बरु भ्यागुतालाई जोख्न सकिएला, तर प्रचण्डलाई जोख्न नसकिने भयो : सिके राउत

<p>काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बरु भ्यागुता जोख्न सकिने तर, प्रचण्डलाई जोख्न नसिकिने बताएका छन् । बिहीबार संसदमा बोल्दै डा राउतले प्रचण्डलाई भ्यागुतासँग तुलना गरेका हुन् । ‘मैले यसलाई भ्यागुते प्रवृति भन्छु,, बरु भ्यागुतालाई समातेर जोख्न सजिलो होला तर, अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला’, उनले भने, ‘कतिखेर कुन विदेशीले धाप [&hellip;]</p>

काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बरु भ्यागुता जोख्न सकिने तर, प्रचण्डलाई जोख्न नसिकिने बताएका छन् । बिहीबार संसदमा बोल्दै डा राउतले प्रचण्डलाई भ्यागुतासँग तुलना गरेका हुन् ।

‘मैले यसलाई भ्यागुते प्रवृति भन्छु,, बरु भ्यागुतालाई समातेर जोख्न सजिलो होला तर, अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला’, उनले भने, ‘कतिखेर कुन विदेशीले धाप मार्छ कतिखेर कर्ता उफ्रिदिनुहुन्छ थाहै हुँदैन ।’

डा राउतले प्रचण्डको उफ्राइले काठमाडौंमा मात्रै नभएर देशैभरीका प्रदेश सरकारहरुमा समस्या देखिएको बताए । ‘यो उफ्राइले गर्दा काठमाडौंमा मात्रै धक्का पराकम्प जाँदा त केही थिएन, सातवटै प्रदेशका सरकार पनि गर्ल्यामगुर्लुम ढल्दिन्छन्’, उनले भने अनि जनताले यातना भोग्नुपर्ने यो देशले यातना खेप्नुपर्ने ?’

Share News