विकासन्युज

महालक्ष्मी विकास बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको ६.४० प्रतिशत लाभांश पारित भएको छ । बैंकको बाईसौं वार्षिक साधारण सभाले ६.४० प्रतिशत लाभांश पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।

कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको छ । गत वर्ष पुस २८ गते पदबहाली गरेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए । मुख्यमन्त्री शर्माले एक वर्षको कार्यकालमा चार विधेयक र १८ नियमावली पारित, प्रदेशसभामा तीन विधेयक दर्ता, १६ कार्यविधि निर्माण, पाँच निर्देशिका, तीन मापदण्ड र छ रणनीति योजना तयार, मन्त्रिपरिषद् बैठकबाट १२ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए । कर्णालीमा दुई हजार नौ सय २९ स्वीकृत कर्मचारी दरबन्दीमा समायोजन तथा संघीय सरकारबाट कामकाजमा खटाइएका, लोक सेवा आयोगबाट सिफारिस भएका र करार सेवा गरी दुई हजार ८६ जनशक्ति पदपूर्ति गरिएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सबै मन्त्रालयमा छलफल भई स्वीकृतिको अन्तिम चरणमा पुगेको उनले बताए । त्यसैगरी सरकारले प्रदेश लोक सेवा आयोगबाट स्थानीय तहमा ८२६ र प्रदेशमा ३२२ गरी एक हजार १४८, सहायक चौथो र पाँचौँ गरी ४७७ जनालाई स्थायी नियुक्ति दिएको छ । त्यस्तै नवौँ तहका १७, सातौँ तहका सात, पाँचौँ तहका पाँच र चौथो तहका तीन गरी ३२ वटा पाठ्यक्रम तयार गरिएको मुख्यमन्त्री शर्माले बताए । जाजरकोट भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई हालसम्म दुई करोड ८२ लाख विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा उपलव्ध गराउने लगायतको विपद् व्यवस्थापन, शान्ति सुरक्षा, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह र सहिद परिवारका लागि सहिद स्मृति भत्ता उपलब्ध गराइएको छ । पत्रकारलाई लोककल्याणकारी विज्ञापन र पत्रकारिता पुरस्कारको व्यवस्था गरिएको मुख्यमन्त्री शर्माले जानकारी दिए । सरकारले उच्च शिक्षा प्राविधिक विषयका लागि ६२७ छोरी, १४५ बुहारी, ४२१ दलित, ४१४ अपांगगता भएका व्यक्ति, १६७ जेहेन्दार, नौ सहिद सन्तति र तीन सीमान्तकृतलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । मुख्यमन्त्री शर्माका अनुसार प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रंगगशाला निर्माणको कार्य ७० प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समयमा तीन हजार ५९७ नयाँ उद्योग दर्ता हुँदा नौ करोड ४७ लाख राजस्व संकलन भएको छ । दुई हजार २६९ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ भने आर्थिक वर्ष २०७९/८० मा ८२१ योजना सम्पन्न भएका छन् । पूर्वाधारतर्फ कर्णालीमा ५१ झोलुंगे पुल, सात सडक पुल, ३३ दशमलव ३२ किलोमिटर पक्की, एक सय ४९ दशमलव ४१ ग्राभेल सडक निर्माण तथा सात सय २५.०५ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै चार हजार ७११ सवारीसाधन दर्ताबाट २९ करोड ५२ लाख ६२ हजार राजस्व संकलन गरिएको छ । लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रमबाट चार हजार आठ सय ३५ जना लाभान्वित हुँदा नौ सय ४७ जना पूर्ण स्वरोजगार तथा चार हजार ९६ जनालाई करिब चार महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको प्रदेश सरकारले जनाएको छ । त्यस्तै कर्णाली समृद्धि परियोजनामार्फत सरकारले यहाँका बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले प्रदेशका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमअन्तर्गत गत आवमा आठ लाख ४६ हजार १९२ दिन बराबरको रोजगारी सिर्जना भई १७ हजार बढीले रोजगारी प्राप्त गरेका छन् । प्रदेश सरकारले चालु आवमा पनि सबै वडामा कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानका रूपमा सबै पालिकमा पठाइएको जनाएको छ । कर्णाली समृद्धिको मूल उद्देश्यमा आधारित वार्षिक न्यूनतम १० हजार रोजगारी सिर्जना गर्ने समृद्धिको परियोजना सञ्चालन लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री शर्माले बताए । यसका लागि आवश्यक कानुन, परियोजना दस्तावेज, सूचना तथा तथ्यांक संकलनका लागि अनलाइन प्रणाली निर्माण भइरहेको र निकट समयमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ । प्रथम पञ्चवर्षीय योजनाको समीक्षा तथा दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र तयारीको साथै कर्णाली प्रदेश आयोजना बैंक तयारीसम्बन्धी कार्य गरिरहेको प्रदेश सरकारले जनाएको छ । रासस

बैंकको ब्याज एकल अंकमा, अब ऋण लिनेलाई सहज

काठमाडौं । बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याज घटाएका हुन् । यससँगै सबै वाणिज्य बैंकको निक्षेपतर्फको ब्याजदर पूर्ण रुपमा एकल अंकमा झरेको हो । निक्षेपको ब्याज घटेसँगै अब बैंकबाट ऋण लिनेलाई पनि सस्तो ब्याज पर्ने भएको छ । लामो समयदेखि महँगो ब्याज तिरिरहेका ऋणीहरूलाई अब केही सहज हुनेछ । पछिल्लो सयम निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले माघमा पनि निरन्तरता दिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । साथै, ब्याजदर उच्च हुँदा कर्जा प्रवाह सुस्ताएकाले सोको लागत घटाउन पनि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । अधिकांश बैंकले ब्याजदर घटाउँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने स्थिर राखेका छन् । एभरेष्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको छ । यसअघि पुसमा पनि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको थियो । यस्तै, एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । यसअघि बैंकले पुसमा पनि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.५० प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर तोकेको थियो । कृषि विकास बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत ब्याजदर तोकेको थियो । प्रभु बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०५६ प्रतिशत र व्यक्तिगततर्फ ८.५५६ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशतमा ब्याजदर निर्धारण गरेको हो । यसअघि पुसमा बैंकले संस्थागततर्फ ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुमिा व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत प्रदान गरेको थियो । नबिल बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत तोकेको छ । यसअघि बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत तोकेको थियो । प्राइम बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि ५.५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४ प्रतिशतदेख ६ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०५६ प्रतिशत, व्यक्तिगततर्फ ८.५५६ प्रतिशत र रेमिट्यान्समा ९.५५६ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ९.०५ प्रतिशत र स्प्रेडदर ३.८३ प्रतिशत छ ।

लक्ष्मी सनराइज बैंकले माघमा पनि घटायो ब्याजदर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर १०.६२ प्रतिशत र स्प्रेडदर ४.४२ प्रतिशत छ ।

कृषि विकास बैंकले घटायो ब्याजदर

काठमाडौं । कृषि विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत, व्यक्तिगततर्फ ९.०१२ प्रतिशत र रेमिट्यान्समा १०.०१२ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।

प्रभु बैंकले निक्षेपतर्फको ब्याजदर एकल अंकमा झार्याे, अब कुन खातामा कति ?

काठमाडौं । प्रभु बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत, व्यक्तिगततर्फ ८ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर तोकेको छ ।

डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा पुनः शेषरमण आचार्य नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले आचार्यलाई संस्थाको सीईओ पुनः नियुक्त गरेको हो । लघुवित्तले सीईओ आचार्यलाई आगामी ४ वर्षका लागि सीईओमा दोहोर्याएको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।