विकासन्युज

ओमान सरकारले सम्पूर्ण विदेशीलाई आफ्नो नागरिकसरह सेवा दिने

काठमाडौं । ओमान सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई समेत ओमान नागरिकसरह सम्पूर्ण सेवा दिने भएको छ । कोरोनाको फैलिएसँगै आफ्नो देशमा कार्यरत सम्पूर्ण नागरिकलाई ओमानी नागरिकसरह रोगको परीक्षण र उपचार नि शुल्क हुने व्यहोरा जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्दै ओमानका सरकार प्रमुखले सम्पूर्ण नेपालीलाई सुरक्षा र सहयोग गर्ने प्रतिवद्धता जायर गरेका छन् । त्यस्तै आजको मितिसम्म ओमानमा नेपालीलाई कोरोना संक्रमण भएको जानकारी प्राप्त नभएको ओमानस्थित नेपाली रानदूतावासले जानकारी दिएको छ । हालसम्म ओमानमा २ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । त्यस्तै ७२ जना नागरिक उपचार पछि घर फर्किएका राजदूतावासले जानकारी दिएको छ ।

जोन्टाले दैनिक ज्याला मजदुरलाई वितरण गर्याे खाद्यान्न प्याकेज

काठमाडौं । जोन्टा क्लब अफ काडमाडौंले कोभिड-१९ संकटको सामना गर्न दैनिक ज्याला मजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेको छ । जोन्टा क्लबले जोनसियन कमल तुलाधारको संयोजकत्वमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेकाे उक्त प्याकेज वितरण गरेकाे हाे । हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महान्काल, नागरजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई १००० खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ । जोन्टाले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरेकाे छ । यस्तो चुनौतिपूर्ण समयमा उनीहरुले आवश्यक पर्मिट लिएर जोन्टासँग कोभिड १९ संकटका कारण काम गर्न नसकेका दैनिक ज्याला मजदुरहरु प्याकेजहरु वितरण गर्न सहयोग गरेका छन् । जोन्टाले सम्पूर्ण जोन्टा परिवार र साथीहरु, मिडटाउनको रोटरी क्लब, सार्क च्यामबर वमन आन्ट्रप्रनिर काउन्शिल, साङग्रीला टोस्मास्टर्स, डा.सञ्जिव दास, संस्कृति स्कुलका शिक्षकहरु, डीएस स्टोर र हेलेना क्याफेलाई हामीलाई २४०० भन्दा बढि परिवारहरुसँग पुग्न सहयोग गरेर उनीहरुको हेरचाह गर्न मद्दत गरेकोमा  आभार प्रकट गरेकाे छ । शुरुवातमा ३०० परिवारमा पुग्ने लक्ष्य राखेकाे जाेन्टाकाे पहुँच हाल ८ गुणा बढेको छ । यससँगै, जाेन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्नेछ । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर-नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।

कोरोना सङ्क्रमितलाई आत्मबल बढाएर उपचारमा रहन मुख्यमन्त्रीको आग्रह

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझेका । मुख्यमन्त्री गुरुङले बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा जानकारी लिए मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले उनलाई फोन गरी नआत्तिकन आत्मबल बढाएर उपचारमा रहन आग्रह गरे । मुख्यमन्त्री गुरुङले युवतीसँगको कुराकानीमा मन दह्रो गरेर बसे छिट्टै निको हुने बताउँदै रोग निख्रेपछि मात्र घर जानुपर्ने सुझाव दिएकाे न्यौपानेले भने । सङ्क्रमित युवतीले आफ्नो स्वास्थ्यावस्थामा क्रमिक सुधार हुँदै गएको र चिकित्सक एवम् स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरिरहेको मुख्यमन्त्रीलाई जानकारी दिएका थिए । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं उनीसँग बेल्जियमबाटै ६५ वर्षीया एक अर्की महिला पनि आएका थिए । त्यही दिन आन्तरिक उडानमार्फत पोखरा आएकी उनीले पोखराबाट जीप रिजर्भ गरेर बागलुङ पुगेका थिए । चैत ४ गते कतार एयरवेजमा आएकी युवतीमा कोरोना देखिएपछि वृद्धाको पनि स्वाब परीक्षण गरिएको थियो । स्वाबको नमूना पोजेटिभ देखिएपछि अहिले बागलुङको धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचारत छन् । बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि अहिले दुवै धौलागिरि अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेको छ । पैँसट्ठी वर्षीया महिलामा दम रक्तचाप समस्या छ । युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले जानकारी दिए । गलकोट– नेपालमा पाँचौँ कोरोना संक्रमित बागलुङकी युवतीको स्वास्थ्यवस्थाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जानकारी लिए । मुख्यमन्त्री गुरुङले चैत १५ गते कोरोना पुष्टि भएसंँगै अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा उपचार गराइराखेकी १९ वर्षिया युवतीलाई फोन गरी स्वास्थ्यावस्थाबारे जानकारी लिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले जानकारी दिए । बेल्जियमबाट कतार हुँदै नेपाल आउने उनको स्वास्थ्यावस्था सामान्य रहेको मुख्यमन्त्रीसँगको कुराकानीमा युवतीले जानकारी दिइन् । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई दुई मिनेट ३० सेकेण्ड फोनमा कुराकानी गर्दै पर्याप्त पानी पिउनसमेत सुझाव दिए। नआत्तिकन आइसोलेसनमा बस्न युवतीलाई मुख्यमन्त्रीले आग्रह गरे ।

यात्रु घर पठाउने गाडीको व्यवस्था सरकारले नै गर्ने, कुन-कुन रूटमा चल्छन् ?

काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई घर आफ्नो जिल्लामा जाने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । स्रोतका अनुसार लकडाउनको कारण काठमाडौंमै रहेका नागरिकहरुलाई सरकारले स्कटिङ गरेर घर पठाउने छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । अब सरकारले उनीहरुको सहजका लागि दुई दिन गाडी उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लामा जानका लागि सरकारले नै गाडीको व्यवस्था गर्ने स्रोतले बतायो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले तयारी गरिरहेको छ । घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको स्रोतले जानकारी दिएको छ । स्राेतका अनुसार उपत्यका बाहिरका सबै जिल्लामा केही सीमित गाडीहरूकाे व्यवस्था गरी घर पठाइने बताएकाे छ । हालसम्म गाडी कुन-कुन जिल्ला पठाइने हाे वा कुन-कुन रूटमा गाडी चलाइने हाे भन्ने यकिन खुलेकाे छैन । तर, यात्रुकाे संख्या हेरेर गाडी पठाउन सकिने बुझिएकाे छ ।

भाेलि र पर्सी काठमाडाैं बाहिर जान पाइने, कुन-कुन गाडी चल्छन् ?

काठमाडाैं । सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई सरकारले अब बाहिर जान दिने भएकाे छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदैछ । स्राेतका अनुसार सरकारले गाडीकाे बन्दाेबस्त गरेर पठाउने छ । सरकारले निश्चित गाडीहरू तय गरे नागरिकलाई उपत्यका बाहिर जाने तयारी गरिरहेकाे बताइएकाे छ । जसअनुसार सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्नेछन् । यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।  

बजारमा मापदण्ड विरुद्धको हेण्ड स्यानिटाईजर, ध्यान दिएर मात्र किन्नुहाेस्

काठमाडौं । बजारमा मापदण्ड विरुद्धको हण्ड स्यानिटनईजर ब्रिक्रि भईरहेको पाईएकाे छ । बजारमा मापदण्ड विरुद्धको विषाक्त मेथानोल समावेश भएको र तोकिए बमोजिमको अल्कोहल नभएको हेण्ड स्यानिटाईजर बिक्रि भईरहेको औषधी व्यवस्था विभागले जनाएको हो । मापदण्ड पुरा गरेका हेण्ड स्यानिटाईजरमा ७० देखि ८० प्रतिशत रक्सी हुनुपर्न र उक्त रक्सीमा ईथाईल अल्कोहल र ईसोप्रोपाईल अल्कोहल हुनुपर्न विभागका महानिर्देशक नारयण प्रसाद ढकालले बताए । भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कार्यकल्प आर्युवेद फर्माबाट गुणस्तरहीन ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर’ लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको थियाे । त्यस्तो कुनै पनि मापदण्ड विरुद्धको हेण्ड स्यानिटाईजर बिक्रि नर्गन विभागले बताएको छ । साथै स्यानिटाईजर खरिद गर्दा उल्लेखित विवरण लेबलमा यकिन गरेर मात्र किन्न विभागले सबैलाई आग्रह गरेको छ ।  

लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय

लकडाउनकाे अवधिमा बैकिङ सेवा सुचारू गर्न निकै कठिन छ । कठिन अवस्थामा पनि अवसरहरू हुन्छन् । यतिबेला नगद काराेबार कठिन बन्दै गएकाे छ । याे अवस्थामा  हामी मोबाइल बैंकिङ प्रवर्द्धन गर्नको लागि रणनीतिक रुपमा लागि रहेका छौं । डिजिटल बैंकिङ सम्बन्धी सचेतना गर्नको लागि हामीले विभिन्न च्यानलहरु प्रयोग पनि गरिरहेका छौं । पहिलो, मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने मनासायले ग्राहकहरुसँग विभिन्न माध्यममार्फत सम्पर्कमा छौं । जस्तै विभिन्न प्रकारका सामाजिक संजालमार्फत डिजिटल बैंकिङ सम्बन्धी सचेतनात्मक सामग्रीहरु पस्किरहेका छौं । यसमार्फत हामी उहाँहरुलाई मोवाईल बैंकिङ चलाउन सिकाइरहेका छौं । दोस्रो, मोवाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र यस एपलाई चलाउन प्रेरित गरिरहेका छौं । उक्त कार्यलाई सहज गराउन कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेका छौं । कल सेन्टर तथा डेडिकेटेड कार्यदलमार्फत ग्राहकलाई यथाशिघ्र सेवा पनि दिइरहेका छौं । त्यसैगरी, तेस्रो चरणमा हामी बैंकका ग्राहकलाई मोवाईल बैंकिङमा देखिएका समस्या हल गर्नका निम्ति सपोर्ट गरिरहेका छौं । त्यसको लागि हामीले एउटा टोली बनाएका छौं । जसबाट दैनिक सयौंको सङ्ख्यामा ग्राहकलाई मोबाइल बैंकिङमार्फत मोवाइल बैंकिङ चलाउन सिकाउने तथा यसमा रहेका विभिन्न प्रडक्ट फिचर बुझाउने काम गर्छौं । यदि कुनै ग्राहकलाई गाह्रो वा मोबाइल बैंकिङ चलाउन समस्या भइरहेको छ भने हाम्रो कल सेन्टर वा डेडिकेटेड कार्यदलका सदस्यको डाइरेक्ट मोवाइलमा सम्पर्क गर्न सक्नुहुनेछ, हामी ग्राहकको समस्या यथासिघ्र समाधान गर्नेछौं । मोबाइल बैंकिङमा आकर्षण लकडाउन भइसकेपछि हामी ग्राहकसँग झन बढी नजिक भएका छौं । लकडाउन हुनुभन्दा पहिले पर्याप्त समय नहुँदा ग्राहकलाई यस्तो समस्या आउन सक्छ भनेर भन्ने मौका नै पाएनौं । ग्राहकसँग समन्वय गर्ने समय पनि त्यति भएन । ग्राहकले सोच्नै नपाएको समयमा लकडाउन भयो । तर, हामीसँग धेरै ग्राहक थिए । उनीहरुले त्यसको सही प्रयोग गरिरहेका थिएनन् । प्यासिभ युजर नै बढी थिए । तर, धेरै ग्राहक अहिले सक्रिय भएका छन् । लकडाउन लगतै हामीले हाम्रो मोवाईल बैकिङ सेवा लिएका तर प्रयोग नगरी रहेका ग्राहकलाई फोन गरेर सेवा सम्वन्धी जानकारी दियौं । हजारौको सङ्ख्यामा कल गरेका थियाैं । धेरै ग्राहकहरु खुसी पनि हुनुभयो, यस्तो समयमा हामीलाई सूचित गराउनुभयो भनेर । अहिले धेरै मानिसहरु फुर्सदमा हुनुहुन्छ । धेरैजना सामाजिक सञ्जालमा भएको हुनाले हामीले सामाजिक सञ्जालमार्फत यो सेवा सम्बन्धी जानकारी दिइरहेका छाैं । यो समयमा माछापुच्छ्रे बैंक तथा समग्र बैंकिङको हिसावमा कूरा गर्ने हो भने मोबाइल बैंकिङका ग्राहकको संख्या त्यति बढेको छैन । नम्बर नबढे पनि एक्टिभ युजरर्स भने बढेका छन् । पहिले एक्टिभ युजरर्सहरु कम थिए । म यस्तो सुविधा लिन्छु भन्ने खालका ग्राहक अहिले बल्ल आउनु भएको छ । पहिले १ सय जना मोबाइल बैकिङ भएका ग्राहक हुन्थे भने त्यसमा २० जनामात्र एक्टिभ युजरर्स हुन्थे । तर, अहिले सेवा सूचारु गर्ने शतप्रतिशतले नै मोबाइल बैंकिङमार्फत कारोबार गरिहनु भएको छ । कतिपय मानिसलाई अहिलेसम्म एप्लिकेसन चलाउन आएको थिएन । अहिले फुर्सद भइसकेपछि घरपरिवारमा बुबाआमालाई छोराछोरीहरुले पनि मोबाइल बैंकिङ सिकाइरहेका छन् । कतिपयले पहिलेको पासवर्ड बिर्सिसक्नु भएको रहेछ । उहाँहरुको पासवर्ड रिसेट गरिदिने लगायतका सेवाहरु दिएर हामी सहयोग गरिरहेका छौं । पहिलेका प्यासिभ युजरहरु अहिले एक्टिभ भएर मोबाइल बैंकिङको एप्लिकेसन चलाउन थाल्नुभएको छ । माछापुच्छ्रे बैंकको हालसम्म करिब ४ लाख ५० हजार मोबाइल बैंकिङका ग्राहक छन् । करीव ३५ हजार ग्राहक इन्टरनेट बैंकिङ चलाउने छन् । कार्ड प्रायोगकर्ता करिब दुई लाख ५० हजार छन् । मोबाइल बैंकिङमा के–के गर्न पाइन्छ ? मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै काम गर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेट, टिभी, खानेपानी, बीमा शुल्क, स्कूल कलेजकाे फि तिर्न लगायतका बिल तिर्न सकिन्छ । खासगरी माछापुच्छ्रे बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सकिन्छ । मोवाईल मार्फत फिक्स डिपोजिट गर्दा ०.५ प्रतिशत प्रिमियम पनि प्रदान गरिरहेका छौं । मोबाइल बैकिङका विशेषताहरु माछापुच्छ्रे बैंकलगायत धेरै बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटीसी, एनसेलको मोबाइल रिचार्ज गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न, वालेज टपअप गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न तथा क्युआरकोड मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथि उल्लेख गरेको माछापुच्छ्रे बैंकको मोवाईल बैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखिको रकम ग्राहकले आफ्नो अनुकुल समयमा मुद्दती निक्षेपमा राख्न सक्नुहुन्छ । एक लाखसम्मको कारोबार विभिन्न मिडिया मार्फत, ग्राहकले पैसावाट पनि कोरोनाको संक्रमण हुने थाहा पाएपछि, पैसाको प्रयोग घट्दै गएको मैले पाएको छु । सकेसम्म र सम्भव भएसम्म ग्राहकले क्युआर, पिओएस तथा विभिन्न वालेटको प्रयोग गरिरहेको पाइएको छ । विभिन्न सुपरमार्केट, अनलाईन सप, तथा पसलहरुले पैसाको विकल्पको रुपमा डिजिटल पेमेन्टलाई लिइरहनु भएको छ । हालको लागि अति उपयोगी पेमेन्ट अप्सनको रुपमा क्युआरलाई लिन मिल्छ । सहजै पेमेन्ट गर्न सकिने तथा संक्रमणको डर पनि नहुने भएकाले । अनलाइन डेलिभरी सुरु गर्नुभएको व्यापारीहरुले पनि यसलाई अत्याधिक रुपमा प्रयोग गरिरहनु भएको छ । उहाँहरुले घरमै क्युआर लिएर कारोबार गरिरहनु भएको छ । हामीले ठूलो रकमको कारोबार गर्नेदेखि सानो दैनिक उपभोग्य सामान खरिद विक्री गर्नेसम्मका लागि यो सेवा प्रदान गरिरहेका छौं । मोबाइल बैंकिङ मार्फत ग्राहकहरुले दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि दिनमा एकलाख रुपैयाँ तिर्न सक्ने तथा लोड गर्न सक्ने सुविधा छ । औचित्य, अवसर र जोखिम करिब एक वर्षभन्दा अगाडि, जतिखेर क्युआर आयो, त्यतिखेर मोबाइल बैकिङलाई ट्रान्जेक्सन अलर्ट टूल्सको रुपमा मात्र हेरिन्थ्यो । अहिले विस्तारै पेमेण्टमा पनि मोबाइल बैकिङ हुन सक्छ भनेर मोबाइल बैकिङको प्रयोग राम्रो ग्रोथ रेटमा बढ्दैछ । अहिले पनि लकडाउन भइसकेपछि मानिसहरुलाई मोबाइल बैकिङ चाहिँदो रहेछ र यो क्यासअल्टरनेटिभ रहेछ भनेर सोच्ने फुर्सद भएको छ । यो हिसाबले हेर्दा लकडाउन पश्चात मोवाईल बैंकिग प्रयोगकर्ता अझै बढ्ने सम्भावना छ । मोबाइल बैकिङले मानिसको जीवनलाई सहज बनाइदिएको छ । विभिन्नखालको कष्टहरु घटाइदिएको छ । यो पेमेन्ट सर्भिससँग जोडिएर आउने विभिन्न कम्पनीहरुले बढी अवसर सिर्जना गरिहेका छन्, जस्तै वालेट । मोबाइल बैकिङको प्रयोग हुन्थेन भने नेपालमा धेरै वालेट सर्भिसहरु आउँथेन । उनीहरुको विजनेसले अहिले जसरी एग्रेसिभ रुपमा काम गर्थेन । यसको प्रयोग वाइड स्प्रेड हुने थिएन । तर, अहिलेको अवस्थामा जसरी मोबाइल बैकिङको प्रयोग बढ्दै गएको छ, त्यसरी नै अवसहरु पनि बढ्दै जानेछन् । बैंकलाई पनि ग्राहकहरु बैंकमा नै नआएर विभिन्न सेवा सुविधाहरु दिने अवसर पनि दिएको छ । यसले बैंकलाई कर्मचारी घटाउन अथवा जनशक्तिको कम परिचालन गर्न मद्दत पनि गर्न सक्छ । अर्कोतर्फ बैंकको खर्च कटौती गर्न पनि सहयोग गर्छ । विशेष गरी मोबाइल बैंकिङले बैंकहरुको अपरेशनल खर्च घटाउन ठूलो सहयोग गर्छ । यही अनुपातमा भविष्यमा एक्टिभ युजर बेस बढेको खण्डमा, बैंकहरुले प्रविधिमा ठूलो फड्को मार्ने अवसर प्राप्त गर्नेछन् । हालको विषम परिस्थितिले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । मोबाइल बैकिङको मुख्य चुनौती यसको सुरक्षाको हो । यसको सेवा सुविधामा कति सुरक्षा हुन्छ भन्ने हो । यो प्रविधि हो, प्रविधिमा सानोतिनो रिक्स जहाँ र जहिले पनि हुन्छ । तर, यसलाइै बैंकहरुले न्युनिकरण तथा कम गरिरहेका छन्। हामी पनि त्यही अनुसार अगाडि बढिरहेका छौं । नेपालमा क्यासलेसको सम्भव सरकारले पनि अहिले क्यासलेस भुक्तानीलाई फोकस गरिरहेको छ । लकडाउनको अवस्थामा, विशेषत सहरी क्षेत्रमा अहिले पनि क्यासलेस जस्तो भइसकेका छौं । अहिले मानिसलाई नगद समाउँदा पनि रिक्स छ । त्यसले पनि मोबाइल बैंकिङको अवसर सिर्जना गरिदिएको छ । हामी यो तीन हप्तासम्म क्यासलेस जसरी नै बसेका छौं, त्यो परिस्थिति मनन् गर्दा क्यासलेस भुक्तानी सम्भव छ । सरकारले क्यासलेसमा जाने निर्णय गरेमा अझ सहज हुनेछ । बानी पर्नको लागि केही समय अप्ठेरो महसुस हुन सक्छ । त्यो समयमा मानिसहरुले आफूलाई अपग्रेट गर्ने मौका पाउँछन् । नेपालमा स्मार्टफोन होल्डरहरुर बढी भएको कारणले पनि यो सम्भव छ । प्रतिशतको आधारमा हेर्ने हो भने बैकिङ प्रणालीमा आवद्ध हुनेहरुको संख्या पनि राम्रो छ । भारतको जति गाह्रो नहोला तर सम्भव अवश्य छ । विश्वसनियता हामीले हाम्रो मोबाइल बैकिङ र इन्टरनेट बैकिङ आफैले उत्पादन गरेको प्रडक्ट नभए पनि किनेको प्रडक्ट हो । तर, ती सबै सेवाहरु हाम्रै बैंकमार्फत नै संचालित हुन्छ । आफ्नो बैंकको डेटाहरु पनि बैंककै अधिनमा र डेटा सुरक्षाको लागि उचित सुरक्षा प्रणाली अपनाइएको हुन्छ । उचित सुरक्षा प्रणाली, व्यवस्थित आन्तरिक नियन्त्रण प्रणाली र समय समयमा हुने ईन्टरनेट सेक्युरीटी अडिटले धेरै हदसम्म विश्वसनियता कायम गरी राख्दछ । त्यसैगरी, बैंकमा आउनसक्ने रिक्सहरुलाई हेर्न, भविष्यमा हुन सक्ने भवितव्यलाई न्यूनीकरण गर्न हामीले इन्भफरमेसन सेक्युरिटी अफिसर पनि राखेका छौं । यसका साथै, हाम्रो मोबाइल बैंकिङको विश्वसनियता के छ भनेर करीव १ बर्ष पहीले नै अन्तराष्ट्रिय मान्यताप्राप्त संस्थामार्फत ईन्टरनेट सेक्युरीटी अडिट गरी उनीहरुको परीक्षण विवरण बमोजिम जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गरिरहेका छौं । (माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ विभागका  नायब प्रमुख रेग्मीसँग  सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित) 

काठमाडौं मेरियट होटलले अतिथि र कर्मचारीको सुरक्षा गर्न चाल्याे यस्ताे कदम

काठमाडौं । नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ । होटलले यस्तो स्थितिमा पनि कोरोना रहित विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ । नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवामा यथासक्दो गरिरहेको छ । होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामा उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिँदै आइरहेको छ । होटलले अतिथिहरुले चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ । कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दुरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ । यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन् । ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकिङ्ग कम्पनी पनि खुल्ला रहेको जानकारी गराएकाे छ । बाल्यो प्रेम र आशाका बत्तीहरू !