यातायात व्यवसायी भन्छन्ः हामीलाई पनि स्वास्थ्य चुनौती छ, यो अवस्थामा गाडी कसरी चलाउने ?

<p>काठमाडौं । यातायात व्यवसायीहरुले यो अवस्थामा गाडी चलाउन नसकिने बताएको छ । कोरोनाको उच्च जोखिम रहेको अवस्थामा यातायात व्यवसायीहरुलाई गाडी चलाउन धेरै चुनौती भएकोले गाडी चलाउन नसकिने बताएका छन् । आज सरकारले रभोली र पर्सी काठमाडौंमा रहेका हरुले आ–आफ्नो जिल्ला जान सक्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले भोलि र पर्सि काठमाडौंबाट [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायीहरुले यो अवस्थामा गाडी चलाउन नसकिने बताएको छ । कोरोनाको उच्च जोखिम रहेको अवस्थामा यातायात व्यवसायीहरुलाई गाडी चलाउन धेरै चुनौती भएकोले गाडी चलाउन नसकिने बताएका छन् ।

आज सरकारले रभोली र पर्सी काठमाडौंमा रहेका हरुले आ–आफ्नो जिल्ला जान सक्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने निर्णय गरे पनि यातायात व्यवसायी भने यसमा आनाकानी गरिरहेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो अवस्थामा गाडी चलाउन एकदमै चुनौती भएकोले सरकारले निश्चित मापदण्ड बिना गाडी चलाउ भन्नु उचित नभएको बताए । विश्व कोरोना भाइरससँग लडिरहेको बेला हामीले जिल्ला जिल्लामा गएर यात्रुलाई पुर्याउनु स्वास्थ्यका लागि निकै जोखिम हुने उनको भनाई छ ।

‘हामी बिहिबार गृहसचिव महेश्वर न्यौपानेसँग बसेको यातायात व्यवसायीहरुको बैठकमा भोलि गाडी चलाउने सक्ने विषयमा कुराकानी गरेका थियौं, तर त्यसको ठोस निर्णय हुन सकेन,’ उनले भने । उनले व्यवासायी तथा गाडी चालकलाई केही सहज र उचित मापदण्ड गरे मात्र गाडी चलाउन सकिने बताएका छन् ।

स्पष्ट नीति तथा निर्देशन बमोजिम आफुहरु चल्ने भएकोले यसको लागि स्पष्ट ढंगले निर्णय गरी व्यवसायीलाई निर्देशन दिनु पर्ने उनको भनाई छ । सरकारले गरेको नीति नियममा आफुहरुले चल्नु पर्ने भएकोले सही र स्पष्ट निर्णय गरे आफुहरु मान्न तयार भएको उनको भनाइ छ ।

उता सरकारले काठमाडौंमा रहेकालाई स्कटिङ गरेर घर पठाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकाे छ । बैशाख ३ गतेसम्म लकडाउनकाे मिति तय गरेकाे छ । विश्वभर र छिमेकी देश भारतमा पनि काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाेले नेपाल सरकारले फेरि पनि लकडाउनकाे मिति सार्न सक्ने सम्भावना बढी छ । त्यसैले पनि सरकारले काठमाडाैंमा गुम्सिएर बसेकाहरूलाइ घर पठाउने निर्णय गरेकाे हाे ।

Share News