प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव : देश विकास गर्न नसके राजीनामा दिनुस्
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए । नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उनको आरोप छ । ‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन । राणा शासनको बिरुद्ध लडेको, २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गनुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । देशलाई नर्क बनाउने काम भएको छ, निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन, अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले यस्तो चासो नै राखेको छैन’, उनले भने । सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताए । अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेपनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिए । ‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौंमा । काठमाडौंमा मेलम्चीको पानी ८ पटक उद्घाटन भयो । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ की, ६० अर्ब रुपैयाँ खर्च भएको छ, मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरेपनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ, नेपालले धान्न सक्दैन, झनै भूकम्पको जोखिम हुन्छ’, उनले भने । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो ।
बागमतीमा नागमती बन्दै, बजेट २५ अर्ब
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्को नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो । वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो । उपत्यकाको मध्यभागबाट पूर्वतर्फ करिब २१ किलोमिटर दूरीमा निर्माण सम्पन्न भइसकेको धाप बाँध र अब बन्ने नागमती बाँधबीचको दूरी एक दशमलव आठ किलोमिटर हुनेछ । बागमती नदीको प्रमुख प्रशाखा नागमती नदीको मूलखर्कमा कुल २५ अर्ब लागतमा बन्ने नागमती बाँध आयोजना अन्तर्गत पूर्वतयारीको काम सुरु भइसकेको छ । यो आयोजना एसियाली विकास बैङ्कको सहुलियत ऋणमा निर्माण हुनेछ । नागमती नदी सुन्दरीजलमा पुगेपछि बागमती नदीमा मिसिन्छ। आयोजनाअन्तर्गत पर्या-पर्यटनको विकास, पानीको व्यवस्थापन, संस्थागत संरचना विकास, बहुउद्देश्यीय बाँध र एक दशलमव ८६ मेगावाट क्षमताको जलविद्युत् निर्माणसमेत गरिने बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इञ्जिनियर निश्चल छत्कुलीले जानकारी दिए । बाँधको उचाइ ९४ दशलमव पाँच मिटर, लम्बाइ पाँच सय ५३ मिटर र चौडाइ दुई सय ६० मिटरभन्दा बढी हुनेछ । तालको भण्डारण क्षमता आठ दशलमव आठ मिलियन मिटर क्यूब (एमसीएम) हुनेछ । अमिबाको आकारको यो बाँधस्थल समुद्री सतहदेखि एक हजार नौ सय १० मिटर उचाइमा रहेको छ । निकुञ्जको करिब ४८ हेक्टर क्षेत्रफलमा जलाशय रहने यो बाँध निर्माणका क्रममा सात हजार रूख र ८५ हजार बुट्यान कटान गरिनेछ । उनले बाँध निर्माणका लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत अन्तिम चरणमा रहेको बताए । ‘सन् २०२५ जुलाईदेखि आयोजनाको मुख्य भौतिक काम बाँध निर्माण सुरु हुनेछ भने त्यसको एक वर्ष देखिअघि नै रूख कटान र पहुँच सडक निर्माणको काम सुरु गरिनेछ । आयोजनाको निर्माण अवधि आठ वर्ष तोकिएको छ,’ इञ्जिनियर छत्कुलीले भने । यसको मुख्य उद्देश्य बागमतीमा प्रवाह गरिने पानीको बहाव चार सय ५० लिटर प्रतिसेकेन्ड (सुक्खा नौ महिना), मेलम्ची खानेपानी पानी प्रशोधन केन्द्रमा चार सय ५० लिटर प्रतिसेकेन्ड (तीन महिना) र जलविद्युत् उत्पादन एक दशमलव ८६ मेगावाट रहेको छ । बाँध आयोजना निर्माणका लागि हालसम्म के के भए काम ? आयोजनाको पूर्वतयारीका लागि हालसम्म जापानी अन्तर्राष्ट्रिय सहयोग निकायबाट विभिन्न समयमा उपत्यकामा रहेका जलाधार क्षेत्रमा अध्ययन, बागमती कार्ययोजना सन् २००९-२०१४ बागमती नदीमा हिउँद याममा पानीको बहाव बढाउने र डेनिस हाइड्रो इन्स्टिच्युटमार्फत धाँप र नागमती बाँधको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । त्यस्तै मुख्य तयारीअन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा बागमती सुधार आयोजनामार्फत २०१७ मा विस्तृत आयोजना प्रतिवेदन तयार भएको थियो । अन्तिम तयारीअन्तर्गत खानेपानी मन्त्रालयबाट टनेल मर्मत र वर्षायाममा पानी उपलब्ध गराउन अनुरोध भएको, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी र खानेपानी मन्त्रालयबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त बाँध भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी ‘कङ्क्रिड फेस्ड रक फिल्ड ड्याम’ (सिएफआरडी) प्रविधिबाट निर्माण हुनेछ । बाँध निर्माणको प्रविधि नयाँ भएको, निकुञ्ज क्षेत्रमा रहेकाले रूख कटान र क्षतिपूर्ति प्रक्रिया, कूल बजेटअन्तर्गत नेपाल सरकारले व्यहोर्नुपर्ने हिस्सा, कानुनी र संरचनालगायत विषय यस आयोजनामा चुनौती रहेको उनले बताए । बढ्दो सहरीकरण र भूउपयोगमा भएको परिवर्तनका कारण बागमती जलाधार क्षेत्र सुक्खा बन्दै गएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाका उपनिर्देशक उद्धव नेपालले प्रतिव्यक्ति पानीको उपलब्धता, पानीको गुणस्तरमा ह्रास भएको, मनसुनी जलवायुका कारण हिउँदमा भूसतहमा रहेको जलस्रोतको उपलब्धतामा कमी भएकाले यस बाँधको आवश्यकता परेको बताए । उनले भने, ‘भूमिगत जलस्रोतको पुनःभरणमा कमी, भूमिगत जलस्रोतको दोहनमा अत्यधिक चाप पर्न गएको, जलपथान्तरण गरी बागमती नदीमा पानीको बहाव बढाउने सम्भावना नभएको र हिउँदमा पानीको बहाव बढाउन वर्षायाममा खेर जाने पानी सङ्कलन गर्नु नै प्रमुख विकल्प रहेकाले यसको आवश्यकता परेको हो ।’ यो बाँध निर्माणपछि बागमतीमा सुक्खायाममा पनि नियमित दुई फिट उचाइसम्म पानी बग्ने भएकाले वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ । यसैगरी, बाँध निर्माणबाट उत्पादन हुने जलविद्युत्, आयोजनाअन्तर्गत बनाइने ‘ट्रेल रुट’ बन्ने भएकाले निकुञ्ज क्षेत्रमा रहेको करिब ६ सय स्थानीय घरधुरीको आवातजावत र आर्थिक उपार्जनमा समेत योगदान पुग्ने उनले बताए । नेपालमा वर्षमा चार महिनामात्र मनुसुनी वर्षा हुन्छ । यस अवधिमा पर्ने दुई सय २५ बिलियन घनमिटर पानी बगेर भारत जान्छ। त्यसमध्ये हाल १५ प्रतिशतमात्र प्रयोग हुने गरेको छ । तसर्थ नेपालमा बन्ने सबै बाँधको मुख्य उद्देश्य वर्षाकै पानी जम्मा गरेर प्रयोग गर्ने हो । धाप बाँध निर्माणपछि बागमतीको वातावरणीय सौन्दर्य प्रवद्र्धन नागार्जुन नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन निकुञ्जको मध्य क्षेत्रमा धाप बाँध निर्माण झन्डै एक वर्षअघि सम्पन्न भई चालु भइसकेको छ । यो बाँध बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको हो । धाप बाँध निर्माणपछि काठमाडौँ उपत्यकाबाट नजिकको यस स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनसमेत बढेको छ । बाँधको निर्माणपछि बागमती नदीको जल व्यवस्थापनका साथै वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी सुक्खायाममा प्रवाह गर्ने गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए । ‘यस बाँधबाट जलजन्य पर्यावरणको सुधारका साथै धार्मिक, सांस्कृतिक पर्यटनको विकास तथा भूमिगत जल पुनःभरणमा समेत योगदान पुगेको छ । यसको निर्माणपछि बागमतीको पवित्रता, सुन्दरता र स्वच्छतालाई बचाउन सहयोग पुगेको छ । हाल विभिन्न नौ चाडपर्वमा १४ दिन बागमती नदीमा उक्त बाँधबाट आवश्यकताअनुसार थप पानी छोड्न सुरु गरिएको छ,’ उनले भने । त्यसैगरी, बाँध निर्माणपछि हालसम्म मेलम्ची खानेपानी आयोजनामा पानी कम भएका बेला विभिन्न समयमा गरी ३० करोड लिटर पानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा सोधभर्ना गर्ने गरी पठाई सकिएको आयोजना प्रमुख कण्ठले बताए । सन् २०१५ अक्टोबर ९ मा सम्झौता भई सन् २०२२ अक्टोबर १५ मा निर्माण सम्पन्न भएको यो बाँध करिब ५२ करोड लागतमा निर्माण भएको हो । नागमती नदीको मुहानमा निर्माण गरिएको यस बाँधमा तीन ठाउँमा सहायक (स्याडल ड्याम) र एक मुख्य ड्याम निर्माण गरिएको छ । चौबिस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी सङ्कलन गरेर सुक्खा समयमा चाडपर्व र आवश्यकताअनुसार बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गरिएको यस ड्यामको भण्डारण क्षमता १४ लाख २६ हजार घन मिटर पानी रहेको छ । यो बाँधको जलाशय कूल क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ । बाँध निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासका साथै वन्यजन्तु, जैविक विविधता तथा पर्यावरण जोगाउनसमेत मद्दत पुगेको छ। बाँध निर्माण अघि सो क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट वार्षिक एक करोड ८० लाख राजश्व सङ्कलन हुने गरेकामा बाँध निर्माणपछि करिब पाँच करोड राजश्व सङ्कलन भएको निकुञ्ज कार्यालयले जनाएको छ । बाँधको महत्व र विश्वमा बाँधको अवस्था ‘इन्टरनेसनल कमिसन अन लार्ज ड्याम’ (आइकोल्ड) संस्थाले विश्वभर १५ मिटरभन्दा अग्ला आकारका ठूला बाँधको दर्ता गर्ने गरेको छ । उक्त मापदण्डअन्तर्गत नेपालमा हालसम्म कुलेखानी, फेवा, धाँप, अन्य जलविद्युत्का बाँध गरी कूल छ बाँध रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा भने ५८ हजार सात सय १३ बाँध छन् जसमध्ये चीनमा २३ हजार आठ सय ४१, संयुक्त राज्य अमेरिकामा नौ हजार तीन सय ६३, भारतमा चार हजार चार सय सात (थप आठ सय निर्माणाधीन) र अन्य विभिन्न देशमा रहेका छन् । विश्वका ठूला एउटै नदीमा रहेका सबैभन्दा धेरै बाँधमध्ये चीनको यात्से नदीमा एक हजार, अमेरिकाको मिसिसीपी नदीमा एक हजार, भारतको गोदावरी नदीमा तीन सय ५० बाँध रहेका छन् । बाँधलाई विश्वकै ‘गेम चेन्जर प्रोजेक्ट’ मानिन्छ । चीनको थ्री गज्रेज, अमेरिकाको होभर र भारतको बक्रा बाँध यसका उदाहरण हुन् । विश्वमा ३० प्रतिशत खाद्यान्न उत्पादन बाँधको सिँचाइमा निर्भर छ । बाँधको उपयोग बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, माछापालन, खानेपानी र अन्य काममा प्रयोग गरिन्छ । रासस
घरजग्गा खरिद बिक्री गर्ने बढे, लयमा फर्कियाे कारोबार
काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै धेरै संख्यामा घरजग्गाको कारोबार भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुस महिनामा घरजग्गाको लिखत पारित ४५ हजार २७७ संख्या भएको छ, जुन चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा धेरै हाे । मंसिरमा ४१ हजार ८५१ संख्यामा घर जग्गाका लिखत पारित भएको थियो । पुस महिनामा अपार्टमेन्टको लिखत पारित २८ वटा भएको छ, मंसिर महिनामा यस्तो संख्या जम्मा २२ वटा मात्रै रहेको थियो । कारोबार बढ्दा सरकारले पुस महिनामा जग्गाको कारोबारबाट पुँजीगत लाभकर आम्दानी पनि वृद्धि गरेको छ । पुस महिनामा सरकारले घरजग्गाका कारोबारबाट १ अर्ब १० करोड ९ लाख ४० हजार ८२ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । यस्तो लाभकर सरकारले मंसिर महिनामा ९६ करोड ४५ लाख ४ हजार ८ सय ९७ मात्रै संकलन गरेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो । घरजग्गा क्षेत्रमा लामो समयदेखि एक किसिमको मन्दी छ । पुस महिनाको कारोबारले घरजग्गा क्षेत्र लयम फर्किएको होकि भन्ने बुझाइ धेरैको छ ।
वीरगञ्ज महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
वीरगञ्ज । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिदिन पत्राचार गरेपछि संस्थानले गत २०८० साउनमा वडा नं १ देखि वडा नं १९ सम्मको विभिन्न सार्वजनिक स्थानमा दुई सय ७८ धारा जडान गरेको थियो । धारा जडान भएयता महानगरपालिकाले खानेपानी महसुल भुक्तानी नगरेपछि ती धाराको लाइन काट्ने तयारी गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । ‘सार्वजनिक स्थानमा जडान भएका ती सबै धारा जडानलागत तथा मासिक महसुल करिब रु ४४ लाखभन्दा बढी बक्यौता भइसकेको छ’, उनले भने, ‘बक्यौता महसुल बुझाउन गत २०८० असोज २५ गते नै महानगरपालिकालाई पत्राचार गरे पनि अझै महसुल बुझाएको छैन ।’ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलले खानेपानी महसुल बुझाउने प्रतिबद्धता जनाएको र उनको अन्यत्र सरुवा भएपछि यसयता महानगरपालिकाबाट महसुल बुझाउने ठोस प्रतिवद्धता आउन नसकेको जनाइएको छ । महानगरपालिकाले अब पनि महसुल नबुझाए बाध्य भएर सार्वजनिक स्थानमा जडान भएका धाराको लाइन काट्ने तयारी गरेको प्रमुख महर्जनको भनाइ छ । यस्तै नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने २३ ग्राहकको धाराको काटेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो । महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको प्रमुख महर्जनले जानकारी दिए । संस्थानले ग्राहकबाट करिब रु १२ करोड २५ लाख ७९ हजारभन्दा बढी बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको उनले जानकारी दिए । खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीस, उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए । महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको उनको भनाइ छ । महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको जनाइएको छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटैर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आफू भर्खरै सरुवा भएर आएकाले यस विषयमा धेरै कुरा थाहा नभएको बताए । कुल दुई लाख पाँच हजार जनसङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख महर्जनको भनाइ छ । रासस
एनआईबिएल स्टेबल म्युचुअल फण्ड आजदेखि बिक्री खुला
काठमाडौं । एनआईएमबि एस क्यापिटलले आज माघ २ गतेदेखि एनआईबिएल स्टेबल म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा माघ ५ गते आवेदन दिनु पर्नेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा माघ १६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, कामुको जिम्मा तामाङलाई
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले सीईओ पदको करारलाई निरन्तरता दिन नसकेको भन्दै कम्पनीबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामालाई पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । त्यस्तै, सोही बैठकले अर्को व्यवस्था नभएसम्को लागि बैंकका नायब महाप्रबन्धक सूर्य बहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मा दिएको छ ।
विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । मंगलबार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन् । विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन् । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिइन् । आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् । ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ । विद्यालयको पुनःनिर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ । सबैले मिलेर काम गर्न आवश्यक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ’, उनले भनिन् । उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताइन् । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको जानकारी दिइन् ।
सूचीकृत ६७ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । पुँजी बजारमा साढे २ सय कम्पनी सूचीकत छन् । नेपाल स्टक एक्सचेञ्जको पछिल्लो तथ्याङ्क अनुसार २४९ कम्पनी सूचीकृत छन् । जसमध्ये हालसम्म ६७ वटा सूचीकृत कम्पनीले मात्रै लाभांश बाँड्ने भएका हुन् । सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकले मात्रै हालसम्म लाभांश वितरण गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । यस्तै, १६ वटा सूचीकृत विकास बैंकमध्ये हालसम्म ७ वटा बैंकले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, ३ वटा फाइनान्स कम्पनी, १२ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, होटल तथा पर्यटन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १४ वटा कम्पनी, इन्भेष्टमेन्ट समूहका ४ वटा कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । यस्तै, २ वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहका ६ कम्पनी, ट्रेडिङ तथा अन्य समूहका १/१ कम्पनीले गत वर्याको नाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीले वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । वाणिज्य बैंक हालसम्ममा १२ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (करसहित) गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस २६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँको ६.४० प्रतिशत अर्थात् २६ करोड ६९ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश बाँडेको हो । फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५ प्रतिशत अर्थात् ७ करोड ६९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँको ५.०५ प्रतिशत अर्थात् ४ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । होटल तथा पर्यटन तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश बाँडेको हो । पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको हो । पुस २६ गते सम्पन्न कम्पनीको ४९औँ वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । ओरियन्टल होटलले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश बाँडेको हो । कम्पनीको असोज २५ गते सम्पन्न २६औं बार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । जलविद्युत कम्पनी सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माण्डु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल हाइड्रोपावर डेभलपरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०.५२६३ प्रतिशत अर्थात् ६ करोड २ लाख १७ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीका ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । रू रू जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सिक्लेस हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ७९ करोड ३५ लाख रुपैयाँको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको २ प्रतिशत अर्थात् ४ करोड २० लाख रुपैयाँ कर बाहेक र कर प्रयोजनका लागि २२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । माउन्टेन इनर्जीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्भेष्टमेन्ट कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बैंकको पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । इमर्जिङ्ग नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८.४२०५ प्रतिशत अर्थात् ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कूल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिटिजन लाइफले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । म्यानुफ्याक्चरिङ एण्ड प्रडक्ट्स नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २५ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बोटलर्स नेपाल (तराई)ले गत वर्षको नाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पुस २७ गते सम्पन्न ३७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १ हजार ५८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । मंसिर २६ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शिवम् सिमेन्टले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । घोराही सिमेन्ट इण्डष्ट्रीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँको १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । अन्य समूह नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । पुस २९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । ट्रेडिङ समूह साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो । लघुवित्त संस्था यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ४ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । पुस २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले लाभांश पारित गरिसकेको छ । यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । यस्तै, जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस २९ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँको ६.३२ प्रतिशत अर्थात् ४ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । [pdf id=457944]