विकासन्युज

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कृषि विकास बैंक र एभरेष्ट बैंकले बढाए

काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् । यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका हुन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको भनाइ छ । बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस रहेको र कर्जाको माग नभएपछि ३ प्रतिशतमा राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा राख्नु परेको बैंकरहरू बताउँछन् । साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् । नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत  प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याज तोकेको थियो । ग्लोबल आइएमई बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।  यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो । प्रभु बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । सानिमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो । नेपाल बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो । सिटिजन्स बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो । एभरेष्ट बैंकले संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो । नेपाल एसबीआई बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । लक्ष्मी सनराइज बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । माछापुच्छ्रे बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो । एनएमबी बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६६ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । हिमालयन बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज तोकेको थियो । कुमारी बैंकले संस्थागततर्फ ५.५६ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.६१ प्रतिशत र व्यक्तिगततर्फ ६.७६ प्रतिशत ब्याज तोकेको थियो । प्राइम बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको थियो । एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६९ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।

ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशतमा कर्जा दिने, निक्षेपकर्ताले पाउने ब्याज पनि घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले २ वर्षसम्म अवधिको लागि जलविद्युत परियोजना कर्जामा ७.९५ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको हो । बैंकका अनुसार अन्य प्रकारका कर्जामा स्थिर ब्याजदर ११.५० प्रतिशतसम्म रहेको छ । तर, जलविद्युत कर्जामा भने बैंकले सस्तो ब्याजमा ऋण दिन लागेको हो । पछिल्लो तीन महिनाको औसत आधार दर ७.२१ प्रतिशत रहेको छ भने जेठ महिनाको ब्याजदर अन्तर ३.९७ प्रतिशत रहेको बैंकले जनाएको छ । यसअघि तीन महिनाको औसत आधार दर ७.३५ प्रतिशत र ब्याजदर अन्तर ३.९६ प्रतिशत थियो । जसकार अन्य प्रकारका कर्जामा पनि ब्याजदर घटेको छ । यस्तै बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर पनि घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.२२ प्रतिशत प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.६५ प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकको घट्यो ब्याजदर

काठमाडौं । सिटिजन्स बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५.१५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकको औसत आधारदर ८.५५ प्रतिशत छ भने जेठसम्म ८.६६ प्रतिशत रहेको छ । यसअधि बैंकको औसत आधारदर ९.०७ प्रतिशत थियो भने बैशाखसम्मको ८.९२ प्रतिशत थियो ।

नेपाल बैंकको आधारदर ७.८८ प्रतिशतमा झर्याे, घटायो ब्याजदर

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालन भइरहेको नेपाल बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.७५ प्रतिशत प्रदान गरेको थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.७५ प्रतिशतदेखि अधिकतम ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.९६ प्रतिशत रहेकोमा घटेर ७.८८ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ ।

सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

काठमाडौं । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.८० प्रतिशत थियो । साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि असारमा बैंकको आधारदर ८.१९ प्रतिशत रहेकोमा साउनमा घटेर ८.०६ प्रतिशत तोकेको छ । तीन महिनाको औसत आधारदर यसअघि ८.४१ प्रतिशत रहेकोमा ८.२० प्रतिशत झरेको छ ।

प्रभु बैंकले घटायो ब्याजदर

काठमाडौं । प्रभु बैंकले साउन महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ८.५० प्रतिशत थियो । तर, बैंकले साधारण बचत खातामा भने ब्याजदर यथावत राखेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा पनि सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो । बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

साउनमा ब्याज घट्ने, पैसा राष्ट्र बैंकमा थुपार्नुपर्ने बाध्यता

काठमाडौं । साउनमा पनि बैंककाे ब्याज घट्ने भएकाे छ । बैंकले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएसँगै साउनमा पनि आफू अनुकुल ब्याजदर घटाउने भएका हुन् । विगतमा जस्तो साउनमा बैंकहरूले ब्याजदर धेरै नघटाएर सामान्य अंकमा घटाउने तयारी गरेका हुन् । वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति गत वर्षको साउनमा खारेज भएको थियो । गत वर्षको साउनदेखि बैंकले तरलताको स्थिति हेरेर नेपाल राष्ट्र बैंकको प्रावधानभित्र रहेर आफैं ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकहरूले आफैं ब्याजदर निर्धारण गर्ने सुविधालाई नेपाल बैंकर्स संघले पनि निरन्तरता दिने भएको हो । जसले गर्दा आगामी दिनमा पनि ब्याजदर नबढ्ने अधिकांशको बुझाइ छ । नयाँ आर्थिक वर्ष सुरु हुन दुई दिन बाँकी छ । विगत एक वर्षदेखि निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले आगामी आर्थिक वर्ष २०८१/८२ मा पनि कायम राख्ने देखिएका छन् । पछिल्लो समय निक्षेप थुप्रिएपछि बैंकहरू ब्याजदर घटाउन बाध्य छन् । ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी साउनमा बैंकहरूको ब्याजदर सामान्य घट्न सक्ने बताउँछन् । बैंकहरूको ब्याजदर धेरै घटिसकेकाले आगामी दिनमा न्यून बिन्दुमा घट्ने उनको भनाइ छ । ‘ब्याजदर जति घट्नु पर्ने हो घटिसकेको छ, बैंकहरूले अनुकुल हेरेर साउनमा घटाउन सक्छन् । तर, ब्याजदर करिडोरका हिसाबमा बचततर्फको ब्याजदर ३ प्रतिशतभन्दा तल जान सक्दैन,’ उनले भने, ‘बैंकहरूमा प्रयाप्त तरलता छ, मुद्दती निक्षेपमा संस्थागततर्फको न्यून बिन्दुमा घट्न सक्छ, त्यो पनि धेरै घटाउने ठाउँ छैन ।’ पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ६ प्रतिशतदेखि ७ प्रतिशतको हाराहारीमा छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र क्यापिटलको दबाब भएका बैंकले सामान्य बढाउन सक्ने पनि उनले बताए । माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल अहिले सहज परिस्थिति रहेकाले साउनमा बैंकहरूले ब्याजदर घटाउन सक्ने बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप छ संकलन गरेका छन् भने ५१ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकमा ५७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप छ भने ४५ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप छ भने ५ खर्ब ९५ अर्ब रुपैयाँ लगानी गरेका छन् । साथै बैंकहरूको औसत सीडी रेसियो ७७.५४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको यस तथ्याङ्कले पनि बैंकहरू सहज स्थितिमा छन् । तर, निक्षेप मात्रै थुप्रिने र कर्जा प्रवाह शून्य भएकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपतर्फको ब्याजदर लागत घटाउँदै कर्जाको ब्याजदर घटाउनु पर्ने देखिन्छ । नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईं पनि साउनमा बैंकहरूले सामान्य अंकमा ब्याजदर घटाउन सक्ने बताउँछन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको उनकाे भनाइ छ । ‘बैंकहरूको ब्याजदर निकै तल झरिसकेको छ, अब घटेपनि ०.२५ प्रतिशतसम्मले घट्न सक्छ । यो भन्दा बढी घटाउँदैनन्,’ उनले भने, ‘बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस छ, त्यो रकम राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा ३ प्रतिशतमा राखिएको छ, अर्काे एक वर्ष कर्जा पनि बढ्ने देखिँदैन भने ब्याजदर पनि बढ्ने देखिँदैन ।’