सिटिजन्स बैंकका ग्राहकले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी भएको छ । बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।
नबिल बैंक र नमस्तेपे वालेटबीच साझेदारी
काठमाडौं । नबिल बैंकले नमस्तेपे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्तेपे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले बताएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्तेपे वालेटका तर्फबाट डेपुटी सीइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे । ‘यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् । बैंकले नयाँनयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताए । उनले भने, ‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’ नमस्ते पे वालेटका डेपुटी सीइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए । यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
जीवन बीमा कम्पनीहरूको व्यवसाय डेढ अर्ब बढी, शिर्षस्थानमा नेपाल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ मा ढेड खर्ब बढीको व्यापार गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आवमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बढीको व्यवसाय गरेका हुन् । जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । नेपाल लाइफले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा नेशलन लाइफले १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले १८ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कुन कम्पनीको कति ?
सेयर बजारमा नयाँ रेकर्ड, १४५ अंक घट्दा पौने २४ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा बन्द भएको छ । तर, कारोबार रकम भने पौने २४ अर्ब बढीको भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । आज दिनभर ३२२ कम्पनीको २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै ८.२७ प्रतिशतको दरले गुमाएका छन् । मंगलबार सूचीकृत सबै समूह राताम्मै भएका छन् ।घटेको बजार पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावर र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार ८ कम्पनीको मात्रै सेयर बढेको छ भने २३३ कम्पनीको घटेको छ । एक कम्पनीको भने स्थिर रहेको छ ।
३ सरकारी बैंक : कृषि विकासले राष्ट्रिय वाणिज्यलाई उछिन्यो, नेपाल बैंकको हैसियत के ?
काठमाडौं । बैंकिङ क्षेत्रका लागि गत आर्थिक वर्ष २०८०/८१ त्यति सहज थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको असहजताका कारण बैंकहरूको व्यवसायमा प्रभाव परेको देखिन्छ । अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न विभिन्न सुधारका प्रयास पनि जारी छन् । जसको फलस्वरूप सुधारका प्रयासले आर्थिक वर्षको अन्त्यतिर बैंकहरूको व्यवसायमा आशा पनि जगाएको देखिन्छ । गत वर्ष लक्ष्यअनुसारको कर्जा विस्तार नभए पनि विभिन्न समस्या तथा चुनौतीसँग जुध्दै कर्जा लगानी समान्य बढेको देखिन्छ । गत वर्षको वित्तीय विवरण सार्वजनिक हुँदा मिश्रित नतिजा आएको छ । वाणिज्य बैंकहरूमध्ये सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गर्दछ । विगतको तुलनामा पछिल्लो सयम आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकका नीति, नियम तथा निर्देशनहरूसँगै यी बैंकले अन्य नियामकको समेत नीति निर्देशन पालना गर्नुपर्ने बाध्यता छ । गत वर्ष सरकारी स्वामित्वका यी ३ बैंकहरूले के कस्तो प्रगति गरेका छन् भने यहाँ उल्लेख गर्न खोजिएको छ । सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ र नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो वर्षको तुलनामा कृषि विकासको नाफा बढेको देखिन्छ भने राष्ट्रिय वाणिज्य र नेपाल बैंकको भने नाफामा गिरावट आएको छ । अघिल्लो वर्ष कृषि विकासले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यले ३ अर्ब ५९ करोड रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत असारमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब २३ करोड रुपैया खुद ब्याज आम्दानी गरेको छ । राष्ट्रिय वाणिज्यलाई टक्कर दिइरहेको कृषि विकासले १० अर्ब १२ करोड रुपैयाँ र नेपाल बैंकले ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । चुक्ता पुँजीका आधारमा कृषि विकास बैंक अगाडि छ । गत असारसम्म कृषि विकासको १८ अर्ब ८८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यको १५ अर्ब ६३ करोड रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । तर, जगेडा कोषमा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । राष्ट्रिय वाणिज्यको ३६ अर्ब ७८ करोड रुपैयाँ, नेपाल बैंकको २२ अर्ब ३८ करोड रुपैयाँ र कृषि विकासको १५ अर्ब ६० करोड रुपैयाँ जगेडा कोषमा सञ्चित छ । समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । राष्ट्रिय वाणिज्यले ४ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै नेपाल बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । कृषि विकासले भने २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । यी तीन बैंकहरूमध्ये गत असारसम्म कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्रिय वाणिज्यको ६०.८२ प्रतिशत, कृषि विकासको ७७.८० प्रतिशत र नेपाल बैंकको ७२.९९ प्रतिशत रहेको छ । सीडी रेसियोका आधारमा राष्ट्रिय वाणिज्य बैंकमा निक्षेप थुप्रिएको देखिन्छ । तथ्याङ्क अनुसार कृषि विकासको लाभांश क्षमता उच्च छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ भने लाभांश क्षमता ८.१३ प्रतिशत रहेको छ । यस्तै नेपाल बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ र लाभांश क्षमता ५.२४ प्रतिशत देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ छ भने लाभांश क्षमता ३.७२ प्रतिशत मात्रै छ । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकबाहेक कृषि विकास र नेपाल बैंकको खराब कर्जा बढेको छ । राष्ट्रिय वाणिज्यको खराब कर्जा ३.६५ प्रतिशत छ भने कृषि विकासको ३.४४ प्रतिशत र नेपाल बैंकको ३.२८ प्रतिशत पुगेको छ ।
मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखलामा आबद्धता अभिवृद्धि हुनसक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिष्टिक्स’ लागत न्यूनीकरण हुनसक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्नसक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुनसक्ने, सूचना प्रविधि सेवा लगायतका सेवा निर्यात अभिवृद्धि हुनसक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।
एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला
काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो कम्पनीमा स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौला केहि समय कृषि विकास बैंकको अध्यक्ष जिम्मेवारी बहन गरेका थिए । तत्कालिन सरकार परिवर्तन भएपछि उनले कृषि विकास बैंकबाट राजिनामा दिएका थिए । उनै निरौलाले विगत एक वर्षदेखि एनएलजीमा सञ्चालकको रुपमा रहेका भएतापनि उनी अहिले कम्पनीबाट बाहिरिएका छन् । उनले घरायसी कारणले कम्पनीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् ।