विकासन्युज

प्रभु बैंकद्वारा कर्णाली प्रदेशका ६ स्थानीय तहलाई खाद्यान्न र नगद सहयोग

काठमाडाैं । प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशिक कार्यालय कर्णाली सुर्खेतको सामन्व्य मा कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा चार लाख पचास हजार रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रदेशिक कार्यालयका सम्बन्ध अधिक्रित जगदिश चन्द्र मिश्रले बताए। उनका अनुसार बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको हो ।

कृषिजन्य सामाग्रीको उचित मूल्य र बजार व्यवस्थापन गर्न सरकारसँग माग

काठमाडौं । कृषिजन्य उत्पादित सामाग्रीको उचित मूल्यमा बजार र आपूर्ति व्यवस्थापन गर्न सहयोग गर्ने राष्ट्रिय किसान आयोगले सरकार समक्ष ध्यानकेन्द्रित गरेको छ । कोरोनाको फैलिएसँगै सरकारले गरेको लकडाउनबाट प्रभावित मानिसलाई सहज बनाउन सरकारले आवश्यक पर्ने सामाग्री ढुवानी तिर कृषि मन्त्रालय मार्फत कृषि आयोगले सरकारको ध्यान केन्द्रित गरेको हो । कृषकको लागि आवश्यक राहतका विशेष कार्यक्रम संचालन गराउने र यो अवस्थामा आन्तरिक बजारलाई अविलम्व नियमित र व्यवस्थित गर्न निश्चित मापदण्डको आधारमा ढुवानी सेवा नियमित रुपमा संचालन गर्नु पर्ने जनाएको छ । नेपाल सरकारले जारी गरेको निर्देशनलाई गम्भिरता पूर्वक पालना गर्दै अर्थतन्त्रमा उद्योग व्यवसाय, उत्पादन, दैनिक कामकाज र जन जीवनमा ठूला धक्का परिरहेको आयोगको भनाई छ । उद्योग, व्यवसाय ठप्प हुदाँ राज्यले ठूलो क्षति व्यहोर्न बाध्य छ । दुग्ध, तरकारी फलफूल उत्पादक किसानहरु, मत्स्य, कुखुरा, पालक र अण्डा उत्पादक किसानले आफ्नो उत्पादनको बजार नहुँदा ठूलो क्षति व्यहोर्नु परेको गुनासो रहेको छ ।

विज्ञहरुसँग छलफल गर्दै पौडेलले भने- आर्थिक संकट सुधार्न कृषि क्षेत्रलाई प्रथामिकता दिनुपर्छ

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत बिहिबार विज्ञहरुसंग छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, प्रो डा इन्जिनियर कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागि थिए । उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो । विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए । छलफलमा सहभागि डा स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए । छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए ।

मैत्री संघले दियाे २ सय थान पीपीई, ‘सूदुरपश्चिम प्रदेशमा वितरण गरिने’- खानेपानी मन्त्री 

काठमाडौं । नेपाल-भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा खटिन सूदुर पश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने २ सय थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र अन्य मेडिकल सामाग्री सहयोग गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको उक्त सामाग्रीहरु खानेपानी मन्त्री मगरलाई सिंहदरबारमा बिहीबार हस्तान्तरण गरेका हुन् । कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि सहयोग प्राप्त भएको आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीई मन्त्री मगरले सूदुर पश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताइन्। पीपीई लगायतका स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान गरेकी छिन् । साथै, यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन मद्दत पुग्ने उनले बताइन्। संघले सहयोग गरेको सामाग्रीहरुमा पीपीई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजर लगायत छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सूदुर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन्। सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई केन्द्र सरकारले यसअघि नै जिम्मेवारी दिएको थियो ।    

कोरोना अपडेट: विश्वमा ९० हजारभन्दा बढीको मृत्यु, संक्रमित १५ लाख ४४ हजार माथि

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट १५ लाख ४५ हजार ८ सय ६३ जना नागरिक संक्रमित भएका छन् । कोरोनाबाट ९० हजार १ सय ५९ जना नागरिकको मृत्यु भईसकेको छ । त्यस्तै ३ लाख ६० हजार ९ सय ७५ जना मानिसहरु उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय कोरोना भाइरसले संयुक्त राज्य अमेरिको अवस्था भयावह स्थिति पैँदा गरेको छ । अमेरिकामा बिहीबार मात्र १६ हजार ७ सय ५७ जना नागरिकमा कोरोना देखिएको छ । हालसम्म ४ लाख ३५ हजार १ सय ६७ जना मानिसमा कोरोना भाइरस देखिएको छ । अमेरिकामा १४ हजार ७ सय ९७ जना नागरिकको मृत्यु भएको छ । अन्य दिनको तुलनामा इटालीमा नयाँ कोरोना संक्रमितको संख्या तथा मृत्युदरमा कमी आएको देखिएको छ । इटालीमा कोरोनाबाट १७ हजार ७ सय २२ जनाको मृत्यु भएको छ भने १ लाख ३९ हजार ७ सय १५ जना संक्रमित छन् । स्पेनको १ लाख ५२ हजार ४ सय ४६ जना कोरोना संक्रमित छन् भने १५ हजार २ सय ३८ जना मानिसको मृत्यु भईसकेको छ । त्यस्तै पछिल्लो समय अमेरिकासँगै युरोपेली एवंम दक्षिण एसियाली मुलुकमा कोरोनाको संक्रमित बढ्दै गएका छन् । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना विश्वभरी पुगेको यो अवस्थामा बिहीबार मात्र १ सय ४ जना चिनीयाँ नागरिकमा कोरोना देखिएको छ भने ४ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ, त्यस्तै ८३ हजार ८ सय ८७ जना नागरिक संक्रमित छन् । ७७ हजार ७ सय ८० चिनीयाँ नागरिक उपचार पछि घर फर्किएका छन् । त्यस्तै अर्काे छिमेकी राष्ट्र भारतमा भने केहि दिन यता कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । आज मात्र भारत ४ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै ६ हजार २ सय ७६ जना मानिसमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । कोरोनाबाट भारतमा १ सय ८६ जनाको मृत्यु भईसकेको छ । हालसम्म नेपाल ९ जनालाई कोरोना पुष्टि भएको छ भने एक जनालाई निको भएको र अन्यको अवस्था पनि सामान्य रहेको छ ।

रसुवाका सांसद आचार्यले काेराेना अभियानमा खटिने स्वास्थ्यकर्मीलाई वितरण गरे स्वास्थ्य सामग्री

काठमाडाैं । रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवा लाई उपलब्ध गराइएको सामग्रीमा ४० थान पीपीई सेट, यसैगरि चस्मा चालीस थान, बुट ४० थान रहेको छ भने ४ सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा १५ सय थान रहेको छ । सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले धेरै सहज हुने बताए । यसअघि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । सांसद आचार्यले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउँदै आएका छन् ।

आरबीबीको सञ्चालक समिति श्रेष्ठको कार्य प्रगतिप्रति उत्साहित, उनी नै सीइओमा दाेहाेरिए

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनी बैंकमा चार वर्षका लागि पुनः  सीईओकाे रूपमा नियुक्त भएका हुन् ।  राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले उनलाई पुनः सीईओमा  निरन्तरता दिने निर्णय गरेकाे हाे । याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा दाेस्राे कार्यकाल भएकाे छ । श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले उनकाे कार्यकालमा उल्लेख्य प्रगति गरेकाे भन्दै पुनः उनलाई नै दाेहाेर्याउने निर्णय गरेकाे हाे। सीइओ श्रेष्ठको कार्यकाल सकिनु अघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । सोही समितिले  श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको बताइएकाे छ । उनले बैंककाे प्रगतिमा धेरै राम्राे राम्राे काम गरेकाे देखिएपछि साे समितले उनलाई नै सीईओकाे रूपमा दाेहाेर्याउने निश्कर्षसहित पुनः सीईओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । उनकाे कार्यकाल सकिनुअघि साे समितिले  उनीसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान पनि मागेको थियो । श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता निश्कषमा समिति पुगेकाे बुझिएकाे छ ।  श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा सीईओकाे रूपमा आइसकेपछि धेरै प्रगति भएकाे छ । खरावकर्जा घट्नेदेखि प्रविधिगत क्षेत्रमा बैंक अगाडि देखिएकाे छ ।  उनकाे नेतृत्वमा नै बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।

त्रिवि पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित गरेको छ । बिहिबार बसेको विश्वविद्यालयको बैठकले पोस्ट ग्रेजुऐट डिप्लोमाको ३ विषयको परीक्षा स्थगित गरेको त्रिवि अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक पशुपति अधिकारीले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका हो । त्रिविले बुधबार नै स्नातक तह चौथों वर्षको परीक्षा पनि रद्ध गरेको छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।