
काठमाडौं । नाम बामपन्थी काम खामपन्थी भएको भन्दै जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बामपन्थी दलहरुलाई लगाएका छन् । बिहीबार संसदमा बोल्दै अध्यक्ष केसीले छातीमा हात राखेर नाम बामपन्थी काम खामपन्थी हो की होइन भनेर प्रश्न गरेका छन् ।
‘नाम बामपन्थी काम खामपन्थी हो की होइन, छातीमा हात राखेर भन्नुस त बामपन्थी भन्ने साथीहरुले’, अध्यक्ष केसीले भने । उनले सहकारी ठगीमा आरोपित व्यक्ति नयाँ गठबन्धमार्फत सरकारमा सहभागी भएको आरोप समेत लगाए ।