विकासन्युज

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि अर्थसमितिमा छलफल हुँदै, आइतबार बोलाइयो बैठक

काठमाडौं । आइतबार अर्थ समितिको बैठक बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । पछिल्लो समय बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको विषयमा व्यापक छलफल भएको छ । त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

जर्मनले नेपाललाई वित्तीय र प्राविधिक गरी ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

  काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ । सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो। वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्त्वपूर्ण हुने भएकोले जर्मन सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ । जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । सो क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरणलगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ । नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले गरेका थिए भने जर्मन सरकारको तर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी संघीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेकी थिइन् । सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको पनि उपस्थिति थियो ।  

महासंघले गर्‍यो प्यारालम्पिकमा काश्य पदक विजेता पलेशालाई सम्मान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई रु तीन लाख रुपैयाँसहित सम्मान गरेकाे हाे । उनी प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । यसैगरी, महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख २५ हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे छ । सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरू प्रतिभावान छन्,’ अध्यक्ष ढकालले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकार सँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्छ ।’ २१ वर्षीया गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी हुन् । पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालकाे लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकालको भनाइ छ ।

ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब’ मा २० प्रतिशत छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ सँग सम्झाैता गरेकाे छ । उक्त सम्झाैताअनुसार अब ज्याेति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २०% सम्मको विशेष छुट प्रदान हुनेछ । हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिनिक एन्ड डाइग्नाेस्टिक सेन्टरमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौँस्थित प्रख्यात ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यसैगरी, बैंकले टिस्टुङ रिसाेर्टमा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै आइरहेकाे छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सधैं उच्च प्राथमिकतामा राखेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

गोविन्दबहादुर कार्की सचिवमा बढुवा

गाेविन्दबहादुर कार्की । फाइल तस्बिर । काठमाडौँ । गोविन्दबहादुर कार्की सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । कार्कीलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेशमा पदस्थापन गरिएको जनाइएको छ । याे पनि पढ्नूहाेस्: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त याे पनि पढ्नूहाेस्: कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त याे पनि पढ्नूहाेस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय  

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गरेका थिए । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमाा थिईन । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।

कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ नियुक्त

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । योपनि पढ्नुहोस् : यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय

यी हुन् मन्त्रिपरिषदका २ दर्जन निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले २ दर्जन निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषदले २४ वटा निर्णय गरेको जानकारी दिए । उनका अनुसार बैठकले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । यस्ता छन् अन्य निर्णयहरू :