नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिहीबार ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा ७१ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी १०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल ३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ । यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । कम्पनी संचालनको ३७ औं वार्षिकोत्सवका अवसरमा हामी प्र्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहकहरु, कर्मचारी साथीहरु, अभिकर्ताहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गरेको छ ।
उत्कृष्ट नगर सन्धिखर्कका प्रमुख भन्छन्- पर्याप्त बजेट हुन्थ्यो भने धेरै काम गर्न सकिन्छ
प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन ९ गते १७ वटा सूचकका आधारमा आर्थिक वर्ष ०७९/८० मा ७५३ वटा स्थानीय तहले गरेको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजाका आधारमा ७५३ वटा स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ । देशभरका पालिकामध्ये सन्धिखर्क कसरी उत्कृष्ट बन्न सफल भयो भन्ने विषयमा विकासन्युजका लागि नारायण अर्यालले उक्त पालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग कुराकानी गरेका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकनको आधारमा तपाईंको पालिकालाई उत्कृष्ट पालिकाको घाेषणा गरेकाे छ, यो नतिजा हासिल गर्न कसरी सम्भव भयो ? जनप्रतिनिधिहरूले पनि आफ्नो जिम्मेवारीअनुसार पूर्णरूपमा समय दिएर काम गर्ने र कार्यसम्पादनमा तोकिएका कामहरुलाई ध्यानपूर्वक काम गर्ने गरेका छौं । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृतदेखि सबै शाखाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । साथै, संघीय सरकार र प्रदेश सरकारले दिएको निर्देशनअनुसार १७ वटा बुँदामा हामीले जे जति सक्यौं त्यति काम गर्यौं । पालिकाका हामी प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतदेखि सबैको राम्रो अनुभवका कारणले पनि यो सम्भव भएको हो । यो हुन पनि जरुरी छ । भएन भने पालिकाहरू कमजोर हुन्छन् । निर्वाचित जनप्रतिनिधिहरू र कर्मचारीको सहकार्यबाट मात्रै यो नतिजा हासिल गर्न सम्भव भयो वा राजनीतिक दल र समाजसँग पनि सहकार्य गर्नुभएको छ ? काम गर्दा पूर्व जनप्रतिनिधिहरूको पनि हामीले सल्लाह लिनुपर्छ, विशेषगरि यसमा जनप्रतिनिधिहरूको टिम नै बढी जिम्मेवार रहनुपर्छ । साथै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेको जुन टिम हुन्छ, त्यो काममा चुस्तदुरुस्त भएन भने नतिजा हासिल गर्न सम्भव छैन । त्यो टिम चुस्तदुरुस्त बनाउने विषयमा नगर प्रमुख उप-प्रमुखको मुख्य जिम्मेवारी हुन्छ । राज्यले दिएका निर्देशनहरू कार्यान्वयन भयो कि भएन, के कति प्रगति भयो भएन भनेर समीक्षा गर्ने र त्यसलाई कार्यान्वयन गर्यो भने सम्भव हुने रहेछ । सूचकमा रहेका पूर्ण खोप र एसईईको नतिजा उत्कृष्ट बनाउन पालिकाले कसरी काम गरिरहेको छ ? पूर्ण खोपको सन्दर्भमा संघीय सरकारले कार्यनीति बनाउँछ, सो कार्यनीतिमा हाम्रो पालिकाभित्र कतिवटा बिन्दु राख्दा यो खोप सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सही निर्णय गरेका छौं । एसईईको सन्दर्भमा हामीले आधारभूत विद्यालयहरूलाई कसरी राम्रो बनाउन सकिन्छ, गुणस्तरीय शिक्षा कसरी कायम गर्न सकिन्छ, अहिले विद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण घट्दो रहेको, कक्षा १२ पढेपछि विद्यार्थीहरु नेपालमा बस्ने वातावरण नै नरहेको अवस्था छ । यी विषयहरुलाई सम्बोधन गर्न हामीले एक कक्षा देखि नै पठनपाठनमा राम्रो व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले विद्यालयहरूको नियमित अनुगमन गर्ने, विद्यार्थी र अभिभावकहरूसँग नियमित सल्लाह गर्ने काम हामीले गरिरहेका छौं । विद्यालय व्यवस्थापन समिति विद्यार्थीप्रति बढी जिम्मेवार हुनुपर्छ, साथै अभिभावकहरू पनि आफ्ना बालबालिकाको भविष्य कस्तो बनाउने भनेर उत्तिकै जिम्मेवार हुनुपर्छ । त्यसैले व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैलाई राखेर कसरी गुणस्तरीय शिक्षा बनाउन सकिन्छ त्यसमा तपाईंहरुको ध्यान जान जरुरी छ । तपाईंहरूले हिजोको शिक्षा र अहिलेको शिक्षामा व्यवस्थापन गर्दा आमुल परिवर्तन हुनेगरी लाग्नुपर्छ भनेर यो अभियानसँग जोडेका छौं । योजना तर्जुमा गर्दा कार्यान्वयन पक्ष समेटियो भने अपनत्वसहित कार्यान्वयन हुने अनुभवले देखाउँछ, तपाईंको पालिकाले योजना तर्जुमाको पक्षलाई कसरी अभ्यास गर्ने गरेको छ ? योजना तर्जुमाको धेरै काम वडास्तरमा नै हुन्छ । वडाले योजनाहरूको तर्जुमा गर्दा त्यहाँ हुने टोलविकास संस्थाका प्रतिनिधिहरूमार्फत टोलमा के समस्या छ ? टोलमा के काम गर्दा विकास देखिन्छ जनताले राहत पाउँछन्, सानोतिनो बजेटले पनि के सम्भव हुन्छ र के गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूले तयार गरेको टिपोर्टका आधारमा बजेटको सीमाभित्र रहेर क्रमागतरूपमा पहिलो दोस्रो गरेर कार्ययोजना अगाडि बढाउने अभ्यास गरेका छौं । ७५३ वटा पालिकामा अर्बौं बजेट भएका महानगरहरुलाई समेत उछिनेर कार्यसम्पादनमा तपाईंको पालिका उत्कृष्ट हुन सफल भएको छ । के व्यवहारिक रूपमा महसुस हुने गरी पालिकाले शुसासन र समृद्धिको दिशा लिएको छ ? हामी हरेक कुरामा अगाडि बढेका छौं । सन्धिखर्क पहाडी जिल्लाको पालिका हो । अहिले हामीले संघ र प्रदेश दुवै तहबाट आवश्यक बजेट पाउन सकेका छैनौं, नत हामी स्थानीय सरकारसँग स्रोत र साधन छ । सीमित स्रोत साधनमा रहेर काम गर्दा हामीलाई आर्थिक व्यवस्थापनको ठूलो समस्या छ । जसले गर्दा विकास निर्माणका काम ओझेलामा परेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पर्याप्त बजेट प्राप्त हुन सकेमा थप नतिजा दिन सकिन्छ । पालिकाको काम गर्दा के कस्ता कानुनी तथा नीतिगत समस्या भएको अनुभूति गर्नुभएको छ, जसलाई सम्बोधन गर्दा पालिकाको कामले थप गति लिन सक्छ ? कतिपय कामहरू गर्दा संघीय सरकार र प्रदेश सरकारको कानूनहरू बाझिने, स्थानीय सरकारको हिसाबले हामीले आफूखुसी कानुनहरू बनाउन नपाउने, स्थानीय सरकारलाई २२ वटा कानूनको अधिकार भएपनि अन्य कानून बनाउनलाई जटिलता हुने र प्रदेश र संघीय सरकारको कानुनलाई हेरेर बस्नुपर्ने अवस्थाले धेरै समस्याहरू रहेका छन् । अरुको मुख नहेरी आफूलाई आवश्यक पर्ने कानूनहरु बनाउन पाएको भए अहिलेको तुलनामा धेरै कामहरु हुन्थ्यो जस्तो लाग्छ ।
बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक, विद्युत निर्यात गर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भएको थियो । विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरुमा विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने । ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’ प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि-१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर-भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने छ ।
सरकारी जग्गा हडपेको विवरण संकलन गर्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए । उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए । त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले पत्राचार गरेको छ । सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अनधिकृतरूपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएपछि मन्त्रालयले जग्गा फिर्ताको पहल थालेको हो । मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिले कुनै सार्वजनिक संस्था (प्रचलित कानुनबमोजिम स्थापना भएका प्रतिष्ठान, बोर्ड, प्राधिकरण, संस्थान, विकास समिति, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य संस्था, कम्पनी वा अन्य सार्वजनिक वा गैरसरकारी संस्था)लाई उपयोग गर्नेगरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर रहेका जनाएको छ । अतिक्रमण भएका जग्गा फिर्ता ल्याउने तथा राज्यको सम्पत्ति कब्जा गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता प्रवक्ता भट्टराईले व्यक्त गरे । रासस
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंका ६ लाख बालबालिका समेटिँदै
काठमाडौं । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । काठमाडौं महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौं जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौं महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौंं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ । काठमाडौं दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो । रासस
१७ वर्षअघिको कम्प्युटर पसल बन्यो करोडौंको ‘डिजिटल साहुजी’, ७ वर्ष लामो अनुसन्धान
काठमाडौं । एउटा भनाइ छ, ‘विजेताले फरक काम गर्दैन, फरक तरिकाले काम गर्छ।’ यस्तै, पृथक ढंगले काम गर्ने योजना र रणनीतिका साथ नेपाली इ-कमर्स प्लेटफर्ममा जोडिएको छ ‘डिजिटल साहुजी’ । हुन त अहिले पनि नेपाली बजारमा दर्जनौं कम्पनीहरू छन्, जसबाट नेपालीहरूले अनलाइन सपिङ गरिरहेका छन् । तर, ती कम्पनीहरूलाई पनि चुनौती दिँदै आक्रामक ढंगबाट अगाडि बढ्ने योजनाका साथ डिजिटल साहुजीको प्रवेश भएको हो । अहिले सञ्चालित अन्य ई–कमर्स कम्पनीहरूले अन्य डेलिभरी सेवा दिने कम्पनीहरूको सहयोगमा सामान डेलिभरी गर्ने गरेका छन् । जसले गर्दा खरिदकर्ताको सामान कहिले आइपुग्छ यकिन हुँदैन । तर, अब खरिदकर्ताले खरिद गरको सामान डिजिटल साहुजीले नै घरदैलोमा पुर्याउने काम गर्नेछ । ‘डिजिटल साहुजीमा अनलाईन ट्र्याकिङ सिस्टम छ, यदि यस प्लेटफर्मबाट सामग्री खरिद गर्दादेखि घरसम्म आइपुग्दा सबै ट्रयाकिङ ग्राहकहरूले गर्न सक्नु हुन्छ,’ कम्पनीका चिफ फाइनान्स अफिसर सन्तोष पोखरेलले भने, ‘हाल यस माध्यममा सूचना प्रविधि र इलेक्ट्रोनिक सामानहरू उपलब्ध छन् ।’ १७ वर्षअघि बुटवलमा कम्प्युटर ट्रेडिङ र इलोक्ट्रोनिक पसल चलाउँदै गर्दा डिजिटल साहुजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन न्यौपानेको मनमा एउटा विचारको जन्म भयो । ग्राहक, खुद्रा ब्यापारी, युवा तथा विद्यार्थी र आयातकर्ताका समस्या समाधान गर्न न्यौपानेले ड्रिम प्रोजेक्ट बनाए । सोही प्रोजेक्ट आज डिजिटल साहुजीमा रूपान्तरण भएको छ । ‘एउटै ठाउँमा बसेर मात्रै व्यवसाय विस्तार हुँदैन, अब देश र जनताका लागि केही गर्छु भन्ने फराकिलो सोच बनाएर काठमाडौं, चितवन र कोहलपुरमा तीन वटा शाखा सञ्चालनमा ल्याए,’ पोखरेलले भने, ‘भूकम्प र कोरोना महामारीपछि नेपालको अर्थतन्त्र शिथिल बनेको छ, सटरहरू धमाधम बन्द भइरहेका छन् । युवाहरू विदेश पलायन भइरहेका छन्, व्यापार व्यवसाय चौपट छ, त्यसैले सुतिरहेका ब्यापारी र सुस्ताएको अर्थतन्त्र उकास्न डिजिटल साहुजी ल्याएका हौं ।’ डिजिटल साहुजी प्लेटफर्म सञ्चालनमा ल्याउन ७ वर्षदेखि अनुसन्धान र टेस्ट मार्केट गर्दा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीलाई माथि लैजाने उर्जा बढेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले एक वर्षको अवधिमा ५ सय जना खुद्रा व्यापारी, २ हजार युवा तथा विद्यार्थी, २ सयभन्दा बढी कर्मचारी र लाखौं ग्राहकहरूको जीवनमा आर्थिक र प्राविधिक रूपमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । साथै, नेपालभरीका मुख्य सहरमा २ सय जना मार्केटिङ एजेन्टलाई हायर गर्ने तयारी रहेको उनले बताए । ‘देशभरीका ग्राहकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी सञ्चालनमा ल्याएका हौं, राज्यलाई योगदान दिन हजारौंलाई रोजगारी दिन्छौं, सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्ग र दुर्गमका युवालाई प्राविधिक शिक्षाको ज्ञान र लगानी गर्छाैं,’ उनले भने, ‘सरकारलाई कर तिरेर योगदान दिन्छौं, शिक्षा, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्धर्न गर्ने उद्योगमा प्रभाव पार्ने गरी प्रोजेक्ट डिजाइन गरेका छौं ।’ देशको अर्थतन्त्र चलायनमान गर्न कम्पनी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । पहिलो वर्षमा कम्पनीले नेपालमा कुल आयात हुने इलेक्ट्रोनिक, सूचना प्रविधि सामाग्रीहरूको २ प्रतिशत कारोबार गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीको भ्यालू पहिलो वर्षमै ५० करोड रुपैयाँको बनाउने अठोट रहेको उनले बताए । हाल कम्पनीको लगानी १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभरीमा २२ वटा शाखा स्थापना गर्नेछ । यसरी बन्नुहोस् डिजिटल साहुजीको डिलर तपाईंले डिजिटल साहुजीको डिलर लिनका लागि सुरुमा गुगलमा डिजिटल साहुजी खोज्नु पर्ने हुन्छ । डिलरका लागि रजिष्ट्रेसन र लग इनको अप्सन देखिन्छ । टाइप वान र टाइप टू भनेर दुई वटा छुट्टाछुट्टै डिलर हुन्छन् । टाइप वान डिलर खुद्रा व्यापारी हुन भने टाइप टू डिलर युवा तथा विद्यार्थी वर्ग हुन् । जो डिजिटल साहुजीसँग आवद्ध भएर आफ्नै स्वतन्त्र रूपमा व्यवसाय गर्न सक्नेछन् । सिस्टममा आर्टिफिसियल इन्टेलिजेन्स, लोकेसन ट्रयाकिङ लगायतका प्रविधि जडित छ । त्यसैले कुनै ग्राहकले सामान अर्डर गर्नु भयो भने नजिकैको डिलरमा अर्डर पठाइन्छ । अर्डर आइसकेपछि डिलरले उक्त सामान छ की छैन भनेर हेर्छ । यदि उक्त डिलरमा सामान भेटिएन भने अर्काे नजिकैको डिलरमा अटोमेटिक स्क्यान गरेर हेर्छ । कुनैपनि शाखामा सामान भेटिएन भने अन्ततः हेड अफिसमा पठाइन्छ । हेड अफिसमा सूचीकरण गरिएका सबै सामान उपलब्ध हुन्छन् । हेड अफिसले शाखाहुँदै टाइप टू डिलरको माध्यमबाट ग्राहकलाई डेलिभरी गरिदिन्छ । ग्राहकले कसरी प्रयोग गर्ने ? डिलर र ग्राहकका लागि छुट्टाछुट्टै लग इनको सुविधा छ । ग्राहकले लग इन गरेर कुनै एउटा प्रडक्टमा क्लिक गर्नु पर्छ । त्यसपछि बाइ नाउ (खरिद गर्नुहोस्) र एड टू कार्ट भनेर अप्सन देखिन्छ । खरिद गर्दा लोकेसन उपत्यका र उपत्यका बाहिर कुन हो छनोट गर्नु पर्छ । कम्पनीले कुपन कोडहरू पनि वितरण गर्ने भएकाले उक्त कुपन कोड छ भने त्यहाँ राख्नु पर्ने हुन्छ । कुपन कोडमा विभिन्न छुटको व्यवस्था हुनेछ । त्यसपछि चेक आउट अप्सन आउँछ । चेक आउट अर्डर प्लेस गर्न हो । चेक आउट गरेपछि सामान पुर्याउनु पर्ने ठाउँ राख्नु पर्ने हुन्छ । फोन पे, इसेवा र खल्तीको माध्यमबाट सामानको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । अन्य प्लेटफर्मभन्दा के फरक ? ग्राहकले कोबाट सामान अर्डर गरेको छ, त्यो सामान कहाँ पुगेको छ, कहिलेसम्म आइपुग्छ भनेर सबै ट्रयाकिङ सिस्टमबाट हेर्न सकिन्छ । सोही अनुसार सिस्टम बनाइएको छ । जुन अन्य कम्पनीको प्लेटफर्ममा छैन । डिलरहरूले आफूले सामान राखेर बिक्रेतालाई बेच्ने हो । कति अर्डर गरियो ? कति पेण्डिङमा छ ? कति प्याकेजिङ भइसक्यो ? कति फिर्ता भयो ? कति डेलिभरी हुन सकेन ? कति रद्द भएको छ ? भनेर हेर्न सकिन्छ । प्रडक्ट म्यानेजमेन्टका लागि कुन कुन प्रडक्टहलाई रिक्वेस्ट गरियो ? रिक्वेस्ट गरिएको सूची कुन कुन हो ? भनेर सबै स्टाटस हेर्न सकिन्छ । ग्राहकहरूका लागि एउटै मूल्य तोकिएको हुन्छ भने डिलरहरूका लागि होलसेल र रिटेल मूल्य छुट्याएर राखेको हुन्छ । पसल सञ्चालन गरिरहेका टाइप वान डिलर हुन् । टाइप टू डिलर विद्यार्थी र युवा वर्गलाई विजनेशमा सामेल हुन सक्ने व्यवस्था छ । जस्तो कुनै स्नातक अध्ययनरत विद्यार्थी छ भने आफ्नो खर्च उठाउन डिजिटल साहुजीमा आवद्ध भएर कमाउन सक्छ । नेपालभरिका शाखामा खुद्रा व्यापारी (टाइप वान)डिलर हुन्छन् । खुद्रा व्यापारीसँग विद्यार्थीहरू जोडिएर उनीहरूको प्रडक्टलाई मार्केटिङ गरेर बिक्री गर्न पाउने छन् । खुद्रा व्यापारी, युवा तथा विद्यार्थी र ग्राहक गरी तीन वटा तह छुट्याइएको हुन्छ । कम्पनीले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । मोबाइल एप डाउनलोड गरेर सामाग्रीहरू खरिद गर्न सक्ने पोखरेलले बताए । सीईओ न्यौपनका अनुसार व्यवस्थित हुन नसकेको व्यापारलाई सही बाटोमा ल्याउने डिजिटल साहुजी ल्याइएको हो । डिजिटल साहुजीले हजारौ युवालाई रोजगारी दिने उनको भनाइ छ । ‘जब हामी हजारौंको लागि काम गर्छाैं, हजारौंले समाजको लागि अनि देशको लागि केही न केही योगदान दिनु हुन्छ, यही हुटहुटीले डिजिटल साहुजी ल्याउका हौं,’ उनले भने ।
आरके समुहले एनआरएनएको कार्यालयमा लगाए ताला, भवनको जिम्मा तत्कालीन नेतृत्वले लिनुपर्ने
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले बिहीबार संघको बालुवाटारस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै तालाबन्दी गरेको छ । एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वमा संस्थामा बद्री केसीले लगाएको तालामाथि नै थप अर्को ताला लगाईएको हो । साथै पत्रकार सम्मेलनमा उपस्थित अभियन्ताहरुले एनआरएनएको उक्त भवन र जग्गाको जिम्मा तत्कालीन कोषाध्यक्ष र महासचिव बद्री केसी र तत्कालीन नेतृत्वले लिनुपर्ने बताएका छन् । उनीहरुले केसीले विश्वका लाखौं गैर आवासीय नेपालीबाट उठाईएको रकमबाट खरिद गरिएको कार्यालय निजीजस्तो बनाई २ दिनदेखि नै सबै कर्मचारीलाई बिदा दिएर अफिस बन्द गरेर रसियन शैली देखाएको भन्दै खेद प्रकट गरेका छन् । ४१ करोड बढीको लगानीमा बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग शर्मा नेतृत्वको एनआरएनएले माग गरेको छ । ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको हो । एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटारमा आरके शर्मा समूहले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बद्री केसी समुहले संस्था र भवन नै कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रति आफ्नो आपत्ति रहेको बताए । शर्माले आफ्नो समुह जतिनै लचक हुँदा पनि केशीले रसियन शासन लगाउन खोजेकाले त्यो कदापि हुन नदिन आफू तल्लीन रहेको बताए । मलेसिया लगायतका विश्वका श्रमिकहरुबाट उठाईएको रकमबाट खरिद भवनमा केसीले गुण्डागर्दी शैली देखाएर चाबी लगाएर निजीजस्तो बोकेर हिड्नु गलत रहेको जनाउँदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले घोर आपत्ति प्रकट गरे । उनले तत्काल यस्ता कार्य बन्द गरेर आफ्नो कमि कमजोरी सुधार्दै एनआरएनएको सम्पत्ति फिर्ता गर्न तर्फ लाग्नुपर्ने बताए । भवन निर्माण विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमको भनाइ छ । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफुलाई अध्यक्ष बताउँदै आएका बद्री केसीले कार्यालयमा तालाबन्दी गरेकोप्रति घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा सल्लाहकार एवम् निवर्तमान उपाध्यक्ष नरेन्द्र भाटले बताए । लाखौं सदस्य रहेको गैर आवासीय नेपाली संघ नेपाल सरकारसँग साझेदारी गर्ने संस्था भएपनि राजनीतिक रङ छर्दै व्यक्तिवादी प्रवृति हावी हुँदै गएको संघका निवर्तमान उपाध्यक्ष एवम् अभियन्ता डीबी क्षेत्रीले बताए । उनले जो जो जता गए पनि सहमतिको विकल्प नभएको र आफ्नो बस्ने अफिस नै गइसकेको अवस्थामा संस्थापक अध्यक्षदेखि वर्तमान अध्यक्ष सबै सहमतिका लागि लाग्नुपर्ने बताए । केसी समूहले दादागिरी शैलीमा कार्यालयमा तालाबन्दी गरेको कार्य स्वीकार्य नभएको र विदेशमा रहेका नेपाली नागरिकको लगानीमाथि गरिएको मनोपोलीप्रति एनआरएनए युरोप संयोजक चिन्तामनि सापकोटाले गम्भीर आपत्ति प्रकट गरे । उनले एनआरएनएको अहिलेसम्मको सबै हिसाबकिताब सार्वजनिक गरेर दुरुप्रयोग गर्नेबाट भराउनुपर्ने बताए । जनसम्पर्क समिति बेल्जीयमका पुर्व सभापति पुर्ण तिमल्सिनाले एनआरएनएको गत निर्वाचनमा भेरो धाँधलीमात्रै नभएर रसियन माफियाकरण भएको दावी गरे । उनले तत्काल नेपाल राष्ट्र बैंकले खाता बन्द गर्नुपर्ने समेत बताए । विदेशमा श्रम गर्ने नेपाली नागरिकको रगत र पसिनाबाट बनेको भवनलाई केसी समुहले दादागिरी शैलीमा आफ्नो नियन्त्रणमा लिएर तालाबन्दी गरेको उनीहरुको भनाई थियो । तलब खाने तर कर्मचारी कार्यालयमा उपस्थित नहुने, कार्यालयमा तालाबन्दी गरी सेवा प्रवाह बन्द गरेर आफ्नै मनोमानी ढङ्गले केसी समूह अगाडि बढेकोमा केसी समूहको प्रतिवाद गर्ने पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले बताए । केसी समूहले कार्यालयमा लगाएको तालामाथि आफुहरुले अर्को ताला लगाएको उपाध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताए । पछिल्लो समयमा भएका घटनाक्रमले गैर आवासीय नेपाली संघ राजनीति खिचातानीका बीच चलिरहेको महसुस भइरहेको विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारी एबं एनआरएनए अभियन्ताले गुनासो गरेका छन । उनीहरुले एनआरएनएजस्तो सँस्थाको सम्पत्ति बद्री केसीले दुरुप्रयोग गरेकोमा रोष प्रकट गर्दै केसीको मनोपोलीविरुद्ध आफूहरु रहेको बताए । पत्रकार सम्मेलनमा यसअघिका बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गरिएको थियो । गैर आवासीय नेपाली संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भवन कसरी जोगाउने भन्ने मात्रै समस्या नभई अन्य धेरै समस्याहरु रहेको बताइएको छ । उक्त फेस टु फेस मिटिंग तथा पत्रकार सम्मेलनमा उल्लेख्य एनआरएनए नेतृत्व र अभियन्ताहरुको उपास्थिति थियो । कार्यक्रममा एनआरएनएका सल्लाहकार नरेन्द्र भाट, शनिकुमार ओली, अभियन्ता एवम् निवर्तमान उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए अध्यक्ष आरके शर्मा, उपाध्यक्ष खगेन्द्र न्यौपाने, गंगाधर गौतम, महासचिव बुद्धी सुवेदी, उपमहासचिव कृष्ण गिरी, युरोप संयोजक चिन्तामनि सापकोटा, युरोप उपसंयोजक भीमसेन थापा, जनसंपर्क समिति बेल्जीयमका पुर्व सभापति पुर्ण तिमल्सिना, जनसंपर्क समिति युएईका सभापती भुवानी तिमल्सिना, जनसंपर्क समिति यूकेका सभापती युवराज गुरुङ, जनसंपर्क समिति नेदरल्यान्डका सभापति शालिक गौतमलगायतको उपस्थिति थियो ।
फागुन १३ गतेदेखि शुरु हुँदै दादुरा-रुबेला खोप अभियान, २७ जिल्लामा हुने
काठमाडौं । सरकारले दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले काठमाडौं उपत्यका, चितवन लगायत देशभरका २७ वटा जिल्लामा उक्त अभियान सञ्चालन गर्ने भएको हो । कुनैपनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । सरकारले यही फागुन १३ गतेदेखि १६ गतेसम्म ९ महिनादेखि १५वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला र ९ महिनादेखि ५ वर्ष मुनिका दादुरा-रुबेलासहित अन्य छुटेका सबै खोपहरू लगाउने जनाइएको छ । दादुरालाई कोभिडभन्दा पनि संक्रमण मान्न सकिने डाक्टर भुवन पौडेलको भनाइ छ । उनका अनुसार दादुरा लागेको एकजना संक्रमित व्यक्तिबाट १८ देखि २० जनासम्मलाई सार्ने जोखिम हुन्छ । यसले विगतमा महामारी ल्याएपनि अहिले भने महामारी ल्याएको छैन । निवारणका लागि नेपालले प्रयास गरिरहेको छ । दादुरा-रुबेला खोप विशेषगरी ९ महिनादेखि ५ वर्ष मुनिकालाई लगाइन्छ तर, विशेष अभियानमा १५ वर्ष सम्मकालाई पनि खोप लगाइने जनाइएको छ । नेपालमा दादुरा खोपको सुरुवात सन् १९८८ देखि भएको हो । त्यसबेलादेखि नियमित खोप सेवाको माध्यमबाट बालबालिकाहरूलाई ९ महिना उमेरको बालबालिकालाई खोप दिइँदै आएको थियो । सन २०१५ देखि नियमित खोपसेवामा दादुरा रुबेला खोपमो दोस्रोमात्र दिन सुरुवात गरियो । जुन १५ महिनाको उमेरमा दिन थालियो । नेपालले विश्वसामु सन २०२६ सम्म नेपाललाई दादुरा-रुवेला मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । तर त्यो समयभित्र दादुरा-रुवेला मुक्त गर्न भने नेपाल सामु चुनौती रहेको विज्ञहरू बताउँछन् । नेपालले २०१९ मा दादुरा-रुवेला मुक्त गर्ने लक्ष्य राखेको थियो, त्यो समूह सारेर २०२३ मा राखियो तर, पनि नसकेकाले २०२६ भित्र निवारण गर्नुपर्ने बाध्यात्मक अवस्था भएको छ । खोप नलगाउने बालबालिको संख्या बढ्दै जन्मेपछि १५ महिनाभित्र सात पटक स्वास्थ्य संस्था जानुपर्छ । त्यहाँ गएर १३ प्रकारका विरुद्धको नि:शुल्क खोप बालबालिकालाई लगाउनुपर्ने हुन्छ । अहिले कुनैपनि खोप नपाएका बालबालिकाको संख्या बढेको देखिएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेस २०२२ ले ४ प्रतिशत बालबालिकाले कुनैपनि खोप नपाएको देखाएको छ । २०१६ मा कुनैपनि खोप नपाउने १ प्रतिशत थियो तर, अहिले बढेर चार प्रतिशत पुगेको छ । सात पटक स्वास्थ्य संस्था गइ लगाउनुपर्ने निशुल्क खोप पनि २० प्रतिशतले नलगाएको तथ्यांकले देखाएको छ । यस्ता व्यक्ति कहाँ छुटेका छन् भनेर राज्यले सुक्षम योजना बनाउन सकेको छैन । बालबालिकाले खोप नलागउँदा खेर जाने अवस्था पनि उत्तिकै रहेको छ । दादुरा के हो ? दादुरा एक प्रकारको संक्रामक रोग हो । यो आरएनए भाइरसबाट लाग्ने गर्दछ । यो भाइरस मानिसमामात्र सर्ने र छिटो सर्ने अतिसंक्रामक भाइरस हो । यो रोगले छिट्टै महामारीको रुप लिन्छ । यो रोग कुनैपनि उमेरसमूहका व्यक्तिलाई लाग्न सक्छ । तर, ५ वर्ष मुनिका बालबालिकामा यो रोग धेरै हुने गरेको छ । सर्ने तिरका दादुरा संक्रामक भएको व्यक्तिको नाक तथा घाँटीमा यसको भाइरस हुन्छ । नाक तथा घाँटीमा विृद्धभइ यसले श्वासप्रस्वास नली एवम् शरिरका अन्य भित्री अंगहरूमा संक्रमण गर्छ ।रोगीको खकार, सिगाँनको सम्पर्कमा आउँदा वा रोगीले हाच्छिउँ गर्दा निस्कने छर्काहरू हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । लक्षणहरू दादुरा रोगको पहिलो चिन्ह ज्वरो आउनु हो । १० देखि १२ दिनसम्म ज्वरो आउँछ । ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने वा आँखा राता हुने लक्षणहरू देखापर्छन्। शरीरमा राता बिमिराहरू देखापर्छन् । सबैभन्दा पहिले बिमिरा अनुहार, कानको पछाडि र गर्दनको माथिल्लो भागमा देखापर्छन् । बिस्तारै हात खुट्टामा पनि देखापर्छन् । जटिलताहरू झाडापखाला लाग्ने । कान पाक्ने । मष्तिष्कमा कडा खालको सुजन हुने । कम्पन आउने ।आँखामा समस्या भइ अन्धोपन हुने । जटिलताको कारणबाट बिरामीको मृत्युपनि हुन सक्छ । बच्ने उपाय ः यसबाट बच्न दादुरा बिरुद्धको खोप लगाउनु नै सबैभन्दा भरपर्दो विषय हो । के हो रुबेला रोग ? रुबेला आरएन ए (टोगाभाइरस) बाट लाग्ने संक्रामक रोग हो । यो भाइरसबाट संक्रमण हुँदा दादुरामा जस्तै बिमिराहरू देखा पर्ने र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कहरूमा देखा पर्न सक्छ । सर्ने तरिका यो रोगको भाइरस शरीरमा प्रवेश गरेको १४ दिनपछि रुबेला रोगका लक्षण र चिन्हहरू देखा पर्छन् । यो रोगको पहिलो लक्षण शरीरमा राता बिमिरा आउनु हो । ज्वरो आउने, घाँटीका ग्रन्थीहरू बढ्ने गर्छ । बिमिरा आउँदा सुरुमा अनुहारमा, त्यसपछि शरीरका विभिन्न भागमा आउने र तीन दिनपछि आफै हराउँदै जाने गर्छन् । जटिलताहरू हाड जोर्नीहरू सुन्निने, दुख्ने । रक्तश्राव हुने । मष्तिष्कमा कडा खालको सुजन हुने । गर्भावस्थामा संक्रमण भएमा गर्भपतन हुने वा मृत सिसु जन्मिने । उपचार ः दादुरा जस्तै यो रोगबाट बच्न पनि खोप सबैभन्दा प्रभावकारी हो ।