेरि पनि लकडाउनकाे मिति सार्न सक्ने सम्भावना बढी छ । त्यसैले पनि सरकारले काठमाडाैंमा गुम्सिएर बसेकाहरूलाइ घर पठाउने निर्णय गरेकाे हाे ।

एनएमबि बैंकले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्याे १०० थान पीपीई

काठमाडौं । एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी १०० थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले चैत २७ गते बिहीबारको दिन उक्त सरकारका चिकित्सकका लागी आवश्यक पीपीई हस्तान्तरण गरेको हो । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड-१९ विरुद्धकाे  स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त पीपीई प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईलाई मुख्य मन्त्रि कार्यालय, बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन्। कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । ‘यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं’, प्रदेश प्रमुख घिमिरेले भने ।

कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्यांकमा निर्भर रहेका छन् । मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन । सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ । अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए । यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ । चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो । यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ । कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ । तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् । त्यो अनुमान हो । तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ । टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्नुहुन्छ, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।” डा फानले भन्नुभयो, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ । तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ । न्यूयोर्क शहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोनाभाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए । तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ । तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्न र सुताउन । अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिए । केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पु–याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन् । “यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,” ह्याबाउसले भने । भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भन्नुभयो, “कोरोनाभाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ ।” विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन । तर कोरोनाभाइरसका बिरामीलाई भेन्टिलेटरमा “सात दिन, १० दिन, १५ दिन” राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,” न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए । भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ । विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन् । न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए। तर उनले भने, “यो सबै प्रयोगात्मक नै हुनेछ ।” “भेन्टिलेटर उपचारात्मक होइन । बिरामीको शरीरको पुनः सुधार हुँदासम्मका लागि यो सहयोगी उपाय मात्र हो,” फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले बताए । नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उनले निकै सफलता हासिल गरे । ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताए। “भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ ।” रासस/एपी

बैंक विलयसँगै अध्यक्ष पद गुमाएका बैंकर्स गोरु जोत्दै

काठमाडौं । जीवन यात्रा लामो छ । लामो यात्रा कठिन हुन्छ । उकाली, ओराली, घुम्ती, सप्ठ्यारा, अप्ठ्यारा, अनेक–अनेक । विष्णु प्रसाद धितालको केशमा यस्तै छ । उनी तीन वर्षअघि एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । एनसीसीमा मर्ज भएपछि उनी सोही बैंकको सञ्चालक थिए । बैंक सञ्चालक समितिमा हुनुको मजा नै फरक छ । अर्बौ पुँजीको मालिक । सर्वसाधारणले कमाएको पैसा राख्ने थलो पनि बैंक । टाईसुट लगाएका सयौ कर्मचारी मातहतमा । सुविधा सम्पन्न अफिस । बैठक भत्ता नै दिनमा ८/१० हजार । खाजा/नास्ता स्वाद फेरी–फेरी । कर्जा माग गर्ने व्यवसायीहरु बैंकका अध्यक्ष र सञ्चालकहरुलाई फकाउन आउने । राजनीतिक नेताहरु आफ्ना कार्यकर्तालाई कर्जा दिन फोन गर्ने । पत्रकारहरु अन्तरवार्ता लिन आउने । गाडी अफिसको । ड्राइभर अफिसको । फोन, पत्रपत्रिका खर्च अफिसको । होटलमा खानपीन गर्यो, विल अफिसको नाममा । बैंकका अध्यक्ष र सञ्चालकले पाउने नियमित सुविधा नै हुन् यी । उनीहरुले गर्ने राम्रा, नराम्रा कामको चर्चा यहाँ नगरौं । कसलाई लोभ लाग्दैन यस्तो जिन्दगीमा । त्यसैले बैंकहरु मर्ज गर्नु पूर्व ठूलो वहस हुन्छ । को अध्यक्ष बन्ने, को सञ्चालक बन्ने भन्ने विषयमा । कहिलेकही नसोचेका घट्नाहरु हुन्छन् । एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धिताललाई यस्तै भएको छ । मर्जपछि उनी ठूलो विवादमा परे । कर्जा अपचलनको आरोप लाग्यो । प्रहरीले पक्राउ पनि गर्यो । पछि धरौटीमा छुटे । एनसीसी बैंकको सञ्चालक पद गुम्यो । उनी दोषी छन् वा निर्दोष, अहिले अदालतमा बहस जारी छ । फैसला आउन बाँकी छ । खेत जाेत्दै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक विष्णु धिताल Gepostet von Bikashnews.com am Donnerstag, 9. April 2020 अहिले उनी के गर्दै होलान् ? लाग्ला उनी अरु ठूलै व्यापारमा छन् । होइन । उनी अचेल गृह जिल्ला लम्जुङमा पुगेका छन् । दुधपोखरी उनको स्थायी घर हो । हाल खेती किसानीमा लागेका छन् । उनी गत सोमबार खेत जोत्दै थिए । हल गोरुको मुखमा मोला छ । हातमा अनो र लौरो । पछि–पछि उनका सहयोगिले मकै रोप्दै छन् । ३६ वर्षपछि मकै रोप्न लागेको उनले बताएका छन् । ‘आफू त कोरोनाको कहरमा गोरु जोतेर मैकै रोप्दै ३६ वर्षपछि’ उनले फेसबुकमा लेखेका छन् । उनले आफूले गोरु जोत्दै गरेको भिडियो पनि पोष्ट गरेका छन् । उनी नेपाली काँग्रेसको केन्द्रीय महासमिति सदस्य पनि हुन् । धेरै वर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय धिताल सामाजिक गतिविधिमा पनि सक्रिय बन्दै आएका छन् । उनको व्यक्तित्व पुरै गाउँले बनेको छ । साधारण सर्ट, भित्र गञ्जी, पाइट र चप्पल लगाएर लमजुम्ङको दुधपोखरी पुलमा खिचेको फोटोमा ४७५ जनाले लाईक गरेका छन् र ५४ वटा कमेन्ट गरिएको छ । ती सबै कमेन्टमा उनको प्रशंशा नै छ, बैंक ठगेको, बदमासी गरेको कसैले पनि भनेका छैनन् । ‘म गाउँमा छु । खेतीपातीको काम गर्दैछु’ आफ्नो दैनिकीबारे उनले भने–‘सामाजिक काम गर्यो, राजनीतिक कृयाकलापमा सक्रिय भयो ।’ ‘भाषण गरेर मात्र हुन्न । अब कृषिमा क्रान्ति गर्नुपर्छ’ उनले विकासन्युजसँग भने । जग्गा जमिन थुप्रै होला नि ? उनले भने ‘२५/३० रोपनी छ । हामी ५ भाई छौं । ५/७ रोपनी भागमा आउँछ । काम गरेर खान पुगिहाल्छ नि ।’

सनराइज बैंकले सेती प्रादेशिक हस्पिटललाई वितरण गर्यो २५ थान पीपीई

काठमाडौं । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सेती प्रादेशिक हस्पिटललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सो मात्राको पीपीई हस्तान्तरण गरेको हो । बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री (पीपीई) हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेकोमा धन्यवाद दिएका छन् । बैंककाका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको बताए । बैंकले हालसम्म विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी (पीपीई) उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

त्रिवि स्नातक तह चौथो वर्षको पनि सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि स्नताक तह चौथों वर्षको सबै परीक्षा स्थगित गरेको छ । बिहिबार बसेको त्रिविको बैठकले अर्का सुचना नआएसम्मको लागि सबै परीक्षा रद्ध गरेको त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक डा‍. घनश्याम ठाकुरले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि बिएस्सी चौथों वर्ष, बिबिएस चौथों वर्ष र बि.एड चौथो वर्षको परीक्षा स्थगित गरेको हो । त्रिविले बुधबार नै पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीबारे अफवाह फैलाउने दुई पक्राउ

काठमाडाैं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य मन्त्रीबारे अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  खोटाङ ऐसेलुखर्क-१का २६ वर्षीय तारा नाछिरिङ, काभ्रे पनौती नगरपालिका-का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ छन्। उनीहरूले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको फोटो प्रयोग गरी मान मर्यादामा आँच पुर्‍याएको प्रहरीको भनाइ छ। उनीहरू बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बसिरहेका थिए। उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ले बन्देज गरेका सामग्रीहरू प्रकाशन गरेका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।