विकासन्युज

प्याराग्लाइडिङ फेरि सुरु

DCIM100GOPROG0033548.JPG काठमाडौं । बर्षातका कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए । भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरू गरिएको हो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकोमा यसपटक दुई ठाउँबाट उडान गरिएको उनले जानकारी दिए । चितवन आउने पर्यटकको बसाइ लम्व्याउन यसले सहयोग पुग्ने सञ्चालक राउतले बताए । सामुन्द्रिक सतहबाट १ हजार ५० मिटर अग्लो स्थानबाट उडान गरिदै आएको छ । चितवनको चौकीडाँडा र कविलासबाट उडान हुने प्याराग्लाइडिङ तनहुँ देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । प्याराग्लाडिङ उडानका लागि चौकीडाँडाबाट ८ हजार र कविलासबाट ४ हजार रुपैयाँ शुल्क तोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलास रिसोर्ट नजिकको स्थान नारायणगढ–मुग्लिन सडकबाट ३ किलोमिटरको दूरीमा छ ।

भीषण बाढीले ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या

फाइल फाेटाे काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी प्रभावित १२० घरधुरीमा गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो । समुदायका मुख्य सूचनादातासँगको छलफल, विस्तृत केस अध्ययनलगायत विधिबाट गरिएको उक्त बृहत् अध्ययनअनुसार विपत्ले त्यहाँका स्थानीयमा आर्थिक मात्र नभई गैरआर्थिक हानिनोक्सानीसमेत गरेको देखिएको छ । उमेरगत हिसाबले ४६ देखि ६० वर्ष उमेर समूहका झन्डै ३७ प्रतिशत र त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका २६ प्रतिशत उत्तरदाता मानसिक हिसाबले सबैभन्दा बढी प्रभावित रहेको पाइएको हो । कुल ५३८ घरधुरीबाट छानिएका १२० वटामा सर्वेक्षण गरिएकोमा १०३ घरधुरीमा यस प्रकारको समस्या देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

काठमाडौं । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ । सिमेन्ट उत्पादक सङ्घका अनुसार वार्षिक ५० करोड बोरा सिमेन्ट उत्पादन हुने क्षमता रहेकामा हाल १८ करोड बोरा मात्र उत्पादन भइरहेको छ । सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले आन्तरिक बजारमा माग कम हुँदा उत्पादनमा उल्लेख्य कमी आएको जानकारी दिए । “ठुला जलविद्युत् निर्माणको काम नुहुँदा आन्तरिक बजारमा सिमेन्टको खपत न्यून छ,” उनले भने, “सरकारले निर्यातमा नगद रकम वृद्धि गरे निर्यात बढाई विदेशी मुद्रा भित्र्याउन सक्छौँ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग, अध्यक्ष भन्छन् : बज्रपात थपियो

काठमाडौं । उद्योग संगठन मोरङले नियमित विद्युत आपूर्ति गर्न माग गरेको छ । विद्युत आपूर्तिमा विगत केहि समयतया बिहान र बेलुकी गरी ८ घण्टासम्म बिना पूर्व सूचना भईरहेको विद्युत अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै उक्त संगठनले यस्तो माग गरेको हो । अर्थतन्त्र सुस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगी व्यवसायी माथि बज्रपात थपिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । उनले आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका उद्योगहरु माथि एकपछि अर्को समस्याहरु थपिरहँदा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नहुदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको बताए । निरन्तर संचालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्व सूचना बिना विद्युत आपूर्ति बन्द हुँदा उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार बहन गर्नु परिरहेको प्रति गम्भीर हुन आग्रह गर्दै उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारका सम्बन्धित निकाय समक्ष संगठनले आग्रह गरेको छ ।

एलजी फ्ल्यागसिप शोरुमको पुनः शुभारम्भ, बिहान १० बजेदेखि खुल्ला हुने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ । एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् । एलजी फ्ल्यागसिप शोरुमहरु आधुनिक तथा प्रवीणतम डिजाइनमा खोलिएको छ । यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन् । यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ । यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्स्चेञ्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ । र विभिन्न एलजीका सामाग्रीहरुको लाइभ डेमो पर्सनल जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी फ्ल्यागसिप शोरुमहरुले फ्री डेलिभरी सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

माउन्ट एभरेष्ट पावरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धी सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो । कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्स, चैत्रभित्र नेपालमै एसेम्बल गरिने

काठमाडौं । हिरो ब्राण्डको मोटरसाइकल र स्कुटर उत्पादक भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालको आधिकारिक बिक्रेतामा सीजी मोर्टसलाई नियुक्त गरेको छ । हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सञ्चालनमा ल्याउने भएका छन् । मार्च २०२४ भित्रै अर्थात २०८०को चैत्र १८ गतेसम्म नेपालमा हिरो बाइक तथा स्कूटर एसेम्बल थालिने चौधरी ग्रुपले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । एसेम्बल प्लान्ट नवलपुर जिल्ला राखिनेछ । सीजी मोटर्सका अनुसार यसको उत्पादन क्षमता वार्षिक ७५ हजार युनिट क्षमता हुने छ । सहकार्यको बारेमा टिप्पणी गर्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको विज्ञप्तीमा बताइएको छ ।

अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’

जब कसैले छोरीमात्रै जन्मेको भन्दै नाक खुम्च्याउँथे, उनका बुबाको जवाफ हुन्थ्यो- ‘म मर्दा रुन आउने यिनै छोरी हुन् ।’ गाउँलेलाई कसिलो जवाफ फर्काउने बुबाको सपना छोरीहरूलाई डाक्टर बनाउने थियो । तर, बिडम्बना छोरी डाक्टर बनेको हेर्नै नपाउने गरी उनको बुबालाई कलिलो उमेरमै दैवले चुड्यो । बुबाको सपना र आमाको हिम्मतले डाक्टर बनेकी हुन् रीता गुरुङ । जो विगत ११ वर्षदेखि तिलगंगा आँखा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै आएकी छन् । अस्पतालको स्थापनाकालदेखि नै काम गर्दै आइरहेकी नेत्ररोग विशेषज्ञ डा.रीता गुरुङले आफूलाई अब्बल व्यस्थापकको रूपमा पनि स्थापित गरेकी छन् । उमेरले ६७ वर्षको भइन् उनी । काम गर्ने जोश, जाँगर र आँट भने अझै जवानीको जस्तै छ । काम गर्ने हुटहुटी उस्तै छ । विभिन्न जिल्लामा सञ्चालन भइरहेका क्याम्पमा पनि उनी पुग्छिन् । केही दिनअघि मात्र उनी सिन्धुलीमा आँखा शिविर सञ्चालन गरेर फर्किइन् । ओरालो लागेको उमेरसँग भन्दा उनलाई अस्पताललाई कसरी अझै योभन्दा राम्रो बनाउन सकिन्छ भन्ने चिन्ता छ । अस्पतालको व्यवस्थापनसँगै बिरामीको उपचारमा पनि दिनरात खट्छिन् । डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । आँखाको अपरेसन गरेर ज्योती फर्काउनु उनको काम हो । उनले कामको सेडुल बनाएकी छन् । उनी हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेसन र दुई दिन प्रशासनको काम गर्छिन् । एउटा डाक्टरलाई व्यवस्थापनको जिम्मेवारी लिँदा कति सहज हुन्छ ? भन्ने हाम्रो जिज्ञासामा उनले जवाफ दिइन्, ‘म डाक्टर भएपनि व्यवस्थापनको काम पहिले पनि गर्थें, अहिले जिम्मेवारी मात्रै थपिएको हो ।’ उनको अधिकांश समय अस्पतालमै बित्छ । घरबाट आउने जाने ठेगान हुँदैन । ‘बिहान उठ्छु, नित्यकर्म गर्छु, ७ बजे अफिस आइपुग्छु, अफिस आइपुगेपछि काम के-के छ हेर्छु, साथीहरूसँग छलफल गर्छु, त्यसपछि बिरामीलाई हेर्ने, कहिले अप्रेसन गर्ने काम हुन्छ,’ उनी भन्छिन्, ‘समय बढी दिनु परे पनि व्यवस्थापक र डाक्टर भएर काम गर्दा केही विषयमा भने सहज हुँदो रहेछ, सिक्ने पनि अवसर पाइन्छ ।’ टीमले राम्रो काम गर्नका लागि सुरुमा आफूले राम्रो काम गर्नु पर्ने धारणा उनको छ । उनको बुझाइमा एउटा राम्रो व्यवस्थापकसँग कम्युनिकेसन गर्न सक्ने क्षमता हुनुपर्छ । भन्न चाहेको विषयवस्तु प्रभावकारी रूपमा टिममा राख्न सकिएन भने समस्या हुने उनको भनाइ छ । तपाईं राम्रो डाक्टर कि व्यवस्थापक ? उनी भन्छिन्, ‘म राम्रो डाक्टर हुँ, किन कि म सर्जरी राम्रो गर्छु, बिरामीलाई राम्रो उपचार गर्छु, मैले त्यसको नतिजा पनि तुरुन्त देख्छु, व्यवस्थापकले गरेको मिहिनेतको फल तुरुन्त नआउन सक्छ ।’ उत्कृष्ट अस्पताल, निःशुल्क पनि सेवा रीता तिलगंगा आँखा अस्पतालमा सुरुदेखि नै संलग्न भएकी हुन् । क्लिनिकल कामदेखि व्यवस्थापन तहसम्म आइपुग्दा उनले धेरै हण्डर ठक्करहरू भोग्नुपर्यो । उनी अस्पतालमा सबैलाई जिम्मेवारी छुट्याएर काम भइरहेको बताउँछिन् । ‘सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्यो भने काम गर्न समस्या हुँदैन, टीमवर्क चाहिन्छ, तिलगंगा यहाँसम्म आइपुग्नुमा एक जनाको मात्र नभइ पुरै टोलीको हात र योगदान छ,’ उनले भनिन् । तिलगंगा आँखा अस्पताल नेपालको मात्र होइन, एसियाकै अब्लल संस्थाको रूपमा स्थापित भएको छ । ७५ बेड क्षमताको यस अस्पताललाई सय बेडको बनाउने तयारी भइरहेको छ । यो अस्पतालमा सन् २०२३ मा ३ लाख २२ हजार १ सय ६६ जनाभन्दा बढी बिरामीले उपचार गराएका छन् । डा. रीता अस्पतालको व्यवस्थापक हुनुभन्दा अघि डाक्टर हुन् । तर, अहिले व्यवस्थापक र डाक्टरको भूमिका निर्वाह गर्छिन् । उनले कामको सेडुअल बनाएकी छन् । हप्तामा दुई दिन बिरामीको हेरचाह, दुई दिन अप्रेशन र दुई दिन प्रशासनको काम गर्ने । यो अस्पतालले वर्षमा ३ लाख बढीको उपचार गर्छ । ५०० भन्दा बढी चिकित्सक एवम् कर्मचारी छन् । अस्पताल चलाउन न सरकारले लगानी गरेको छ, न त नाफा कमाउने उद्देश्यका साथ लगानीकर्ताले पैसा हालेका छन् । आवश्यक स्रोत जुटाउन दाता, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाको साथ रहेको उनी बताउँछिन् । यो अवस्थासम्म आइपुग्नुमा अस्पतालमा सरसफाइ गर्ने क्लिनरदेखि डाक्टर, कर्मचारी र बोर्ड लगायतको भूमिका छ । सहयोगी हातहरूको योगदान पनि महत्वपूर्ण छ । ‘अस्पताललाई चाहिने महंँगा उपकरणहरू खरिदका लागि देश विदेशबाट सहयोग आयो, जसले रोगको निदान गर्न सकियो,’ उनी भन्छिन्, ‘गुणस्तरीय सेवा प्रदानकै लागि सर्वसाधारणको विश्वास पाउन सफल भयौं ।’ ठाउँ-ठाउँमा क्याम्प गरेर उपचार गर्दा पनि अस्पतालले एक किसिमको उचाइ प्राप्त गरेको हो । तिलगंगाको विभिन्न जिल्लामा सामुदायिक आँखा केन्द्र पनि छन् । कर्मचारी नियुक्तिमा पनि पारदर्शीता कायम हुने उनको भनाइ छ । ती सबै कर्मचारीको योगादानले आज तिलगंगा देशकै गौरव गर्न लायक स्वास्थ्य संस्था बन्न पुगेको हो । अस्पतालमा उपचार गर्न धेरै किसिमका व्यक्ति आउँछन् । कसैले उपचार गर्न सक्छन् त कसैले गर्न सक्दैनन् । उपचारमा अस्पतालको फरक प्रणाली (सिस्टम) छ । उपचारका लागि शुल्क तिर्न नसक्नेले पनि सेवा पाइरहेको उनको भनाइ छ । ‘जसले उपचार शुल्क तिर्न सक्दैनन्, पैसा नभएकाहरूको उपचारका लागि केही संस्थासँग फण्डका लागि सहयोग माग्छौं,’ उनले भनिन्, ‘त्यसबाट उनीहरूको निःशुल्क उपचार हुन्छ ।’ तिलगंगा अस्पतालमा आँखा सम्बन्धि उपचार धेरै किसिमको हुन्छ । पर्दाको सर्जरी गर्नुपर्यो भने एकदमै महँगो पनि छ । मान्छेलाई चस्मा लगाउन नपर्ने लेजरको सर्जरी व्यवस्था पनि छ, जुन महँगो पर्छ । मोतीबिन्दुका बिरामीलाई त्यति महँगो नपर्ने उनी बताउँछिन् । उनी एउटा संस्था दीगोरूपमा चल्नको लागि व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताउँछिन् । पहिला आफूलाई पैसा भयो भने जे पनि चलाउन सकिन्छ भन्ने लागे पनि अहिले त्यो भ्रम रहेछ भन्ने महसुस भइसकेको अनुभव सुनाउँछिन् । संस्थालाई दीगोरूपमा सञ्चालनका लागि अब आफूसँगै अर्को व्यक्तिलाई पनि सो जिम्मेवारीका लागि तयार पार्न सक्नु पर्ने बताउँछिन् । तबमात्रै असल र सफल व्यवस्थापक हुने उनको भनाइ छ । लाखौंलाई उज्यालो संसार डा.रीतासँग अहिलेसम्म कति जनाको आँखा उपचार गरेँ भन्ने हिसाब छैन । एक लाखभन्दा बढीलाई उपचार गरेको अनुमानित हिसाब भने उनी सुनाउँछिन् । दुर्गम जिल्लामा पुगेर वर्षौदेखि अन्धकारमा बसिरहेकाहरूलाई आँखा देख्ने बनाउँदा कत्ति खुसी भइन्छ होला । उज्यालो संसारमा अन्धकार दिनहरू बिताइरहेका हजारौं मान्छेको उपचार गरेर ज्योति फर्काउँदाको अनुभूतिहरू रीतासँग कत्ति हो कत्ति छन् । उनले एउटा घटना सुनाइन्- ‘सिन्धुली क्याम्प जाँदा एउटै परिवारका दिदीभाइ आँखा देख्न नसक्ने थिए, भाइ १२ वर्षको दिदी १५ वर्षकी थिइन्, भाइको एक आँखाको मोतिबिन्दुको अपरेसन गरेको देखियो । तर, दिदीलाई १५ वर्षसम्म अस्पतालमा पनि देखाएको भेटिएन, मैले दुवै दिदीभाइको अपरेसन गरेँ, दुवैले दिदीभाइले आँखा देखे,’ उनी त्यो घटना स्मरण गर्दै भन्छिन्, ‘यस्ता घटनाले हामीलाई पनि भावुक बनाउँछ, तर हामीलाई भावुक हुने छुट छैन ।’ मोतिबिन्दु आँखा नदेख्ने अन्धोपनको पहिलो कारण हो । तर, यसको अपरेसन गर्न थुप्रै पैसा तिर्नुपर्थ्यो । पैसा तिरेर पनि राम्रो सुविधा पाउन नेपालमा गाह्रो थियो । अपरेसन गरिसकेपछि आँखाभित्र एउटा लेन्स हाल्नुपर्छ । त्यसपछि मात्र मान्छेले आँखा देख्न सक्छ । तर, त्यो बेला नेपालमा लेन्स थिएन । लेन्स बाहिरबाट ल्याउनु पर्थ्यो । बाहिरबाट ल्याउँदा एउटै लेन्सको साढे दुई सय डलर लाग्थ्यो । त्यो बेला त्यति पैसा तिरेर मोतिबिन्दुको अपरेसन गर्न नेपालीको पहुँचमा थिएन । नेपालमै लेन्स बनाउन सक्यौं भने मोतिबिन्दुको सर्जरी र लेन्सको कार्यान्वयन नेपालीहरूको पहुँचमा हुन सक्छ भन्ने अवधारणाले तिलगंगा आँखा अस्पताल बन्यो । त्यसपछि नेपालमै लेन्स बनाउन सुरु भयो । डा. सन्दुक रुइतको साथी र प्रोफेसर फ्रेड होलोजको फाउण्डेशनले यसमा धेरै काम गर्यो । ‘फ्रेड होलोज फाउण्डेशन’को सहायता र अरु त्यस्तै अन्तर्राष्ट्रिय संस्थाको सहयोगले गर्दा यो अस्पताल स्थापित हुन सकेको उनले बताइन् । डा. रुइतले बोलाएपछि… उनी रुसमा पढाइ सकेर नेपाल फर्केपछि पोखरा गइन् । त्यहाँ हिमालय आँखा अस्पताल थियो । त्यहाँको पहिलो आँखा डाक्टर उनै थिइन् । उनीसँगै अर्को नेदरल्याण्डसका डाक्टर थिए । उनीहरू दुई जनाले त्यो अस्पताल सुरु गरे । एक वर्षमा पोखरा काम गरिसकेपछि उनी काठमाडौं आइन् । रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परी बुबाको मृत्यु भयो । रीताकी आमा आशादेवी तीन छोरीहरू बोकेर नेपाल फर्किइन् । आमाको काँधमा छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो । डा.रुइतसँग उनको पहिल्यै कुराकानी हुन्थ्यो । काठमाडौं आएर उनले डाक्टर रुइतसँग काम गर्न सुरु गरिन् । सुरुमा डाक्टर गुरुङ र रुइतले थापाथलीमा दुई/चार कोठा भाडामा लिएर काम गर्न सुरु गरे । कोठाभित्रबाट भन्दा बाहिर ठाउँठाउँमा क्याम्प सञ्चालन गरेर उनीहरूले आँखा उपचार सुरु गरे । त्यसपछि तिलगंगा अस्पताल बनेपछि उनीहरू दुवैजनाले सँगै काम गर्न सुरु गरे । छोरी पनि डाक्टर, श्रीमान् इन्जिनियर व्यक्ति अगाडि बढ्न परिवारको साथ आवश्यक पर्ने उनी बताउँछिन् । रीताका श्रीमान् कम्प्युटर इिन्जिनियर हुन् । उनकी एउटी छोरी छिन् । छोरी पनि आँखाको डाक्टर छिन् । ‘म यहाँसम्म आइपुग्नु मेरो परिवारको हात छ, परिवारले साथ दियो, उनी भन्छिन्, ‘श्रीमानले साथ दिनुभयो, छोरीले भाव बुझिन् र म यहाँसम्म पुगेँ । ’ रीताको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । उनका बुबा दानबहादुर गुरुङ भारतीय सैनिक । बुबाको जागिर भारतमा हुँदा उनकी आमा आशादेवी पनि भारत बस्थिन् । डाक्टर रीताको जन्म पनि भारतमै भयो । उनका एक दिदी र एक बहिनी गरी तीनजना दिदीबहिनी छन् । सन् १९९५ मा भारत र पाकिस्तानबीच भएको युद्धमा परि उनका बुवाको मृत्यु भयो । श्रीमानको मृत्युपछि रीताकी आमा आशादेवी छोरीहरू बोकेर नेपाल फर्किइन् । उनी चितवनको दिब्यानगरमा बस्न थालिन् । रीताकी आमाको काँधमा तीन छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी आयो । डा.रीता आफू डाक्टर हुनुको पछाडि आमाको हात र स्वर्गीय बुबाको आशिर्वाद र आफ्नो लगाव रहेको बताउँछिन् । आफुले पाएको दुःख समाजको तिरस्कार आफ्नो छोरीहरूले पाउन नपरोस् भन्दै आमा आशादेवीले तीनैजना छोरीहरूलाई काठमाडौंमा ल्याएर बोडर्समा राखिन् । उनीलगायत तीनैजना दिदीबहिनी काठमाडौंमा रहेको महेन्द्र विद्या भवनमा पढ्न थाले । रीताले वि.सं २०३० सालमा एसएलसी पास गरिन् । उनी पढाइमा राम्रै थिइन् । त्यो बेला पैसा भएर पनि मेडिकल स्कुल जान पाइँदैनथ्यो । सरकाबाट छात्रवृत्ति पाए पढ्न पाइन्थ्यो । त्यो बेलामा जति चिकित्सक थिए सबै सरकारी छात्रवृत्तिबाटै पढेका थिए । रीताले पनि छात्रवृत्ति पाइन् । ‘भाग्यले भनौं या मिहिनेतले मैले छात्रवृत्ति पाएँ, छात्रवृत्ति पाएपछि पढ्न रुस गएँ, रुसमा गएर नेत्ररोग विशेषज्ञता हासिल गरे,’ उनले विगत सुनाइन् । उनलाई छिटछिटो काम र परिणाम चाहिँन्छ । कोही मान्छेमा मोतिबिन्दु भएर आँखा बन्द भएको छ भने अपरेसन गरेको भोलिपल्ट देख्न सक्ने हुन्छ । ‘आँखामा गरेको कामको छिनमै परिणाम आउँछ, यस्ता परिर्वतनहरू छन्, जसले मलाई सधैं काम गर्न अभिप्रेरित गर्यो, त्यसैले म यो क्षेत्रमा आएँ होला,’ उनले आफू डाक्टरी पेसा पढ्नुको कारण बताइन् । अब उनलाई फरक काम गर्ने रहर छ । उनकी आमाको निधन भएपछि रीताका दिदीबहिनी मिलेर फ्याम्ली फाउण्डेशन स्थापना गरेका छन् । जसको नाम ‘दानआशा’ फाउण्डेशन हो । रिटायर्ड भएपनि आफ्नो अनुभवलाई जहाँ पनि प्रयोग गर्न सक्ने क्षमता उनमा छ । उनलाई अब केयर चिल्ड्रेनको शिक्षामा काम गर्ने रहर छ । ‘म कहिल्यै जीवनदेखि दुःखी भइनँ, पढ्ने मौका पाएँ, पढेर यहाँसम्म आएँ, डाक्टर बनेँ, अहिले तिलगंगा चलाउँदै छु, अझै चलाउँछु भन्ने मनमा आँट छ,’ उनले उत्साहित हुँदै भनिन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार