विकासन्युज

चितवन महोत्सवमा स्काईवेलले बेच्यो १ करोडको गाडी

काठमाडौं । चितवन महोत्सवको अवसरमा स्काईवेलले एक करोड रुपैयाँ बराबरको गाडी बेचेको छ । स्काईवेलका लागि नेपालको आधिकारिक विक्रेता जी मोटर्सले चितवन महोत्सव, २०८१ को अवसरमा कम्पनीको उच्च रेन्ज (६२० किलोमिटर) दिने स्काईवेलले ईटी फाइभ बेचेको जनाएको हो । महोत्सवमा नै गाडीको बुकिङ र डेलिभरी गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भने नेपालको बाटो सुहाउदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै आकर्षण रहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालकाअनुसार उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको गाडी हो । युरोपियन बजारमा निकै अब्बल प्रमाणितसहित बिक्री वितरण भइरहेकाले स्काईवेलमा खास आकर्षण देखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । महोत्सवको अवसमार प्रबन्ध निर्देशक गेलालले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई नै मुख्य आधार क्षेत्र बनाएर स्काईवेलको सेल्स, शोरुम्, सर्विश र पार्ट्सहरू उपलब्ध गराउने बताएका छन् । चितवनका ग्राहकलाई सहज रूपमा सेल्स, सर्भिस उपलब्ध गराउने प्रतिबद्द्ता ब्यक्त गरेका गेलालले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको प्रीमियम ईटी५ नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटी फाइभ एसयूभी बिक्री–बितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । ईटी फाइभ, बिई इलाभेन मोडेलसँगै हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन् ।

नेपाल एसबीआई बैंकको सीईओ बने रामकुमार तिवारी, २६ वर्षको बैंकिङ अनुभव

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । उनीसंग २६ वर्षको बैंकिङ अनुभव रहेको छ ।

सत्कार दिवस २०२५ सम्पन्न

काठमाडौं । होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरू र भावी दिनको योजना तथा कार्यक्रमहरूको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखाजोखा हुने बताए । उनले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेको, १ लाख १६हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको छ भन्दै तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको बताए । अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन् । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकोले समस्या झन् बढेको अध्यक्ष शाहले बताए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे । उनले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए । कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवद्र्धनमा सघाउ पुर्‍याउने मुर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्‍याउने विभिन्न प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो । सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायीहरु, सरोकारवालाहरू र लब्धप्रतिष्ठित व्यक्तित्वहरूको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्‍याउने देखिएकाे  बताए । उनले यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताए । उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरु विना दर्ता सञ्चालनमा रहेको दुःख व्यक्त गरे । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत उनकाे भनाइ छ । सहभागीहरुलाई संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे । सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो भने उक्त साधारणसभाले संघलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गर्‍यो । कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो ।

तोलामा १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० मा किनबेच भएको थियो ।

केएनपी नेरोलेकको फेस्टिभ स्किम अन्तर्गत शिव नारायण मण्डलले जिते ५ लाखको सुन

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले फेस्टिभ स्किम अन्तर्गत ग्राहकहरुलाई केएनपिको रंगमा दंग बनाउने अवसर ल्याएको थियो । यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो । बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेका छन् । केएनपिको पर्वसँगै रंगमा दंग, ५ लाख बराबरको सुन सँग योजनामा केएनपिको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो । यस योजनाको विजेता लक्की ड्र मार्फत पुस २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो । साथै थप १०० भाग्यशाली ग्राहकले केएनपिको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् ।

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौं म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका छन् । कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०ह६० सिएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो। आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ। कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ योजना सुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ। कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ । यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ । कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा ४०० करोडको लगानी गरिएको छ । यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरुको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ब्रोकाउली ३० रुपैयाँ प्रतिकेजी, यस्तो छ बिहीबार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७०, बन्दा (लोकल) प्रतिकेजी रु ३०, बन्दा (तराई) प्रतिकेजी रु २५, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ४०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ७०, टाटे सिमी प्रतिकेजी रु ५०, तितेकरेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ९०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ८०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु १००, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ९०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १३०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १५०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ११०, रुख कटहर रु १३०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १४०, हरियो धनिया प्रतिकेजी रु ६०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।

यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।