विकासन्युज

किन सुकाइयो पिम्बहाल पोखरी ? (तस्बिरहरू)

ललितपुर। ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु)  सुकाइएको छ। साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको उक्त पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो । यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय एव पोखरी संरक्षक मदन ताम्राकारले बताए । उनका अनुसार ७ वर्षपछि सफा गर्न लागिएको हो। यसअघि सन् २०१७ मा पोखरी सफा गरिएको थियो। वर्षालाग्नु अगाडी नै पोखरी सफा गरेर वर्षाको पानीले पोखरी पर्ने योजना रहेको उनले बताए । लाखेले एक रातमा यो पोखरी बनाएको किम्बदन्ती रहेको छ।  

६२० किमि रेन्ज दिने प्रीमियम ईभी सार्वजनिक

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुद्घाटन गरिएको हो । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । नाडा अटोशोबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको व्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जनाएको छ । स्काइवेतका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काईवेल ईटि५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।

पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो । विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो । ‘विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो’, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने । विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरुले दुई हात जोडेर नमस्कार गरे । उनीहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत बिराजमान थियो । उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे । यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरुको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे । सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले । महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीनरचार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुहरुको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए । सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ । बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा आठ जना नेपाली र दुई सय ३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए । कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए । पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ । ‘हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ’ न्यौपानेले भने ‘तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।’ भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए । ‘हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो’, उनले भने । उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए । पछिल्ला केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् । भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए । कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आउनुभएका विनोद शर्माले सुनाए । उनले भने, ‘जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइँन । म यो खुसीको बयान गर्न निशब्द छु ।’ उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसुस भएको सुनाए । गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । साथै यही वैशाख १० गतेका लागि करिब दुई सय भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ । उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए । रासस

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

  काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति थिए । संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए । यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहेका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

सीए सम्मेलनमा समकक्षताको वहस, कहिलेसम्म मुद्दा लड्ने ?

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स (सीए)को समकक्षताको विषयमा वहस केन्द्रीत भएको छ । चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष सिए दिपक पाण्डेले सीएको समकक्षताको सन्दर्भमा देखिएको अन्यौलता अन्त्य हुनुपर्ने धारणा राखे । १२ कक्षा पढे पछि ५ वर्ष चार्टर्ड अकाउन्टेन्ट पढ्दा पनि स्नातक/स्नातकोत्तर सरहको मान्यता निश्चित छैन,’ उनले भने ‘भारतमा आइआइएम, आइआरडी जस्ता संस्थाले सिएलाई पोस्ट ग्राजुएटको मान्यता दिइसकेको छ । हाम्रोमा भने मुद्दा लड्दा लड्दै पनि कुनै टुङ्गो लागेको छैन ।’ चार्टर्ड एकाउन्टेन्ट्सले निजी क्षेत्रमा आफ्नो सेवा विस्तार गरेपनि सरकारी निकायमा पहुँच कम भएको उनले बताए । साथै, उनले अहिले देशभर तीन हजार दुई सय चार्टर्ड एकाउन्टेन्टले सक्रिय रुपमा काम गरिरहेको र अहिले पारिश्रामिकमा प्रतिस्पर्धा आएको बताए । डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाने क्रममा सोही अनुसार सीप र दक्षता विस्तार हुन नसके पेशागत चुनौति पनि देखापर्न सक्ने उनले बताए । सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक) की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्धालाई अघि बढाउन आवश्यक रहेको बताइन् । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उनको सुझाव थियो । पछिल्लो समय सबै क्षेत्रहरुले दीगो विकासको अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । ‘समय परिवर्तनशील छ तर लेखा अभ्यासको आफ्नै महत्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ’, उनले भनिन् । लेखा व्यवसायमा नयाँ पुस्ता ल्याउन आइक्यान र विभिन्न शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । यो पेशा चाहना अन्तर्गतको मात्र नभै मुलुककै अर्थतन्त्र सुधार गर्ने मुख्य आधार रहेको पनि उनले बताइन । नेपाल राष्ट्र बैंकका गभर्नर सिए महाप्रसाद अधिकारीले सिएले मुलुकको अर्थतन्त्रमा महत्वपूणर् भुमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूणर् भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए । ‘आइएमएफले यस बर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ’, उनले भने ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’ सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए । कार्यक्रमको आयोजक आइक्यानका अध्यक्ष सिए. सुजन कुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताए । सम्मेलनको पहिलो दिन दीगो लेखा अभ्यासमा केन्द्रित हुने र दोस्रो दिन सार्वजनिक लेखापरीक्षणको समसामयिक भूमिका बारे छलफल हुने उनले जानकारी दिए । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायको क्षेत्रमा देखिएको चुनौति र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उनले बताए । उद्घाटन समारोहमा नेपाल अडिटर एसोसिएसन (अडान) का वरिष्ठ उपाध्यक्ष आरए. बद्री प्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशाषन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताए । सो अवसरमा उनले अडानमा आबद्ध आठ हजारभन्दा सदस्यमार्फत पारदर्शी पमा विभिन्न निकायको वित्तिय विवरण प्रस्तुत गर्ने काम भइरहेको जानकारी गराए । आइक्यानका उपाध्यक्ष सिए. प्रविण कुमार झाले सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल हुने बताए । उद्घाटन कार्यक्रममा आइक्यानले आफ्नो आधिकारिक गित पनि सार्वजनिक गरेको छ । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूणर् भूमिका हुने बताए । राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेशामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाई थियो । ‘यस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ उनले भने । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरुकै हुने उनको भनाई थियो । सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारवाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सङ्ग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

काठमाडौं जिल्लाका कक्षा १२ को परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) विधिबाट छानिएको हो । हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रकोको आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी सङ्ख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ। एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरी व्यवस्था गरिएको छ । विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ । यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ । बिस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ ।

ड्रिम इन्टरनेशनलले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । होटेलले आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए । पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै आईपीओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।

महँगी घट्दै छ, अर्थतन्त्र सुधारको अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । विहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए । उनले सरकारले लिएको नीतिगत निर्णयको कारण वाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए । कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए । सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ । उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण वाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ’, उनले भने । उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको जानकारी दिए ।