विकासन्युज

पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ । कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरिएको सेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइन राख्नुपर्ने व्यवस्था रहेको जनाएको  छ । सोहीअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि भदाै २८ गते समाप्त हुने कम्पनीले जानकारी गराएको छ ।  

कोलम्बिया भूकम्प : मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार यस विपदमा परी अन्य १ हजार ६ सय ७७ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार क्याली शहरमा ९५ जनाको मृत्यु भएको छ भने ९ सय ९७ जना घाइते भएका छन् । त्यसैगरी परेरा शहरमा ७९ जनाको ज्यान गएको र २ सय ७८ जना घाइते भएको तथ्याङ्क छ ।एसोक्यापिटल्सकाअनुसार प्रभावित क्षेत्रहरूमा उद्धार तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ । संस्थाले बेपत्ता भएका व्यक्तिहरूको खोजी र उनीहरूको सूचना सङ्कलनका लागि एक विशेष रिपोर्टिङ प्रणाली समेत शुरु गरेको छ ।    

राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले उक्त नाफा कमाएका हुन् । गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६३.६८ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूले कुल ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक रहेको छ। बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८२.९६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ थियो । महालक्ष्मी विकास बैंकले ४८.४६ प्रतिशतले नाफा बढाउँदै ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६.९६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो । गरिमा विकास बैंकले ३५.३४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो । त्यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथ विकास बैंकको खुद नाफा भने १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुमारी बैंकको नाफा ७.३८ अर्ब, वितरणयोग्य नाफा धनात्मक

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३०५.९५ प्रतिशत बढेर ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशत बढेर १२ अर्ब १ करोड ३० लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ६२ करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख ६४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब १९ करोड ४० लाख २२ हजार रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ५८ करोड ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको छ ।  २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १०.४४ प्रतिशत बढेर ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी ४.०७ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ३२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।  अघिल्लो वर्ष ६.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २८.१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात गुणा छ भने प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ छ । बैंकको खराब कर्जा ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ । 

सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो, जीवन बीमा कोष साढे ५१ अर्ब

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३५ करोड २ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १५.७३ प्रतिशत बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ४.०८ प्रतिशत बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ र कुल खर्च १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेर १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६० करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ।  अघिल्लो वर्ष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.९९ रुपैयाँबाट वृद्धि भई ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ ।

लक्ष्मी लघुवित्तको नाफामा १२६ प्रतिशत उछाल, लाभांश क्षमता २०.१६ प्रतिशत

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२÷८३ मा खुद नाफा १२६.३९ प्रतिशत बढेर १० करोड ६८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा लघुवित्तले ४ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत आवमा लघुवित्त संस्थाले ५० करोड ६५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४८ करोड १ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५६ करोड ५८ लाख ६६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १५ करोड २४ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५२ करोड ८७ लाख ५९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ करोड २४ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ९० लाख ३७ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २०.१६ प्रतिशत पुगेको छ ।  ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड १० लाख १ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष १०.४५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर ११.९४ प्रतिशत पुगेको लघुवित्तले जनाएको छ ।  गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ तथा सापटी ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ६ अर्ब ७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष निक्षेप २ अर्ब ६० करोड ६० लाख रुपैयाँ तथा सापटी २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्ष १०.६९ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २४.२० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ २०४.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.०१ गुणा रहेको छ ।  

एसबिआई बैंकको नाफा २ अर्ब नाघ्यो, लाभांश क्षमता ११.०४ प्रतिशत

काठमाडौं । नेपाल एसबिआई बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.२९ प्रतिशत बढेर ५ अर्ब ३३ करोड ४३ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब २६ करोड ६० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९१ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ८० करोड ३५ लाख ९० हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ७४ करोड ५२ लाख ४९ हजार रुपैयाँ थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ११.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड ७१ लाख १७ हजार रुपैयाँ र लाभांश क्षमता १०.९८ प्रतिशत थियो । ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख २४ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ६.६२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ र कर्जा लगानी ८.२३ प्रतिशत बढेर १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ७१.१६ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १८.०४ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात २१.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ छ । बैंकको खराब कर्जा ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झारेको छ । 

मुक्तिनाथ विकास बैंकको नाफा १.५१ अर्ब, कर्जा १ खर्ब नाघ्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.४४ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ५७ करोड ७४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५४ करोड ९८ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ८२ लाख ७ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४२ करोड २७ लाख ७ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ५५ करोड ८१ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख ६५ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब १ करोड ५० लाख ५४ हजार रुपैयाँ थियो ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ८.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४१ लाख २ हजार रुपैयाँ र लाभांश क्षमता १९.२२ प्रतिशत थियो । ८ अर्ब ३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ र कर्जा लगानी ३.३७ प्रतिशत बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले १ खर्ब १७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८३.८६ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष १९.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १८.९८ रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ छ । बैंकको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७७  प्रतिशत पुगेको छ ।