विकासन्युज

मेवा खोला आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । २०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ । उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निष्काशनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ । सिटिजन्स क्यापिटल लि.लाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जना भन्दा धेरैले रोजगारी पाएका छन् ।

भारतले यूएईमा मात्र प्याज किन बेचिरहेको छ ?

काठमाडौं । भारतले लामो समयदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि युनाइटेड अरब इमिरेट्स ९यूएई० लगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै आइएको छ । अहिले विश्वभरि प्याजको भाउ बढेको भए पनि भारतबाट यस्ता देशमा सस्तोमा प्याज आपूर्ति भइरहेकाले किसान र व्यापारी आक्रोशित छन् । भारतीय किसानले एक किलो प्याजको १२ देखि १५ रुपैयाँ तिर्ने गरेको तर त्यही प्याज यूएई पुगेपछि यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ हुने निर्यातकर्ता बताउँछन् । प्रश्न यो छ कि प्याज निकासीमा प्रतिबन्ध छ भने सरकारले छनोट भएका देशलाई किन प्याज बेचिरहेको छ रु के भारत सरकारले अब कूटनीतिको लागि प्याज प्रयोग गरिरहेको छ ? भारत सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि किसानहरूले यसको विरोध गर्दै आएका छन् । प्रतिबन्ध घोषणापछि महाराष्ट्रमा पनि किसानहरूले विरोध प्रदर्शन गरेका थिए । नासिकको लासलगाउँ, नन्दगाउँ, पिम्पलगाउँ र उमरानेमा यी विरोध प्रदर्शनहरू भएका थिए। यो क्षेत्र भारतमा प्याज उत्पादनको केन्द्र हो। प्याज राजनीतिक रूपमा संवेदनशील बाली हो । प्याजको मूल्य समय(समयमा चुनावी मुद्दा पनि बनेको छ। चुनावमा प्याजको सबैभन्दा प्रत्यक्ष प्रभाव सायद सन् १९९८ मा देखिएको थियो । त्यो वर्ष दिल्ली विधानसभा चुनावमा बीजेपीको पराजयमा प्याजको उच्च मूल्यको भूमिका रहेको विश्वास गरिएको थियो । मुलुकमा प्याज अभाव भएपछि सरकारले डिसेम्बरमा प्याज निर्यातमा रोक लगाएको थियो । गत महिना सरकारले यो प्रतिबन्ध अर्को आदेश नभएसम्म लम्ब्याएको थियो । तर, भारत सरकारले कूटनीतिक माध्यमबाट प्याजको मागलाई स्वीकार गरिरहेको छ । प्रतिबन्धबीच प्याज यूएई पठाइयो द हिन्दू अखबारका अनुसार केन्द्र सरकारले मार्च १ मा यूएईमा १४ हजार ४ सय टन प्याज निर्यात गर्न अनुमति दिएको थियो । यससँगै सरकारले तीन महिनामा ३ हजार ६ सय टनभन्दा बढी निकासी गर्न नपाइने सर्त राखेको थियो । गत महिना ३ हजार टनभन्दा बढी प्याज निर्यात गर्न स्वीकृत भएको थियो । यसबाहेक वाणिज्य मन्त्रालयले गत साता यूएईलाई १० हजार टन प्याज ल्याउन छुट्टै अनुमति दिएको छ । निकासीमा प्रतिबन्ध लगाए पनि युएई बाहेक अन्य धेरै देशमा प्याज बेचेको खबर आएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारतले बंगलादेशलाई ५० हजार टन, भुटानमा ५ सय ५० टन, बहराइनमा ३ हजार टन र मौरिससलाई १ हजार २ सय टन प्याज निर्यात गर्न अनुमति दिएको छ । विश्व बजारमा सामान्यतया प्याजको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म रहन्छ । तर, पछिल्ला महिनामा यूएई जस्ता प्रमुख बजारमा मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । भारत, पाकिस्तान र इजिप्टले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि यो मूल्य बढेको हो । द हिन्दू पत्रिकाका अनुसार हालै यूएईमा प्रतिटन ५ सयदेखि ५ सय ५० अमेरिकी डलरका दरले प्याज पठाइएको निर्यातकर्ताले जानकारी पाएका छन् । भारतीय रुपैयाँमा प्रतिकिलो प्याजको कुरा गर्ने हो भने ४५ देखि ५० सम्म पर्छ । अखबारका अनुसार भारतबाट प्याज खरिद गर्ने यूएई आयातकर्ताले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । १० हजार टन प्याज यूएई जाँदा आयातकर्ताले करिब १० अर्ब रुपैयाँ नाफा पाउने अनुमान छ । प्याज खरिदकर्तालाई फाइदा प्याजको यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड ९एनसीईएल० मार्फत मात्रै भइरहेको छ । एनसीईएल सहकारी मन्त्रालयअन्तर्गतको सरकारी स्वामित्वको संस्था हो । प्याज निजी क्षेत्रले निर्यात गर्दैन, एउटा सरकारले अर्को सरकारलाई निर्यात गरिरहेको छ । यस प्रक्रियामा प्याज आयात गर्ने सरकारले आयातकर्ताहरूका लागि कोटा निर्धारण गर्छ । त्यस्ता निकासीका लागि कृषि बजार पोर्टलमा ई(टेन्डरिङमार्फत खरिद गरिन्छ । यूएईबाट प्याज खरिदमा निजी क्षेत्रको संलग्नता रहेको पाइएको छ भने सरकारी निकाय भने यसबाट टाढै रहेको देखिन्छ । हर्टिकल्चर प्रोड्युस एक्सपोर्टर्स एसोसिएसनले प्याज निर्यात गर्ने र मूल्य निर्धारण गर्ने प्रक्रियाबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ । राष्ट्रिय सहकारी निकासी लिमिटेडलाई पठाएको इमेलमा संघले अन्तर्राष्ट्रिय मूल्यभन्दा कममा प्याज विदेशमा बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रिकाका अनुसार प्याज निर्यात सम्बन्धी प्रक्रिया र यसको मूल्य यसको क्षेत्राधिकार बाहिर भएकाले अन्तरमन्त्रालय समितिले निर्णय गरिरहेको एनसीईएलका अधिकारीहरूले व्यापारीहरूलाई बताएका छन् । प्याजको इतिहास ४ हजार वर्षअघि पनि विभिन्न परिकारमा प्याज प्रयोग गरिन्थ्यो । यो मेसोपोटेमियन कालको एक लेखमा थियो जुन पहिलो पटक १९८५ मा फ्रान्सेली पुरातत्वविद्ले पढेका थिए । अहिले विश्वका प्रायः सबै देशमा प्याज खेती गरिन्छ । चीन र भारतले विश्वको कुल उत्पादनको ४५ प्रतिशत (७ करोड टन) उत्पादन गर्छन् । तर, खानाको मामिलामा यी दुई विश्वका शीर्ष देशहरूमा पर्दैनन् । सन् २०११ को संयुक्त राष्ट्र संघको अध्ययनअनुसार लिबियाका प्रत्येक व्यक्तिले वर्षमा औसत ३३।६ किलो प्याज खाने गर्छन् । यसको प्रयोग विश्वका अधिकांश देशका खानामा सामान्य प्रयोग हुन्छ । यसको पछाडिको कारण प्याजको पौष्टिक तत्वलाई मानिन्छ । बीबीसी हिन्दी

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । अपराह्न भृकुटीमण्डपबाट सुरु हुने उक्त प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजारभन्दा बढीलाई उतार्ने दाबी छ । पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र काठमाडौंमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुनेछन् । हकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ । राप्रपाको काठमाडौंमा प्रदर्शन गर्ने घोषणापछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी रहेको बताइएको छ ।

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनर्निर्माण सम्पन्न

चौतारा । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनर्निर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो । भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन ६ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले बताए । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो । अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी, पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।

नहर भत्केपछि जुम्लामा विद्युत आपूर्ति बन्द, ८ सय घर अन्धकारमा

जुम्ला । जिल्लाको डिल्लीचौर जलविद्युत आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । २५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, ‘गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो ।’ समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध भएको उन जानकारी दिए । भत्केको नहर मर्मत गर्न ६ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए । विद्युत अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ । डिल्लीचौर विद्युत आयोजनाको नहर मर्मत गर्न पालिकाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।

लाभांश प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंक र सलिकोको साधारण सभा आज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न मंगलबार ग्रीन डेभलपमेन्ट बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) साधारण सभा बस्दैछ । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँ बोनस सेयर तथा ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न यस बैंकको दशौं तथा एघारौं वार्षिक साधारण सभा यस दिन मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६–कास्कीमा बिहान ११ बजेदेखि बस्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले चैत्र ९ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् । यस्तै, सलिकोले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटरिङ्गमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र १२ गतेसम्म कायम सेयरधनी साभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

सिंगटी हाइड्रोको लिलामी सेयरको बोलकबोल आज खोलिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको गोप्य शिल्ड टेण्डर (बोलकबोल) खोलिने भएको छ । कम्पनीले उक्त सेयरको बोलकबोल मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेस्टुरेन्टमा बिहान ८ बजे खोल्न लागिएकाे जनाएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीका अनुसार बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभमा हेर्न सकिने छ ।

प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा, के छन् मुख्य एजेन्डा ?

  काठमाडौं । प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गतेका दिन काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा बोलाएको हो । । उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।